महरालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौंः नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । महरा कपिलवस्तुबाट आजै पक्राउ परेका थिए । उनलाई भेपमा लुकाएर ल्याइएको सुन प्रकरणमा अनुसन्धान गर्नका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ लगत्तै उनलाई जिल्ला अदालतमा उपस्थित गराइएको थियो । जिल्ला अदालतले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

बहुचर्चित गीत ‘बैतडी कि बसन्ती’ का गायक जोशी लुधयिनामा हुने होली बिशेष कार्यक्रममा आउँदै

कञ्चनपुर(मनोज भट्ट)- भारतको लुधयिनामा हुने होली बिशेष कार्यक्रममा बहुचर्चित गीत ‘बैतडी कि बसन्ती’ का गायक हंसराज जोशी आउने भएका छन्। हाम्रो प्रतिभा सांस्कृतिक रंगमञ्चले आयोजना गरेको होलि विशेष कार्यक्रमको पाचौँ संस्करणमा गायाक जोशी आउने भएका हुन्।

गायक जोशीले कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगरस्थित खुला मञ्चमा सम्पन्न भएको सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा स्थान पाएका थिए।

बहुचर्चित गीत ‘बैतडी कि बसन्ती’ का गायक जोशीले काली काँजरमा, बोल माया बोल लगायतका थुप्रै गीतहरू सार्वजनिक गरिसकेका छन्। उनका गीत आशीर्वाद मिडिया प्रा.लि.द्वारा सञ्चालित सुदूर खबर वान मार्फत बजारमा आएका छन्। उनका गीतहरूले नेपाल लगायत भारतको कुमाउ क्षेत्रमा समेत चर्चा बटुलेको छ ।

अजयमेरु–भागेश्वरबीच अन्तरपालिका समन्वय बैठक, ठुलीगाडबाट नदीजन्य पदार्थ निकासी नियन्त्रण गर्ने निर्णय

डडेल्धुरा  – डडेल्धुराको अजयमेरु र भागेश्वर गाउँपालिकाबीच अन्तरपालिका समन्वय बैठक बसेको छ । आज ९शुक्रबार० भएको बैठकले दुवै पालिकाको सीमामा पर्ने ठुलीगाडबाट भइरहेको अवैध नदीजन्य पदार्थको चोरी निकासी रोकथाम तथा नियन्त्रण गर्ने निर्णय गरेको छ ।
यस्तै दुवै पालिकाको साझा सडकलाई अवरुद्ध हुन नदिने र नियमित रुपमा बैठक सञ्चालन गर्ने निर्णयसमेत भएको छ । आजै दुवै पालिकाबीच मैत्रिपूर्ण ब्याटमिन्टन प्रतियोगितासमेत भएको थियो । बैठक अजयमेरुका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’को अध्यक्षता र भागेश्वरका अध्यक्ष हेमराज चटौतको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।

