२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

कैलाली, बाँके र बर्दियामा भारी वर्षा, सतर्क रहन आह्वान

काठमाडौँ- मनसुनको न्यून चापीय रेखाको प्रभावले अहिले मुलुकभरका सबै प्रदेशमा हल्का वर्षा भइरहेको छ ।

नेपाल बाढी सूचना केन्द्रका अनुसार बाँके, बर्दिया र कैलाली तथा आसपासका जिल्लामा भने भारी वर्षा भएको छ ।

केन्द्रले जारी गरेको सूचनामा त्यस क्षेत्र आसपासका तटीय क्षेत्रका बासिन्दालाई कम्तिमा ९ बजेसम्म सतर्क रहन आग्रह गरिएको छ ।

मौसम पूर्वानुमा महाशाखाका अनुसार अहिले देशभर सामान्यतया बदली रही सबै प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

आज दिउँसो केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १,  बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि केही स्थानहरूमा भारी वर्षाको पूर्वानुमान गरिएको छ । राति प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यो क्रम शुक्रबारसम्म नै कायम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।