बुवाको सम्झनामा अक्षय कोष स्थापना

डडेल्धुराः डडेल्धुराको अजयमेरु गाउँपालिका १ मुद्राडमा रहेको वेताल प्रावि विद्यालयका सस्थापक स्वर्गिय कालुसिंह भण्डारीको नामबाट कालुसिंह स्मृति अक्षयकोष स्थापना गरिएको छ। सो विद्यालयका गरिब तथा जेह्न्दार विधार्थीलाई छात्रवृति प्रदान गर्ने गरी १ लाखको अक्षयकोष स्थापना गरिएको हो। वेताल प्रावि विद्यालय निर्माणमा महत्वपूर्ण योगदान पुगाएका स्वर्गिय कालुसिंह भण्डारीको २८औं पुण्य तिथिका अवसरमा कालुसिंह स्मृति अक्षयकोष स्थापना गरिएको परिवारले जनाएको छ।
२८ वर्ष अगाडी विद्यालय भवन निर्माणका लागि कामदार खोजेर बैतडीबाट घर फर्कने क्रममा आनारखोली बजार नजिक सडक दुर्घटनामा परी कालुसिंहको मृत्यु भएको थियो। २०५० माघ ७ गते विद्यालय भवन निर्माणका लागि कामदार खोजेर घर फर्कदै गर्दा उनको मृत्यु भएको जेठा छोरा डम्वरसिंह भण्डारीले बताए।

स्व. बुवा कालुसिंहले मुद्राडमा रहेको बेताल प्रावि स्थापना गर्नका लागि महत्वपूर्ण भुमिका खेलेको र सोही विद्यालय स्थापना गर्ने क्रममा ज्यान समेत गुमाउनु परेको कुरा स्मण गर्दै उनको सपना सकार गर्न ५ भाईछोराहरु मिलेर उक्त कोेष स्थापना गरेको छोरा डम्बरले बताए।

बुवाले स्थापना गरको विद्यालयबाट नै अक्षारम्भ सुरु भएको स्मरण गर्दै उनले देखाएको बाटो र देखेको सपना पुरा गर्नमा सदैव लागि पर्ने भन्दै हरेक वर्ष अक्षयकोषलाई वृद्धि गर्दै लैजाने बालकल्याणमा मावि पुइलेकमा शिक्षण पेशामा रहेका कान्छा छोरा दिनेश भण्डारीले बताए।
स्व. कालुसिंह बालबालिकाले गाउँमै शिक्षा हासिल गर्नुपर्ने वतावरण निर्माणका लागि सधै लागिपर्ने गरेको र उनको नाममा स्थापना गरिएको अक्षयकोषले विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई ठुलो टेवा पुग्ने अक्षकोष स्थापना कार्यक्रमका अथिति वडाअध्यक्ष दत्तिसिंह भण्डारीले बताए।
साथै उनी यसक्षेत्र कै प्रख्यात देवता समैजीका धामी पनि भएका कारण समाजमा उनको योगदान समान्य तह वर्णन गरेर पुरा हुन नसक्ने र उनको सपना पुरा गर्न सबैले उनको मागदर्शन अवलम्वन गर्नुपर्ने अध्यक्ष भण्डारीले बताए।
स्व. कालुसिंहले मुद्राडमा २०४८ सालमै विद्यालय निर्माण गर्नका लागि उद्घाटन गरेका थिए। भने, विद्यालय भवन निर्माणकै क्रममा २०५० सालमा उनले ज्यान गुमाउनु परेको थियो।

नया सारथी लघुवित्तमा जागिरको अवसर

Naya Sarathi Laghubitta Job Vacancy for Branch Officer and Junior Assistant Vacancy

Naya Sarathi Laghubitta Job Vacancy for Branch Officer and Junior Assistant

Naya Sarathi Laghubitta Job Vacancy for Branch Officer and Junior Assistant: Naya Sarathi Laghubitta Bittiya Sanstha Limited, a national level company licensed by Nepal Rastra Bank (NRB), is currently operating in 30 districts with 53 branches.

