संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी मामिला हेर्ने निकायले ४,२२,००० मानिसहरू युक्रेनबाट भागेर छिमेकी देशहरूमा पुगेको जनाएको छ।
यूएनएचसीआरका अनुसार रेल चढेर देश छोड्न खोज्ने मानिसहरूलाई अवरोध गरिएको विवरण उसले प्राप्त गरेको छ र त्यसबारे अनुसन्धान भइरहेको छ।
“यूएनएचसीआरले देश छोडेर भाग्ने मानिसलाई शरणार्थी मान्छ,” उक्त निकायकी एक प्रवक्ताले भनिन्।
अहिलेसम्म एक लाखभन्दा बढी मानिसहरू देशभित्रै विस्थापित भएको यूएनएचसीआरले जनाएको छ।

कांग्रेस कैलालीको सभापतिका लागि पुनः मतदान हुने

कांग्रेस कैलालीको सभापतिका लागि पुनः मतदान हुने
महेन्द्रनगर । नेपाली काँग्रेस कैलाली जिल्लाको सभापतिका लागि पुनः मतदान हुने भएको छ ।
आईतबार भएको मतदानमा सभापतिका तीन उम्मेदवारहरुले कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो ।

पहिलो चरणमा सभापतिका उम्मेदवार प्रकाशबहादुर बमले सबैभन्दा बढी मत (११६९)पाएका छन । सभापतिका अर्का उम्मेदवार नारायणदत्त भट्टले १०७२ र रामबहादुर कलेलले १९७ मत पाएका छन ।

जनमोर्चा पाँच दलीय गठबन्धनबाट अलग

राष्ट्रिय जनमोर्चा पार्टी पाँच दलीय सत्ता गठबन्धनबाट बाहिरिएको छ। गठबन्धनमा संलग्न अन्य चार दलले जालझेल तथा तिकडम गरेर एमसीसी संसदबाट पारित गरेको भन्दै राष्ट्रिय जनमोर्चा पार्टी गठबन्धनमा नरहने निर्णय गरेको हो।

अध्यक्ष चित्रबहादुर केसीले सोमबार एक विज्ञप्ति जारी गर्दै ‘पाँच दलीय गठबन्धन देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको विरुद्ध खडा भएको स्थितिमा पाँच दलीय गठबन्धनलाई कायम राखिरहनु पर्ने औचित्य समाप्त भएको’ बताएका छन्।

जनमोर्चाले व्याख्यात्मक प्रस्तावलाई आफ्ना कार्यकर्ताहरुको एमसीसी विरुद्धको आक्रोसलाई मत्थर पार्न गरिएको नौटङ्की भएको भन्दै एमसीसीविरुद्धको संघर्षलाई निरन्तरता दिने निर्णय गरेको छ।

राष्ट्रिय जनमोर्चा सुरूदेखि नै एमसिसी खारेजीको पक्षमा थियो भने संसदमा पनि विपक्षमा मतदान गरेको थियो।

अध्यक्ष केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,

आज बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय सचिवालयको बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न यो वक्तव्य जारी गरिएको छ ।

१) केपी ओलीले लादेको प्रतिगमनका विरुद्ध हाम्रो पार्टीले प्रतिगमन विरुद्धको पाँच दलीय गठबन्धनको निर्माण र त्यसको निरन्तरतामा जोड दिँदै आएको थियो। प्रतिगमन विरुद्धको पाँच दलीय गठबन्धनले विघटित संसदको पुनस्र्थापना, ओली सरकारको अन्त्य, प्रतिगमनका विरोधी शक्तिहरुको नेतृत्वमा नयाँ सरकारको निर्माण तथा गणतन्त्रको रक्षाका लागि महत्वपूर्ण काम गरेको थियो, जुन सही थियो। एमसीसी जस्तो राष्ट्रघाती सम्झौताका विरुद्ध सम्पूर्ण देशभक्त नेपाली जनता सडकमा उत्रेका छन्। हाम्रो पार्टीले लगातार एमसीसीको खारेजीमा जोड दिँदै आएको छ।

