२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

धनगढीमा बलात्कार घटनाबाट पीडितहरुले न्याय पाउनु पर्ने भन्दै बिरोध प्रदर्शन

धनगढी : शुक्रबार धनगढीमा बलात्कार घटनाबाट पीडितहरुले न्याय पाउनु पर्ने भन्दै बिरोध प्रदर्शन गरिएको छ ।दैनिक महिला तथा बालिकामाथी बलात्कारका घटना बढ्दै गईरहेकाले बलात्कारका घटनाबाट पीडितहरुले न्याय पाउनुपर्ने भन्दै धनगढीमा बिरोध प्रदर्शन गरेका छन् ।
स्वतन्त्र रुपमा सहभागी भएका करिव ३० जना युवतीेहरु शरिरमा पुरै कालै कपडा र आँखामा कालोपट्टी बाँधेर हातमा ‘अझै कति सहने’ भन्ने मूल नाराका साथ ‘नो मिन्स नो, इट वाज नट हर ड्रेस इट वाज योर इभिल माइण्ड’ लगायतका नारासहित प्लेकार्ड बोकी युवतीहरुले बाजाका आवाजमा ‘राज्य बलात्कारी होस् तँ’ भन्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि प्रदर्शन गरेका हुन ।

समाजमा बलात्कारविरुद्ध जनचेतना जगाउन आवश्यकता रहेको र बलात्कारका घटनाको राम्ररी छानबिन हुनुपर्ने र बलात्कारीलाई केही समयपछि रिहा होइन कडा भन्दा कडा कारबाही हुनुपर्ने माग गरेका थिए । बिरोध प्रदर्शनमा सामाजिक कार्यमा सक्रिय रहेको बोलन्या थली पनि सहभागी रहेको थियो

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।