डडेल्धुरा — गृह जिल्लाको विकास गरिदिन आग्रह गर्दै युवाहरुले प्रधानमन्त्रि शेरबहादुर देउवाललाई ज्ञापनपत्र बुझाएका छन । डडेल्धुराका काँग्रेसजन युवाहरुको समुहले सोमबार प्रधानमन्त्रिको कार्यालयमै पुगी २० वटा विकासका बुदा सहित ज्ञापनपत्र बुझाएको हो ।
डडेल्धुराका देउवा पाँचौ पटक प्रधानमन्त्रि हुदा पनि गृह जिल्ला लगायत सुदूरपश्चिममा सोचे जस्तो विकास गर्न नसकेको अरोप विपक्षिदल लगायत काँग्रेसजनले नै लगाउने गरेका छन । स्थानियलाई आवश्यक विकासका भौतिक पूर्वाधार निर्माण नहुदा सुदूरपश्चिम पिछडिएको सुदूरपश्चिमेलीहरुको बुझाई छ ।
देउवा निकटका नेताहरुले विकासका एजेण्डा नै नलैजाने आरोप पनि युवा पुस्ताको छ । देउवा पाँचौ पटक प्रधानमन्त्रि भए संगै अहिले गृह जिल्ला डडेल्धुराका काँग्रेसजन नेता कार्यकर्ता विकास गरिदिन आग्रह गर्दै ज्ञापनपत्र बुझाउदै आएका छन । सामाजिक सञ्जालमा पनि बुदागत रुपमा उल्लेख गर्दै भौतिक पूर्वाधर निर्माणको काम हुनै पर्ने माग राख्दै आएका छन ।
सोमबार नेपाल तरुणदल डडेल्धुरा सह सचिव टेकबहादुर ऐर, डडेल्धुरा बहुमुखि क्याम्पस स्ववियु सभापती जगत ऐर, गन्यापधुरा गाउँपालिका प्रेस सल्लाहकार मनोज देउवा, तरुणदल सदस्य करन बोहरा, नेपाल बिद्यार्थी संघ नेता विनोद बिष्ट र सागर साउदले डडेल्धुराको विकास गरिदिन प्रधानमन्त्रिलाई ज्ञापन पत्र बुझाएका छन ।
ज्ञापनपत्रमा पश्चिम सेती जलबिद्युत परियोजनाको कार्य प्रारम्भ, डडेल्धुरामा स्वास्थ्य विज्ञान प्रतिष्ठान÷मेडिकल कलेज स्थापना, एयरपोर्ट, महाकाली नदीको परशुराममा मोटरेवल पक्किपुल, ईञ्जिनियरिङ्ग कलेज र प्रत्येक स्थानिय तहमा प्राबिधिक शिक्षण संस्था स्थापना, नेपालको एक मात्रै परशुराममा रहेको सांस्कृतिक बिश्वबिद्यालय क्याम्पस पुनः सञ्चालन, अजयमेरुकोट, उग्रतारा, लाटा गन्याप, सहस्श्रलिङ्ग क्षेत्रलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न गुरु योजना निर्माण, ग्रामिण सडकको स्तारोन्नती कालोपत्रे, सुबिधा सम्पन्न खेल मैदानको निर्माण लगायतका २० वटा बुदा राख्दै ज्ञापनपत्र बुझाईएको स्ववियु सभापती जगत ऐरले बताए । आफुले डडेल्धुरा जिल्लाका लागि सधै पहल र घचघच्याउने र युवाहरु लाई असल बाटो तर्फ लगाउनुका लागि सधै तयार रहेको युवा नेता टेक ऐरको भनाई रहेको छ ।
गृह जिल्ला लगायत सुदूरपश्चिम प्रदेशको समग्र विकासका लागी यस अघि नेपाली काँग्रेस बाट सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं प्रमुख सचेतक गोबिन्दराज बोहरा, परशुराम नगर प्रमुख एवं काँग्रेस महाधिवेशन प्रतिनिधि भिमबहादुर साउद लगायतका नेताहरुले पनि बुदागत रुपमा माग राख्दै प्रधानमन्त्रिलाई ज्ञापनपत्र बुझाएका थिए ।
करिब डेढ वर्षका लागी ढुक्क संग सरकार चलाउने गरी प्रधानमन्त्रि बनेका देउवाले यो कार्यकामा के के गर्छ भन्ने बिषय भने निकै चासोको बिषय बनेको छ । यद्यपी सरकारको बागडोर समातेको दुई महिना पुग्दा बिश्लेषकहरुले भने नयाँ शैली बाट राज्य सञ्चालन हुन नसकेको भन्दै आलोचना गर्दै आएका छन । लामो समय सम्म मन्त्रि मण्डल नै विस्तार नहुदा सरकारको आलोचना बढेको छ । देउवा नेतृत्वको सरकारले दल विभाजन सम्बन्धि अध्यादेश ल्याएकाले पनि ओलि प्रवृत्तिमै वर्तमान सरकार पनि रहेको बिश्लेषकहरुले बिश्लेषण गरिरहेका छन ।
यस पटक गृह जिल्लाको विकास गरिदिन भन्दै देउवा निकट मानिएका नेता, कार्यकर्ताहरुले विकासको मोडालिटि सहित बुदागत रुपमा माग राख्दै आएकाले देउवाले चाहे हुन सक्नेमा डडेल्धुरावासी कांग्रेसजनहरुले आशा जगाएका छन ।