दिपकराज भट्ट ( दिपु)डडेल्धुरा – “सेवा नै धर्म हो ” भन्ने अभियानले कोरोना महामारीले गर्दा समस्यामा परेकाहरुका लागि अक्सीजन खरीद तथा गरिब, बिपन्न ,असाहय बर्गका लागि राहत उपलब्ध गराउने उद्वेश्यले गन्यापधुरा रास्ट्रीय साप्ताहिक ब्यवस्थापन समितिले सुरुगरेको अभियान अन्तर्गत सहयोगी दाताहरु बाट संकलन भएको रकम बाट गन्यापधुरा गाउँपालिका वडा २ बस्ने स्वर्गीय मन्धरी देबि ओड का एक मात्र छोरा बर्स १४ का(कृया बसेका) मनोज ओड को परिवार लाई राहत दिएकाे छ ।



एक कट्टा चामल ५० किलो , २ किलो दाल, १ किलो चिनी, १ पोका तेल, एक पोका नुन सहयोग गरेकाे छ । जनचेतनाका लागि गाउँपालिका कार्यालय नजिक हाेडिङ बाेर्ड राखेकाे छ, आम नागरिक लाई सचेतना दिने उद्वेश्यले हाेडिङ बाेर्ड राखेकाे अभियानका संयाेजक रमेश भण्डारीले खबरदारि न्युज लाई जानकारि दिनुभयाे ।
डडेल्धुरा अस्पताल लाई १०सिलिन्डर समेत याे अभियानले गरेकाे थियाे सिलिन्डर गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवल मल्लले अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझा लाई हस्तान्तरण गरेका थिए । अभियान गन्यापधुरा राष्ट्रिय साप्ताहिकले सुचारु गरेकाे र अभियान निरन्तर रहने भण्डारी काे भनाइ छ ।

























