माओवदी केन्द्रले अजयमेरूमा दोहर्‍यायो पुरानै उमेदवार

देशकै पहिलो गाउँपालिका अजयमेरू गाउँपालिकामा माओवादी केन्द्रले पुरानै उमेदवारलाई दोहर्‍याएको छ । डडेल्धुरा जिल्लामा २०७४ सालको स्थानीय तहको निर्वाचमा माओवादी केन्द्रले जितेको एक मात्रै स्थानीय तहमा पुनस् गाउँपालिकाको अध्यक्षमा उमेश भट्ट (बिकास) र उपाध्यक्षमा कलावती भाडँ लाई अघि सारेको हो।
समृद्ध अजयमेरू निर्माण गर्ने परिकल्पना सहित माओवादी केन्द्रका जिल्ला संयोजक समेत रहेका भट्टले अजयमेरू गाउँपालकिकामा पुन उमेदवारी दिएको वताउनु भयो । दुई ओटा वडा बाहेक बाकी वडामा पुरानै उमेदवार दोहरिएको र वडा न। तीनमा सामाजवादी संग गठबन्धन गरेको माओवादी केन्द्र अजयमेरू गाउँ समितिका अध्यक्ष गणेश पाण्डेले जानकारी दिए । जस अनुसार वडा नं।१ मा भावानी सिंह ऐर वडा नं। २ मा सिबराज भट्ट, वडा नं।३ सुरेन्द्र मल्ल वडा नं। ४ टिका बहादुर बिष्ट वडा नं ५ मा भोज बहादुर पाल वडा नं ६ दान बहादुर खड्क ले उमदेवारी दिएका छन् ।
माओवादी केन्द्रले जिल्लाका सात ओटै स्थानीय तहमा समावेसिताका आधारमा उमेदवारी दिएको कार्यालय स्रोतले जानाएको छ । सामानुपाति, समान सहभागिताका आधारमा सबै वर्ग क्षेत्र र समुदायको प्रतिनिधित्व हुने गरी उमेदवार छनौट भएको कार्यालय सचिव करन साउँद ९किरण० ले चेतना खबरलाई जानकारी गराउँनु भयो।

भागेश्वर ४ अध्यक्षका लागि नेपाली काङग्रेसका तर्फ बाट चटौतको मनोनयन

डडेल्धुरा ः आसन्न स्थानीय चुनाव २०७९ का लागि भागेश्वर ४ बाट नेपाली काङग्रेसका तर्फ बाट वसन्त चटौतले मनोनय दर्ता गरेका छन् । उनी हाल भागेश्र ४ का पार्टि सभापतिको जिम्मेवारी समालिरहेका छन् । उनी संग प्रतिसपर्दामा एमाले बाट देवराज भट्ट, समाजवादि बाट रतन विष्ट, माओवादि केन्द्र बाट दान बहादुर चन्द रहेका छन् ।

भागेश्वर गाउँपालिका वार्ड नं १ अध्यक्षमा सोनलाल दमाईको मनोनय दर्ता

डडेल्धुरा ः आसन्न स्थानीय चुनाव २०७९ का लागि भागेश्वर १ बाट सोनलाल दमाईको मनोनय दर्ता गरेका छन् । उनी
२०६० सालमा नेकपा माओबादि पार्टिमा प्रबेश गरि अखिल क्रान्तिकारिको
ईकाई कमिटि सचिब मा प्रार्टि जिल्ला कमिटि सदश्य तथा नेपाल दलित मुक्ति मोर्चाको डडेल्धुरा जिल्ला उपाध्यक्ष, २०६२ मा मोर्चाको प्रदेश कमिटि सदश्य हुँदै हाल पार्टिको शुदुरपश्चिम प्रदेश कमिटि सदश्य,२०७४ साल स्थानिय निर्बाचनमा भागेश्वर गा पा को वार्ड अध्यक्षमा झिनो मतले पराजित पछि कार्यपालिकामा मनोनित स्थानिय तहमा बिगत ५ बर्षमा भौतिक पुर्वाधार शाखाको संयोजक रहि काम गरेका थिए ।

