निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ। आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि बिहीबारदेखि नै दल दर्ता आह्वान गरेको हो। वैशाख ३० मा हुने निर्वाचनको लागि माघ २८ गते नै कार्यतालिका स्वीकृत गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
उनका अनुसार बिहीबारदेखि फागुन १५ गतेसम्म आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने छ । सरकारले वैशाख ३० गते एकै चरणमा स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेको थियो ।



Views: 253

























