डडेल्धुरा ः डडेल्धुराको भागेश्वर गाउँपालिका ४ किमौलामा रहेको गड्यौला मल उत्पादन तथा तरकारि फर्म भागेश्वर ४ किमौलामा संञ्चालित रहेकोछ । चक्र सिंह ठकुराठीले यो फर्म विगत ५ बर्ष देखि संञ्चालनमा ल्याएका छन् ।
१० लाख रुपैया लागत पुँजी रहेको यस फर्मले सुदुरका नौ जिल्लमा गड्यौलाका छावा र मल उत्पादन गर्दै आएकोछ । फर्मले बार्षिक २०० क्विन्टल मल उत्पादन गर्छ भने २ क्विन्टल गड्यौला भुरा उत्पादन गर्छ ।
अहिले १ के.जि. भुराको मुल्य रु २५०० रहेको छ । फर्ममा १० सेड रहेका छन् । फर्मले अहिले सानिमा बैंक संगको साझेदारिमा भुरा उत्पादन गरिरहेको छ भने र्फममा आ.व. ०७५—०७६ मा कृषि निर्देसनालय दिपायलको रु ३ लाख ५० हजार र भागेश्वर गाउँपालिकाले आ.व. २०७७—०७८ मा रु १ लाख अनुदान दिएकोछ ।
सामान्यतया ३ देखि ४ महिनामा मल तयार हुन्छ । एक सेडमा ७ देखि १० के.जि गड्यौला राखिने फर्म संञ्चालक ठकुराठीको भनाई छ । उत्पादित मल र भुरा सुदुरका नौ जिल्लामै बिक्रि वितरण हुने गरेकोछ ।
गड्यौले मल प्राङ्गारिक खेतीका लागि अति उत्तम मल हो र यसलाई व्यवस्थित पालन गरेमा यसबाट राम्रो प्राङ्गारिक मल तयार गर्न सकिन्छ । गड्यौलाले खाएको खाना पाचन नलीमा धेरै बेर रहँदैन र धेरै पनि रहँदैन । खाएको ५–१० भाग मात्र शरीर उपयोगको लागि प्रयोग हुन्छ । अरू बाँकी भाग शरीर बाहिर निष्कासन गर्दछ, जसलाई काष्ट भनिन्छ । यसले खाएर पचाएर दिशाको रूपमा फालेको दानेदार मललाई गड्यौलाबाट तयार पारिएको कम्पोष्ट मल वा गँड्यौली मल भनिन्छ ।
गँड्यौली मलका फाइदाहरुः
– यो मलमा भएका खाद्यतत्वहरू पानीमा घुलनशील हुन्छन् र बिरुवाले यसमा भएका खाद्यतत्वहरूलाई सजिलैसँग लिन सक्दछ ।
– यो मलमा एन्टिबायोटिक, भिटामिन, हर्मोन प्राप्त हुने भएकोले अरू मलभन्दा यो मलको गुणस्तर राम्रो मानिन्छ ।
– यस मलको प्रयोगले रासायनिक मलको उपलब्धता बढाउँछ र बाली बिरुवाको वृद्धि विकास पनि छिटो हुन्छ ।
– गड्यौला कम्पोष्टको कार्बनः नाईट्रोजन अनुपात परम्परागत गोठेमल वा कम्पोष्टको भन्दा कम हुन्छ र यसमा भएको नाईट्रोजन बिरुवालाई तुरुन्तै उपलब्ध हुन्छ ।
– खेती र घरेलु फोहर वस्तुहरुबाट यो मल बनाईने हुँदा वातावरणलाई स्वच्छ राख्न मद्धत पुग्दछ ।
गड्यौला विभिन्न प्रजातिका हुन्छन् । संसारमा १८०० भन्दा बढी प्रजातिका गड्यौला पाईन्छन् र तीमध्य रातो विग्लरहरूचभम धष्ननभिचक ९आइसेनिया फेटीडा, भ्ष्कभलष्बाभतष्मब) गड्यौली मल बनाउनका लागि सामान्यता प्रयोग हुने गड्यौला हो । हुन त अहिले विभिन्न नामबाट प्राङ्गारिक र जैविक मलहरु उत्पादन भैरहेको छन् र ती मलहरुमा एकै किसिममा पोषक तत्वहरु नपाउन पनि सकिन्छ । त्यसैले आफैले घरमा गड्यौलापालन गरी उत्पादन गरिएको मल भरपर्दो र गुणस्तरीय हुन्छ ।
घरमै कसरी बनाउन सकिन्छ त गड्यौली मल
