२०८३ जेष्ठ ६ बुधबार
२०८३ जेष्ठ ६ बुधबार

संसदिय राजनिति चपेटमा मुलुक

विश्व मानव समाज बिकासक्रमकाे करिब पाच हजार बर्ष र पुँजिवाद बिकास काे पाच सय बर्षमा पार गरेर अगाडि बढिरहेको छ। यस बिचकाे सबैभन्दा मानव जिवनमा बिश्वका बहु सङ्ख्य देशमा पुजीवादी संसदीय राज्य ब्यबस्था मार्फत जनताकाे जीवन शैली सञ्चालन गर्ने प्रयोग भईराखेकाे छ।त्यसको बिकल्प बैज्ञानिक समाजवाद सत्ताकाे करिब एकसय पचास बर्ष पुगेको छ।

नेपालीको सन्दर्भ भन्दा करिब साठी बर्ष देखि संसदीय राज्य सत्ताको अभ्यास हुदै अाएकाे छ।
यसकाे संकट र यसले ल्याएका समस्या का बिरूद्व पटकपटक जन स्थरबाट बिद्रोह भएता पनि अन्नतह “रिटिघुमि रम्जाटर भने जस्तो “नयाँ बदल्ने नाममा पुरानो ब्यबस्थामा सम्झौता हुदै अाएका दुखत इतिहास पनि नेपाली जनताको सामु छन। संसदीय राज्य ब्यबस्थाकाे परिभाषा गर्नुे हामी यति ज्ञाता त हैन तर हाम्रो जिवनकाे प्रयोग र भाेगाईले संसदीय ब्यबस्था भनेको “खसिकाे ठाउँको देखाएर कुकुर हडि बेच्ने बजार हाे” भन्ने भनाइ का रूपमा हामी संसदियसत्ता लाई सामान्य भाषामा बुझने गर्दछु ।
मान्छेकाे स्वाभिमान र अादर्शलाई बस्तुकाे रूपमा बेच्ने र लाखौं श्रमिक बर्ग भम्र गरेर सेवा र बिकासकाे नाम मार्फत शाेषण गर्दै श्रमिक जनसमुदायलाई दास बनाउने शाषक बर्ग मालिक भईराख्ने प्रक्रिया हाे ।भनाइमा सबै कुरा जनतामा निहित राज्य ब्यबस्था तर प्रयोग मा सबै दलाल साशकमा निहित भइराखेको सत्ता हाे।
नेपालीका केहि प्रयोग हेर्दै गर्दा कुनै पनि संसदीय पार्टी र उनिहरूका नेताकाे पार्टीमा लामो समय याेगदान पुर्याएका ,त्यागी र अादर्शकाे राजनीति गरेका नेता र कार्यकर्तालाई प्रायः पार्टीले पाखा लगाए ।यसको सट्टा अाफन्त, नातेदार पैसावाला र ब्यापारीहरूलाई उम्मेदवार ,समानुपातिक सभासद सिफारिस गरेका घटना छन ।नेपालमा बिभिन्न नाम गरेका कम्युनिस्ट छन जस मध्य एउटा पार्टी थियोे नेकपा एमाले जसले हजारौं दुख कष्ट अबसर सबै त्यागेर पार्टीका लागि याेगदान पुर्याएका नेता भन्दा पनि राज्यलक्ष्मी गाेल्छासँग तीन करोडौं रूपिया लिएर उनलाई सभासदमा निर्वाचित गरेको घटना सार्वजनिक भएको थियोे र छ काँग्रेस पार्टीका लागि सयौं बर्ष कुर्वानिदिएका नेतालाई पाखा लगाउदै बिनाेद चाैधारी जस्ता ब्यापारी लाई सहजै सांसद बनायाे।