२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

नारद मुनीले किन भोग्नुपर्यो नर्क ?

काठमाडौं। एक समय नारद मुनी वैकुण्ठबाट फर्किने क्रममा भुलवस वीणा विर्सिए। वाटोमा सम्झिए वीणा त त्यहि छोडियो। वीणा लिन नारद मुनी वैकुण्ठ पुग्दा उनी छक्क परे। जहाँ जहाँ नारद मुनीको पैतला परेको थियो त्यहाँको माटो फालिदै गरेको देखेर नारद सोचमग्न भए।

नारद मुनीले सोचे- म त शास्त्रहरुको ज्ञाता हुँ । हरेक समय म भगवानको गुणानुवाद गरि रहन्छु । भगवानको दर्शन र प्रत्यक्ष वार्ता गर्ने सौभाग्य पनि मलाई प्राप्त छ । तर पनि यी प्रभुका दूत जहाँ जहाँ मेरो पैतला परेको छ त्यहाँ त्यहाँको माटो हटाइ रहेका छन् बडो विचित्रको कुरा छ ।नारदले भगवानसँग सोधे, म यति निच त होइन कि जहाँ जहाँ मैले चरण राखेको छु त्यहाँको माटो अपिवित्र भएर होकी किन यसरी उठाइदै छ ?

भगवान भन्नुहुन्छ,नारद जी १ यी सबै ठिक छ तपाई बडो विद्वान हुनुहुन्छ, तपाईले अनेकौ शास्त्र पढ्नुभएको छ तर तपाईले केवल पढेको मात्र हो, त्यसको मर्मलाई जान्नु भएको छैन किनभने तपाई अहिले पनि निगुरे हुनुहुन्छ । तपाईले अहिलेसम्म गुरु बनाउनु भएको छैन ।

नारदले भने,  महाराज १ कुरा यस्तो हो भने म गुरु बनाउछु। गुरु बनाउन के समय लाग्छ रुु

भगवानले भन्नुभयो, विचार गर्नुहोस तपाईलाई त धेरै अहंकार छ, मैलै सारा शास्त्र पढे, भगवानसँग कुराकानी गरे भनेर तपाई कसरी झुक्नुहुन्छ अर्काको चरणमा रुु

नारदले भने, ुहोइन प्रभु मैले निश्चय गरे गुरु बनाउनेछु । यदि निगुरा रहनाले मलाई अपवित्र सम्झिन्छ भने भोली नै म गुरु बनाउने छु । उनले प्रभु सामु संकल्प गरे ।

अर्को दिन विहान नारदमुनी उठे प्रभुको वन्दना गरे, निधारमा चन्दनको लेप लगाएर शुद्ध भावबाट निस्किए, जुन व्यक्तिको सबैभन्दा पहिला दर्शन हुनेछ त्यसलाई गुरु बनाउनेछु । प्रभुको केहि यस्तो लिला भयो कि नारद अघि बढ्दै जादा जाल काँधमा बोकेर आइरहेको एक मछुवारासँग भेट भयो ।

नारदले भने, ओहो १ यो त गज्जब भयो म यती विद्वान र मेरा गुरु मछुवारा १ु तर उनले संकल्प लिइसकेका थिए । उनि ठिकै छ भन्दै मछुवारा सामु पुगे, प्रणाम गरे र भने, महाराज आजदेखि तपाई मेरो गुरु हुनुभयो । कृपा गरेर मलाई आत्मज्ञान प्रदान गर्नुहोस ।

मछुवारा भन्छन्,नारदजी तपाई मसँग के ठट्टा गर्नुहुन्छ । कहाँ म एक मछुवारा र कहाँ तपाई यती ठुलो विद्वान ।

नारदले भने, महाराज म तपाईलाई नै गुरु धारण गर्छु ।

निकै लामो अनुनय विनय पछि मछुवाराले गुरु बन्न स्विकार गरेर नारदमुनलाई आत्मज्ञान प्रदान गरे । ज्ञान पाएर नारदमुनी निकै खुशी भए । उनले सोचे,अब म जहाँ पनि जानेछु कम्तिमा त्यहाँको माटो त फालिने छैन ।

