आरएमडीसीद्वारा कर्जा तथा तरलता व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले कर्जा तथा तरलता व्यवस्थापन सम्बन्धी एक दिने तालिम सम्पन्न गरेको…

सुरक्षित गर्भपतन सचेतनमा सिडिएफ नेपालको सहजीकरण

सुचिकृत स्वास्थ्य संस्थाहरुको संख्या बढेसंगै सुरक्षित गर्भपतन गराउने महिलाहरुको संख्यामा बृद्धी
डडेल्धुरा ः सुरक्षित गर्भपतन सम्बन्धि सचेतना कार्यक्रममा सिडिएफ नेपालले सहजिकरण गरेको छ ।
सुरक्षित गर्भपतन गराउने सुचिकृत स्वास्थ्य संस्थाहरुको संख्या बढ्दै गए संगै सुरक्षित गर्भपतन गराउने महिलाहरुको संख्यामा समेत बृद्धी भएको छ ।
डडेल्धुरामा चालु आर्थिक वर्षको अहिले सम्म डडेल्धुरामा ८५४ जना महिलाहरुले सुरक्षित गर्भपतन गरेका छन् ।
सिडिएफ नेपालले डडेल्धुराका दुई पालिका नवदुर्गा र भागेश्वरमा कार्य क्षेत्र बनाएर काम गरिरहेको कार्यक्रम संयोजक मधु पोख्रेलले जानकार दिईन् । सिडिएफ नेपाल र आईपास नेपालको साझेदारिमा कार्यक्रम सुरु गरिएको छ । यसले सुरक्षित गर्वपनका साथै यौन तथा प्रजननका क्षेत्रमा काम गर्दे आएको छ ।

सात वटा स्थानीय तह रहेको डडेल्धुरामा २० वटा सुचिकृत स्वास्थ्य संस्थाहरुमा सुरक्षित गर्भपतन सेवा उपलब्ध छ । औषधी र शल्यक्रिया गरी दुई वटा बिधिमार्फत सुरक्षित गर्भपतन गरिन्छ । डडेल्धुरामा ८१५ जनाले औषधी र ३९ जनाले शल्याक्रिया मार्फत सुरक्षित गर्भपतन गरेको स्वास्थ्य कार्यालय परिवार नियोजन संयोजक भवानी कुंवरले बताए ।
सोमवार जिल्ला सदरमुकाममा सामुदायिक विकास मञ्चले आयोजना गरेको स्थानीय सञ्चारकर्मीहरु संग यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी छलफल कार्यक्रममा सञ्चारकर्मीहरुले सुरक्षित भन्दा पनि असुरक्षित गर्भपतन बढी भएको बताए । तर यसको तथ्यांक भने नरहेको सञ्चारकर्मीहरुको भनाई थियो ।
सुचिकृत स्वास्थ्य संस्थाहरुमा सुरक्षित गर्भपतन भए पनि अनेच्छिक गर्भ तथा गोपनियता नरहने र लिङ्ग पहिचान गरी गर्भपतन गराउनेहरु अवैधानिक रुपमा निजि स्वास्थ्य संस्थाहरुमा असुरक्षित गर्भपतन गराउने गरेको सञ्चारकर्मीहरुको भनाई थियो । सम्बन्धित निकायले यसमा नियमन र निगरानी बढाउनु पर्ने सञ्चारकर्मीहरुको भनाई रहेको छ ।

तिम्रो माया पाउन म यहाँ…

तिम्रो माया पाउन म यहाँ समय कुरेर बसेको छु

सधै तिम्रो माया पाउन सकु यहि प्राथना गर्दछु
मैले तिम्रो साथ पाउन भगवान सँग प्राथना गर्दछु

तिमिलाई पाउन मेरो भाग्यमा छ कि भन्ने सोच्दछु
तिमि सँग मेरो मिलन होस कामना गर्दछु

यो मनकि रानि तिमि सँग मिलनको आशा गर्दछु
न तिम्रो कुनै खबर , न कुनै चिठ्ठि पत्र आउछ

जिन्दगिका बाध्यताका पलहरु सँग संघर्ष गर्नु छ
आखामा आशु झरे पनि दिलमा उनको बास छ
मेरो मनको कुरा सुन्ने मान्छेको खाचो छ

लुकि लुकि तिमिले मलाई त्यहाबाट हेरि रहन्थ्यो
तिम्रो प्रेमको आशा यो दिलले खोजि रहन्थ्यो

तिम्रो माया पाउन म यहाँ समय कुरेर बसेको छु
सधै तिम्रो माया पाउन सकु यहि प्राथना गर्दछु
लेखक ः गोविन्द ओझा

बजेटमा समिटियो पश्चिम सेती, पञ्चेस्वरका लागि पहल

धनगढीः सरकारले बहुचर्चित ७५० मेघावाटको पश्चिम सेती जलविद्युत आयोजनाको निर्माण कार्य अगाडि बढाइने बताएको छ। आर्थिक वर्ष २०७९र८० को बजेट वक्तव्यमार्फत उक्त योजनाको प्राविधिक तयारी गरि निमार्ण कार्य अगाडि बढाइने अर्थमन्त्री जनार्दन शर्माले बताए।

साथै उनले ३०९ मेघावाटको सेती–६ समेत प्राविधिक तयारी गरि निर्माण कार्य अगाडि बढाइने बताएका छन्। यस्तै पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको निर्माणका लागि नेपालको तर्फबाट गर्नुपर्ने तयारी कार्यलाई तीव्रता दिइने उनले बताएका छन्। अर्थमन्त्री शर्माले चैनपुर–सेती आयोजना कार्यान्वयनमा लगिने समेत जानकारी दिएका छन्।

