सम्झौता अघि बढाउने–नबढाउने नेपालको हातमा छ– एमसीसी

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले सम्झौता अगाडि बढाउने–नबढाउने नेपालको हातमा रहेको बताएको छ ।

आइतबार एक वक्तव्य जारी गर्दै केही पहिले भएको नेपाल भ्रमणका क्रममा आफ्ना अधिकारीहरुले एमसीसी सम्झौताबारे स्पष्टीकरण दिएको र सरकारले पनि सम्झौतालाई अघि बढाउने प्रतिबद्धता जनाएको बताएको छ ।

तर संसदले यसलाई अनुमोदन नगर्दा लाखौं नेपाली लाभ लिनबाट वञ्चित भएको भन्दै एमसीसीले भनेको छ, ‘एमसीसी सम्झौता अनुमोदनमा ढिलाइ हुँदा ५०० मिलियन डलरको अनुदान सहायता र २ करोड ३० लाख नेपाली जनताको भरपर्दो विद्युत र सुरक्षित सडकको सुविधालाई जोखिममा पारेको छ ।’
एमसीसीले अघि भनेको छ, ‘सम्झौतालाई अघि बढाउने–नबढाउने निर्णय अब नेपालको हातमा छ ।’

महिला र पुरुषमा यौन इच्छा जगाउने अवस्था फरक हुन्छ– करुणा कुँवर

हिजोआज नेपाली दम्पतीहरू यौन विचलनका कारण सम्बन्धविच्छेदको अवस्थासम्म पुग्ने गरेका छन् । दम्पतीमा हुने गलत बुझाइ वा यौनमा हुने असन्तुष्टिको कारणले पनि धेरै दम्पतीको विग्रह भएको देखिन्छ । यही यौनको जीवन र यसले निम्त्याउने समस्याको बारेमा मनोविद् करुणा कुँवर विष्टसँग गरेको कुराकानीको सम्पादित अंश
मान्छेको यौन रूचिमा मौसमको कुनै प्रभाव हुन्छ कि हुँदैन ? अर्थात्, जाडो महिना र गर्मी महिनाले यौन इच्छामा कुनै परिवर्तन हुन्छ कि हुँदैन ?

अवश्य पनि हुन्छ । मान्छेको यौन व्यवहारलाई मौसमले असर गर्छ । मान्छेको यौन आकांक्षालाई भौगोलिक अवस्था र वातावरणले निर्देशित गरेको हुन्छ । विभिन्न अध्ययनले देखाएको छ कि हरदम चिसो भइरहने, पानी परिरहने ठाउँमा पुग्दा मान्छेमा यौनको मुड चल्छ । नेपालको भौगोलिक अवस्थाले पनि फरक फरक वातावरणमा भिन्दाभिन्दै खाले यौनइच्छा जागृत गराउने गर्छ । लामो समय बादल लागिरहने र पानी परिरहने ठाउँमा पनि यौन इच्छा बढी जागृत हुन्छ ।
जनावरको यौन व्यवहार हेर्दा उनीहरू कुनै निश्चित समयमा मात्र यौन भोग गर्छन्, त्यस्तो मान्छेमा पनि हुन्छ ?

जनावरमा जस्तै निश्चित समयमा मात्रै यौन भोगको इच्छा मान्छेमा हुँदैन । मान्छेमध्ये पनि पुरुषहरूमा प्राकृतिक रूपमा सधैंभरि यौन इच्छा जागृत हुन्छ । तर, महिलाहरूमा महिनावारी भएपछि १५ दिनसम्म बढी यौन इच्छा जाग्छ । महिला र पुरुषमा यौन इच्छा जगाउने अवस्था फरक–फरक हुन सक्छ ।

