२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार

मल खरिदको ठेक्का सम्झौता फेरी रद्ध

काठमाडौं । कृषि सामाग्री कम्पनी लिमिटेडले समयमै रासायनिक मल आयात गर्न नसकेको भन्दै शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीलाई फेरि कारबाही गरेको छ ।

सोमबार बसेको कम्पनीको बैठकले दुवै कम्पनीसँगकोे मल खरिदको सम्झौता तोड्ने, धरौटी जफत गर्ने र कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गर्ने निर्णय गरेको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले बताए ।  ‘धरौटी जफत र कालोसूचीको प्रक्रिया थाल्ने निर्णय भएको छ,’ प्रबन्ध सञ्चालक भण्डारीले अनलाइनखबरसँग भने । 

साेमबारकाे निर्णयसंगै शैलुङसँगको तीन वटा र मुक्तिनाथसँगको दुईवटा मल ल्याउने ठेक्का रद्ध भएकाे छ । यससँगै यो वर्ष मल खरिदको ठेक्का पाएका कुनै पनि नेपाली कम्पनीले मल ल्याउन नसकेको कम्पनीले जनाएको छ । साढे ६ अर्ब बढीको मल आयात गर्न गत आर्थिक वर्षको ६ वटा ठेक्का नेपाली कम्पनीले पाएका थिए ।

शैलुङले तेस्रो ठेक्काबापत पुसमा २५ हजार मेट्रिकटन युरिया मल आयात गर्नु पर्थ्यो । उक्त परिमाणको मल खरिद गर्न कम्पनीले ९४ करोड ६ लाख ९३ हजार भन्दा बढी रकमको ठेक्का हत्याएको थियो ।

त्यस्तै, मुक्तिनाथ कृषि कम्पनीले मंसिरमा २५ हजार मेटि्रक टन युरिया र २० हजार मेटि्रक टन डीएपी मल ल्याउनुपर्ने थियो । दुबै ठेक्काको कुल रकम एक अर्ब ८५ करोड भन्दा बढी थियो ।

तोकेको समयमा मल खरिद गर्न नसकेको भन्दै तत्कालीन कृषिमन्त्री घनश्याम भुसालले शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल नामक ठेकदार कम्पनीलाई यस्तै प्रकृतिको कारबाही गरेका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।