भागेश्वर गाउँपालिकामा नापजाँच सुरु

डडेल्धुराः भागेश्वर गाउँपालिका वडा नम्बर— ५मा भुमिहिन दलित,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको जग्गा नापजाँच सुरुवात भएको छ। भागेश्वर गाउँपालिका वडा नम्बर— ५ का वडा अध्यक्ष एवंम वडा स्तरीय सहजीकरण समितिका संयोजक नरेन्द्र बहादुर थापाको अध्यक्षतामा निस्सा वितरण एवं जग्गा नापजाँच सुरु भएको भागेश्वर गाउँपालिकाका नापी प्राबिधिक(अमिन) सन्दीप महराले जानकारी दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथी भागेश्वर गाउँपालिका अध्यक्ष हेमराज चटौत,राष्ट्रिय भुमि आयोग जिल्ला कार्य समितिका अध्यक्ष शेर भण्डारि विशिष्ट अतिथि रहनु भएको थियो
वडा नंम्बर—५ बाट सुरु भएको जग्गा नापजाँच अब भागेश्वरका सम्पुर्ण वडाहरुमा सरुवा गरिने छ बाकी सम्पुर्ण वडाहरुको लगत प्रविस्ट कार्य सम्पन्न भै हकदावी को सुचना निकाल्ने तयारी भैरहेको र छिट्टै नै अरु वडा मा पनिआगामी प्रक्रिया अगाडि बढाउने नापी प्राविधिक सन्दिप महराले खबरदारी न्युज लाई बताएका छन् ।
कार्यक्रममा वडा नंम्बर ४ र ३ का वडा अध्यक्ष बसन्त राज चटौत,डम्बर राज जोशी राष्ट्रिय भुमी आयोग जिल्ला कार्यसमिति सदस्य लक्ष्मण पनेरू,गन्यापधुराका, नापी टोलि प्रमुख लोकेन्द्र पनेरू लगायत प्रमुख व्यक्तित्व हरु अतिथी रहेका थिए ।
भागेश्वर गाउँपालीका अन्तर्गत रहेका ३९ परिवार भुमिहिन सुकुम्बासी र भुमिहिन दलित रहेका छन भने ५ सय २२ परिवार अव्यवस्थित बसोबासी रहेका र तिमीहरू सम्पुर्ण लाई छिट्टै नै जग्गा नापजाँच गरि जग्गा धनी प्रमाण पुर्जा वितर गरिने प्राविधिक सन्दिप महराले जानकारी दिए । भुमिहिन दलित भुमिहिन सुकुम्बासी लाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासिको व्यवस्थापन गर्न भुमी आयोग को प्रमुख उद्देश्य रहेकोछ ।

संसदमा घण्टौं बहस गर्नुभन्दा एलिना चौहानको गीत बजाऔंः सीके राउत

काठमाडौं : जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्रीले मागेको विश्वासको मतमाथि छलफल गर्नुको अर्थ नभएको बताए । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा धारणा राख्दै उनले नेपालको राजनीतिमा धोकाको शृङ्खला चलिरहेको बताए ।
विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफलमा घण्टौं समय बिताउनुभन्दा गायिका एलिना चौहानले गाएको ‘धोकेबाज हौ तिमी’ भन्ने गीत बजाइदिए पुग्ने राउतले बताए । ‘प्रधानमन्त्रीले विश्वासको मत माग्दाखेरि त्यसमा मत दिने कि नदिने विषयमा यहाँ जम्मा भएका छौं । सोही क्रममा हामीले सबै दलका कुरा सुन्यौं, घण्टौंसम्म कुरा सुन्दाखेरि लाग्छ, बरु एलिना चौहानको गीत गाइदिँदा संक्षिप्त हुन्थ्यो, लामो फेहरिस्त दिनै पर्दैनथ्यो’, उनले भने ।
पटक पटक गठबन्धन बन्ने र भत्किने क्रम चलिरहेको भन्दै राउतले यसबाट जनताले के पाए भन्ने प्रश्न गरे । ‘संसदमा यो बहसबाट जनताले के पाइरहेका छन् रु’, उनले प्रश्न गरे ।
अब निर्वाचनअघि गठबन्धन गर्न नपाइने कानुनी व्यवस्था गर्नुपर्ने भन्दै राउतले नभए प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने बताए । ‘जनताले दिएको विश्वासको मत हामीले बचाउन सकेका छैनौं । कहिले यता हाल्नुपरेको छ, कहिले उता हाल्नुपरेको छ । बरु विश्वासको मत जनताकै हातमा सुम्पौं । जनताबाट प्रत्यक्ष प्रधानमन्त्री ल्याउने व्यवस्था गरौं’, उनले भने ।

प्रधानमन्त्रीज्यू, यो जीवनको अन्तिम गल्ती नहोस्ः लिङ्देन

काठमाडौंः राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सत्तालाई आफ्नो सुरक्षा कबजका रुपमा प्रयोग गर्ने उद्देश्यले नयाँ गठबन्धन बनेको बताएका छन् । विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि बुधबार संसदमा भएको छलफलमा भाग लिँदै राप्रपा अध्यक्ष लिङ्देनले नयाँ गठबन्धन स्वार्थको गठजोड भएको बताए । ‘त्यो सत्ता निर्माण हुँदा गरेको ८ बुँदे, ७ बुँदेबाट पनि त्यही कुरा देखिन्छ,’ उनले भने, ‘देश, जनताको वर्तमान परिस्थितिलाई केन्द्रमा राखेर यो सरकार बनेको होइन ।’