नेपाली दम्पती आफ्ना यौन जीवनबाट कति सन्तुष्ट होलान् ? यसबारे कुनै खोज अध्ययन भएको छ ?
व्यवस्थित रुपमा त्यस्तो खोजी भएको त छैन । तर विभिन्न मनोवैज्ञानिक समस्या लिएर आउनेहरुले सुनाएको समस्यालाई विश्लेषण गर्दा गलत बुझाइ र अलिअलि यौन असन्तुष्टि भेटिए पनि त्यसको स्थिति धेरै भने छैन । सामाजिक सांस्कृतिक कारणले गर्दा यौनमा पूर्ण सन्तुष्टि लिन नसकेका कुरा आए पनि एक अर्काको कारणले यौन असन्तुष्टि भएको घटना भने धेरै छैन ।
प्रायः नेपाली दम्पतीको कलह शयन कक्ष अर्थात् ओछ्यानबाट हुन्छ भनिन्छ, के यो सत्य हो ?
यो सत्य हो । तर सबै कलहलाई यौनसँग त जोड्न नसकिएला । दुई जनाको व्यवहार बारे हुने बुझाइ, एक अर्कोको सोच र रोजाइ आदिमा हुने फरकपन पनि कलहको कारण बन्ने गर्छ । मनोवैज्ञानिक परामर्शको लागि आउने महिलाहरुमध्ये कतिपयले आफ्नो घरायसी कलहको कारण अरू बताए पनि गहिरिएर कुरा गर्दै जाँदा यसको कारणमा कतै न कतै यौन जोडिएको पाइन्छ । महिलाको र पुरुषको बीचमा यौनका बारेमा बुझाइ फरक हुन्छ । त्यही फरकपनाले समस्या बढाउँछ ।
अक्सर महिलाहरू यौनका लागि अग्रसर हुँदैनन् र आफ्नो इच्छा पनि जाहेर गर्दैनन् । तुलनात्मक रूपमा पुरुष सरह उनीहरूमा यौन रूचि हुँदैन रु
महिलामा यौन रूचि कम हुन्छ भन्ने त होइन । यो मान्छेपिच्छे फरक हुने कुरा हो । हरेक व्यवहारहरु पुरुष र महिलामा यस्तै पाइन्छ भन्ने हुँदैन । जुन मान्छे अनुसार व्यवहार फरक हुने गर्छ । जुनसुकै मान्छेको पनि सानैदेखि मौलिक बुझाइ शैली हुन्छ । त्यही शैलीले पनि यौन रुचि कस्तो हुने भन्ने निर्धारण हुन्छ ।
कतिपय विवाहित पुरुषहरु एक्स्ट्रा म्यारिटल अफेयरमा हुन्छन्, के उनीहरु आफ्ना श्रीमतीबाट सन्तुष्ट भएका हुँदैनन् होला रु
यस्तो होइन, एक्स्ट्रा म्यारिटल अफेयरमा लागेका सबै केटाहरु यौनका कारण नै अरू महिलासँग आकर्षित हुन्छन् भन्न मिल्दैन । यसमा केटामान्छेले आफ्नी श्रीमतीबाट कस्तो व्यवहार खोजीरहेको छ त्यो श्रीमतीबाट नपाएर पनि अर्की महिलासँग नजिकिएको हुन सक्छ । भावनात्मक सम्बन्ध होस् या अरू आवश्यकता पूर्तिको लागि पनि पुरुषहरुले एक्स्ट्रा म्यारिटल अफेयरमा लागेका हुन्छन् ।
अहिलेको व्यस्त दैनिकीमा दम्पतीहरु यौनसुखबाट विमुख त भएका छैनन् ?
त्यसबारेमा अध्ययन भएको छैन । त्यसैले सिधा भन्न त कठिन हुन्छ । तर विगतका ५ वर्षमा आएका यस्ता घटनालाई विश्लेषण गर्ने हो भने वैदेशिक रोजगारीमा जाने चलनले गर्दा दम्पतीमा यौनसुख लिन नसकेको कुरा भने यथार्थ हो ।
यसबाहेक धेरै अध्ययन भएको छैन ।
अनलाईन खबर बाट साभार

पासपोर्ट बनाउनेको भीडमा ८० प्रतिशत डीभी भर्नेहरू !

काठमाडौं । दशैंपछि नारायणहिटीस्थित राहदानी विभागमा पासपोर्ट बनाउनेहरु भीड अत्याधिक बढेको छ । सरकारले विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्न तयारी भइरहेकाले अत्यावश्यक भएमात्रै पासपोर्ट बनाउन अनुरोध गरिरहेको बेला विभागको क्षमताभन्दा बढी सेवाग्राही आउन थालेका छन् ।
विभागका प्रशासन महाशाखा प्रमुख डिल्लीराम आचार्यका अनुसार अमेरिकी डाइभर्सिटी भिसा (डीभी) भर्नेहरुका कारण भीड अत्याधिक बढ्न गएको हो । अमेरिकी सरकारले केही वर्षदेखि डीभी भर्न पासपोर्ट अनिवार्य गरेको छ । अहिले ‘ईडीभी-२०२३’ खुला छ । २० असोजदेखि खुलेको ईडीभी फारम २३ कात्तिकसम्म भर्न सकिन्छ ।