सबै जस्तो संसदीय पार्टीले बढी जस्तो यस्तै गरेको देखिन्छ। र नेपाली जनता याे क्रियाकलापकाे प्रत्यक्षदर्शीकाे रूपमा साच्चि छन। यी पात्र र प्रबृत्ति मार्फत राज्यका विभिन्न निकाएमा पदपुर्ति र सिफारिस गरि भष्ट्रचार गर्ने र गराउने प्रक्रियालाई नै संसदीय सत्ताको मुटुको रूपमा याे सत्ता सञ्चालन गर्ने नेतृत्वहरू अाफुलाई उभिई रहेका देखिन्छन् । र याे नगरि दलाल संसद सत्ताकाे चल्दैन । जनस्थरबाट अाएका सुझाव र गुनासा अनुरूप याेजना र कार्यक्रम बनाउनुको सट्टा राज्य अङ्गहरूलाई दुरुपयोग गरि ब्यापारकाे रूपमा किनबेच गर्ने केन्द्रीय स्थरकाे राजनीति अभ्यास याे प्रकार छ। जसले सबै स्वाभिमान सार्वभौम देशको अस्तित्व लेनदेन काे सत्वाे बनाएको छ। त्याे भन्दा तल प्रदेश र स्थानीय स्थरमा मानव समाज बिकास क्रमकाे पहिलो अाधार “अादिम साम्यवाद” का केही सभ्यता हरू अझपनि केही समाजमा जिवित छन मानिस, मानिस बिच राम्रो सहकार्य थियाे ।याे सबै कम्युनिस्ट नाम र काग्रेसकाे नामका संसदीय पार्टीले कमिशन , ठेक्का पट्टा, तस्कर भष्ट्राचार जस्ता अपाराधलाई संरक्षणमा लिलाम गरेका छन।
कुनै समाज बिकासक्रमकाे अापनाै इतिहास हुन्छ हाम्रो नेपाली समाजको पनि अापनाै इतिहास थियोे
अहिले सबै नष्ट भएको छ हाम्रो अाेल्लाेपल्लाे तलमाथि वरपर ,भावनात्मक एकता र एेतिहासिक, धार्मिक ,साँस्कृति जस्तो परम्परागत ले हामीलाई एक ठाउँमा बाधेर राखेकाे थियाे ।अहिले सबै कुरा संसदीय पार्टी र तिनका कमिशन खाने र खुवाउने कार्यकर्ताले गर्दा सबै सामाजिक सम्बन्ध संकटमा छन्। अाज गाउँ घरमा एउटा नयाँ अाधुनिक दास, मालिक प्रर्था चलिरहेको काे छ।बिभेद ,बिभाजन, असमानता , अत्याचार अपराध क्यान्सरकाे रूपमाअहिले नेपालीका गाउँ घर फैलिएको रहेकोले छ।हुनत संसदीय राज्य ब्यबस्था भित्र विभिन्न कानुन विधि पद्धतिको कुरा गरेको हुन्छ ।तर प्रयोगमा त्यसको ठिक बिपरित देखिन्छ हुन्छ ।

