दिपक राज भट्ट (डडेल्धुरा)ः डडेल्धुराको गन्यापधुरा गाउपालिकाको गणेशपुरमा वि.सं. २०३६ सालमा जन्मिएका प्रशाद अवस्थिले आफु सानै १४ बर्षको हुदा नै कृषिमा प्रतक्ष्य संलग्न भएको कुराले उनलाई हरेक बेला स्मरण गराई रहन्छ ।
विद्यालय अध्ययन गर्दा आफुले तरकारि घुमाई बेचेर कापीकलम किन्ने गरेको अवस्थि बताउछन् । सानो बारिबाट सुरुवात गरेको त्यो कृषिले हाल लाखौंको लगानी गरिसकेको छ ।
प्रविधिकरण हुदै गर्दा अवस्थिले ०७४ सालमा व्यवसायिक कृषि व्यवसाय गर्ने योजना गरे र सोहि योजना अनुसार भागेश्वर कृषि तथा पशुपंक्षी र्फम दर्ता गरे । फर्म दर्ता गर्दा रु २५ लाख लगानी गरेका अवस्थिको फर्ममा हाल १ करोड १५ लाख लगानी रहेको छ । फर्मले हाल १५ जना लाई बाषिर्क रोजगारी दिएको छ ।
फर्मको उत्पादित उपजहरु कैलाली,कञ्चनपुर,डडेल्धुरा मात्र हैन कि संघिय राजधानी सम्म बिकिृ हुने गर्दछ । फर्मका लागि अवस्थिले ४०० रोपनी जमिन लिजमा लिएका छन् जसको भाडा मात्र बाषर््िा रु १० लाख रहेको छ । फर्ममा अहिले तरकारी,भैसि पालन,कुखुरा पालन र च्याउ खेती गरिएको छ । फर्मले बाषर््िाक लाखौं रकम बराबरको उत्पादित उपजहरु बिकिृवितरण गर्छ ।
यसरि आफुले यस क्षेत्रमा अगाडि बढनुका लागि प्रेरणाको स्रोत भने बुबा रहेको अवस्थि भन्छन् । फरक यति हो कि बुबाले परम्परागत तरिकाले गरिरहेका थिए मैले आधुनिक तरिकाले गरिरहेको छु । काम गर्दा समस्या र चुनौति आउनु स्वभाविक नै हो बस हामीले सामना गरेर अगाडि बढनु पर्छ सफलता अवश्य मिल्छ ।
उसो त र्फम दर्ता गरेपछि सरकारले पनि केहि हद सम्म सहयोग गरेको र पनि ठुलो मात्रामा भने अझै लगानी दिनु नसक्नु काम गर्ने किसानहरुका लागि दुखको कुरा नै हो ।
विदेश जाने युवाहरुका लागि प्रशाद अवस्थि प्रेरणाका स्रोत बनेका छन् । उनले युवाहरु लाई सुझावसललाह पनि दिनुका साथै प्राविधिक ज्ञान समेत दिने गरेका छन् ।
विदेश जाने युवाहरु लाई अवस्थि भन्न चाहान्छन स्वदेशमै सानो लगानी बाट व्यवसायिकता गर्न सकिन्छ ,समस्या र चुनौतिको सामना गरेर धैर्य गर्नुपर्छ ।



हरेक युवाले स्वदेशमै सानो सानो लगानी गरेर व्यवसायिक रुपले काम गर्ने हो भने बैदेशिक आयात कम हुने र स्वदेशी उत्पादनले नै परिपुर्ति गर्न सकिनेमा भने आम नागरिक विश्वस्त छन् । स्वदेशमै स्वरोजगारी सिर्जना हुने भएकाले पनि यसरि व्यवसायिकिकरण तिर सम्बन्धित निकायको लगानी लाग्नु जरुरि देखिन्छ ।

