एमसीसी सम्झौताले देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतालाई कमजोर बनाउनुका साथै सम्झौताका आडमा अमेरिकी सेना समेत नेपाल आउन सक्ने र त्यसबाट हाम्रो असंलग्न परराष्ट्रनीति पनि धरासायी हुने भएकोले विद्यमान अवस्थामा एमसीसी विरुद्धको संघर्ष प्रधान बनेर अगाडि आएको छ। यस परिप्रेक्ष्यमा पाँच दलीय गठबन्धनभित्रको हाम्रो पार्टी बाहेकका चार पार्टीले एमसीसीलाई संसदद्वारा पारित गराउन गरेको षड्यन्त्र, जालझेल, तिकडम र साम्राज्यवादीहरुको दलाली तथा पृष्ठपोषण गर्ने काम गरेको हुनाले पाँच दलीय गठबन्धन देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको विरुद्ध खडा भएको स्थितिमा पाँच दलीय गठबन्धनलाई कायम राखिरहनु पर्ने औचित्य समाप्त भएको छ। गठबन्धनबाट देशको सार्वभौमसत्ता र अखण्डतालाई गम्भीर क्षती पुगेकोले त्यसबाट हाम्रो पार्टी आज कै मितिदेखि अलग भएको घोषणा समेत गर्दछौँ।

२) एमसीसीलाई पारित गराउनका लागि सरकारले अपनाएको मतदान प्रक्रियाको पनि हाम्रो पार्टी घोर विरोध तथा भत्र्सना गर्दछ। एमसीसी जस्तो राष्ट्रघाती सम्झौता जसले राष्ट्रलाई दीर्घकालीन रुपले गम्भीर क्षति पुर्याउने छ। जसको विरुद्ध सम्पूर्ण नेपाली जनता सडकमा उत्रेको अवस्थामा जालझेल गरेर ध्वनि मतको आधारमा त्यसलाई पारित गरियो। यदि अल्पमत बहुमतको विधि अनुसार मत विभाजन गरेको भए एमसीसीलाई विद्यमान अवस्थामा अनुमोदन गर्न सरकारका लागि मुश्किल पर्ने भएको हुनाले नै ध्वनि मतको सहारा लिएर अनुमोदन गर्ने काम भएको छ। सरकारको यस प्रकारको तानाशाही तथा निरंकुश प्रवृत्तिको हामी घोर विरोध तथा भण्डाफोर गर्दछौँ।

३) एमसीसी सम्झौता संसदद्वारा षड्यन्त्रमूलक ढंगबाट पारित गर्नुका साथै सम्झौताको व्याख्यात्मक प्रस्ताव पनि पारित गरिएको छ। उक्त कथित व्याख्यात्मक प्रस्तावलाई समेत हाम्रो बैठकले औचित्यहिन ठहर गरेको छ। माओवादी र एकीकृत समाजवादीले व्याख्यात्मक प्रस्तावमा कथित सहमति जनाउने कुरा आफ्ना कार्यकर्ताहरुको एमसीसी विरुद्धको आक्रोसलाई मत्थर पार्न गरिएको नौटङ्की मात्र हो। अन्तिम अवस्थामा आएर एमसीसी जस्तो राष्ट्रघाती सम्झौता पारित गर्न माओवादी र एकीकृत समाजवादीले खेलेको भूमिकाको समेत हाम्रो पार्टीले घोर विरोध तथा भत्र्सना गर्दछ। त्यसका साथै राष्ट्रियता जस्तो गम्भीर सवालमा एमालेले देखाएको रमिता गैर जिम्मेवार व्यवहार र प्रकारान्तरले एमसीसीलाई पारित गराउन खेलेको भूमिकाको पनि बैठकले भत्र्सना गरेको छ।

४) एमसीसी विरुद्धको संघर्षलाई अगाडि बढाउन दलको स्वतन्त्र पहलकदमीमा फागुन १९–२२ गतेसम्म देशव्यापी जिल्ला तथा स्थानीय स्तरका विरोध सभाहरु गर्ने ठेगान भएको छ।
धन्यवाद!

