विप्लव कार्यकर्ताद्धारा सोलुखुम्बुका सव इन्जिनियरमाथि कार्यालयमै कालो मोसो र जुत्ताको माला


सोलुखुम्बु :
शिक्षा समन्वय इकाइ सोलुखुम्बुका सव इन्जिनियर पवनकुमार यादवलाई विप्लव कार्यकर्ताले कालोमोसो र जुत्ताको मालासहित हातपात गरेका छन्। सव इन्जिनियर यादवले विद्यालय भवन निर्माण गर्दा आर्थिक भ्रष्टचार गरेको आरोप लगाउँदै सोमबार दिउँसो कार्यालयमै पुगेका विप्लव निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)का कार्यकर्ताले यादवलाई हातपात गर्दै कालो मोसो र जुत्ताको माला लगाइदिएको प्रत्यक्षदर्शीले बताएका छन्।
दिउँसो अन्दाजी १ बजे मुखमा मास्क लगाएर नचिनिने भएर कार्यालयमा आएका १० जना युवाहरुले नाराबाजीसहित आफूलाई हातपात गर्दै कालोमोसो र जुत्ताको माला लगाइदिएको पीडित यादवले बताए। हातपातपछि विद्यार्थी युनियनले कार्यालयको मुख्यद्वारमा प्रेस विज्ञप्तीसमेत टाँस गरेको छ।
युनियनका संयोजक एकराज राईद्वारा हस्ताक्षर गरिएको उक्त विज्ञप्तीमा शिक्षा समन्वय इकाइका सव इन्जिनियरहरु पवनकुमार यादव र नविनकुमार सिंहले जिल्लाको महाकुलुङ गाउँपालिका क्षेत्रको विद्यालय भवनहरु निर्माण गर्दा आर्थिक भ्रष्टचार गरेको आरोप लगाइएको छ।
आफूहरुले सो रकम विद्यालयलाई फिर्ता गर्न पटक-पटक आग्रह गरेपनि बेवास्ता गरेका कारण सांकेतिकरुपमा कारबाही गरेको विज्ञप्तीमा भनिएको छ। साथै उक्त रकम तत्काल फिर्ता नगरे भौतिक कारवाही गर्नेसमेत विज्ञप्ती मार्फत चेतावनी दिइएको छ।
सव इन्जिनियरद्वयले महाकुलुङको कैलाश प्राथमिक विद्यालय भवन निर्माण गर्दा १ लाख ९० हजार, पेल्माङ माध्यमिक विद्यालयमा ५० हजार, बाखोर र चेपेल निम्न माध्यमिक विद्यालयमा ३५/३५ हजार र खिरौले निम्न माध्यमिक विद्यालयमा ७५ हजार रुपैयाँ भ्रष्टचार गरेको आरोप लगाएको छ।
विप्लव निकट कार्यकर्ताहरुले यसअघि पनि आफूलाई हातपात गरेको पीडित सव इन्जिनियर यादवले बताए। सो समयमा आफूले आफ्नो कुनै कमजोरी नभएकाले कानुनी कारबाहीमा जान आग्रह गरेको उनले बताए। घटनापछि फरार भएका विप्लव निकट कार्यकर्ताहरुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। अन्नपुर्ण पोष्ट बाट साभार

अनेरास्ववियु डडेल्धुराले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापन पत्र

डडेल्धुरा:
एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियु डडेल्धुराले ज्ञापन पत्र बुझाएको छ । अनेरास्ववियुले प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको हो । संविधान सम्वत स्थानीय तहको निर्वाचन गर्नुपर्ने भन्दै, अनेरास्ववियुले ज्ञापन पत्र मार्फत प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण गराएको छ ।
देउवा सरकारले निर्वाचन गर्न आनाकानी गरेको भन्दै समयमै निर्वाचन गराउन अनेरास्ववियु डडेल्धुराका संयोजक पुस्कार देउवाले बताए । अहिलेको निकम्मा सरकारले निर्वाचन टार्ने उद्देश्य राखेको भन्दै यदि समय र सविधानत निर्वाचन नगरे अनेरास्ववियु जुनसुकै कदम चाल्न बाध्य हुने अनेरास्ववियु डडेल्धुुराले ज्ञापन पत्रमा उल्लेख गरेको छ ।

