२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

सुतेको सपना ब्युझाउनु छ अझै ।

हिजो समन्तीलाई सर्वहारा मा परिणत गर्छु भन्ने हरु आज किन उनीहरूकै नियम पद्धति समाल्दै छन् यहाँ।

घरमा शान्ति देशमा अस्थिरता समुदायका विकृति हटाउँछ भन्नेहरू तिनै त हुन यहाँ ।

हिजो देशमा क्रान्ति गर्ने हरू आज सिंहदरबारमा भाषण ठोक्दै छन् यहाँ।

आज वास्तविक क्रान्ति गर्ने सहयोद्धा हरु दुःख पीडा खेप्दै छन् यहाँ ।

आफ्नै घर भत्काएर क्रान्तिको सपना देखायो जसले यहाँ बेवारिसे बनाएर सडकमै छोड्न खोज्यो तेसैले यहाँ ।

विडम्बना हिजो नयाँ गन्तव्यको सपना साकार गराउँछु भन्नेहरू आज त्यसै दरबारिया भवन अगाल्न पुगे यहाँ ।

कुनै समयमा सबै ब्यबहार मा सामन्तबाद देख्ने हरु आज आफै किन पुगे त्यहाँ ।

तिम्रा टन्न पुस्तौं सम्म पुग्ने धन सम्पती देखिन्छ त्यही मासमा यहाँ ।

छन् भन्दै भाषण ठोक्दै हिन्छौं पुँजीवादी भनेर बस्छौ त्यही महान निवासमा यहाँ ।

असहाय निमुखा को रगत पसिना मेहनतको भेलमा उभिएका महाराजको म पाई चलेको छ त्यहाँ ।

आशा र प्रतिक्षाको ढोकामा उभ्याएर निरासाको स्वाद दिलाई सकेको छ यहाँ ।

देशको जनशक्ति उडाउने चलन चलाएर सोझा साझा गरीबलाई चुसेर खाने पेसा चलाई सके छ यहाँ ।
कविता लेखक – गणेश शार्की
(अजयमेरु ५ देबल हाल कञ्चनपुर )

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।