धनगढीः आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ बाट डा.आरजु राणा देउवाले उम्मेदवारी दिने भएकी छन् ।
नेपाली काँग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी राणाले कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने इच्छा व्यक्त गरेको नेपाली काँग्रेसका एक केन्द्रीय सदस्यले बताए ।
नेपाली काँग्रेसकी नेतृ राणा २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार नारद मुनी रानासँग पराजित भएकी थिइन् ।
ूप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पार्टी सभापति शेर बहादुर देउवाकी पत्नी हुनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त महिला नेतृ भएकोले पनि यस पटक कैलालीका जनताले अत्यधिक मतले डा। राणालाई जिताउने छन्उनले भने ।
डा. राणाले आफ्नो अनुभव, क्षमता र अन्तर्राष्ट्रिय सम्बन्धलाई कैलाली, सुदूर पश्चिम र देशको विकासमा समर्पित गर्ने सोचका साथ प्रतिनिधि सभाको निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने ती केन्द्रीय सदस्यले बताए ।




