मिति: २०७८ फागुन १६
चित्रबहादुर केसी
अध्यक्ष

सुदूरपश्चिम प्रदेशमा बन्दको आंशिक प्रभाव, दुई जना घाइते

धनगढी— एमसीसी संसदबाट अनुमोदन भएपछि विरोधमा विभिन्न दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव सुदूरपश्चिम प्रदेशमा आंशिक रुपमा परेको छ । एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाले विरोध जनाउँदै सोमबार (आज)नेपाल बन्दको आह्वान गरेका हुन् ।

बन्दका कारण सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा सार्वजनिक सवारीका साधन चलेका छैनन् । फाटफुट रुपमा निजी सवारी साधन भने गुडेका छन् । धनगढीका मुख्य सहर भने बन्द रहेका छन् ।
प्रदेशका मुख्य सहर धनगढी, महेन्द्रनगर, डडेल्धुरा, दीपालय लगायतका क्षेत्रमा बन्दको आंशिक प्रभाव परेको छ । लामो तथा छोटो दूरीका सवारी साधन चल्न नसक्दा यात्रु गन्तव्यमा पुग्न पाएका छैनन् ।
बन्दमा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि कैलालीका मुख्य मुख्य चोकहरुमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
उता महेन्द्रनगरमा एमसीसी अनुमोदनको बिरोधमा उत्रिएका नेत्र बिक्रम चन्द ‘विप्लव’ निकट नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तामामाथि प्रहरीले महेन्द्रनगरमा लाठी चार्ज गरेको छ । प्रहरीको लाठी चार्जबाट दुई जना घाइते भएका छन् ।
विप्लव निकट युवा संगठन कञ्चनपुरका उपाध्यक्ष दिपेन्द्र ऐरी र अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव हरिष ऐरी घाइते भएको अखिल क्रान्तिकारीका केन्द्रीय सचिव बिरेन्द्र शाहले बताए । उनका अनुसार घाइतेहरुको महाकाली अस्पतालमा उपचार भइरहेको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर बमले जिल्लामा सुरक्षा व्यवस्था कडा पारेको जानकारी दिए ।

विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कटेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले दलले एमसीसी अनुमोदन गरेको भन्दै खारेजीको माग गर्दै नेपाल बन्द आह्वान गरेका हुन् ।

सुरक्षित गर्भपतन लाई चुनावी घोषण पत्रमा राख्ने अन्तरपार्टि महिला संञ्जालको घोषण

सुरक्षित गर्भपतन सम्बन्धि सचेतनामा अग्रसर हुदै महिला ः सिडिएफ नेपाल सहयोग
दिपक राज भट्ट (डडेल्धुरा) ः वि.सं २०५१ सालमा स्थापना भएको सिडिएफ नेपाल नाम संस्थाले सुरक्षित गर्भपतन सम्बन्धि सचेतना दिदै आएको छ । सुरक्षित गर्भपतन सेवा लाई आउदै गरेको चुनावी घोषण पत्रमा समावेश गर्ने घोषण अन्तर पार्टि महिला संञ्जालका पदाधिकारिले गरेका छन् ।
डोटिमा स्थापना भएको यस संस्थाले हाल सम्म करिब ४७ परियोजना संग समुन्व्य गरेर कार्य सम्पादन गरिसकेको छ भने हाल ४ परियोजना सुचारु गरिरहेको छ ।
डडेल्धुराको भागेश्वर गाउपालिका र नवदुर्गा गाउपालिकामा यसले सुरक्षित गर्भपन सम्बन्धि आईपास नेपाल संग साझेदारी गरेर कार्यक्रम सुचारु गरेको सिडिएफ नेपाल अध्यक्ष खड्क राज शर्माले बताए ।

डडेल्धुरामा पछिल्लो समयमा सुरक्षित गर्भपतन सम्बन्धि जानकारि आम नागरिकमा रहेको शार्माले दावी गरेका छन् । जनचेतना अझ बढाउनु लागि परेका छौ शर्माले भने ।
आज (शुक्रवार) डडेल्धुरा जिल्ला सदरमुकाममा अन्तर पार्टि महिला संञ्जाल संगको अन्र्तक्रिया कार्यक्रममा डडेल्धुराका २० जना महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको आयोजक सिडिएफ नेपाल ,सहयोग आईपास नेपाल र समुन्व्य जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुरा रहेको थियो ।

