अगाडि धर्म थियो
लाल्टिन बनि
बाटो देखाउने



पछाडी उनी थिइन
मुर्छा परि
पाइला रोकाउने
बिचमा म थिँए
दोधारमा फसि
ठिङ्ग उभिने
एक कदम अघि सारूँ
– वियोग
एक कदम पछि सारूँ
– विरोध
न वियोगको पीडा खेप्न
मुटु तयार थियो
न विरोधको छाप लगाउन
मस्तक तयार थियो
त्यहीँ उभिरहे
दिन ढल्यो
म ढलेन
रात पर्यो
म सरेन
क्रमशः राखेर
रात गयो चिहानमा
आफू भित्र
आफू निभे बिहानमा!
कवि – दीक्षा भट्ट / धनगढी
Views: 183

