In addition to the above branches, new branches will be established in Karnali Province and Sudurpashchim Province in the near future, and also for other provinces as this financial institution needs some skilled manpower at the support level. Interested and eligible Nepali citizens are invited to apply for the following posts within 2078-06-25.

While selecting the candidate, special priority will be given to the applicants of the concerned province and all the rights related to the selection of employees will be vested in the financial institution.

डडेल्धुराका खोपकेन्द्रमा हेल्प डेस्क स्थापना

डडेल्धुराः डडेल्धुरामा कोरोना विरुद्धको खोप लगाइने केन्द्रहरुमा हेल्प डेस्क स्थापना गरिएकोे छ। कोरोना विरुद्धको खोप अभियानमा सहभागिता जनाउनेहरुलाई सहज रुपमा खोप प्रदान गर्नका लागि जिल्लाभर ५६ वटा खोपकेन्द्र रहेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ। ईको पार्टअफ कोर्डेडको आर्थिक सहयोगमा बहुउद्देश्यीय विकास समाज डडेल्धुराले खोप लगाउन जाने मानिसलाई सहज होस भनेर हेल्पडेस्क स्थापना गरी सुरक्षा सामग्रीका साथै खानेपानी वितरण गरेको जनाएको छ।
जिल्लाका विभिन्न स्थानहरुमा कोभिड–१९ आपतकालिन प्रतिकार्य कार्यक्रममार्फत हेल्पडेस्क राखेर जेष्ठ नागरिक, शारीरिक रुपमा अशक्त र अपागंता भएका व्यक्ति र आर्थिक अवस्थामा कमजोर रहेकालाई आवतजावतमा सहयोग गर्नुका साथै स्वास्थ्य सुरक्षा सामग्रीमा सहजीकरण गरेको संस्थाका कार्यकारी निर्देशक प्रेमबहादुर महले जानकारी दिए।
यसभन्दा अघि डडेल्धुरा अस्पताल, जोगबुडा अस्पताल, डोटीको जिल्ला अस्पताललाई डिस्पोजल ग्लोब्स, स्टेराइल ग्लोव्स, बाईप्याप माक्स, अक्सिजन कन्सिटेटर, भेण्टिलेटरको सर्किट, एण्टिजिन किट्स, पिसिआर जाँच गर्ने किट, पिसिल, हेडक्याप र सुकभर लगायतका अत्याआवश्यक सामग्री उपलब्ध गराएको उनले बताए।
सहयोगी संस्था तथा सहजीकरण गर्ने संस्थाको लोगोसहितका टिसर्ट र एप्रोनसमेत चिकित्सकक र अन्य कर्मचारीलाई वितरण गरिएको परियोजना संयोजक शिवराज पाठकले बताए।

