२०८३ जेष्ठ ७ बिहीबार
२०८३ जेष्ठ ७ बिहीबार

अजयमेरुः . राष्ट्रपति रनिङ शिल्डको उपाधी मणिलेक मा.वि. चिपुरलाई

मणिलेक मा.वि. चिपुरको लगातार तीन पटक जित ,सिल्ड कब्जा
दिपक राज भट्ट
डडेल्धुरा ः डडेल्धुराको अजयमेरु गाउँपालिकामा ४ गते सुरु भएको राष्ट्रपति रनिङ शिल्डको उपाधी मणिलेक मा.वि. चिपुरले पाएकोछ । यो सँगै विद्यालले ३ पटक लगातार पदक जितेर सिल्ड आफ्नो कब्जामा पारेकोछ । चिपुरले १६ गोल्ड पदक पाएको हो । ‘दीर्घ जीवनका लागि खेलकुद’ भन्ने नाराका साथ गाउँपालिको आयोजनामा बिहीबारबाट चौथो राष्ट्रपति रनिङ शिल्ड सुरु भएको थियो । आज समापन भएको कार्यक्रममा चमडा द्धतीय भएको थियो जसले ७ गोल्ड जितेको थियो ।

s

रााष्ट्रपति रनिङ शिल्डको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले एक कार्यक्रमकाबीच उद्घाटन गरेका थिए । कार्यक्रममा गाउँपालिका अन्तर्गतका ९ वटा विद्यालयका विद्यार्थीहरूले लामवद्ध भएर राष्ट्रिय झण्डा र आफ्नो विद्यालयको झण्डा लिएर मार्चपास गरेका थिए । प्रतियोगिता अजयमेरु गाउँपालिका–३ स्थित चन्वेताल खेल मैदानमा भएको थियो । स्थानीय स्तरबाट प्रथम भएर आउने खेलाडीहरूको जिल्लामा जिल्लास्तरीय प्रतियोगिता सहभागिता हुने भएका छन्।प्रतियोगितामा छात्रछात्रा भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल आर्टलगायतका खेलहरू समावेश गरिएको शिक्षा तथा खेलकुद शाखाले जनाएको छ। प्रतियोगितामा ९ विद्यालयको सहभागिता रहेको वडा नम्बर २ का वडाध्यक्ष शिवराज भट्टले बताए ।
हरौ कुन विद्यालयले कति अंक पाए सुची सहित ः

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।