२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

कविता वियाेग अनि बिराेध

अगाडि धर्म थियो
लाल्टिन बनि
बाटो देखाउने

पछाडी उनी थिइन
मुर्छा परि
पाइला रोकाउने

बिचमा म थिँए
दोधारमा फसि
ठिङ्ग उभिने

एक कदम अघि सारूँ
– वियोग

एक कदम पछि सारूँ
– विरोध

न वियोगको पीडा खेप्न
मुटु तयार थियो

न विरोधको छाप लगाउन
मस्तक तयार थियो

त्यहीँ उभिरहे

दिन ढल्यो
म ढलेन

रात पर्यो
म सरेन

क्रमशः राखेर
रात गयो चिहानमा
आफू भित्र
आफू निभे बिहानमा!
कवि – दीक्षा भट्ट / धनगढी

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।