कोरोनाको समयमा सारथी बनेका प्रकाश साउदको अनुभव

डडेल्धुरा — डडेल्धुरा घर भएका प्रकास साउदले कोरोको समयमा कोरोना व्यवस्थापनमा बिशेष जोड दिएका थिए । डडेल्धुरामा सात स्थानिय तह रहेका छन्। साउदले पहिलो चरणमा कोरोना जोखिम बढदा भारतले नेपाली नागरिकलाई स्वदेश पठाएपछि आफुले नेपालमा कोरोना संक्रमण दर पनि बढदै गएको थियो । पहिलो चरणमा स्थानिय तहले खासै व्यवस्थापन भने गर्न सकेको थिएन । पहिलो चरणको कोरोना जोखिममा साउदले पुरानो अपि अस्पताल रहेको भवनमा भारत बाट आएका नागरिक लाई कोरिनटाईन को व्यवस्था गरेको थियो । साउदका अनुसार पहिलो चरणमा गन्यापधुरा गाउपालिकाका ५ जाना लाई कारिन्टाईनमा राखेको त्यसपछि १०० जाना लाई क्वारेन्टाईनमा राखेको थिए ।
आफुले यति मात्र नगरेर उपचारका लागि बरिामीलाई काठमाण्डौ आफुले नै गाडि चलाएर समेत लगेको अनुभव सुनाउछन्। डडेल्धुरामा त्यो समयमा कोरोनाको उपचारका लागि खासै व्यवस्था थिएन आफै चालक बनेर काठमाण्डौं लगेको थिए ।
त्यस समयमा समाजमा कोरोना भन्ने बित्तिकै मानिसलाई हेर्ने व्यवहार नै फरक थियो यनकि जो जातीय विभेद भन्दा पनि बढि भयाभहक थियो । बिरामीहरु लाई खाना खुवाउने,बस्ने र उपचारको व्यवस्था गरेको थिए । कोरोना संक्रमित संगै बसेपछि मलाई लागेको थियो कि अब म मर्छु तर मैले हिम्मत हारेन निरन्तर सेवामा लागे ।
पैशाले पनि काम गर्दैन, नातागोताले पनि काम दिने रहेन छ भन्ने प्रमाणित कोरोना करहले प्रमाणित गरिदियो । मैले यसरि काम गर्दा मलाई घर बाट गाली गर्ने,मुख नै नबोल्ने अनुभव समेत भयो ।
के के काम गरे त कोरोना महामारिमा साउदलेः
बिरामीलाई कारेन्टाईको व्यवस्थापन ।
एम्बुलेन्समै रहेको शवलाई निकालेर दाहसंस्कार ।
अक्सिजन व्यवस्थापन ।
डडेल्धुरा अस्पतालमा खाना खुवाउने ।
अन्य व्यवस्थापन ।

डोटी प्रशासनको उर्दी नागरिकता बनाउन आउँदा बुवाको नागरिकता अनिवार्य