भागेश्वरमा माओवादी भरसेस नेपाली काङग्रेस कसले मार्ला बाजी

दिपक राज भट्ट (भागेश्वर) — भागेश्वर गाउपालिका माओवादी केन्द्र र नेपाली काङग्रेु बिच प्रतिसपर्धा हुने देखिएको छ ।
नेपाली काङग्रेसका तर्फ बाट
आसन्न स्थानीय चुनाव २०७९ का लागि नेपाली नेपाली काङग्रेस तर्फबाट अध्यक्षमा हेमराज चटौत, उपाध्यक्ष पुष्पा ठकुराठीले मनोनय दर्ता गराएका छन् ।
अध्यक्ष पदका उम्मेदवार पार्टिका जिल्ला सचिवको जिम्मेवारी समालिरहेका छन् । चटौत भागेश्वर ४ का नागरिक हुन् । उनी पार्टिमा लामो समय देखि सकिृय रहेका छन् । यस्तै उपाध्यक्ष रुपालकी नागरिक हुन् ।
अघिल्लो स्थानीय चुनावमा यस पालिकामा नेपाली काङग्रेसले अध्यक्ष र उपाध्यक्ष पदमा विजयी गरेको थियो । पालिकामा ५ वटा वडा रहेका छन् । यहाको विकास र समृद्धिका लागि भारत संगको सिमाना जोडन सके गाउपालिकाको विकास हुने समग्र भागेश्वरका नागरिकको भनाई रहेको छ । यो पालिका नेपाली काङग्रेसका केन्दीय सदस्य नैन सिं महरको पालिका रहेकाले पनि चुनाव लाई बडो रोचकका साथ जनताले हेर्नै गरेका छन् ।
यस्तै
माओवादी केन्द्र बाट भागेश्वर अध्यक्षमा पाण्डेय, उपाध्यक्षमा भट्टको उम्मेदवारी
आसन्न स्थानीय चुनाव २०७९ को लागि भागेश्वर गाउपालिकाको अध्यक्ष पदका लागि माओवादी केन्द्रको तर्फ बाट विष्णु पाण्डेय उम्मेदवारी दर्ता गराएका छन् । पाण्यडेय माओेवादी केन्द्रका केन्दीय महाविदेश प्रतिनिधि हुन् । भागेश्वर २ रुपालका पाण्डेयले सम्रग गाउपालिकाको समानुपातिक बिकासका लागि आफुले पालिका अध्यक्षमा उम्मेदवारी दर्ता गराएको बताउछन् । उपाध्यक्षमा भने भागेश्वर ४ की गिता भट्टले मनोेनय दर्ता गराएकी छिन् । भट्ट भागेश्वर ४ की नागरिक हुन् ।
अघिल्लो स्थानीय चुनावमा यस पालिकामा नेपाली काङग्रेसले अध्यक्ष र उपाध्यक्ष पदमा विजयी गरेको थियो । पालिकामा ५ वटा वडा रहेका छन् । यहाको विकास र समृद्धिका लागि भारत संगको सिमाना जोडन सके गाउपालिकाको विकास हुने समग्र भागेश्वरका नागरिकको भनाई रहेको छ ।

माओवादी केन्द्र बाट भागेश्वर अध्यक्षमा पाण्डेय, उपाध्यक्षमा भट्टको उम्मेदवारी

दिपक राज भट्ट (बगरकोट) — आसन्न स्थानीय चुनाव २०७९ को लागि भागेश्वर गाउपालिकाको अध्यक्ष पदका लागि माओवादी केन्द्रको तर्फ बाट विष्णु पाण्डेय उम्मेदवारी दर्ता गराएका छन् । पाण्यडेय माओेवादी केन्द्रका केन्दीय महाविदेश प्रतिनिधि हुन् । भागेश्वर २ रुपालका पाण्डेयले सम्रग गाउपालिकाको समानुपातिक बिकासका लागि आफुले पालिका अध्यक्षमा उम्मेदवारी दर्ता गराएको बताउछन् । उपाध्यक्षमा भने भागेश्वर ४ की गिता भट्टले मनोेनय दर्ता गराएकी छिन् । भट्ट भागेश्वर ४ की नागरिक हुन् ।
अघिल्लो स्थानीय चुनावमा यस पालिकामा नेपाली काङग्रेसले अध्यक्ष र उपाध्यक्ष पदमा विजयी गरेको थियो । पालिकामा ५ वटा वडा रहेका छन् । यहाको विकास र समृद्धिका लागि भारत संगको सिमाना जोडन सके गाउपालिकाको विकास हुने समग्र भागेश्वरका नागरिकको भनाई रहेको छ ।