गड्यौला पालनका लागि १ मिटर चौडाई, ६० से।मी उचाई र ५ मिटर लम्वाई अथवा लम्बाई आफ्नो आवश्कता अनुसारको पिट अथवा बिन तयार गर्नुपर्छ । भुँइ ढलान गरेर प्लास्टर पनि गर्नुपर्छ र हल्का भिरालो बनाई होंचो भागतिर १–२ इन्चको पाइप राख्नु पर्छ । आफ्नो स्रोत अनुसार, पिट जति पनि बनाउन सकिन्छ, माथिबाट घामपानी बचाउन खर, पराल वा प्लाष्टिकले छाउनु पर्दछ । सकेसम्म छानाबाट तातो नछिर्ने खालको अथवा घामको प्रकाशले तल तातो नहुने खालको बनाउनु पर्छ ।
गड्यौला राख्नुभन्दा पहिले १५ देखि २० दिन खाद लगाएर सेलाएको गोबरलाई प्रयोग गर्नुपर्छ । तल घाँस, पराल वा सोत्तरको एक तह राखी त्यसमाथि सेलाएको गोबर एक तह राख्नुपर्छ, यसो गर्दा सोत्तर राम्रोसँग भिजेको हुनुपर्छ र तह–तह बनाएर राख्नुपर्छ र माथिल्लो सतहमा गोबर मसिलो बनाएर राख्नुपर्छ भएसम्म गोबर ग्यासको स्लरी राख्दा पनि हुन्छ। गोबर भरिएपछि एक छेउबाट गड्यौला छोड्नुपर्छ ।
गड्यौला धेरै भए फरक पर्दैन तर कम्तिमा प्रतिवर्ग फिट २०० का दरले राख्नु पर्छ । गड्यौला छोडीसकेपछि माथिबाट जुटको बोरा राखी झाहरीको सहायताले पानी हाल्नुपर्छ र त्यो बोरालाई चिसो बनाइराख्नुपर्छ । पिटमा जम्मा भएको पानी जुन पाईपबाट बाहिर निस्किन्छ, त्यसलाई एउटा भाँडोमा जम्मा गरी पातलो हुदाँसम्म प्रयोग गर्न सकिन्छ र बाक्लो र गाढा भएपछि यसलाई पनि मलको रुपमै प्रयोग गर्न सकिन्छ । यसलाई भर्मीवास भनिन्छ । १ लिटर भर्मीवासमा ४ लिटर पानी मिसाई बिरुवामा छर्न वा फेदबाट दिन सकिन्छ । गड्यौलाको बेडिंगमा कुहिने गल्ने सबै कुराहरु राख्न सकिन्छ तर लसुन, प्याज, माछा, मासु साथसाथै प्लाष्टिक, नाइलन, ऊनजस्ता नगल्ने र नकुहिने वस्तुहरु राख्नु हुँदैन ।
गड्यौला चिस्यान रुचाउने जीव हो त्यसैले गड्यौलाको बेडमा ६०–६५ प्रतिशत चिस्यान हुन आवश्यक हुन्छ । ३५ डिग्री सेल्सियस तापक्रम तथा १० डिग्रीभन्दा कम चिसोमा गड्यौला फस्टाउन सक्दैन र एकै ठाउँमा जम्मा भएर गुडुलिकिन्छ । गड्यौलाले तल फर्किएर खान्छ र कास्टिङ माथि सतहमा बिसर्जन गर्छ । माथिल्लो सतहमा एक भित्ता जति मल थुप्रिएपछि हल्कासँग सोरेर नजिकै छुटै पिट बनाएर मल थुपार्नुपर्छ । त्यसो गर्दा मलमा भएका गड्यौलाका कोकनहरु ह्याच हुन पाउँछन् र नयाँ गड्यौलाहरु उत्पादन हुन्छन् । बेडिंगमा मल तयार भैसकेपछि ३ मिलिमिटरको चाल्नोले चालेर गड्यौला र मल छुट्याउनु पर्दछ । गड्यौलासँग गेडा मल र नपचेको मल तथा अन्य वस्तुहरु हुन्छन्, त्यसबाट गड्यौला छुट्टाउन उज्यालोमा लगेर प्लेन सिट वा प्लाष्टिकमा लामो पारेर थुप्राई बढी उज्यालो पार्न सकिन्छ, गड्यौला प्रकाश मन नपराउने भएकाले गड्यौला जति तल जम्मा हुन्छन् र माथि भएको मललाई सोरेर जम्मा गर्न सकिन्छ । यसो गरे पश्चात यी गड्यौलाहरुलाई पुनः माथि बताइएअनुसार पिट बनाएर फेरी प्रयोग गरी गड्यौली मल उत्पादन गर्न सकिन्छ ।




