डोटी — जिल्ला प्रशासन कार्यालय डोटीले वंशजको आधारमा नेपाली नागरिकता प्रमाणपत्र लिन आउने व्यक्तिले बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि अनिवार्य पेश गर्नुपर्ने व्यवस्था गरेको छ । बुवाको नागरिकता नभए वडा कार्यालयमार्फत प्रहरी मुचुल्का ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले जिल्लाका नौवटै स्थानीय तहलाई पत्राचार गरी बुवा र आमा दुवैको नागरिकता अनिवार्य पेश गर्नुपर्ने उर्दी गरेकी छन् । ‘नागरिकता प्रमाणपत्रको सिफारिसका लागि आवश्यक कागजातहरु देहाय बमोजिम रहेकाले आफू मातहतका सम्पूर्ण वडाहरुमा सूचना सम्प्रेषण गरिदिनुहुन अनुरोध छ’ जोशीले बुधबार स्थानीय तहलाई पठाएको पत्रमा उल्लेख छ ।
पत्रमा बुवाको नागरिकता वा मृत्यु दर्ता र आमाको नागरिकता अनिवार्य गरिएको छ । बुवा वा आमाको मात्रै नागरिकता भएकोमा नागरिकता प्रदान नगर्ने संकेत पत्रले गरेको छ । पत्रमा भनिएको छ, ‘आमाको नागरिकतामा बुवाको नाम भएको तर बुवाको नागरिकता नभएको अवस्थामा वडामार्फत प्रहरी मुचुल्का ल्याउनुपर्ने ।’ नियमावलीको नियम ३ को उपनियम ४ अनुसार नेपाल सरहदभित्र फेला परेको पितृत्व मातृत्वको ठेगान नभएको व्यक्तिले नागरिकताको लागि आवेदन दिए थप कुरा बुझ्नुपर्ने भएमा मात्र स्थानीय तहको सिफारिस वा प्रहरी प्रतिवेदन माग गर्न सकिने व्यवस्था गरेको छ ।
नागरिकता नियमावली, २०६३ को नियम ३ अनुसार नेपाली नागरिकताको प्रमाणपत्र लिनका लागि बुवा वा आमा वा आफ्ना वंशजतर्फका तीन पुस्ताभित्रको नातेदारको नेपाली नागरिकताको प्रमाणपत्र र जन्मस्थान र नाता खुल्ने गरी स्थानीय तहले गरिदिएको सिफारिस वा जन्मदर्ता प्रमाण पत्र पेश गर्नुपर्ने व्यवस्था छ ।
तीन पुस्ताभित्रका नातेदारको नागरिकता प्रमाणपत्र पेश गरेको अवस्थामा उक्त नातेदारसँग नाता खुल्ने नाता प्रमाणित पत्र पेश गर्नुपर्ने व्यवस्था छ । यस आधारमा आमा वा बुवा दुवैको नागरिकता नभएको अवस्थामा पनि नागरिकता प्रमाणपत्र पाउन सकिन्छ । तर जिल्ला प्रशासन कार्यालय डोटीले आमाको नागरिकता हुँदाहुँदै पनि बुवाको नागरिकता चाहिने भन्दै फिर्ता गर्ने गरेको छ ।
बुवाको नागरिकता नभएकै कारण जिल्लाका दुर्गम क्षेत्रबाट आएका नागरिकहरुलाई नागरिकता नदिएरै फर्काएको भन्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आलोचना हुन थालेपछि निमित्त प्रमुख जिल्ला अधिकारी जोशीले नियमावलीमा भएको प्रावधानसँग बाझिने गरि लिखित पत्राचार गरेकी हुन् ।