भिमदत्त नगरपालिकाको उपमेयर पदमा निलम लेखक जोशीको उम्मेदवारी दर्ता

डडेल्धुरा (दिपक राज भट्ट) ः निरंकुश राजतन्त्र को विरुद्धमा संञ्चालित जन आन्दोलन २०६२— ६३ मा निरुङकुसताका विरुद्ध आन्दोलनमा होमिएको अवस्थामा प्रहरीद्वारा राइफले प्रहार गरि घाइते भै गर्भको शिशु समेत गुमाइ , लामो समय सम्म काठमाण्डौका विभिन्न अस्पतालमा उपचाररथ (वीर अस्पताल, शिक्षण अस्पताल, ओम अस्पतालमा रहदा रहदै मजदुरहरुका दुख पिडा लाई कम गर्ने हिसाबले नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ को स्थापना गरी ट्रेड यूनियन आन्दोलमा निरंतर सहभागी भै नेपाल ट्रेड यूनियन कांग्रेस को केन्द्रीय सदस्य, तरुण दल केन्द्रीय पार्षद , नेपाली काङ्ग्रेस कन्चनपुर क्षेत्र नं ३ को कोषाध्यक्ष हुँदै हाल नेपाली काङ्ग्रेसको सुदुरपश्चिम प्रदेश सदस्य , नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि रहनु भएकि साहसी ,संघर्ष सिल महिला निलम जोशी लेखक जोशी । महीला तथा बाल विकास केन्द्र को अध्यक्ष रही पिडीत महीला वालवालिको हितका क्षेत्रमा समेत कृयासिल भई लामो राजनिति इतिहास बोकेकि महीला भिमदत्त नगरपालिकाको उपमेयर पदका लागी नेपाली कांग्रेसको तर्फबाट मनोनय दर्ता गरेकि छन् ।

भागेश्वर गाउपालिकाको नेपाली काङग्रेस तर्फ बाट अध्यक्षमा हेमराज चटौत, उपाध्यक्ष पुष्पा ठकुराठी

दिपक राज भट्ट ( बगरकोट) — आसन्न स्थानीय चुनाव २०७९ का लागि नेपाली नेपाली काङग्रेस तर्फबाट अध्यक्षमा हेमराज चटौत, उपाध्यक्ष पुष्पा ठकुराठीले मनोनय दर्ता गराएका छन् ।
अध्यक्ष पदका उम्मेदवार पार्टिका जिल्ला सचिवको जिम्मेवारी समालिरहेका छन् । चटौत भागेश्वर ४ का नागरिक हुन् । उनी पार्टिमा लामो समय देखि सकिृय रहेका छन् । यस्तै उपाध्यक्ष रुपालकी नागरिक हुन् ।
अघिल्लो स्थानीय चुनावमा यस पालिकामा नेपाली काङग्रेसले अध्यक्ष र उपाध्यक्ष पदमा विजयी गरेको थियो । पालिकामा ५ वटा वडा रहेका छन् । यहाको विकास र समृद्धिका लागि भारत संगको सिमाना जोडन सके गाउपालिकाको विकास हुने समग्र भागेश्वरका नागरिकको भनाई रहेको छ । यो पालिका नेपाली काङग्रेसका केन्दीय सदस्य नैन सिं महरको पालिका रहेकाले पनि चुनाव लाई बडो रोचकका साथ जनताले हेर्नै गरेका छन् ।

दशरथचन्द -०१ मा नेपाली काँग्रेसका युवा नेता भट्टको उम्मेदवारी

बैतडी- जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर एक बाट वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका युवा नेता भुवन भट्टले पुनः मनोनयन दर्ता गराएका छन् ।

गुरुखोलाकोे समग्र विकासका लागि युवाको आवस्यकतालाई मध्यनजर गर्दै तथा विगतमा रहेका सम्पूर्ण कमी कमजोरी तथा अपूर्ण रहेका कामलाई पूर्णता दिने उद्येश्यले उनले पुनः उम्मेदवारी दिएको भट्ट बताउँछन ।

वडामा सुशाशन कायम गरी शिक्षा स्वास्थ्य खानेपानी यातायात तथा जनताका आधारभूत आवश्यकतालाई मध्यनजर गर्दै पुन: उम्मेदवारी दिएको उनको भनाई छ।

अहिले मनोनयन दर्ता पछि उनी चुनाबी प्रचार प्रसारमा रहेको भट्टले बताए।

भुवन भट्ट नेपाली काँग्रेस दशरथचन्द नगरपालिका नगर सभापति र २०७४ सालको चुनावमा निर्वाचित वडा अध्यक्ष पनि हुन ।

अजयमेरु ६ मा काङग्रेशको तर्फ बाट अध्यक्षमा भण्डारिको उम्मेदवारि

डडेल्धुरा — आसन्न स्थानीय तहको निर्वाचनका लागी डडेल्धुराको अजयमेरु ६ मा नेपाली काङग्रसको तर्फ बाट उम्मेदवारि दर्ता गरेका छन् । भण्डारि विगतका समय देखि सामाजिक कार्यमा काम गर्दै आएका छन् । उनी पेसाले ईन्जिनियर हुन् । भण्डारि भन्छन समाज परिर्वतनका लागि हामी युवाहरुले समाजमा खटिनु जरुरि हुन्छ म यहि प्रर्यतनमा छु । राजनीती मार्फत समाज परिर्वतन गर्न खोजेको छु ।