नेपालको कानुनी व्यवस्था अनुसार मेरो स्वास्थ्य मेरो अधिकार व्यवस्था रहेको छ । यसका बिषयमा आम नागरिकमा विशेष गरि ग्रामिण क्षेत्रका नागरिकहरुमा जानकारि गराउने सिडिएफ नेपालका फोकल प्रसन सिद्धराज जोशीले बताए । जनस्वास्थ्य ऐन अनुसार (आधारभुत स्वास्थ्य सेवा ) जसमा सुरक्षित गर्भपतन सम्बन्धि व्यवस्था रहेको छ ,उसो त महिलाको मन्जुरिमा १२ हप्ता सम्मको सुरक्षित गर्भपतन गर्न सकिने व्यवस्था रहेको छ भने त्यस्तै महिलाको ज्यानखतरामा वा अपाङग भएको मान्यता प्राप्त स्वास्थ्यकर्मिले सिफरिस गरेमा २८ हप्तासम्मको,रोगप्रतिरोधात्म क्ष्यमता कम भएको भुर्ण खराबी र अन्य यस्तै समस्या भएको अवस्थामा पनि २८ हप्ता सम्मको गर्भ सुरक्षित गर्भपतन गर्न मिल्ने व्यवस्था रहेको छ । गर्भपतन सुरक्षित स्वास्थ्य संस्था र मान्यता प्राप्त संस्था वाट गर्न सकिन्छ ।
उता गर्भपतन गर्न नमिल्ने अवस्था लिङग पहिचान गरेर,महिला लाई दबाबमा पारेर वा कुनै प्रलोभनमा पारेर रहेका छन् ।

सुरक्षित गर्भपतन सेवा सुचिकृत स्वास्थ्य संस्थाहरुमा निशुल्क पाईन्छ । महिलाको गोपनियता कायम राखि सुरक्षित गर्भपतन गरिन्छ ।
कार्यक्रममा डडेल्धुराका महिलाहरुले पहिलेको जसरि जडिबुट्टिको वा अन्य बिधि जस्तै काठ पाठेघरमा पसाउने,तार घुसाउने आदि मा भने धेरै कमी आएको छ । तर सुरक्षित गर्वपन सेवा लिनेको संख्या मान्यता प्राप्त सरकारि भन्दा पनि प्राईभेट अस्पताल वा तराईका जिल्ला र छिमेकी मुलुक भारतमा जाने को संख्या बढि रहेको अन्तर महिला संञ्जाका अध्यक्ष पार्वती देवि पनेरुले बताईन्।
कार्यक्रमको संञचालन र सुरक्षित गर्भपतन सम्बन्धि जानकारि सिडिएफ नेपाल का कार्यक्रम संयोजक समिता घिमिरेले गर्नु भएको थियो भने प्रजनन् स्वास्थ्य सम्बन्धि जानकारि भवानी कुवरले गराएका थिए ।
यस्ता कार्यक्रम हरेक गाउमा महिला र पुरुषका बिचमा गराईनु पर्ने महिलाहरुको माग रहेको थियो । बिशेष गरेर मदिरा सेवन र छोरिको आसमा महिलाले गर्वपन गर्नुपर्ने बाध्यता रहेको सहभागिहरुको भनाई थियो ।
अन्तर पार्टि महिला संञजाल यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि कार्यायोजना तथा प्रतिबद्धाता समेत उपस्थित सबैले गरेका थिए । प्रतिबघताहरुमा टोलछिमेकमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि जानकारि दिने, बालबिबाह सम्बनिध जानकारि दिने ,चुनावी घोषण पत्रमा समावेस गर्ने र मिडिया कभरेज गर्ने रहेका थिए ।

छिटै स्थानीय निर्वाचनको आचार संहिता लागू हुन्छ : निर्वाचन आयोग

काठमाडौं– निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै छिटै आचार संहिता लागू गर्ने तयारी गरेको छ।
आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले बिहीबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिए। निर्वाचनका लागि आठ अर्व ९५ करोड २ लाख बजेट माग गर्ने निर्णय गर्दै अर्थ मन्त्रालयमा पठाएको उनले जानकारी दिए।

‘आचार संहिता अन्तिम अवस्थामा छ। हामी केही छलफलमा छौं’ उनले भने ‘यो अन्तिम भएर राजपत्रमा प्रकाशित भएपछि लागू हुने छ।’ राजपत्रमा प्रकाशित भएको आचार संहिता आयोगले उपयुक्त लागेको समयमा यो लागू गर्ने उनले बताए।

धेरै ठाउँको मौसम बदली, बेलुका पानी पर्ने अनुमान


काठमाडौं ।
अहिले देशका धेरैजसो ठाउँको मौसम धुम्मिएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज बेलुकीपख धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन्।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती र प्रदेश-१ का धेरै ठाउँमा मेघगर्जन र चट्याङ्ग सहित पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिए ।
यस्तै, आज उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपात पनि हुने अनुमान छ।
राति पनि यी प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चट्याङ्ग सहित पानी पर्ने मौसमविद् महर्जनले बताए । पश्चिमी न्यून चापीय प्रणालीको असर भोलि सम्म नै रहने छ । पर्सिmदेखि भने मौसम सफा हुँदै जाने मौसमविद्ले बताएका छन् ।

अत्तरिया महोत्सवको कलाकार लिष्टबाट किन हटाइयो दुर्गेशको नाम ?