एमाले विधान महाधिवेशन मुख्य एजेन्डा संगठन सुदृढीकरण


चुनाव केन्द्रित रणनीति बनाउन पालिकास्तरसम्मका जनप्रतिनिधिलाई सहभागी गराइँदै, पाँच हजारभन्दा बढी प्रतिनिधि
विभिन्न समूहमा हुने छलफलका दौरानमा आएका विचारलाई सम्पादन गरेर जुन विचार बनाउनेछौं, त्यसको नेपाली राजनीतिमा धेरै ठूलो महत्त्व हुनेछ ।– घनश्याम भुसाल, उपमहासचिव

काठमाडौँ — एमालेको आसन्न विधान महाधिवेशनमा राजनीतिक कार्यदिशा, आगामी निर्वाचनका लागि रणनीति, सांगठनिक संरचना जस्ता एजेन्डामा केन्द्रित हुने भएको छ । विभाजनले पार्टीलाई धक्का लागेको निष्कर्षमा पुगेको एमालेले संगठन निर्माणलाई महाधिवेशनको मुख्य कार्यसूची बनाएको छ । महाधिवेशनमार्फत नै चुनाव केन्द्रित रणनीति बनाउने तयारी पनि गरिएको छ ।
एमालेको विधान महाधिवेशनका लागि गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गरिएको तयारी
एमालेको शुक्रबारदेखि हुने पहिलो विधान महाधिवेशनमा राजनीतिक, सांगठनिक प्रतिवेदन र विधानको मस्यौदामा छलफल गरेर अनुमोदन गर्ने तयारी छ । एमाले सचिव प्रदीप ज्ञवालीले आगामी निर्वाचनमा पार्टीलाई बहुमतका साथ पहिलो शक्ति बनाउन निर्णय गर्ने बताए । ‘एमाले आज पनि राष्ट्रिय राजनीतिको केन्द्रमा छ,’ उनले भने, ‘निर्वाचन नजिक छ । चाहे नियमित कार्यतालिकाअनुसार १४ महिनापछिको चुनाव होस्, चाहे विभिन्न कारणले अर्ली इलेक्सन होस्, पार्टीलाई बहुमत प्राप्त दलका रूपमा स्थापित गर्न महाधिवेशनले वैचारिक, संगठनात्मक र भावनात्मक रूपले थप सुदृढ गर्नेबारेमा निर्णय गर्नेछ ।’ महाधिवेशनलाई निर्वाचन केन्द्रित बनाउनै एमालेले पालिकास्तरसम्मका जनप्रतिनिधिलाई सहभागी गराउँदै छ ।
एमाले उपमहासचिव घनश्याम भुसालले पार्टीभित्र देखिएका विवाद र विभाजनका समस्यालाई विधान महाविधेशनले समाधान गर्नुपर्ने बताए । ‘आन्तरिक रूपले हामी अझ एकताबद्ध हुनुपर्नेछ । पार्टीका कार्यकर्ता, शुभचिन्तकको मुख्य अपेक्षा पनि यही हो,’ उनले भने । एमाले अब राष्ट्रिय राजनीतिमा प्रभावकारी हस्तक्षेप गर्ने गरी अगाडि बढ्ने उनले बताए । ‘फेरि पनि आजको राजनीतिमा सबैभन्दा बढी प्रभावकारी बन्न र हिजोको वर्चस्व फर्काउनका लागि एमालेले अहिलेका राष्ट्रिय राजनीतिका मुद्दामा सकारात्मक, प्रगतिशील हस्तक्षेप गर्दै अगाडि जानुपर्छ,’ भुसालले भने, ‘त्यस दौरानमा अरू वामपन्थी र लोकतान्त्रिक शक्तिहरूसँग सम्बन्ध विस्तार हुनेछन्, तिनीहरूसँगै अघि बढ्ने आधारहरू बन्दै जानेछन् ।’
एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णयमा सर्वोच्च अदालतले गरेको फैसला र त्यसपछि बनेको नयाँ सरकारलाई लिएर एमालेले प्रश्न उठाउँदै आएको छ । एमालेको बुझाइमा यी घटनाक्रमले लोकतन्त्र र संविधानमा खतरा पैदा भएको छ । ‘पछिल्लो समय विकसित घटनाक्रम खास गरेर सर्वोच्च अदालतको परमादेश, राजनीतिक दलसम्बन्धी अध्यादेश र यसबीचमा विभिन्न संवैधानिक अंगबाट खेलिएको भूमिकाले मुलुकको लोकतन्त्र, संविधानको मर्म र राजनीतिक स्थायित्वमाथि गम्भीर चुनौती खडा गरेका छन्,’ सचिव ज्ञवाली भने, ‘एमालेले संविधानको रक्षा, कार्यान्वयन र विकास, लोकतन्त्रको सुदृढीकरणका लागि अग्रपंक्तिमा रहेर भूमिका खेल्नेछ । त्यससम्बन्धमा हामी महाधिवेशनमार्फत निर्णय गर्नेछौं ।’
एमाले सचिव ज्ञवालीले पार्टीले समृद्धिको यात्रालाई जारी राख्ने र समाजवादको आधार निर्माण गर्ने ठोस कार्यदिशा महाधिवेशनले तय गर्ने जानकारी दिए । ‘आन्दोलनका उपलब्धिको रक्षाका लागि मुलुकको आर्थिक विकास, समृद्धि र जनतालाई सामाजिक न्याय अपरिहार्य छ । समाजवादका आधारहरू निर्माण गर्नु अपरिहार्य छ,’ उनले भने, ‘पछिल्ला राजनीतिक घटनाक्रमले हामीले सुरु गरेको समृद्धिको यात्रा अवरुद्ध भएको छ ।’

