२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

अनलाइनबाटै प्रेस पास, अनलाइन सञ्चारमाध्यम दर्ता एवं नवीकरणको सुविधा सुरू गर्ने

काठमाडौं । सूचना तथा प्रसारण विभागले साउन १० (आइतबार) देखि अनलाइनबाटै प्रेस पास, अनलाइन सञ्चारमाध्यम दर्ता एवं नवीकरणको सुविधा सुरू गर्ने भएको छ ।

विभागबाट जारी हुने नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, अध्यक्ष तथा प्रकाशकहरुको परिचयपत्र, प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरण सम्बन्धी सम्पूर्ण कार्य, अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण कार्यहरुको सेवा प्रवाह अनलाइनमार्फत हुने भएको हो ।

एक सूचना जारी गर्दै विभागले आइतबारदेखि सम्पूर्ण सेवाग्राहीहरुले आवश्यक कागजात सूचना तथा प्रसारण विभागको वेबसाइटमा आवेदन दिनसक्ने जनाएको छ । साथै सोही दिनदेखि विभागमा सेवाग्राहीको प्रत्यक्ष उपस्थितिमा हुने सेवा प्रवाह दिनको १ बजेसम्म मात्र रहने छ ।

अनलाइनमार्फत रितपूर्वक आवश्यक सम्पूर्ण कागजातसहित प्रक्रिया पुरा गरी निवेदन दिएका काठमाडौं उपत्यकाका सेवाग्राहीहरुले भाेलिपल्टै विभागबाट उपलब्ध गराइने र उपत्यका बाहिरका सेवाग्राहीको हकमा सेवाग्राहीको अनुकूलता/मागअनुसार विभाग वा सम्बन्धित जिल्ला हुलाक कार्यालयबाट उपलब्ध गराउने गरिने व्यवस्था गरिने छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।