२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

सुदूरपश्चिममा आज बुढी पोल्ने दिन

सुदूरपश्चिममा हरेक वर्ष असोज संक्रान्ति अर्थात आजका दिन मनाइने बुढी पोल्ने पर्व मनाइदै छ । प्रत्येक वर्ष असोज संक्रान्तिका दिन राक्षस पुतना लाई भगवान श्री कृष्णले मारेको सम्झनामा यो पर्व मनाईन्छ । भाद्र संक्रान्तीका दिनमा ठडाइएको लिंगो अर्थात वुढी लाई आज पोलेर वन्ढुनी पर्व अर्थात बुढी पोल्ने दिनका रुपमा मनाईन्छ ।

यस पर्वमा गाई बस्तुको हेरचाह गर्ने गोठला तथा स्थानियहरुले भाद्र संक्रान्ति अर्थात ओल्के पर्वको दिन सल्ला, बाँझको लिङगो ठड्याई रुखहरु, रुखका हाँगाहरु काटेर एकै ठाँउमा थुपारेर बनाएको बुढीलाई जलाउने चलन रहेको छ ।

द्वापर युगमा राक्षस पुतनाले राजा कंशको आदेशमा भगवान श्री कृष्णलाई दुधको रुपमा विष खुवाएर मार्न लगाएको थियो । भगवान श्री कृष्णले थाहा पाएर उल्टै राक्षसी पुतनाको रगत चुसी मारेको खुशीयालीमा यो पर्व मनाउने धार्मीक बिश्वास रहेको छ ।

आज गाई वस्तुहरुको गोबर थुपार्ने ठाँउमा काँस, अमरिसो लगायत पाँच जातको घाँसले बेरेको राँको बनाएर राख्ने गर्दछन । र बेलुकी पख जलाउने चलन रहेको छ । दोबाटोमा जलाएको पुतना राक्षसको आकृति बाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलन समेत रहेको छ । यसो गर्दा गोठमा पालिने जनावरलाई कुनै रोग नलाग्ने धार्मिक विश्वास रहेको छ ।

सदियौ देखि धार्मिक, तथा सास्कृतिक महत्व बोकेको पर्वका रुपमा बन्ढुनी पर्व रहेको छ । हरेक वर्ष को भदौ १ गते देखी प्रत्येक स्थानियले आफ्नो गोरु गुहारमा कांडा र झारपातले बेरेर बनाएको बन्ढुनी लाई हरेक वर्षको अशोज १ गते साँझ र कतिपय स्थानमा २ गते बिहान ४ बजे धार्मिक परम्परा अनुसार देवताको चोलो निकाली जलाउने परम्परा छ ।

बन्ढुनी वा बुढी जलाउदा सल्लाको झरोको राँको बनाईन्छ । प्रत्येक बृक्षले राम्रो फल दिओस भिनि बाबियो, कांसको फुरको रुख तथा बृक्षमा राखिन्छ । साझ पख सल्लाको दियालो गोठमा लगी गाई बस्तु वरपर गाई बाच्छीपाल बुढी निकाल भन्दै काक्रो मुखमा राखी थुक्ने चलन छ ।

कतै कतै बुढी जलाईसके पछी वारी पारी गाउका एक आपसमा लुतो लैजाउ भन्ने प्रचलन पनि रहेको स्थानिय जानकार लक्ष्मण पार्कीले बताए ।

सुदुर पश्चीमका बिभिन्न पहाडि जिल्लामा मनाईने बन्ढुनी पर्व मनाउन आज बिहानै देखि नुवाई, धुवाई गर्ने गर्छन । आज देखि नै शरद रीतुको आगमन भएको मानिन्छ । बुढी पोली सके पछि आज राती वा भोली बिहान सम्म पानी परे गाई अर्थात लक्ष्मीले जीत्ने र नपरे बुढीले जित्ने भन्ने भनाई पनि रहेको उनले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।