देउवाको चुस्त टिममा परेनन् रमेश लेखक-दिलेन्द्र बडू, एनपी साउदले बाजी मारे

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समिति गठन गरेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका देउवाले १४औं महाधिवेशनबाट निर्वाचित जम्बो कार्यसमितिलाई चलायमान बनाउन चुस्त र सानो कमिटी बनाएका हुन् । विधानअनुसार ४६ सदस्यीय कार्यसम्पादन समितिमा देउवाले ३७ जना नियुक्त गरेका छन् । बाँकी ९ जनालाई पछि मनोनित गर्नेछन् ।
यसपालि केन्द्रीय कार्यसम्पादन समितिमा सुदूरपश्चिमबाट एनपी साउदमात्रै परेका छन् । सुदूरपश्चिमका नेता रमेश लेखक र कानुनमन्त्रीसमेत रहेका दिलेन्द्र बडू भने कार्यसम्पादन समितिमा अटाएनन् । यसबाट सभापति देउवाले सुपमा रमेशभन्दा एनपीलाई अगाडि बढाउन खोजेको देखिन्छ ।
को को परे ?
कार्यसम्पादन समितिमा सभापति शेरबहादुरसहित १३ पदाधिकारीका साथै पूर्वपदाधिकारीलाई समेटिएको छ । पदाधिकारीमा सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री रहेका छन् । त्यस्तै सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, भीष्मराज आङदेम्बे, उमाकान्त चौधरी, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय डिना, किशोरसिंह राठौंर, बद्री पाण्डे र जीवन परियार रहेका छन् । केन्द्रीय सदस्यहरुमा वरिष्ठ नेता रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत, सुनीलबहादुर थापा, डा. शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा. नारायण खड्का, जिपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुंगाना कार्यसम्पादन समितिमा अटाएका छन् । नेपाल पाना

सुदूरपश्चिममा ओरालो लाग्यो कोरोना सङ्क्रमण दर

अविनाश चौधरी धनगढी। सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर घटेको छ । एक हप्ता अगाडि उच्च विन्दुमा…

गोठालो भत्ताका लागि किसानहरूको आवेदन

रासस
काठमाडौँ — जुम्लामा गोठालो भत्ताका लागि २६५ किसानले आवेदन दिएका छन् । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट प्रदान गरिने गोठालो भत्ताका लागी उनीहरूले आवेदन दिएका हुन् ।
पशुसेवा कार्यालयले भत्ताका लागि आवेदन दिन भेडापालक किसानलाई आह्वान गरेको थियो । कर्णाली प्रदेशले भेडापालक किसानलाई प्रोत्साहन गर्न गोठालो भत्ताको कार्यक्रम अघि बढाएको हो ।
कार्यालय प्रमुख गोविन्द महतका अनुसार छनोट प्रक्रिया अघि बढाइएको छ । यस विषयमा जानकारी लिन कर्मचारी किसानको घरघरमा खटाइएको छ । प्रतिवेदन आएपछि भत्ता वितरण गरिने महतले बताए ।
यस्तै पचासभन्दा बढी भेडा पाल्ने किसानलाई मासिक एक हजार ५०० रुपैयाँका दरले वितरण गरिनेछ । जिल्लाका १५० किसानलाई गोठालो भत्ता दिने कार्यक्रम छ । रकम सम्बन्धित किसानको बैंक खातामा जम्मा गरिनेछ । उक्त कार्यक्रमका लागि ७२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

सोमबार बाट डडेल्धुरामा ‘स्मार्ट लकडाउन’ यस्ता छन् नियमहरु

डडेल्धुरा — डडेल्धुरामा सोमबार राति १२ बजेदेखि स्मार्ट लकडाउन सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि स्मार्ट लकडाउन सुरु हुने जनाएको छ । कोभिड–१९ को बढ्दो जोखिमलाई मध्यनजर गरी यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस एवम् गृह मन्त्रालयको निर्णय र संक्रामक रोग ऐन २०२० को दफा–२ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन २०२८ को दफा– ६ को उपदफा–३ ले दिएको अधिकार प्रयोग गरी स्मार्ट लकडाउन गरिएको हो ।
प्रशासनको आदेश अनुसार जिल्ला संचालनमा रहेका हेल्थ क्लब, जिम खाना, पटके हाट बजार र मानिसहरूको भीडभाड हुने अन्य सबै प्रकारका कार्यक्रमहरू माघ मसान्तसम्म संचालन नगर्न भनेको छ ।
विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप संचालन गर्दा माघ मसान्तसम्म भौतिकरूपमा उपस्थितिमा संचालन नगर्ने र त्यस्ता शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरू अपनाइ संचालन गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।
विद्यालय, कलेजका पूर्व निर्धारित परीक्ष, जनशक्ति भर्नाका परीक्षालगायतका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी संचालन गर्ने नेपाल सकारकारको पुस ३० गतेको आदेश बमोजिम गर्न प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । अन्य गतिविधिहरूका सम्बन्धमा पुस २८ गतेको आदेश बमोजिम नै हुने जनाइएको छ ।