डीभी भर्नेहरु पासपोर्ट लिन आएपछि विभागमा पछिल्ला दिनमा पासपोर्टको लागि दैनिक तीन हजारभन्दा बढी आवेदन परिरहेको छ । ‘विभागमा सोझै आवेदन दिने एक हजारभन्दा बढी छन्,’ उनले भने, ‘जिल्ला र विदेशस्थित नियोग र मिसनबाट पनि १५ सयदेखि २ हजारसम्म आवेदन आउँछन् ।’ त्यसैअनुसार विभागले पासपोर्ट जारी पनि गर्दै आएको छ ।
विभागले भीड बढेपछि आफ्ना जनशक्तिलाई अधिकतम प्रयोग गरेर पासपोर्ट जारी गर्ने काम गरिरहेको उनले बताए । ‘हामीले सेवाग्राहीलाई केको लागि पासपोर्ट भनेर सोध्दा ८० प्रतिशतले डीभी भर्नका लागि भन्नुभएको छ,’ आचार्यले भने ।
पछिल्ला दिनमा विभागले लाइनमा बस्ने सबैबाट आवेदन लिन सकिरहेको छैन । प्रशासन प्रमुख आचार्यका अनुसार क्षमताभन्दा धेरै सेवाग्राही आए भोलिपल्ट आउने गरी टोकन बाँड्ने गरिएको छ ।
आइतबार राहदानी विभाग अगाडिको लाइन लैनचौर चोक हुँदै उत्तर ढोकासम्म पुगेको थियो । विभागका कर्मचारीका अनुसार रातिदेखि नै सेवाग्राही लाइनमा आएर बस्ने गरेका छन् । सेवाग्राहीलाई लामो समयसम्म लाइन बस्नुपर्दा पालो मिचिने डरले शौच गर्न जान समेत समस्या पर्ने गरेको छ ।
चाडपर्वमा विदेशमा रहेकाहरु स्वदेश आएका बेला पासपोर्ट नवीकरण गर्ने गरेका कारण पनि चाप बढेको अनुमान विभागका अधिकारीहरुको छ । चाडबाड मनाएपछि विदेश जान खोज्नेहरु पनि बढी हुने गरेका छन् । महामारीपछि अध्ययन, भ्रमण, व्यापार लगायतका भिसामा विदेश जानेहरु पनि बढेका छन् । यसले पनि भीड बढाउन भूमिका खेलेको छ ।
तर, मूल रुपमा भने डीभी भर्नका लागि नै सेवाग्राहीहरु लाइनमा आएको विभागको अनौपचारिक अध्ययनमा देखिएको छ । सामान्य अवस्थामा महिनामा ४० देखि ५० हजारसम्म पासपोर्ट वितरण हुन्छ । तर, पछिल्ला दिनको भीड हेर्दा संख्या दोब्बर हुने देखिएको छ ।