धनगढी: कैलालीको अत्तरियामा हुने सुदूरपश्चिम प्रादेशिक महोत्सवमा सहभागी हुने कलाकारको लिष्टबाट गायक तथा मोडल दुर्गेश थापाको नाम हटाइएको छ।
दुर्गेश नायक तथा अभिनेता पल शाह र गायिका समीक्षा अधिकारी बीचको विवादमा मुछिएपछी उनको नाम हटाइएको बताइएको छ। थापा विवादमा मुछिएपछी नाम हटाइएको र यसबारेमा उनलाई जानकारी पनि गराइसकिएको अत्तरिया उधोग वाणिज्य संघका महासचिव यज्ञराज जोशीले बताए।

थापा यसअघि पनि बेला बेला विवादमा आइरहने कलाकारमा पर्दछन्।

संसद् बैठक आज बस्दै

काठमाडौँ, प्रतिनिधि सभामा अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौतामाथि छलफलको प्रक्रिया राजनीतिक सहमतिका लागि स्थगन गरिएको छ । सम्झौता अनुमोदनको विषयमा सत्ता गठबन्धन नै विभाजित भएपछि प्रतिपक्षसँग समेत थप छलफल गर्न सरकारको आग्रहमा बैठक स्थगित गरिएको हो ।

सभामुख अग्निप्रसाद सापकोटासमक्ष कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहमतिका लागि बैठक स्थगित गरिदिन आग्रह गर्नुभएको थियो । मन्त्रीद्वयको आग्रहपछि बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

राजनीतिक सहमतिको प्रयासका लागि सरकारले छलफलको समय सार्न आग्रह गरेको हो । बैठक स्थगित लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्तासमेत भयो । एमालेले हाल एमसीसीमा कुनै स्पष्ट धारणा बनाएको छैन । सत्ता पक्षसँग बहुमत रहेकाले प्रतिपक्षले सरकारको बिजनेस कसरी अघि बढाउने भन्ने एमालेको विषय नभएको एमाले नेताहरूले बताउनुभएको छ ।

एमाले सचिव एवं सांसद योगेश भट्टराई सरकारसँग बहुमत रहेकाले पारित हुने नहुने विषय प्रतिपक्षको सरोकारको विषय नभएको बताउनुभयो । सत्ता गठबन्धन सम्झौताका विषयमा विभाजित छ । माओवादी केन्द्रले विपक्षमा मत
अडान लिइरहेको छ भने नेकपा (एकीकृत समाजवादी) एमसीसीको विषयमा विभाजित छ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सत्ता गठबन्धन जे जस्तो भए पनि यथास्थितिमा एमसीसीको पक्षमा मत नदिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “गठबन्धन बन्छन् भत्किन्छन्, मुख्य कुरा राज्यको सार्वभौमिकताको प्रश्न हो । हामी यथास्थितिमा एमसीसीको पक्षमा मतदान गर्दैनौँ ।”

एमसीसी निर्णायक बन्दै जाँदा गठबन्धन कसरी अघि बढ्ने अन्योलमा परेको छ । गठबन्धनका दलहरू नै अलमलमा परेपछि सत्ताको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले प्रमुख विपक्षी दल एमालेसँग संवाद अघि बढाएको छ । काँग्रेस सांसद मीन विश्वकर्माले गठबन्धनको भविष्य र एमसीसीको विषय चाँडै निक्र्योल हुने बताउनुभयो ।
फागुन ८ गतेको बैठकमा सम्झौता पेस भएको थियो । अर्थमन्त्रीको अनुपस्थितिमा सञ्चारमन्त्री कार्कीले प्रस्ताव पेस गर्नुभएको थियो । प्रस्तावमा बिहीबारदेखि सैद्धान्तिक छलफल अघि बढाउने तयारी भए पनि प्रस्ताव स्वीकृत हुने वा नहुने अन्योलका कारण सरकारकै आग्रहमा बैठक सारिएको हो ।

