टकेक्रान्तिकारी र एकीकृत जनक्रान्ति
(चुनाव)चिन्ह)पुतली वारे वा
चुनावी प्रहसन चलिरहेका बेला एकीकृत क्रान्तिको नाममा बाम खोल ओढेको दक्षिणपंथ आफ्नो बर्को फ्याँकेर संसदवादमा नग्नता पुर्वक डुबुल्की मारिरहेको छ। क्रान्तिको नाममा क्रान्तिको गला रेट्ने त्यो समूह २०७१ सालमा नेपालको शक्तिशाली कम्युनिस्ट पार्टी फुटाएर दुई बर्षमा क्रान्ती सम्पन्न गर्ने रुमानी सपना बाँढेर सत्तारूढहरु सँग शक्ति बाँडफाँडको माग राखेर आफू क्रान्तिमा होमिएको दावी गरिरहेको थियो।घरवार त्यागेर क्रान्तिमा कुदेको भनेको त्यो समूह आज श्रम प्रतिको गहिरो अनुराग प्रदर्शन गर्दै शिबगढिको कृषक समुहमा रुपान्तरित भएझैं प्रतीत भैरहेको छ। उमेरको बिकास सँगै झुसिल्किरा पुतलिमा रुपान्तरण भए जस्तै।
पार्टी केन्द्रिय कार्यलयको तत्कालीन कार्यक्रमले क्रान्तिको सेवा गर्न नसक्ने बहुमत केन्द्रीय सदस्यहरुको मत र अल्पमतमा समेत परेको कार्यक्रम सच्च्याएर पार्टी एकता कायम गर्न पार्टीका धेरै नेताकार्यकर्ताहरुले गरेको आग्रह र अनुरोधलाई समेत बेवास्ता गरेर मुल नेतृत्वले जसरी पार्टी पंक्तिलाई एमाले सँगै एकाकार गराउदै लगिरहेको छ र आगामी प्रदेश र संघीय चुनावमा पुग्दा नयाँ प्रतिगामी गठबन्धन मार्फत सत्तारूढ हुने गुरुयोजना बनाएको प्रष्ट देखिन्छ।अहिले एमाले ूसुर्यू वरिपरि नाचिरहेका ूपुतलीहरुूको अभिष्ट त्यो भन्दा अर्को हुन सक्दैन।
एकातिर केपि ओलीको इसारामा नाँचिरहेका यी पुतलीहरु देख्दा त्यति रोमाञ्चक अनुभुति त हुदैन तर पनि क्रान्तिको भ्रम सिर्जना गरेर आएको दक्षिणीपंथ भन्दा यो नृत्य प्रष्ट र पारदर्शी छ जसले गर्दा भ्रमवस क्रान्तिको ूमायाजालूमा परेका हज्जारौं नेताकार्यकर्ता र जनसमुदायको भ्रमबाट मुक्ति,पार्टी पुनर्गठन र बिद्रोहको बाटो अख्तियार गर्ने अबसर प्राप्त हुनु पनि सकारात्मक मान्नु पर्दछ।चितवनको पर्सामा चलिरहेको भनिएको नेकपाको राष्ट्रिय भेलालाई लालझण्डा खडा गर्ने ऐतिहासिक गौरव र सानको अबसर प्राप्त भएकोमा हार्दिक शुभकामना तथा बधाई ज्ञापन गर्नु कर्तव्य ठहर्छ।
एकीकृत जनक्रान्ती भन्दै यो समुहले चलायको आन्दोलनमा निर्दोश १२ क्रान्तिकारी हरुले आफ्नो रगत बगायका छन के यो रगत को हिसाब किताब बिप्ल्व प्रकाण्ड समूह ले दिन्छ तरुरुहिसाब किताब क्रान्तिकारी हरुले खोज्न जरुरी छ ११
धेरैले बिप्लब अर्को प्रचण्ड बन्न खोजे भन्ने आरोप प्रत्यारोपका बिच उहाको बचाउ गर्दै हिडियो बिप्लव को दल भन्दा फरक दलमा रहेता पनि बिप्लव एउटा आसा र भरोसा को केन्द्रबिन्दु हुनुन्थ्यो उहाको यो अवस्था आउँछ क्रान्तिलाइ यसरी सांसदबादमा लगेर मिल्काउनु हुन्छ लागेको थियन तर आज श्रमजिविको जनता को आसा निरासामा परिणत भयको छ ?
र सोहि पार्टी भित्र रहेको कंचन(सुदर्शन ले बिद्रोह को झण्डा उठाउने जुन प्रयत्न गरिरहेको छ सो प्रयत्न सराहनीय छ
फेरि पनि क्रान्तिकारी हरुले आजको युग सुहाउदो बिचार र सिद्धान्तलाई पक्रेर नया ढंगले क्रान्तिलाइ संगठित गर्नु आजको आवस्यकाता हो त्यो समुह भित्रका बिद्रोही कम्रेड हरुलाइ सुभकामना तथा एकीकृत जनक्रान्ती मा आफ्नो अमुल्य जीवन अर्पण गर्नु हुने कम्रेड हरुमा असिम स्मरण तथा गहिरो समबेदना ।
लेखक बैज्ञानिक समाजबादी बिध्यार्थी संगठनका केन्द्रीय सचिव तथा बाताबरणबिद हुन ।




























