२०८३ बैशाख ३१ बिहीबार
२०८३ बैशाख ३१ बिहीबार

एकै दिन १ हजार ९० जनामा कोरोना पुष्टि, २ जनाको ज्यान गयो

काठमाण्डौ – पछिल्लो २४ घण्टामा एक हजार ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन गरी ६ हजार तीन सय जनाको नमुना परीक्षण गर्दा एक हजार ९० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा निकै लामो समयपछि एकै दिन एक हजार जनाभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै थप चार सय ३८ जना सङ्क्रमित निको भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार आठ सय ६ जना पुगेको छ । पछिल्लो २४ घण्टामा दुई जना सङ्क्रमितको ज्यान गएको छ । नेपालमा अहिलेसम्म कोरोनाका कारण ११ हजार नौ सय ७४ जनाको ज्यान गएको छ ।
थप एक लाख ७१ हजार आठ सय ३७ जनाले कोरोनाविरुद्धको खोप लगाएको विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।