२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

प्रेममा पनि घात हुन्छ….

१…
न कुनै विधानमा हुन्छ, न धारामा हुन्छ
न सूचनापाटीमा हुन्छ , न नारामा हुन्छ
लाग्छ, प्रेम एउटा अलिखित दस्तावेज हो
मात्र मुटुमा लेखिन्छ र आफ्नै पारामा हुन्छ ।
२…
समयसित

सक्छस् अलिकति अप्ठेरो अलिकति हैरानी दे
ए समय दे मलाई , मात्र चोटहरुको निशानी दे
म अनिदा सपना बोकेर अनिदै रातमा छु अचेल
मलाई दुः खको बिस्तारा अनि आँसुको सिरानी दे ।
३…
जेजे दिनुछ दे जिन्दगी उपहार सम्झिने छु
कहिल्यै बिर्सिने छैन बारम्बार सम्झिने छु
अचानो हुन सिकाएकी छन् मेरी आमाले
म न चोट सम्झिने छु न प्रहार सम्झिने छ ।
४…
धकेल्ने(उचाल्नेहरु छन्, चढाउने(चढ्ने पनि छन्
कुर्सीहरुकै इतिहास रच्न अगाडि, बढ्ने पनि छन्
कोही मञ्चन गर्ने कोही रमिता हेर्ने यति मात्र छैनन्
कुर्सीभित्रका कथा कविता लेख्ने अनि पढ्ने पनि छन् ।
५…
प्रेममा पनि घात हुन्छ, प्रतिघात हुन्छ
र पनि मन किन, उसैको आबाद हुन्छ
सुनेकी थिएँ मौनतामा पनि त हुन्छ प्रेम
जहाँ आँखा आँखाको मीठो संवाद हुन्छ ।।
पार्वति भट्ट (अमरगढी)

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।