२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

कञ्चनपुरमा माओवादी, समाजवादी र एमालेका कार्यकर्ताबीच कुटाकुट

कञ्चनपुर –कञ्चनपुरमा माओवादी, समाजवादी र एमालेका कार्यकर्ताबीच कुटाकुट भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१९ मा नेकपा माओवादी र एकीकृत समाजवादीका कार्यकर्ताले एमाले कार्यकर्तामाथि हातपात गरेका हुन् ।
स्थानीय चुनावको प्रचारमा हिडेका एमाले कार्यकर्तालाई माओवादी र समाजवादीका कार्यकर्ताले कुटपिट गरेको एमाले कञ्चनपुरले जनाएको छ ।
कुटपिटबाट एमाले कार्यकर्ता राजेन्द्र अवस्थी र अञ्जु कार्की (चौधरी) घाईते भएका छन् । त्रिवेणी धाम टोलस्थित माओवादी र समाजवादीको संयुक्त ¥यालीमा सहभागी भएका कार्यकर्ताले माईकसहित अटोमा गईरहेको बेला आफुहरुमाथि आक्रमण भएको घाईते अवस्थीले बताए । एमाले कञ्चनपुरले कार्यकर्तामाथि भएको कुटपिटलाई निन्दनीय भएको जनाउँदै कार्बाहीको माग गरेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।