हिजो समन्तीलाई सर्वहारा मा परिणत गर्छु भन्ने हरु आज किन उनीहरूकै नियम पद्धति समाल्दै छन् यहाँ।



घरमा शान्ति देशमा अस्थिरता समुदायका विकृति हटाउँछ भन्नेहरू तिनै त हुन यहाँ ।
हिजो देशमा क्रान्ति गर्ने हरू आज सिंहदरबारमा भाषण ठोक्दै छन् यहाँ।
आज वास्तविक क्रान्ति गर्ने सहयोद्धा हरु दुःख पीडा खेप्दै छन् यहाँ ।
आफ्नै घर भत्काएर क्रान्तिको सपना देखायो जसले यहाँ बेवारिसे बनाएर सडकमै छोड्न खोज्यो तेसैले यहाँ ।
विडम्बना हिजो नयाँ गन्तव्यको सपना साकार गराउँछु भन्नेहरू आज त्यसै दरबारिया भवन अगाल्न पुगे यहाँ ।
कुनै समयमा सबै ब्यबहार मा सामन्तबाद देख्ने हरु आज आफै किन पुगे त्यहाँ ।
तिम्रा टन्न पुस्तौं सम्म पुग्ने धन सम्पती देखिन्छ त्यही मासमा यहाँ ।
छन् भन्दै भाषण ठोक्दै हिन्छौं पुँजीवादी भनेर बस्छौ त्यही महान निवासमा यहाँ ।
असहाय निमुखा को रगत पसिना मेहनतको भेलमा उभिएका महाराजको म पाई चलेको छ त्यहाँ ।
आशा र प्रतिक्षाको ढोकामा उभ्याएर निरासाको स्वाद दिलाई सकेको छ यहाँ ।
देशको जनशक्ति उडाउने चलन चलाएर सोझा साझा गरीबलाई चुसेर खाने पेसा चलाई सके छ यहाँ ।
कविता लेखक – गणेश शार्की
(अजयमेरु ५ देबल हाल कञ्चनपुर )

























