२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

कोरोना भाइरस : छटपटी,रोग र आत्महत्या बढायो

सुर्खेत – कोरोना सङ्क्रमणको महामारीका कारण घरभित्रै कुँजिनुपर्दा मानिसमा मानसिक समस्या बढेको छ । रोजगारी गुमाउँदा, आय आर्जनको बाटो बन्दा हुँदा, पठनपाठन स्थगितलगायतका कारणले मानिसमा छटपटी बढेको छ । छटपटीसँगैको एकान्तपनाका कारण कतिपयमा मानसिक समस्या देखापर्न गयो भने कतिपयले त सहनै नसकी आत्महत्याको बाटो अपनाएका छन् ।

छटपटी बढ्यो

डोल्पा समाचारदाताका अनुसार बन्दाबन्दी सुरु भएदेखि डोल्पाका बासिन्दामा मानसिक समस्या बढेको देखिएको छ । जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सिजन रावलले बन्दाबन्दीपछि दैनिक तीन जनासम्म मानसिक समस्या लिएर बिरामी आउने गरेको जानकारी दिए । निद्रा नलाग्ने, एकहोरिने, छटपटी लाग्ने, अत्यास लाग्ने, अल्छी हुने लगायतका लक्षण बिरामीले बताउने गरेको भन्दै उनले आफूहरूले बिरामीलाई सीधै मानसिक समस्या छ नभनी आवश्यक चेकजाँच गरी औषधि दिने गरेको बताए । डा. रावलले मानसिक समस्या परिवार टाढाटाढा रहेका, छोराछोरी घरभन्दा टाढा रहेका  

 बढ्दै रोगी

सल्यान समाचारदाताका अनुसार मानसिक रोगीको सङ्ख्या बढेको पाइएको छ । चिन्ता र निराशाका कारण यस्ता रोगीको सङ्ख्या बढेको हो । जिल्ला अस्पतालमा प्रत्येक महिनामा ८० देखि एक सय जना बिरामी आउने गरेका छन् । अस्पतालका चिकित्सक डा. प्रदीप शर्माले बन्दाबन्दीले मदाक पदार्थ सेवन, झै–झगडा बढ्नुको साथै वैदेशिक रोजगारी गुमाउनु परेको पीडाले मानसिक समस्या बढ्दै गएको बताए ।  
 
आत्महत्या बढायो
रुकुम समाचारदाताका अनुसार कारोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भएको बन्दाबन्दीमा समुदायमा मानसिक समस्या बढ्दै गएको छ । जिल्ला अस्पतालका चिकित्सक डा. राजकुमार भुजेलले बन्दाबन्दीमा काम नहुने र घर व्यवहार धान्न समस्या हुने, त्यसबाट परिवारमा कलह हुने, साथीभाइसँग भेटघाट र मनमा लागेका कुरा खुलस्त रूपमा भन्ने अवसर नपाउने तथा एक्लो महसुस हुने कारणले आत्महत्या गर्नेको सङ्ख्यामा वृद्धि भएको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।