मंसिरदेखि ई-पासपोर्ट
नारायणहिटीस्थित विभागको कार्यालयमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लिन सेवाग्राहीको भीड बढ्दै गर्दा विभाग त्रिपुरेश्वरस्थित नवनिर्मित भवनमा ई-पासपोर्ट छपाइको पूर्वतयारी गरिरहेको छ ।
विभागले मंसिर १ गतेदेखि आंशिक रुपमा ई-पासपोर्टको छपाइ थाल्नेछ । तर, त्यसका लागि एमआरपी प्रणालीको तथ्यांक नयाँ प्रणालीमा सार्न बाँकी छ । यही काम गर्नुपर्ने बेलामा पासपोर्ट बनाउनेको भीड बढेपछि विभाग दबाबमा छ ।
सन् २०२० को डिसेम्बर २० मा राहदानी विभागले फ्रान्सको ‘आईडीईएमआईए आइडेन्टी एण्ड सेक्युरिटी’सँग ई-पासपोर्ट छपाइको लागि दुई अर्ब ४८ करोड रुपैयाँमा खरिद सम्झौता गरेको थियो । सम्झौताअनुसार १० महिनाभित्र कम्पनीले ई-पासपोर्टको वितरणका लागि सबै काम सकाउनुपर्ने हुन्छ ।
पछिल्लो दिनमा राहदानी बढाउने संख्या बढेकाले एमआरपीको मौज्दातमा चाप पर्ने भएपछि विभागले १५ हजार रुपैयाँ तिरेर एक दिनमै राहदानी बनाउने सेवा नै स्थगित गरेको छ ।
एमआरपी छपाइको ठेक्कामा विभागले दुई पटक भेरिएसन गरिसकेको छ । अब विभाग र मन्त्रालयले निर्णय गरेको भरमा ठेक्का भेरिएसन गर्न नसकिने अवस्था छ । विभागका प्रशासन प्रमुख आचार्य ७० लाख एमआरपी वितरण भइसकेको र एमआरपीको मौज्दात पर्याप्त रहेको बताउँछन् ।
‘एमआरपीको मौज्दात संख्या यकिन भन्न सक्दैनौं, तर भीड बढेपनि हाम्रो क्षमताअनुसार हामी जति पासपोर्ट वितरण गर्नसक्छौं, त्यो हिसाबले मौज्दात पर्याप्त छ,’ उनले भने ।
विभागले केही हप्तापछि नै ई-पासपोर्ट छपाइ शुरु हुने भएकाले अत्यावश्यक भए मात्रै अहिले पासपोर्ट बनाउन सेवाग्राहीलाई आग्रह गरेको छ ।
‘निकै उपयोगी खालको ई-पासपोर्ट केही समयभित्र जारी गर्न थाल्दैछौं, त्यसैले अत्यावश्यक छैन भने सेवाग्राहीले कुर्दा हुन्छ,’ आचार्य भन्छन्, ‘थोरै धैर्य गरेर अन्तर्राष्ट्रिय स्तरको पासपोर्ट लिन आग्रह गर्छौं ।’

ब्याडमिन्टन प्रतियोगिताकोे उपाधि देउवालाई

डडेल्धुराः डडेलधुरा अस्पताल आन्तरिक ब्याडमिन्टन प्रतियोगिताको सिङल तर्फको उपाधि मोहनबहादुर देउवाले हात पारेका छन्।
आइतबार भएको फाइनल खेलमा देउवाले महेशराज जोशीलाई पराजित गर्दै उपाधि हात पारेका हुन्। ब्याडमिन्टन प्रतियोगिताको सिङल तर्फ द्वितीय महेशराज जोशी र तृतीय डा. विजय श्रेष्ठ भएका छन्।
यस्तै, प्रतियोगिता अन्र्तगत डबल तर्फको उपाधि त्रिमल साउद र खगेन्द्र बुढाएरले हात पार्न सफल भएका छन्। द्वितीय प्रकाश देउवा र हरिप्रसाद भट्ट र तृतीय मोहनबहादुर देउवा र रमेश बोहरा भएका छन्। शुभ दिपावलीको २०७८ को पावन अवसरमा सञ्चालित भएको ब्याडमिन्टन प्रतियोगितामा १६ जनाको सहभागीता रहेको थियो।

कैलालीमा एक युवकलाई कालोमसो दलेर जुत्ताको मालासहित बजार घुमाइयो

धनगढीः कैलालीका एक युवकलाई जुत्ताको माला र मुखमा कालोमसो दलेर बजार परिक्रमा गराइएको छ। शनिबार दिउँसो जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ६ वनबेहडा डाडाटोलका बलबहादुर साउँदलाई जुत्ताको माला, कपाल मुन्डन गराएर कालो मसोसहित वनबहेडा बजार घुमाइएको हो।

उनले मदिरा सेवन गरी राति छिमेकीको घरमा प्रवेश गरेको भन्दै स्थानीयले कालो मसोसहित बजार घुमाएका हुन्। साथै उनले मदिरा सेवन गरी स्थानीय महिलालाई फोन गरेर दुव्र्यवहार गर्ने गसेको समेत स्थानीयले बताएका छन्।

डाडा टोलका साउँदलाई भारतमा बस्दै आएका थिए। केहीदिन पहिले मात्रै उनी घर आएकाे स्थानीयले बताएका छन्। साउँदलाई अमानविय व्यवहार गरिएको भन्दै स्थानीयले प्रहरीमा खबर गरेका थिए। तर प्रहरी नआउँदै स्थानीयले साउँदलाई लुकाएका थिए।

उता चौमाला प्रहरीले उक्त घटनाबारे आफूलाई कुनै जानकारी प्राप्त नभएको प्रतिक्रिया दिएको छ।

