२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

डोटीमा प्रहरी जवानद्धारा बालिका बलात्कार पछि हत्या गर्न खोजेको भन्दै उजुरी

धनगढी, १७ कातिक । डोटीको गडसेरा अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवानले एक १५ बर्षिया बालिकालाई बलात्कार पछि हत्याको प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालय डोटीमा उजुरी दर्ता गरिएको छ ।
डोटीको जोरायल गाउँपालिका वडा नं ५ की बालिकालाई  २४ बर्षिय प्रहरी जवान सुशील सिंहले कातिक १३ गते राती बलात्कारपछि हत्या प्रयास गरेको पिडित बालिकाका आफन्तले बताएका छन् । राती ११ बजे बालिकाको घरमा उनि सुतेकै कोठामा पुगेर बलात्कार गरेको र उनलाई घिसार्दै घर देखि तल रुखमा झुण्डाएको अर्धअचेत अवस्थामा भेटिएकी थिईन । ‘राती कोही चिच्चाएको आवाज आयो पिडित बालिकाका बुवाले भने, को रहेछ भनेर गएको त आफ्नै छोरी रहेछ । छोरीलाई उसैको दोपट्टाले रुखमा झुण्डाएको अवस्थामा भेटे बालिकाका बुवाले भने,‘ हतारहतार दोपट्टा काटेर बचाईयो ।’ 
अचेत अवस्थामा रहेकी छोरीलाई गडसेरा स्वास्थ्य चौकीमा लगेर प्राथमिक उपचार गरेको पिडित बालिकाका बुवाले बताए । उनले भने, न्यायका लागि अस्थायी प्रहरी चौकीमा निवेदन गरे त्यहाँ दर्ता गर्न मानेन ।

त्यसपछि प्रहरी चौकी जोरायलमा पुगेको पिडित बालिकाका बुवाले भने, त्यहाँ पनि केहि नलागेपछि अचेत अवस्थामा रहेकी छोरीलाई बोकेर सेती प्रादेशीक अस्पताल धनगढीमा उपचार गर्न ल्याए । धनगढीमा उपचार गरेपछि बालिका होसमा आएकी छन् ।

बालिकाको घाँटीमा लगाएको फाँसीले घाउ बनेको देखिन्छ । प्रहरीले बालिकालाई कुटपिट गरेको छ । खुट्टामा निलडाम छन् । आफुलाई प्रहरी जवानले फोन गर्ने गरेको पिडित बालिकाले बताईन । म मयाँ गर्छु र तिमि संग बिवाह गर्छु भन्थ्यो बालिकाले भनिन्, राती घरमा आएर यो अवस्था बनायो । 
गडसेरा अस्थायी प्रहरी चौकीले मुद्धादर्ता गर्न मानेन
अस्थायी प्रहरी चौकी गडसेराले बालिका बलात्कार पछि हत्या प्रयासको घटनाको निवेदन गर्दा गर्न नमानेको गुनासो पिडितकी आमाले गरेकी छन् ।
घटनामा संलग्न प्रहरी जवान सुशील सिंहका बिरुद्ध पिडित बालिकाका परिवारका सदस्य कार्तिक १४ गते बिहान अस्थायी प्रहरी चौकी गडसेरा पुगेका थिए । अस्थायी प्रहरी चौकी गडसेराका ईन्चार्ज चन्द्र भण्डारीले मुद्धादर्ता गर्न नमानेपछि पिडितहरु निरास भएका थिए । पिडित बालिकाकी आमाले भनिन्, निवेदन दर्ता गर्न भनेपछि उल्टै हकारेर जिल्ला जाउ भनेर फर्कायो ।’
जिल्ला प्रहरी कार्यालय डोटीद्धारा दबाव पछि मुद्धादर्ता 
मुद्धादर्ताका लागि जिल्ला प्रहरी कार्यालय डोटी पुगेका पिडित बालिकाका आफन्तले प्रहरीले मुद्धादर्तामा आनाकानी गरेको गुनासो गरेका छन् ।
पिडित पक्षहरुको दवावपछि बलात्कार पछि हत्या प्रयास गर्ने प्रहरी जवान सुशील सिंहका बिरुद्ध जवर्जस्ती करण र ज्यान मार्ने उद्योगको मुद्धा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले जवरजस्ती करणी र ज्यान मार्ने उद्योगको मुद्धादर्ता गर्दैन भन्दै थियो पिडित बालिकाका दाईले भने, बल्ल अहिले जवरजस्ती करणी र ज्यान मार्ने उद्योगको मुद्धादर्ता गरेका भएको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।