डडेल्धुराका सात वटै स्थानिय तहमा उमेदवारी दर्ता

डडेल्धुरा । आसन्न स्थानीय तहको निर्वाचनका लागी डडेल्धुरा जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा जनप्रतिनिधिका लागी उमेदवारी दर्ता गरिएको छ । अमरगढी नगरपालिका डडेल्धुराको नगर प्रमुखका लागि कांग्रेसबाट डिल्लीराज जोशीले र उपप्रमुखमा पार्वती झुकालले उम्मेदवारी दर्ता गर्नुभएको छ । नेकपा एमाले र नेपाली कांग्रेस बिपी गठबन्धनबाट प्रमुखमा कांग्रेस बिपीका हरिप्रसाद भट्ट र उपप्रमुखमा एमालेका यज्ञराज अवस्थीको उमेदवारी परेको मुख्य निर्वाचन अधिकृत हरि प्रसाद शर्मा पंगेनीले बताउनुभयो ।

यसैगरी नेकपा माओवादी केन्द्रबाट प्रमुखमा लक्ष्मण सिंह र उपप्रमुखमा शसी अवस्थी, नेकपा ९एकीकृत समाजवादी० बाट प्रमुखमा संगिता भण्डारी र उपप्रमुखमा भुवन पाठक, राप्रपाबाट गोविन्द खडायत प्रमुखमा र उपप्रमुखमा कविता जोशीले मनोनयन दर्ता गराउनु भएको छ ।
डडेल्धुराको परशुराम नगरपालिकाको नगरप्रमुख पदका लागि नेपाली कांग्रेसबाट भरत जोशी, उपप्रमुखमा कलावती बोहरा, नेकपा माओवादी केन्द्रबाट प्रमुखमा शेरसिंह माल ‘डायमण्ड’ र उपप्रमुखमा बिमला महता, नेकपा एमालेबाट प्रमुख केशव बोहरा र उपप्रमुख गौमती पन्तले मनोनयन दर्ता गराउनु भएको छ ।
यसैगरी अजयमेरु गाउँपालिकामा नेपाली काग्रेसबाट अध्यक्षमा टेकराज पाण्डेय, उपाध्यक्ष बसन्ती पाल, नेकपा एमालेबाट अध्यक्षमा पदम पाल, उपाध्यक्षमा नेपाली काग्रेस विपिबाट रामचन्द्र ऐर, नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा उमेश भट्ट, उपाध्यक्ष कलावती भाड, नवदुर्गा गाउँपालिकामा नेपाली काग्रेसबाट अध्यक्ष लक्ष्मी अवस्थी, उपाध्यक्ष निर्मला बिष्ट, नेपाली काग्रेस विपिबाट अध्यक्ष गोकुल शाही, उपाध्यक्षमा नेकपा एमालेबाट बीर बहादुर बिष्ट, नेकपा एकिकृत समाजवादीबाट अध्यक्ष कबिन्द्र बहादुर बिष्ट, उपाध्यक्ष चन्द्रा रुपाली, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष धर्म बिक, विस्ना बोहरा, आलिताल गाउँपालिकामा नेपाली काग्रेसबाट अध्यक्षमा बल बहादुर गुरुङ, उपाध्यक्ष जला बोगटी, नेकपा एमालेबाट अध्यक्ष मिन बोगटी, उपाध्यक्ष शान्ति भट्ट जोशी, नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा शेर पार्की, उपाध्यक्ष मन्जु रावल, नेकपा एकिकृत समाजवादीबाट अध्यक्षमा तुलाराम बोहरा उपाध्यक्ष लक्ष्मी धामी, स्वतन्त्रबाट टेक खड्काले मनोनयन दर्ता गर्नुभएको छ ।

गन्यापधुरा गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षमा ईन्द्र कार्की, उपाध्यक्ष ज्ञानु सेटी, नेकपा एकिकृत समाजवादी अध्यक्षमा नर बहादुर बिष्ट, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट चन्द्र बहादुर मल्ल, नेपाली काग्रेस विपिबाट अध्यक्षमा सुरेन्द्र माली, नेकपा एमालेबाट उपाध्यक्षमा ईन्द्र महराले मनोनय दर्ता गराउनु भएको छ ।
यसैगरी भागेश्वर गाउँपालिकामा नेपाली काग्रेसबाट अध्यक्षमा हेमराज चटौत, उपाध्यक्ष पुष्पा ठकुराठी, नेकपा एमालेबाट राम बहादुर शाही, उपाध्यक्ष नेपाली काग्रेस विपिबाट नर बहादुर ठकुराठी, नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा विष्णु पाण्डेय, उपाध्यक्षमा गीता भट्ट र स्वतन्त्रबाट विष्णु बहादुर ठकुराठीले मनोनयन दर्ता गर्नुभएको छ ।