दिनेश खबर

जनचेतना समाज सुधारक क्लबको आयोजनामा भलिवल प्रतियोगिता हुदैः प्रथम पुरुष्कार रु बिश हजार

डडेल्धुरा — डडेल्धुराको भागेश्वर गाउपालिकामा भलिबल प्रतियोगिता हुने भएको छ । हिन्दु नेपालीहरुको महान पर्व तिहारको पावन अवसरमा जनचेतना समाज सुधारक क्लबक न्यालेक गोलाईको आयोजनामा खेल हुने भएको हो । प्रथम पुरुष्कार रु बिश हजार, द्धतीय रु पन्ध्र हजार तृतीय रु दश हजार चौथो हुनेलाई टिम दर्ता शुल्क फिर्ता गरिने भएको छ । खेल यहि कार्तिक १७ र १८ गते हुने कार्यक्रम संयोजक कैलाश कुमार साउदले जानकारि दिए । टिम दर्ता रु १५०० रहेको छ भने दर्ता गर्ने मिति १६ गते साझ ५ बजे सम्म रहेको छ ।

महेन्द्रनगर आउँदै गरेको बस डडेल्धुरामा दुर्घटना, १० जना घाइते

धनगढी : दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको बस डडेल्धुरामा दुर्घटना भएको छ। जिल्लाको आलिताल गाउँपालिका -१ स्थित घण्टेश्वर मन्दिर नजिक सडकबाट ना८ख ६१३२ नम्बरको बस करिब १०० मिटर तल खसेको प्रहरीले बताएको छ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार बसमा ३२ जना सवार रहेको र १० जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि धनगढी ल्याइँदै छ। घाइते हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका -६ का ४५ वर्षीय किर्मा ओड, ५० वर्षीय रम्चि ओड, दोगडाकेदार गाउँपालिका -८ का ३२ वर्षीय मानसिंह कार्की, दोगडाकेदार -६ का ३० वर्षीय देवदत्त जोशी, पुर्चौँडी नगरपालिका -१० का ३० वर्षीय चन्द्र बहादुर विष्ट, दोगडाकेदारकै ३५ वर्षीय प्रकाश विष्ट र केशव दत्त जोशी रहेका प्रहरीले जनाएको छ।
घटनाको विस्तृत विवरणका साथै घाइते अन्य तीन जनाको विवरण आउन बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए।

