२०८३ बैशाख २५ शुक्रबार
२०८३ बैशाख २५ शुक्रबार

दसैंमा घर लिप्ने माटो लिन गएका दुई महिलाको ढिस्कोमा पुरिएर मृत्यु, दुई जना गम्भीर घाइते

जाजरकोटमा माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ।

दसैंमा घर रंग्याउने माटो लिन गएका छेडागाड नगरपालिका ३ का चुवाकी ३० वर्षीया शितला जैसी र १६ वर्षिया आरती दाहालको शनिबार साँझ माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

जाजरकोटका प्रहरी प्रमुख किशोरकुमार श्रेष्ठका अनुसार पहिरोमा परेर स्थानीय २४ वर्षीया सरिता जैसी र छेडागाड ४ जेवाकी ५० वर्षीया धनसरी चनारा गम्भीर घाइते भएका छन्।

उनीहरुलाई दशेरा स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारको लागि सेनाको हेलिकप्टर मार्फत् सुर्खेत लगिएको छ। उनीहरुको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दसैंमा घर लिप्ने माटो लिन उनीहरु घरदेखि चार किलोमिटर टाढा अस्पताल डाँडामा पुगेका थिए। माटो खन्दा बनेको आडारमा पसेर माटो निकाल्ने क्रममा सुख्खा पहिरो जाँदा उनीहरु पुरिएका श्रेष्ठले जानकारी दिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।