एमालेले राष्ट्रियताको मुद्दा उचाल्ने अर्को रणनीति तय गर्दै छ । विधान महाधिवेशनले पार्टीको सिद्धान्त जनताको बहुदलीय जनवादलाई अद्यावधिक र त्यसको थप व्याख्या गर्ने भएको छ । पार्टीको कार्यदिशा र कार्यभारको स्पष्ट व्याख्या पनि महाधिवेशनको प्राथमिकतामा छ । ‘हाम्रो राजनीति, यसको अस्थिरता, वैदेशिक हस्तक्षेप वा तिनका प्रभावहरूका कारण मूलतः कम्युनिस्ट पार्टीका रूपमा ठोस कार्यक्रम बनाएर अगाडि जानुपर्नेछ । त्यसका लागि हाम्रो सामान्य समझदारी बनेको छ,’ उपमहासचिव भुसालले भने, ‘भावी कार्यक्रमका बारेमा छलफल, बहस र अध्ययनका लागि ढोका खोलेका छौं । यसले हामीलाई तत्काल एक ठाउँमा उभिन ग्राउन्ड दिएको छ । महाधिवेशनमा विभिन्न समूहमा छलफल हुनेछन्, त्यस दौरानमा आएका विचारलाई सम्पादन गरेर जुन विचार बनाउनेछौं, त्यसको नेपाली राजनीतिमा धेरै ठूलो महत्त्व हुनेछ ।’
सचिव ज्ञवालीले विधान महाधिवेशनको जमघटलाई पार्टीको शक्ति प्रदर्शनका रूपमा पनि उल्लेख गरेका छन् । ‘यो पार्टीलाई एउटै दृष्टिकोण र एउटै लयमा हिंडाउने अभियान पनि हो,’ उनले भने, ‘समग्र कम्युनिस्ट आन्दोलनले छुट्टै विधान महाधिवेशन अहिलेसम्म नगरेकाले यसको विशेष महत्त्व हुनेछ ।’ प्रचार विभाग प्रमुख योगेश भट्टराई विधान महाधिवेशनबाट एकताको सन्देश दिन खोजिएको बताउँछन् । ‘यो महाधिवेशनमा मात्रै नभएर देशभरका अगुवा कार्यकर्ताको भेला पनि हो,’ उनले भने, ‘यसमा सामान्य रूपमा रहेको मतभेदलाई पनि समाप्त पार्दै पार्टीले वैचारिक तथा संगठनात्मक रूपमा एकताबद्ध बनाएर लैजाने कोसिस हुन्छ ।’

कसरी हुँदै छ महाधिवेशन 
ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनमा देशैभरबाट पाँच हजारभन्दा बढी प्रतिनिधि सहभागी हुँदै छन् । विधानमा यो महाधिवेशनमा राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्य प्रतिनिधि हुने व्यवस्था छ । तर परिषद् गठन हुन नसकेकाले एमालेले विधानको बाधा अड्काउ फुकाउ धारा प्रयोग गर्दै प्रतिनिधि छनोटको मापदण्ड खुकुलो बनाएर धेरैलाई सहभागी गराउन लागेको हो ।
विधान महाधिवेशनमा केन्द्रीय कमिटीका सबै पदाधिकारी र सदस्य, केन्द्रीय निकायका सबै पदाधिकारी र सदस्य, प्रदेश कमिटीका सम्पूर्ण सदस्य, केन्द्रीय विभागबाट सचिवसहित पाँच जना, जनसंगठनका केन्द्रीय पदाधिकारी र वरिष्ठ सदस्य गरी १० जना, जिल्ला कमिटीका पदाधिकारी, संघीय र प्रदेशका सांसद, एमाले पार्टी सदस्य रहेका जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, एमालेबाट निर्वाचित पालिकाका प्रमुख, उपप्रमुख तथा प्रवास कमिटीबाट पनि प्रतिनिधित्व गराइँदै छ । जिल्लाको निर्वाचन क्षेत्रबाट एक महिलासहित दुई र एक दलितलाई अनिवार्य गरिएको छ ।
तीन हजार सिट क्षमता रहेको हलमा विशेष व्यवस्था गरेर सबै प्रतिनिधि अटाउने गरी व्यवस्था गरिएको छ । नअटेका प्रतिनिधिहरूलाई टेन्टमा राख्ने तयारी छ । प्रतिनिधिहरूका लागि परिचयपत्र, झोला, दस्तावेज, स्वास्थ्यसम्बन्धी किट्स तयार गरिएका छन् । हल, प्रतिनिधिका लागि खाना, यातायातलगायत तयारी अन्तिम चरणमा पुगेको एमालेले जनाएको छ । ‘प्रतिनिधिको नामावली संकलनको काम अन्तिम चरणमा पुगेको छ,’ सचिव ज्ञवालीले भने ।
पहिलो दिन शुक्रबार उद्घाटनपछि समूह विभाजन र तीन वटै दस्तावेज वितरण गरिनेछ । शनिबार समूहगत छलफल गर्ने र आइतबार छलफलका साझा निष्कर्ष हलमा प्रस्तुत गर्ने कार्यसूची छ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले तीन वटा दस्तावेजमा छलफलका लागि ११ वटा समूह बनाउने तयारी रहेको जानकारी दिए । महाधिवेशन प्रतिनिधिका लागि परिचयपत्र र महाधिवेशनका लागि चाहिने सामग्री केन्द्रीय कार्यालयबाट उपलब्ध गराइँदै छ ।
प्रतिनिधिहरूलाई कार्यक्रम स्थलसम्म पुर्‍याउन सातदोबाटोबाट सटल बसहरूको व्यवस्था गरिएको ज्ञवालीले बताए । ‘त्यहाँसम्म उहाँहरू सार्वजनिक वा निजी गाडीमा आउन सक्नुहुन्छ । त्यहाँबाट महाधिवेशन स्थलसम्म पार्टीले प्रबन्ध गरेका बसहरूले पुर्‍याउँछन् । बिहानको खाना र दिउँसोको खाजाको व्यवस्था महाधिवेशन स्थलमै हुन्छ । साँझको खाना र बस्ने प्रबन्ध सम्बन्धित पार्टी कमिटीहरूले गर्छन्,’ उनले भने, ‘कहीँकतै त्यस्तो समस्या पर्‍यो भने सात वटै प्रदेशका सम्पर्क कमिटीहरूले थप प्रबन्ध गर्छन् ।’

