काठमाण्डौं–संयुक्त राष्ट्र संघका आवासीय संयोजक रिचार्ज होबर्ड, संयुक्त राज्य अमेरिका, बेलायत, जर्मनी, अस्ट्रेलिया, स्विस तथा युरोपेली युनियनका राजदूतहरुकोसंयुक्त प्रतिनिधि प्रतिनिधिमण्डलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमलदाहाल प्रचण्डलाई भेटेका छन् । भेटमा उनीहरुले नेपालकोशान्ति प्रक्रिया टुंगोमा पुग्दै गरेकोमा आफूहरुको सकारात्मक सहयोग र सद्भावरहने बताएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । नेपालको शान्तिप्रक्रिया नेपालीले नै नेतृत्व गरेको र यो मौलिक प्रकृतिको रहेकोपनि उनीहरुले बताएको मल्लले उल्लेख गरे । भेटको क्रममा राजदूतहरुले गम्भीरमानव अधिकार उलंघनको घटना र पीडितहरुको पुनरावेदनको अधिकारबारेचासो राखेका थिए ।
अध्यक्ष कमरेड प्रचण्डले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय समुदायको सकारात्मक योगदानको चर्चा गर्दैशान्ति प्रक्रिया टुंगोमा पुग्दै गर्दा उहाँहरुले देखाएको सामुहिक सुभेच्छा र चासोका लागि धन्यवाद व्यक्त गरेको मल्लले बताए ।
विस्तृत शान्ति सम्झौता र संक्रमणकालिन न्यायका संवेदनशीलताप्रति राजनीतिक तहमा गम्भीर छलफल भएको, सर्वोच्च अदालतकोआदेश, पीडितको आवाज र अन्तर्राष्ट्रिय चासोलाई ध्यान दिएर यो प्रक्रियालाई टुंगोमा पुर्याउन सफल हुने विश्वास व्यक्त गरे ।




























