डडेल्धुरा- डडेल्धुराका ६० बर्षिय करनराज पाण्डेय पक्राउ परेका छन् । उनको साथ बाट सात सय ग्राम चरेश सहित उनलाई प्रहरिले नियन्त्रणमा लिएको थियो ।
पाण्डेय अमरगढी नगरपालिका–८ खनमडाका बाट पक्राउ परेका हुन् । पाण्डेयले आफ्नो खुद्रा लागुऔषध चरेसको कारोेबार गर्ने गरेको छ भन्ने गोप्य सूचनाका अनुसार जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले पाण्डेयलाई शनिबार बेलुकी पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए।



पाण्डेयलाई जिल्ला प्रहरी कार्यालयले आर्इतबार पक्रार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेकोछ। घरमा लुकाइ–छिपाई राखेको अवस्थामा ७ सय ग्राम लागुऔषध चरेसजस्तो देखिने पर्दाथ बरामद गरिएको डीएसपी भट्टले बताए।
उनका अनुसार पाण्डेयलाई नियन्त्रणमा लिई कानुन बमोजिम अनुसन्धान भइरहेको छ। लागुऔषध (नियन्त्रण्) ऐन, २०३३ बमोजिम ५ सय ग्रामदेखि २ किलोग्रामसम्म भएमा ६ महिनादेखि २ वर्षसम्म कैद र दुई हजारदेखि १० हजार रुयैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको डीएसपी भट्टले जानकारी दिए।



























