पोखरा – सम्पर्कविहिन भएको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा मुस्ताङको लेतेमा भेटिएको छ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएको र थप विवरण आउन बाँकी रहेको जानकारी दिए। स्थानीयका अनुसार जहाजमा आगो बलेकाे र ठूलाे आवाज आएकाे थियाे। बिहान ९ बजेर ५५ मिनेटमा उडेको ९ एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको थियाे। प्रभाकर घिमिरे चालक रहेकाे जहाजमा १९ जना यात्रु सवार थिए।



Views: 166

