हालसम्म १३७ युक्रेनीको मृत्यु‚ चेर्नोबिल कब्जा गरिसकेको दाबी

काठमाडौँ — रुसी सेनाको आक्रमणबाट हालसम्म १ सय ३७ युक्रेनीको मृत्यु भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सैनिक अड्डामा मात्र आक्रमण गर्ने दाबी गरे पनि त्यसमा सत्यता नभएको बताउँदै राष्ट्रपति जेलेन्स्कीले अहिलेसम्म १ सय ३७ जनाको मृत्यु भएको दाबी गरेका हुन् ।
प्रिप्यातस्थित चेर्नोबिल न्युक्लियर प्लान्ट । रेडियोधर्मी पदार्थको भण्डारणका कारण सहर खाली गरिएको थियो । फाइल तस्बिर : सटरस्टक
त्यस्तै रुसले युक्रेनमाथि गरेको आक्रमणलाई ‘क्रूर आक्रमण’को संज्ञा दिँदै अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपतिले पुनः सोभियत संघ ब्युँताउन चाहेको आरोप लगाएका छन् ।
रुसी सेनाले चेर्नोबिलमा रहेको रेडियोधर्मी पदार्थ रहेको स्थानमा हमला गरेपछि त्यहाँको चेर्नोबिल न्युक्लियर प्लान्टसमेत कब्जा गरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । चोर्नेबिल कब्जा गरेसँगै रुसले युक्रेनमात्र नभएर पूरा युरोपविरुद्ध युद्धको घोषणा गरेको युक्रेनी राष्ट्रपति जोलेन्स्कीले बताएका छन् ।
राष्ट्रपति जोलेन्स्कीले सन् १९८६ मा न्युक्लियर प्लान्ट विस्फोट हुँदा थुप्रै युक्रेनीले ज्यान गुमाउनुपरेको उल्लेख गर्दै त्यसलाई दोहोरिन नदिने बताएका थिए । स्विडेनका प्रधानमन्त्रीलाई यसबारेमा जानकारी गराइएको उल्लेख गर्दै उनले भनेका थिए, ‘यो पूरा युरोपविरुद्ध नै युद्धको घोषणा हो।’
बेलारुस र युक्रेनको सीमानजिकै रहेको चेर्नोबिल न्युक्लियर प्लान्टमा अहिले पनि ठूलो परिमाणमा असुरक्षित रेडियोधर्मी पदार्थ भण्डारण गरिएको छ । त्यसको सुरक्षाका लागि युक्रेनी नेसनल गार्ड खटाइए पनि रुसले कब्जामा लिइसकेको बताइएको छ । रुसी सेनाको हमलाबाट यसअघि झैं पुनः न्युक्लियर प्लान्ट पुनः विस्फोट हुन सक्ने आकलनहरू गरिएका छन् ।
उक्त प्लान्ट विस्फोट भए त्यसको असर पूरै युरोपमा पर्ने बताइएको छ । १९८६ मा ब्लास्ट हुँदा १०० जनाभन्दा कमको मृत्यु भए पनि त्यसकै कारण पछिसम्म स्थानीयको मृत्यु भएको बताइन्छ । सन् १९८६ पछि पनि पटक-पटक दुर्घटना भएपछि चेर्नोबिल न्युक्लियर प्लान्टलाई सन् २००० मा बन्द गरिएको थियो । सन् २०६५ सम्म त्यहाँ रहेको असुरक्षित रेडियोधर्मी पदार्थ हटाइने युक्रेनको तयारी थियो ।

बढ्दो तनावका बीच युक्रेनको राजधानी किभबाट सर्वसाधारणहरू स्लोभाकिया र हंगेरीको सीमातर्फ लागेका छन् । सरकारले भर्खरै राजधानी किभमा कर्फ्यु घोषणासमेत गरेको छ ।

बिहीबार रुसले युक्रेनका विभिन्न स्थानमा क्षेप्यास्त्र प्रहारसहित सैन्य आक्रमण सुरु गरेपछि दुई देशबीच मात्रै होइन विश्व राजनीति नै तरंगित भएको छ ।