२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

भारतका प्रधानमन्त्री मोदी नेपाल आउनुहुँदै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी नेपाल भ्रमणमा आउनुहुने भएको छ । प्रधानमन्त्री देउवाले गत चैत १८ देखि २० गतेसम्म भएको आफ्नो भारत भ्रमणका बेला भारतका समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको थियो । सोहीअनुसार भारतका प्रधानमन्त्री मोदी जेठ २ गते नेपाल आउन लाग्नुभएको हो ।
जेठ २ गते बुद्ध पूर्णिमा (बुद्ध जन्मजयन्ती)का अवसरमा भारतीय प्रधानमन्त्री मोदीले विश्व सम्पदा सूचीमा सूचीकृत बुद्धको जन्मस्थल लुम्बिनीको नेपाल भ्रमण गर्ने योजना बनाएको युनेस्कोले जनाएको छ । सन् २०१९ मा भारतका प्रधानमन्त्रीका रूपमा पुनः निर्वाचित भएपछि हुन लागेको उहाँको यो पहिलो उच्चस्तरीय नेपाल भ्रमण हो ।
सो अवसरमा नेपालका प्रधानमन्त्री देउवा र उहाँका समकक्षी मोदी दुवै जना लुम्बिनीमा हुने समारोहमा सहभागी हुनुहुने जनाइएको छ । लुम्बिनीमा मायादेवी मन्दिरमा दुवै प्रधानमन्त्रीले दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । तथापि यस सम्बन्धमा परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयले औपचारिक घोषणा गर्न भने बाँकी छ । भारतका प्रधानमन्त्री मोदी कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउनुहुनेछ ।
कोभिड–१९ महामारीको पछिल्लो प्रकार ओमिक्रोन संस्करण केही मत्थर भएसँगै भारतका प्रधानमन्त्री मोदीले अन्तर्राष्ट्रिय भ्रमण सुरु गर्नुभएको छ । यतिबेला उहाँ युरोप भ्रमणमा रहनुभएको छ । त्यहाँबाट फर्केलगत्तै नेपाल भ्रमणमा आउन लाग्नुभएको भारतीय सञ्चारमाध्यम द हिन्दुले उल्लेख गरेको छ । आफ्नो अघिल्लो कार्यकालमा उहाँ चार पटक नेपाल भ्रमणमा आउनुभएको थियो । जसअनुसार दुई पटक सन् २०१४ र दुई पटक सन् २०१८ मा नेपाल आउनुभएको थियो । सन् २०१४ को नेपाल भ्रमणताका नै लुम्बिनी भ्रमण गर्ने इच्छा जाहेर गर्नुभएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।