डडेलधुरामा मेडिकल कलेज स्थापना गरिने

काठमाडौँ — सरकारले डडेलधुरामा मेडिकल कलेजको स्थापना गर्ने भएको छ । आर्थिक वर्ष २०७९र०८०को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले डडेलधुरामा मेडिकल कलेज स्थापना गरिने प्रक्रियाहरू सुरु गरिने बताएका हुन् ।
डडेलधुरा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला हो ।

यस्तै, सरकारले आगामी वर्षदेखि स्वास्थ्य बिमा कार्यक्रम पनि बिमा कम्पनीमार्फत गर्ने तयारी गरेको छ । हाल स्वास्थ्य बिमा बोर्डमार्फत यो कार्यक्रम सञ्चालन भइरहेको छ ।

सुत्केरीलाई पाँच हजार रुपैयाँ भत्ता

काठमाडौँ — सरकारले आगामी वर्षदेखि मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लाका सुत्केरीलाई पाँच हजार रुपैयाँ सुत्केरी भत्ता दिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै २५ जिल्लाका सुत्केरीलाई पाँच हजार रुपैयाँ सुत्केरी भत्ता दिने घोषणा गरेका हुन् ।
उनले मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लाका सुत्केरीलाई एकमुस्टरुपमा पाँच हजार रुपैयाँ पोषणभत्ता उपलब्ध गराउने बताए । त्यस्तै अर्थमन्त्री शर्माले प्रसूती सेवा उपलब्ध गराई आमा सुरक्षा कार्यक्रममा रकम वृद्धि गर्ने घोषणा गरे ।

पोखराका मेयर आचार्यले सारेका फूल चोरी

पोखरा । पोखरा महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले भव्य कार्यक्रम गरेर पदस्थापन अघि फूलका बिरुवा सारे । पोखरालाई फूलैफूलको सहर बनाउने उद्घोषसहित सारिएका बिरुवा २ दिन नबित्दै गायब भएका छन् ।
मेयर धनराज आचार्य, उपमेयर मन्जुदेवी गुरुङसहित वडाध्यक्ष र सदस्यहरूले पोखराको जिरो देखि हल्लनचोक सडकमा बनाइएको डिभाइडरमा फूल रोपेका थिए । ती फूलका बिरुवा शनिबार राती चोरी भएको हो । मेयर आचार्यले सारेका सहित १० वटा बिरुवा चोरी भएको स्थानीयले बताए ।

विमान बेपत्ताबारे मुस्ताङका स्थानीयले दिए यस्तो नयाँ अपडेट

पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (9-N-AIT) कल साइनको ट्विनअटर विमान खोजीको लागि टोली मुस्ताङको घाँसा केन्द्रित भएका छन्।

स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर खबर गरेपछि टोली त्यसतर्फ गएको हो । १३ नेपाली, ४ जना भारतीय जना र अन्य २ विदेशी नागरिक सवार विमानमा चालक दलका सदस्यसहित २२ जना सवार विमान लेतेमा ठोक्किएको हो।

हेलिकोप्टरमा प्रहरी टोली र विमानस्थलका कर्मचारीहरु खोजीमा गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका इन्सपेक्टर राजकुमार तामाङले बताए। मौसमका कारण समस्या भएको उनले बताए।
यी हुन् सम्पर्कविहीन ताराको जहाजका सवार २२ जना
१.वाजभवी बन्देकर, २. इन्द्र बहादुर घले, ३.पुरुषोत्तम घले, ४. राजन कुमार घले, ५. वसन्त लामा, ६. गणेश नारायण श्रेष्ठ, ७. रविना श्रेष्ठ, ८.रष्मि श्रेष्ठ, ९. रोजिना श्रेष्ठ, १०. प्रकास सुनुवार, ११. मकरबहादुर तमाङ, १२. राममाया तमाङ, १३.सुकुमाय तामाङ
१४.तुलसा देवी तमाङ, १५. अशोक कुमार त्रिपाठी, १६ धनुष त्रिपाठी, १७ रितिका त्रिपाठी, १८ युडब्लुई विल्नर, १९. मेइके ग्रिट ग्राफ, चालक दलको सदस्यमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को–पाइलट उत्सव पोखरेल, एयर होस्टेज किस्मी थापा

हराएको विमानमा १६ नेपाली र ६ विदेशी

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेपछि सम्पर्कविहीन भएको तारा एयरको जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ । तारा एयरका अनुसार जहाज अझै सम्पर्कविहीन छ ।
प्रहरीका अनुसार लेते क्षेत्रसम्म सम्पर्कमा रहेको विमान एकाएक सञ्चार सम्पर्कविहीन बनेको थियो । खोजी कार्य जारी रहेको छ । ९ एन-एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु रहेको तारा एयर स्रोतले जनाएको छ । जहाजमा चालकदलका ३ सदस्य पनि छन् ।

जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । जहाज ९ बजेर ५५ मिनेटमा उडेको थियो ।

पोखरा – सम्पर्कविहिन भएको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा मुस्ताङको लेतेमा भेटिएको छ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएको र थप विवरण आउन बाँकी रहेको जानकारी दिए। स्थानीयका अनुसार जहाजमा आगो बलेकाे र ठूलाे आवाज आएकाे थियाे। बिहान ९ बजेर ५५ मिनेटमा उडेको ९ एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको थियाे। प्रभाकर घिमिरे चालक रहेकाे जहाजमा १९ जना यात्रु सवार थिए।