नारद जब वैकुण्ठमा पुगे तब भगवानले भन्नुभयो,नारद जी आज त निकै प्रशन्न हुनुहुन्छ ।

नारद मुनिले भने,प्रभु आज मैले गुरु बनाए अब तपाईको दूतले कष्ट गर्नुपर्ने छैन माटो निकाल्न ।

भगवानले भन्नुभयो, ठिक छ राम्रो भएछ । कस्तो हुनुहुन्छ तपाईको गुरु ?
नारदले भने, महाराज गूरु त ठिक ठाक हुनुहुन्छ आत्मज्ञान पनि उहाँबाट मिल्यो तर मछुवारे हुनुहुन्छ ।नारदले गुरुमाथि तरु शब्दको प्रयोग गरे ।

भगवान विष्णुले भन्नुभयो, यो त राम्रो भएन तपाईले गुरुमाथि तर लगाउनुभयो । यसको तपाईले प्रायश्चित गर्नुपर्नेछ । यसका लागि तपाईले नर्क भोग्नुपर्नेछ ।

नारद दुस्खी भए, उदास बनेर साँझ फर्किदै गर्दा गुरुलाई बाटोमा देखे । गुरुले भने, नारद जी गुरु बनाएर त मानिसहरु खुशी हुन्छन् तिम्रो त यस्तो अनुहार भएको छ कि रुन लाग्नु भएको छ, कुरा के हो र?

नारदले गुरुमहाराजलाई सवै वृतान्त बताए र भने, मैले नर्क भोग्नुपर्नेछ यो जानेर उदास छु । गुरुले भने, खैर गल्ती त तपाईले गर्नुभयो तर म तपाईलाई यसबाट बच्ने उपाय बताउँछु । गुरुले नारदलाई नर्कबाट जोगिने उपाय बताए ।

अर्को दिन नारद वैकुण्ठ गएर विष्णु भगवानलाई भने,प्रभु तपाईले भन्नुभएको थियो कि मैले नर्क भोग्नुपर्नेछ म तयार छु तर यति कृपा गर्नुहोस कि नर्क कस्तो हुन्छ मलाई त्यसको नक्सा दिनुहोस ।भगवानले नक्सा बनाएर देखाउनुभयो । जसै नर्कको नक्स बनाइयो नारदजीले नक्साको बिचमा गएर बसेर भने, हे भगवान यो नक्साको नर्क पनि तपाईले नै बनाएको हो । त्यो नर्क पनि तपाईले नै बनाएको हो । अतस म नर्कमा आए, मैले नर्क भोगे ।

भगवान विष्णु मुस्कुराउदै भन्नुभयो, पक्कै तिम्रो गुरुले यो तरिका सिकाएको हुनुपर्छ ।

यस प्रकार नारदको माध्यमबाट पनि हामीलाई यो शिक्षा मिल्छ कि हामीले जीवनमा गुरु धारण गर्नुपर्छ । जहाँसम्म बाहिरी संसारिक विद्याहरुको प्रश्न छ ती सबै बुद्धिसँग सम्बन्धित छन् । संगीत, शास्त्र, वेद, मीमांसा, श्रृति, स्मृति आदि जति चिज छन् यिनीहरुको सम्बन्ध मस्तिष्कसँग छ । तर ज्ञानको सम्बन्ध आत्मासँग छ । यसकारण चाहे हामी विद्वान,अनपढ जस्तै भए पनि आत्मकल्याणार्थ हामीले सद्गुरु प्राप्त नै गर्नुपर्नेछ । जीवनमा गुरु धारण गर्नुपर्नेछ ।

महात्मा कबीरलाई पनि गुरु बिना ज्ञान हासिल भएन । शिवाजी मराठा शुरबीर थिए तर समर्थ रामदास विना उनलाई ज्ञान प्राप्ति भएन । महर्षी दयानन्द जसको नाम मूलशंकर थियो उनलाई पनि ज्ञान प्राप्तिको लागि स्वामी बिराजानन्द भएको ठाँउमा जानु पर्‍यो । किनकि आत्मज्ञान कुनै मृतक बस्तु, कुनै पढ्ने बस्तु होइन यो त एक जीवित चिज हो । आत्माको सास्वत अनुभुति हो । जुन समयको महापुरुषबाट प्राप्त हुन्छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।