नेपाललीको जिनमै अलौकिक शक्ति छ,कोरोना फैलिएपनी मृत्यु एकदम कम हुन्छ : डा. पाण्डे

१. नेपालमा घरभित्रभन्दा घरबाहिर बस्ने, खेल्ने प्रचलन धेरै छ । नेपालीहरु मौसम अनुसारको जाडो, गर्मी तथा बर्षासंग साक्षात्कार भएका हुन्छन् । घरलाई हिटिंग र कुलिंग गर्ने प्रचलन छैन । जाडोमा काम्दै हिंड्ने, गर्मीमा पसिना बगाउँदै हिंड्ने तथा बर्षामा भिज्दै हिंड्ने, हुरी चल्दा पनि हुरीसंगै हिंड्ने, धुलो/ धुँवालाई सहेर पचाउने लगायतको बानी छ । २. बिदेशमा घाँस पलाउने बेलामा, फूल फुल्ने मौसममा तथा पानी पर्ने समयमा अधिकांश मान्छेलाई घाँस, फूल, मौसम आदिको एलर्जी हुन्छ । तर नेपालीलाई प्राय हुँदैन । हामीले ती एलर्जी पचाएका हुन्छौं । ३. मौसमी रुघाखोकी, भाइरल इन्फ्लुएन्जा लगायतले विश्वका बार्षिक ४ लाख ५० हजार देखि ६ लाख व्यक्तिको मृत्यु हुन्छ । नेपालमा रुघाखोकीले खासै मृत्यु हुँदैन । ४. रुघाखोकी लागेको बेला हामीहरुले आराम गर्ने चलन छैन न त उपचार गर्ने । हामीले घरेलु उपचारको रुपमा ज्वानो, बेसार, अदुवा, मरिच, ल्वांग, सुकमेल, कागती पानी पकाएर खान्छौं । कागतीक बोक्रा चपाउने गर्छौं, बोझो चुस्छौँ । ५. नेपालको कुल परिप्रेक्ष्य हेर्ने हो भने साबुनपानीले मिचिमिची हात धुने चलन छैन भन्दा हुन्छ । आधि गिलास पानीले हात भिजाएर खाना खाने प्रचलन अझै छ । यसको मतलब हामीहरुले किटाणु पनि पचाएका हुन्छौं । ६. धामी, झाँक्री, जान्ने, लामा, गुरु आदिसंग फुकाउन जाने, खरानी पानी खाने, मन्त्र गरेको चामलका दाना खाने अनि ‘ अलि अथवा भएको छ ‘ भन्दै रोगलाई पेल्ने हाम्रो संस्कार छ । ७. ज्वरो आयो भने चिराइतो, निम आदिको झोल खाने तर औषधि नखाने हाम्रो बानी छ । पखाला लाग्यो भने ज्वानो, बिरेनुन, आँपको बोक्रा, अनारक बोक्रा खाने हाम्रो बानी छ । जुनसुकै रोग लागेपनि २-४ गोली खाएर अलिकति लक्षण शान्त भएपछि औषधि नखाने हाम्रो बानी छ । जसले गर्दा औषधिको दुष्प्रभावबाट हामीहरु बचेका हुन्छौं, यद्यपी यो राम्रो प्राक्टिस हैन । सकि नसकी रोगसँग जुध्ने हाम्रो बानी छ । ८. फलफुल खाँदा आफुले लगाएको कपडामा पुछेर खाने बानी हाम्रो अधिकांश ठाउँमा छ । ९. हामीले सरकारले निशुल्क लगाउने आबश्यक / अनाबश्यक खोप लगाएका छौं, केहि नभएपनि जुकाको औषधि, हात्तीपाइलेको औषधि बाँढेको बेला खाएका छौं । तराइ क्षेत्रमा मलेरिया, कालाजार तथा सबै क्षेत्रमा डेंगुसंग बर्षेनी जुधेका छौं । १०. हामीले घरमा जे जस्तो छ ताजा खाना खान्छौं । बिहान पकाउने सागसब्जी बिहान टिप्ने, बेलुका पकाउने सागसब्जी बेलुका टिप्ने हाम्रो बानी छ । बासी खाए रोग लाग्छ भनेर हामीले सिकाइरहेका हुन्छौं । बाहिरको खाना खाने प्रचलन अत्यन्तै न्यून छ । ११. हामीले शारीरिक परिश्रम धेरै गर्छौं । उकालो, ओरालो दिनभर हिंड्न सक्ने हाम्रो बानी छ । त्यो बानी नहुँदो हो त लक डाउनको बेला ८-१० दिन हिंडेर सोलुखुम्बुबाट बर्दिया पुग्ने आत्मबल र शक्ति कहाँबाट आउँदो हो । १२. नचिनेको खाना तथा काँचो मासु खाने हाम्रो बानी छैन । त्यसैले नयाँ रोग लाग्ने जोखिम हुँदैन । १३. हामीलाई बोइल गरेको खाना पटक्कै मन पर्दैन । तरकारी, दाल, मासु, झोल आदि पकाउँदा ट्वाक्क अमिलो, पिरो, चिल्लो, नुनिलो, पर्पराउँदो खालको खाना हामीलाई मन पर्छ । त्यसैले हामीले प्याज, लसुन, बेसार, जिरा, खुर्सानी, मरिच, टिमुर, ज्वानो, कागती, अमिलो, च्यांपेको अचार, ताजा अचार, पुदिना / मरौटी आदि राखेको चटनी, भांगोको चटनी, जिम्मुले झानेको दाल आदि के के हो के के ठाउँ अनुसार खाने गर्छौं । हाम्रो परिवारको आधा जनशक्ति खाना पकाउने काममा निरन्तर लागेको हुन्छ । हामीले जति धेरै भेराइटी अरुले सायदै खान्छन् होला । १४. हामीले हावा, पानी, माटो, घाम, तातो, चिसोले उपचार गर्छौं, धेरैजसोले अनेक जडिबुटी चिनेका छौं । सकभर आयुर्वेदिक औषधि सेवन गर्छौं । सर्पले टोके त झारले ठिक पार्छौं भने अरु साना रोगको के कुरा भो र ? १५. नाच्ने, गाउने, देउसीभैलो खेल्ने, सराएं खेल्ने, मेलापात जाने, रोदी बस्ने, अनेक बाजा बजाउने, इन्द्रको पुजा गरेर पानी पार्ने, शिबरात्रिमा गाँजा तान्ने, भांग खाने, लुतो फालेपछि आरुबखडा खाने, ब्रत बस्ने, बिरामी हुँदा मुख बार्ने, नागको पुजा गर्ने, मौसमी फलफुल खाने, टाढादेखि पानी बोक्ने, घाँस/ दाउराका भारी बोक्ने, खेतबारीमा हिलो तथा धुलोसंग खेल्ने, गाईबाख्रा पाल्ने, जनावरसंग खेल्ने, टाढा जाँदा आफै खाजा बोकेर हिंड्ने लगायत हजारौं हाम्रा सांस्कृतिक अभ्यास संसारमै अनौठा मानिन्छ । यी र यस्तै धेरै आहार, बिहार, आचार तथा ब्यबहारको कारण नेपालीसंग इम्युनिटी पावर धेरै हुन्छ । यसमा शंका गर्नुपर्ने कुनै कारण छैन । कोरोना संक्रमण फैलिएको खण्डमा नेपालीको मृत्यु एकदम कम हुन्छ । हाम्रो जिनमै अलौकिक शक्ति छ । हाम्रा हरेक घर प्राकृतिक अस्पताल हुन् । साभार: डा. रबिन्द्र पाण्डे, जन स्वास्थ्य विज्ञ

