डडेल्धुरा ः डडेल्धुरामा नेविसंघको संगठन विस्तार तिव्रता दिएको छ । विद्यार्थीका हकहितमा काम गर्ने लक्ष्यका साथ संगठन विस्तारमा लागेको नेवसिंघका कार्यबहाक अध्यक्ष पवन ऐरले बताए। डडेल्धुराको महेन्द्र्र मा.वि. माउन्टेन स्कुलमा संगठन विस्तार गरेको छ ।
यस्तै डडेल्धुराको महेन्द्र मा.वि.ह्वाईट पार्क कलेज, भागेश्वर मा.वि.टाटर,उग्रतारा मा.बि. पोखरा कमिटी गठनमा संगठन विस्तार भएको छ भने अब सबै पालिकामा संगठक निमार्णको कार्य तिब्र रुपमा अगाडि बढाउने ऐरको भनाई छ ।
आज घटाल मा.वि.मा पनि कमिटि विस्तार भएको छ ।
अध्यक्षमा धिरेन्द्र ऐर सर्वसम्मत चयन भएका छन् भने ३३ सदस्यि कमिटि गठन भएको छ ।
‘राजनीतिक सचेतना, समाजप्रति उत्तरदायित्व वहन, विकृति र बिसंगतीविरुद्ध बुलन्द आवज उठाउनका लागि विद्यार्थी एकता हाम्रो आवश्यकता भन्ने नाराका साथ नेविसंघ डडेल्धुराको संगठन निर्माण अभियान सञ्चालन भइरहेको छ।’




