हरेक बस्तु उसको गुणले निर्धारण गरेको हुन्छ
अहिले सारा मुलुक काेराेना भाईरसबाट अाक्रान्त भईरहेका बेला याे ब्यबस्थाले काेराेनाकाे नाममा ठुलो ब्यापार गरि जनताकाे बहुमुल्य जीवनमा खेलवाड गर्दे भष्ट्रचार र कमिशन ब्यस्थ छ अहिले सबै ढङ्गले जनताको जीवन रक्षाका लागि सबै स्वार्थ त्याग्नु पर्ने बेला पनि याे क्रियाकलाप झन बढेर अाउनुले याे सत्ता नै संकटमा मा छ भन्ने कुराकाे थप पुष्टि गरेको छ।
संसदीय राजनीतिक क्षेत्र दिनप्रतिदिन भष्ट्रचारकाे अाहालमा डुब्नुमा तिनका दलका कार्यकर्ता ,नेता तथा खर्चिलो निर्वाचनमा प्रणाली हुने खर्च पार्टी सरकारमा जाने बित्तिकै मन्त्री हुने ब्यक्तिले पार्टीको खर्च उठाइदिनुपर्छ र पार्टीको सबैखाले खर्च कमिशन दिएर हाे कि भष्ट्राचार गरेर हुन्छ कि वा सबै सरकारि सं.संस्था कसै ब्यक्तिलाई बेचेर हुन्छ पार्टी चलाइदिनुपर्छ । मन्त्री नहुने नेता र अन्य पद नपाउने कार्यकर्तालाई पालिदिनुपर्छ पार्टीको कार्यक्रममा देश दाैडाहा गर्ने शिर्षनेतालाई हेलिकप्टरकाे खर्च ब्यबस्था गरिदिनुपर्छ । तर जनता मेहेनत गरि एक छाक खानु र एक सराे लगाउनुका लागि पसिना बेच्ने ठाउँ पाईरहेकाे छैन। खुट्टामा चप्पल हुदैन नेता हेलिकप्टर यात्रा मस्थ हुन्छ र उनिहरूका परिवारका ब्यक्तिहरूले अाफु,अाफन्त र नातेदारलाई जागिर लगाउने ठेक्कापट्टा पारिदिने लगायतका नाजायज काम गर्ने दबाब दिन्छन् ।नियमले अाउने अाम्दानिले नेतालाई अापनाे खर्च धान्नसमेत अपर्याप्त हुने अबस्थामा यस्ता नाजायज अाबश्यकता भन्दा बढी माग पूरा गर्नुका लागि नेताले भष्ट्रचार नगरी सुखै पाउदैन ।त्यसैले नेताले अाफैले खनेको खाल्डो मा अाफै पुरिनु बाध्य भई भष्ट्राचार गरेर पार्टीको र अापनाे निर्वाचन खर्च उठाउन्छ। अनि याे संसदीय गृहकाे अाबश्यकता माग पूरा हुन्छन् र अाधार बर्ग अाबश्यक जनसमुदाय दिनभर पसिना बगाउदा पनि बिहाना बेलुकी खानु पाउनु ठुलो संघर्ष गरिरहेको हुन्छन त्यसैले याे संसदीय ब्यबस्था संकटमा छ याे संकटका कारण मुलुक यसको चपेटामा छ।
नेपालीको इतिहासदेखि हुदै अाएका भष्ट्राचारका विभिन्न घटना हेर्ने हाे भने यस्ता विभिन्न समाजिक संरचनात्माक कारणहरू जबर्जस्त रूपमा देखिएका छनभनिएता पनि । तर नेपालको संसदीय कानुनले भष्ट्राचार यस्ता सवाललाई अापनाे परिभाषाभित्र समेट्न सकेको छैन। भष्ट्राचार निवारण एेनकाे परिच्छेद मा सार्वजनिक पदधारणा गरेको ब्यक्तिकाे स्वार्थ र लाेभका कारण भष्ट्राचार हुन्छ भनिएको छ तर यसैको अाधारमा मात्र भष्ट्राचार भएको छ र नियन्त्रण गर्नु सकिन्छ भन्दै अर्को संस्था बनाएको छ अख्तियार जसले पनि खासै काम गर्नु सकेको छैन । यसको निष्कर्ष ब्यबस्थकाे संकट हाे भने पुष्टि गर्छ ।किनभने याे दलाल संसद राज्य प्रणालीको एक अङ्ग अख्तियार हाे मान्छेलाई कानुनको परिधिभित्र राख्नु भन्दा पनि उसको मनाेबिज्ञान क्षमता अाबश्यकता सबैलाई बैज्ञानिक ढंगले ब्यबस्थापन गर्दै क्षमता अनुसार काे सीप प्रदान गर्दै , काम दिदै ब्यबस्थापन गर्नुपर्छ र याे ब्यबस्थाकाे बिकल्प याे नै हुदैन नयाँ यसको बिपरित हुनुपर्छ जसले सारा देशका जनता स्वाभिमानी अात्मानिर्रभर विभेद मुक्त हरेक काम सामुहिक हाम्रो हाेभने सस्कार सहितको हुनपर्छ ब्यक्ति हाेईन हाम्रो समाज ,राष्ट्र धनी हुनुपर्छ त्याे भित्र हामी सबै सुरक्षित छु भन्ने ग्यारेन्टी सहितको साँस्कृतिक राज्य ब्यबस्था अहिलेकाे याे दलाल संसदीय सत्ताकाे संकटको बिकल्प हुन जान्छ जनताको समाजवाद भन्नू सकिन्छ ।याे खालको राज्य ब्यबस्थाकाे जरुरी छ।

लेखक – अखिल क्रान्तिकारी केन्द्रीय सदस्य
प्रकाश जप्रेल

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।