‘सत्तालाई आफ्नो सुरक्षा कबजका रुपमा प्रयोग गर्ने उद्देश्यद्धारा गठबन्धन बनेको हो,’ उनले भने । अघिल्लो वर्ष छोटो समय सत्तामा सहकार्य गर्दा प्रधानमन्त्रीले चाल फेर्न लागेको थाहा पाएपछि आफूले जीवनको अन्तिम गल्ती पनि हुनसक्छ भनेको उनले स्मरण गरे । उनले अगाडि भने, ‘यहाँसम्म तानेर आइपुग्नु भएको छ । म फेरि पनि भन्छु, प्रधानमन्त्रीको जीवनको अन्तिम गल्ती यो नहोस् ।’

मानिसले जीवनमा गल्ती गर्ने र त्यसलाई सच्याएर अगाडि बढ्ने भन्दै राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘कहिलेकाहीँ गल्ती यस्तो हुन्छ, फेरि सच्याउँछु भन्दा सच्याउने मौका हुँदैन । त्यस्तो नहोस् ।’ राप्रपा सत्ता केन्द्रित चलखेलमा सहभागी नहुने र प्रधानमन्त्रीलाई विश्वासको मत पनि नदिने लिङ्देनले प्रष्ट पारे ।

कुनै दल वा नेता बदनाम होस् भन्ने आफूले नचाहेको तर, समाजमा नेताहरुप्रति विश्वास मर्दै गएको उनले सुनाए । कांग्रेसको १४औं महाधिवेशनका क्रममा आफ्नो अभिव्यक्तिलाई दिएर नेताहरु आफूमाथि आइलागेको भन्दै उनले भने, ‘हात हालाहाल गर्न मिल्ने भए त्यही व्यवस्था गर्न मिल्नेप्रति आक्रोस पोख्नुभयो । तर नेताहरुप्रति सोचमा परिर्वतन भएको छैन मात्र होइन, झन् क्षयीकरण भएको छ ।’

सत्तामा नमिल्नासाथ अछूत जस्तो गर्ने, मिलेपछि महान मान्ने प्रवृत्तिले यसलाई अझ बढाएको उनले बताए । कुनै गठबन्धन बन्दा वा छुट्दा पनि राजनीतिक कारण भए मात्र मानिसहरुले आश गर्नसक्ने भन्दै उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, कसैलाई आक्षेप लगाएर अब उम्कन पाइन्न । मेरो शुभकामना छ, राम्रो गर्नुस् ।’

अब कसैले पनि रोष्टममा उभिएर सुशासनको गफ दिँदैमा नपत्याउने उनले बताए । राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘फोहोरको डंगुरमाथि बसेर शुद्धताको मन्त्रोचारण सुहाउँदैन ।’ ‘अस्ति जे भयो–भयो, अब उप्रान्त हामी भ्रष्टाचार नगर्ने, न्यायाधीशलाई आफ्नोमा बोलाएर यस्तो फैसला गरिदिनुपरये नभन्ने भन्नुस् न’ उनले अगाडि भने, ‘तपाईंले न्यायाधीशलाई बोलाएर यति कर घटाइदेऊ, यति दण्ड घटाइदेऊ, यसलाई जिताइदेऊ भनेको थाहा छ । ठूलठूलो भ्रष्टाचार काण्डमा आफैं संलग्न हुनु भएको छ । त्यसैले यहाँ आएर ठूलो कुरा गर्दा कसैले पत्याउँदैन ।’

अब पूर्व राजा, धर्मलाई गाली गरेर वाहवाही नपाउने भन्दै उनले काम गरेर देखाउन आग्रह समेत गरे ।

 

महा अभियानमा भाटले गरे ५५ हजार सहयोग

दिपकराज भट्ट(डडेल्धुरा)- डडेल्धुराको भागेश्वर गाउँपालिका ५ मा रहेको सारदा मावि. सिराडमा हालसम्म कक्षा १० सम्मको पढाई हुदँै आएकोछ ।
पछिल्ले समयमा विद्यालयले कक्षा ११ र १२ संञ्चालनका लागि महा अभियान आर्थिक संकलन अभियान सुरु गरेकोछ । औपचारिक रुपमा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रतन चाडको अध्यक्षतामा महा अभियान अभियान समिती समेत गठन गथरिएको थियो । महा अभियानमा भागेश्वरका युवा टेक सिंह भाटले ५५ हजार ५ सय ५५ रुपैया सहयोग गरेका छन् ।
अभियान निरन्तर चल्ने र अभियानमा हाल सम्म सहयोग गर्ने सबै दाताहरुलाई चाडले धन्यवाद समेत दिएका छन् भने अभियानमा सहयोग गर्न अपिल समेत गरेका छन् ।