कांग्रेस बुढो भयो, महाधिवेशन गर्ने क्षमता छैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेपाली कांग्रेसमाथि प्रश्न उठाएका छन् । पाँच वर्षमा महाधिवेशन गर्नुपर्ने भएपनि अझै नगरेको भन्दै उनले कांग्रेसमा महाधिवेशन गर्ने क्षमता नै नभएको बताए ।
शनिबार सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘५ वर्षभित्र गर्नुपर्ने, गर्न नसक्ने । त्यसपछि ६ महिनामा गर्नुपर्ने, गर्न नसक्ने । निर्वाचन आयोगले दिएको ६ महिनाभित्र अहिले पनि १३ वटा जिल्लामा भएको छ । बाँकी, बाँकी नै छ ।’

मंसिर दोस्रो साता गर्ने भनिएको महाधिवेशन पनि गर्न नसक्ने भनिसकेको भन्दै ओलीले अघि भने, ‘महाधिवेशन आयोजना गर्ने क्षमता नै कांग्रेससँग समाप्त भइसक्यो ।’
उनले भने, ‘कांग्रेस बुढो भयो, विचार बुढो भयो, केही पनि छैन । महाधिवेशन आयोजना गर्न नसक्ने हालतमा पुग्यो ।’
एमालेले असोज १५–१७ मा विधान महाधिवेशन गरेको र मंसिरमा अर्को महाधिवेशन गर्न भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘असाधारण जनउपस्थितिका साथ महाधिवेशन हुनेछ । एमालेको क्षमता देखेर दुनियाँ आश्चर्यचकित हुनेछ ।’

धानमा क्षति बेहोरेका किसानलाई सरकारले ६५ प्रतिशतसम्म राहत दिने

काठमाडौँ: सरकारले वर्षाका कारण धानबालीमा क्षति बेहोरेका किसानलाई अधिकतम ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले तोकिएको क्षेत्रफलका आधारमा साना, मध्यम र ठूला किसान वर्गीकरण गरी २० देखि ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको हो।
मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बढीमा १० कट्ठासम्म वा सो बराबरको जग्गामा लगाएको धानको पूर्ण क्षति बेहोरेका किसानलाई क्षतिको अधिकतम ६५ प्रतिशतसम्म क्षतिपूर्ति दिने निर्णय गरेको जानकारी दिए।
उनका अनुसार मध्यम किसान १० कठ्ठादेखि तीन बिघा वा सो बराबरको जग्गामा क्षति बेहोरेका किसानलाई ३० प्रतिशत र तीन बिघाभन्दा बढी वा आंशिक क्षति भएकाको हकमा अधिकतम २० प्रतिशत राहत दिने निर्णय गरेको छ।
उनले नेपाल सरकारबाट न्यूनतम समर्थन मूल्य निर्धारण गरी उक्त राहत दिइने पनि जानकारी गराए। त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल बनउने र उक्त कार्यदलले पाँच दिनभित्र कार्यविधि बनाई स्वीकृ्तिका लागि पेश गर्ने निर्णय पनि गरेको छ।