डडेल्धुरा कारागारमा १२५ जना कैदीः कर्तव्य ज्यान मुद्धाका २८जना

डडेल्धुरा (दिपक राज भट्ट)— डडेल्धुरामा रहेको कारागार कार्यालय डडेल्धुरामा १२५ कैदि रहेका छन् । महिला १५,पुरुष ९४ रहेका छन् । कार्यालयमा ३ जना आश्रीत रहेका छन् । कैदिहरुमा कर्तव्य ज्यान मुद्धाका २८ जना,लागु औषत मुद्धाका ८ जाना,चोरि मुद्धाका ३ जना,वन मुद्धाका १ जना,मानव बेचबिखनका ३,आगो लगाउने मुद्धाका १ जना,बालविवाह मुद्धाका १जना र बहुबिबाहक मुद्धाका २ जना रहेको कार्यालयका निमित्त प्रमुख प्रेम बहादुर खड्काले जानकारि दिनुभयो ।
सुदर पहाडको केन्द्रका रुपमा रहेको डडेल्धुरामा कारागार कार्यालय डडेल्धुरा रहेको छ । कारागार कार्यालय डडेल्धुराको कैदि क्षमता पुरुष १२५जना र महिला १७ जना रहेको छ ।
तथ्याङकका आधारमा कारागारमा सबै भन्दा बढि कर्तव्य ज्यान मुद्धाका कैदिहरु रहेका छन् । यस्तै लागुऔषका मुद्धाका भने १६ बर्ष देखि ३५ बर्ष उमेर समुहका कैदिहरु रहेका छन् ।

आज देशभर सहिद दिवस मनाइँदै

काठमाडौं- प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका…

भेरोसेल खोप लगाएकालाई कोभिसिल्डको ‘बुस्टर डोज’

काठमाडौँ — सरकारले भेरोसेल खोप लगाएकाहरूलाई बुस्टरको रुपमा कोभिसिल्ड खोप दिने निर्णय गरेको छ । भेरोसेल खोप अभाव भएपछि सरकारले कोभिसिल्डलाई नै बुस्टरका रूपमा दिन लागेको हो । विश्व स्वास्थ्य संगठन तथा राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिस तथा मन्त्रीस्तरीय निर्णयले ६० वर्षभन्दा माथिका व्यक्तिहरुलाई कोभिडविरुद्धको बुस्टर प्रदान गर्दा पहिला ( दोस्रो र पहिलो मात्रा) अन्तर्गत कोभिसिल्ड/एस्ट्राजेनेका/मोडर्ना/फाइजर /वा भेरोसेल खोप लगाएकाहरुलाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिने निर्णय गरेको हो ।
विश्व स्वास्थ्य संगठनको (स्ट्राटेजिक एडभाइजरी ग्रुप अफ एक्सपर्टस् अन इम्युनाइजेसन)ले १ महिना अघि एकथरी खोप लगाएकोले अर्को थरी खोप लगाउँदा रोगप्रतिरोधी क्षमताले राम्रो प्रतिक्रिया दिने बताएको थियो । यसअघि खोप सल्लाहकार समितिले पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको हो त्यही खोप बुस्टरमा पनि लगाउन सिफारिस गरेको थियो ।
त्यसैगरी पहिलो मात्रा खोप लगाएकाहरुलाई दोश्रो मात्रा दिन सोही खोप नभएमा कोभिसिल्ड वा एस्ट्राजेनेका दिने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ ।
साथै विदेशमा पहिलो मात्रा कोभिसिल्ड/एस्ट्राजेनेका/मोडर्ना/फाइजर /भेरोसेल खोप लगाएकाहरुको हकमा दोस्रो मात्राको रुपमा कोभिसिल्ड/एस्ट्राजेनेका खोप प्रदान गर्ने निर्णय गरेको छ ।
खोप नभएपछि पहिले भेरोसेल लगाएकाले बुस्टर डोज पाएका थिएनन् । सरकारले माघ २ देखि अग्रपंक्तिमा खटिने, माघ १४ देखि ६० वर्षमाथि र पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएकालाई बुस्टर डोज दिने भनी २०७८ पुस ९ गते निर्णय गरेको थियो ।

प्रकाशि

जेठभित्र स्थानीय तहको चुनाव गर्न सत्तारुढ गठबन्धन तयार

काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका दलहरु जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न तयार भएको छ ।
शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले जेठभित्रमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको बैठकमा सहभागी सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार गठबन्धनको निर्णयपछि अब सरकारले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय तहको निर्वाचनको मिति तोक्नेछ ।
बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्नुपर्ने भए त्यसको प्रक्रिया अघि बढाउन पनि सरकारलाई सुझाव दिएको मन्त्री कार्कीले बताए ।