२०८३ जेष्ठ ७ बिहीबार
२०८३ जेष्ठ ७ बिहीबार

पहिलो खेलमा नेपालले अमेरिकामाथि सानदार जित

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपालले अमेरिकामाथि सानदार जित निकालेको छ । सोमबार ओमानको मस्कटस्थित अल अमारत क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको हो ।

नेपाललाई जित दिलाउनको लागि कुशल भुर्तेल र रोहित पौड्यालको अर्धशत पारी खेले । अमेरिकाले नेपाललाई जितका लागि दिएको २३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालका लागि कुशल भुर्तेललले सर्वाधिक ८४ रनको जोडे । ९३ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे । रोहितले ८७ बलमा २ चौका र ३ छक्काको सहयोगमा ६२ रन बनाए ।

त्यस्तै विनोद भण्डारीले ४८ बलमा २ चौका र १ छक्कासहित ३७ रन जोेडे । आसिफ शेखले २३ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्ले १७ रनको योगदान गरे ।

बलिङतर्फ अमेरिकाका लागि निसागर पटेल र नाठुस कन्जिगेले समान दुई–दुई विकेट लिए । त्यस्तै सौरव नटराभल्कर एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३० रन बनाएको थियो ।

अमेरिकाका लागि पटेलले शतकीय इनिङ खेले । उनले ११४ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै १०० रन बनाएका थिए ।

त्यस्तै निसागर पटेलले २१ रन, सुशान्त मोडानी र कारिमा गोरेले समान १६–१६ रन, स्टिभ टेलरले १४ र अविशेक परादकरले १३ रन जोडेका थिए ।

बलिङतर्फ नेपालका लागि विक्रम सोब, सन्दीप लामिछाने र शुशन भारीले समान दुई–दुई विकेट लिएका थिए । त्यस्तै कुशल मल्लले एक विकेट लिएका थिए ।

नेपालले दोस्रो खेलमा आज ओमानसँग खेल्नेछ । यस्तै तेस्रो खेलमा अमेरिकासँग आउँदो शुक्रवार खेल्नेछ भने आउँदो आइतबार ओमानसँग खेल्ने छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।