 

 

 

कर्णाली पुलमा ग्यास बोकेको ट्रक जल्यो

धनगढीः कर्णाली पुलमा आगलागी भएको छ। आगलागीबाट ट्रक चलेको छ। साथै पुलका लठ्ठामा समेत आगो सल्केको छ। आज (सोमबार) दिउँसो कैलाली र बर्दिया जोड्ने पुलमा आगलागी भएको हो। एक्कासी ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ। ना पा ख ५२९७ नम्बरको ट्रकमा आगो लागेको छ। ट्रकमा रहेका चालक र सह–चालकको उद्धार गरिएको छ।

आगो नियन्त्रणका लागि लम्की–चुहा नगरपालिकाको दमकल मगाइएको छ। आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। ग्यास सिलिण्डर बोकेको ट्रकमा आगो लागेको हो। आगो लाग्नुको कारण भने खेलेको छैन्। अहिले ठूलो संख्यामा प्रहरी र स्थानीय आगलागी भएको क्षेत्रमा जम्मा भएका छन्।

यस्तो रह्यो छैटौं डडेल्धुरा महोत्सवको दोस्रो दिन

डडेल्धुरा(दिपकराज भट्ट)- डडेलधुरामा डडेल्धुरा महोत्सव २०८० सुरु भएकोछ । २४ गते सुरु भएको महोत्सवमा पहिलो दिन औपचारिक उद्घाटन कार्यक्रम गरिएको थियो । महोत्सवको दोस्रो दिनमा भने गायक टंक लिमिल्सना, रमेश राजु भट्टराई, गायक रमेश मल्ल, मोडल झर्ना बोहराले आफ्नो प्रस्तुती राखेको थिए ।

स्थानिय कला,संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको बजारीकरण संगै पर्यटन प्रवद्धन र डडेल्धुराको समग्र विकासको लक्ष्य उद्येश्यका साथ महोत्सव आयोजना गरियको आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय उत्पादनसंगै कृषि उपजको प्रदर्शनी, रमाइलो मेला स्थानीयसंगै राष्ट्रिय कलाकारको प्रस्तुती सहित जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता,खुला पुरुष महिला डेउडा प्रतियोगिता समेत हुने छन।

महोत्सवमा टिकट शुल्क एक सय रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ भने ७० वर्षमाथिका ज्येष्ठ नागरिक तथा क र ख वर्गका अपाङ्गता भएका नागरिकलाई प्रवेश शुल्क निशुल्क हुने छन । महोत्सवमा टिकटबाट संकलन भएको रकमको ५ प्रतिशत डडेल्धुरामा क्रिकेट मैदान निर्माणका लागि सहयोग गरिने आयोजक डडेल्धुरा उद्योग वाणिज्य संघले जनाएको छ।

डडेल्धुरा जेसीज द्धारा निशुल्क पानी वितरण

डडेल्धुरा(दिपकराज भट्ट)- डडेल्धुरा जेसीजले आज महाशिवरात्री पर्व तथा छैटौं डडेल्धुरा महोत्सवको अवसरमा निशुल्क पानी वितरण गरेकोछ । मानवको सेवा जीवनको सर्वोत्म सेवा हो भन्ने भावनाका साथ निशुल्क पानी विरण गरिएको जेसीज बर्ष २०२४ का अध्यक्ष लक्ष्मी ऐरले जानकारि दिनुभयो ।
यसरि महोत्सवमा आएका दर्शकहरुलाई निशुल्क पानी वितरण गरेको जेसीज परिवार लाई महोत्सव आयोजक समिती उद्योग वाणिज्य संघ डडेल्धुराका बरिष्ठ उपाध्यक्ष दिपक महताले धन्यवाद दिएका छन् ।