नेशनल जियोग्राफी र रोलेक्सको सगरमाथा अभियानमा कीर्तिमान

काठमाडौं । अहिले समग्र विश्व नै जलवायु परिवर्तनको असरको सामना गरिरहेको अवस्थामा नेशनल जियोग्राफीले हिमालय क्षेत्रमा यसको अध्ययनको क्रममा तीनओटा कीर्तिमान कायम गरेको छ । उनीहरुले सगरमाथामा जलवायु परिवर्तनको असर कस्तो देखिएको छ भन्ने अध्ययन गरेका थिए ।
रोलेक्स, नेशनल जियोग्राफी र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा हिन्दू(कुश पर्वत श्रृङ्खलामा पर्ने सगरमाथामा जलवायु परिवर्तनको कारण परेको असरबारे अध्ययन गरिएको हो ।
सन् २०१९ को अप्रलदेसख जुन महिनासम्ममा वैज्ञानिक, शोधकर्ता, लेखक र पर्वतारोहीको समूहले हिमालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा प्रभावकारी वैज्ञानिक अध्ययन गरेका थिए । यो टोलीको अध्ययनको आधारमा पर्वतीय प्रणालीमा जलवायु परिवर्तनको असर र त्यसको समाधान कसरी गर्ने भन्ने बुझ्ने क्रममा तीन नयाँ कीर्तिमान कायम भएको हो ।
यी हिमालहरुबाट बगेको पानीमा त्यसभन्दा तल बसोबास गर्ने एक अर्बभन्दा धेरै मानिस आश्रति छन् ।
अध्ययनको क्रममा उनीहरुले कायम गरेका तीन कीर्तिमान यस्ता छन् –
– जमिनमा सबैभन्दा धेरै उचाइमा मौसम स्टेसन
– सबैभन्दा उचाइको हिमतत्व लिने
– जमिनमा सबैभन्दा उचाइमा माइक्रोप्लास्टिक फेला पार्ने
यी सबै कीर्तिमानलाई गिनिज वल्र्ड रेकर्डस्ले मान्यता दिएको छ ।
यो टोलीले हिमालय क्षेत्रमा मौसमबारे जानकारीको लागि पाँच स्वचालिक मौसम स्टेसन स्थापना गरेका छन् । यसले महत्वपूर्ण सूचना गर्छन् । ती स्टेसनहरु ३८१०, ५३१५, ६४६४, ७९४५ मिटर र अर्को एउटा स्टेसन भने ८ हजारभन्दा धेरै मिटरको उचाइमा राखिएको छ ।
त्यस्तै वैज्ञानिकहरुले हिमालय क्षेत्रको बरफ, चट्टान, पानी र हिउँको नमुना संकलन गरेका थिए । यसबाट उनीहरुले प्रदूषण गर्ने मानिसको कारण वायुमण्डलमा कस्तो किसिमको असर परेको छ भन्ने अध्ययन गर्न चाहेका थिए । टोलीले ८०२० मिटरको उचाइमा रहेको साउथ कोल हिमतालबाट पनि नमुना संकलन गरेका थिए । यो अहिलेसम्मको सबैभन्दा उचाइबाट लिइएको बरफको नमुना हो । यो नमुना परीक्षण गर्दा यसमा माइक्रोप्लास्टिकहरु पनि पाइएको थियो । यो सबैभन्दा उचाइमा पाइएको माइक्रोप्लास्टिक हो ।

