दार्चुला- जिल्ला अस्पताल दार्चुलाकोे आइसोलेसन वार्डमा भर्ना भएका एक जना कोरोना संक्रमित मंगलबार भागेका छन् । मालिकार्जुन गाउँपालिकाका वडा नम्बर १ का १७ वर्षिय युवक अस्पतालबाटै भागेका हुन् ।



भारतको पिथौरागडबाट सोमबार नेपाल फर्किएका ती युवकको पुलघाट नाकामा एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पताल स्रोतका अनुसार सर्जिकल वार्डमा बनाइएको आइसोलेसनबाट संक्रमित पुरुष फरार भएको अस्पतालले जनाएको छ ।
अस्पतालबाटै संक्रमित भागे पछि अस्पतालले मालिकार्जुन गाउँपालिकालाई जानकारी गराएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले बताए । अहिले कोरोना संक्रमित युवक होम क्वारन्टिाइनमा रहेको गाउँपालिकाले जनाएको छ ।
Views: 234

























