बझांगी राजा शक्ति सिंह पछि २०औ पुस्ताका राजा जय पृथ्वी बहादुर सिंहकाे जन्म बुवा विक्रम बहादुर सिंह र आमा रुद्र कुमारीका कोखबाट बि. स. १९३४ भदौ ७ भएको हो। सामन्ती राजकीय खान्दानमा जन्म भए पनि मानवताबादी व्यक्तिका रूपमा देश भित्र मात्र हैन देश बाहिर पनि चिनिन्छन।
उनको नेपाली भाषा, साहित्य, पत्रकारिता, शिक्षा, स्वाथ्यका क्षेत्रमा ठुलो योगदान रहेको छ। आठ वर्षको उमेरमा पढनको लागि काठमाडौँ आउनु भएको थियो।
सानो उमेरमा काठमाडौँ पढन आउदा जनताहरु रुन थाले, त्यसबेला उनले भने ‘म मानिसहरूको सेवा गर्नका लागि पढन जादै छु, नरुनुहोस्’ भनि सम्झाए। केहि वर्ष काठमाडौँमा पढे पछि भारतको प्रयागबाट आइ.ए. सम्मको पढाई पुरा गरे। राणा शासकसँग सम्बन्ध बनाएका बझांगी राजाले १६ वर्षको उमेरमा राणा प्रधानमन्त्री चन्द्र सम्शेर राणाकि छोरी खगेश्वोरीसँग भयो।



Views: 503

























