२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

रास्वपामा विवाद,जिल्ला सभापतिलाई बर्खास्त गर्न २४० जनाले गरे पत्राचार

१८ मंसिर । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति राजकुमार न्यौपानेलाई हटाउन माग गर्दै २ सय ४० जना सदस्यले पार्टी केन्द्रीय कार्यालयमा पत्राचार गरेका छन् । 

मंसिर ४ गते सम्पन्न निर्वाचनमा अन्तर्घात गरेको आरोप लगाउँदै जिल्ला सभापति न्यौपानेलाई बर्खास्त गर्न माग गर्दै केन्द्रमा पत्राचार गरिएको हो । स्रोतका अनुसार २ सय ४० जना पार्टी सदस्यले न्यौपानेलाई बर्खास्त गर्न माग गरेर पार्टीको केन्द्रीय कार्यालयमा इमेल गरेका छन् । 

न्यौपानेले समानुपातिक उम्मेदवारलाई विपक्षी दलका उम्मेदवारको घरमै लगेर भेटघाट गराएको आरोप छ । यता न्यौपानेले भने आफूमाथि गुटबन्दी भएको प्रतिक्रिया दिएका छन् ।  पार्टीले राष्ट्रिय दलको हैसियत पाएसँगै जिल्लामा आफूलाई हटाउन चलखेल सुरु भएको उनले दाबी गरे ।

विपक्ष दलका उम्मेदवार भेटेको विषयमा उनले पार्टीको निर्वाचनमा खेलिने कुटनीतिअनुसार भेट गरेको बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।