बैतडीमा भाइरल ज्वरोका एक बिरामीको मृत्यु

बैतडी— बैतडीमा भाइरल ज्वरोबाट एकजनाको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं ५ वनकाँडाका ३६ बर्षीय परमानन्द भट्टको बुधबार डडेल्धुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए ।
गएको तीन हप्तादेखि ज्वरो आएका उनलाई मंगलबार मात्रै उपचारका लागि जिल्ला अस्पताल बैतडी पुर्याइएको थियो । अस्पतालमा चेकजाँच समान्य अवस्था रहेकाले औषधि दिएर मंगलबार नै घर पठाइएको थियो । मंगलबार राती नै भट्टको स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि डडेल्धुरा लैजाने क्रममा बाटोमै मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।
कोरोनासंग मिल्दाजुल्दा केही लक्षण भएकाले उनको जिल्ला अस्पतालमा एन्टीजेन परीक्षण गरिएकोमा रिपोट नेगेटिभ आएको थियो । तर पीसीआर परीक्षणको रिपोट भने आउन बाँकी रहेको छ ।

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । संघीय संसदमा जारी अवरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री देउवाले बिहीबार १० बजे संसदमा भएका सबै दलको बैठक बोलाएका हुन् ।

संसदमा भएका दलहरुमध्ये कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सत्तारुढ गठबन्धनमै छन् । यस्तै एमाले, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राप्रपा प्रतिपक्षमा छन् ।

बिहीबारको सर्वदलीय बैठकमा संसदको अवरोध अन्त्य गर्ने विषयमा छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
२३ भदौमा शुरु भएको संसदको चालु अधिवेशनमा प्रमुख विपक्षी नेकपा एमालेले नाराबाजी गर्दै आएको छ । आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले दल विभाजनमा सहयोगी भूमिका खेलेको एमालेको आरोप छ । एमालेकै अवरोधका बीच सरकारले बजेट पास गरेको थियो ।
सभामुखले बोलाएको सर्वदलीय बैठक प्रमुख विपक्षी एमालेले बहिष्कार गरेको थियो । प्रधानमन्त्री देउवाले बोलाएको बैठकमा प्रधानमन्त्री जाने नजाने टुंगो छैन ।

क्रिकेट संघका उपाध्यक्ष र सचिवले दिए राजीनामा

नेपाल क्रिकेट संघका उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएका छन् ।
उनीहरुले बुधबार पत्रकार सम्मेलन गर्दै आफ्नो पद छाडेको घोषणाा गरेका हुन् । अब नयाँ नेतृत्वलाई अवसर दिन आफूले स्थान खाली गरेको प्याकुरेलले बताए ।