खबरदारी अंक

खबरदारी अंक डडेल्धुरा, महेन्द्रनगर ः खबरदारी न्युज साप्ताहिक पत्रिकाको कार्तिक १३ गतेको अंक Khabardarinews

५० वर्षअघि आजकै दिन इन्टरनेटबाट पठाइएको थियो पहिलो म्यासेज

काठमाडौं । ५० वर्षअघि आजकै दिन (२९ अक्टोबर, १९६९) इन्टरनेटमार्फत दुई अक्षर एक कम्प्युटर अर्को कम्प्युटर पठाइएको थियो । जसले जानकारी बाँड्ने र सञ्चार गर्ने तरिकालाई आमूल परिवर्तन गर्‍यो ।
युनिभर्सिटी अफ क्यालिफोर्नियाका प्राध्यापक लियानार्ड क्लेनरक र उनका विद्यार्थी चार्ली क्लाइनले एक कम्प्युटर अर्को कम्प्युटर पहिलो पटक सन्देश पठाएका थिए । क्लेनरले विश्वविद्यालयको कम्प्युटर स्ट्यान्डफर्ड रिसर्च ईन्स्टिच्युटमा एडभान्स रिसर्च प्रोजेक्ट एजेन्सी नेटवर्क (अर्पानेट) मार्फत सन्देश पठाएका थिए । यही अर्पानेट आज इन्टरनेटको रूपमा परिचित छ ।
अमेरिकाको रक्षा मन्त्रालयको लागि काम गर्ने विश्वविद्यालयहरू एआरपीए प्रविधि (अहिलेको डीएआरपीए) मार्फत अर्पानेटमा जोडिएका थिए ।

पहिलो सन्देश पठाउन संलग्नमध्येका एक क्लाइनका अनुसार त्यो बेलामा अमेरिकाका चार वटा विश्वविद्यालयसँग मात्रै कम्प्युटर थिए । त्यस्ता कम्प्युटर एउटा कोठा जत्रा थिए ।
क्लेनरक र क्लाइनले अर्को कम्प्युटर लगिन (login) भन्ने सन्देश पठाउन चाहन्थे । तर, उनीहरूले सन्देश पठाउन दुई अक्षर मात्रै लेखिसक्दा सिस्टममा समस्या देखियो ।
उनीहरूले लगिन भनेर पठाउन खोज्दा L र O अक्षर मात्रै पठाउन सके । अङ्ग्रेजीमा LO को अर्थ हेल्लो भन्ने हुन्छ । यो शब्द विशेषगरी कसैको ध्यान केन्द्रित गर्नुपर्दा प्रयोग गरिन्छ ।
उनीहरूले पहिलो सन्देश पठाएको दुई वर्षपछि सन् २०७१ मा एमआईटीका अनुसन्धानकर्ता रे टोम्लिङसङ पहिलो इमेल पठाउन सफल भएका थिए । त्यो बेलामा पहिलो पटक इमेल एड्रेसमा @ प्रयोग भएको थियो ।
हामीले अहिले प्रयोग गर्ने वर्ल्ड वाइड वेब (www) प्रविधि भने १९८९ मा मात्रै आएको हो । बेलायतका कम्प्युटर वैज्ञानिक टिम बेर्नरले यसको आविष्कार गरेका हुन् । यही प्रविधिले हाम्रो जीवनशैली परिवर्तन गरेको छ । बेर्नरले सन् १९९१ मा आफ्नो पहिलो वेब पेज बनाएका थिए ।
आजको प्रविधिलाई परिभाषित गर्ने यी प्रविधिहरू आविष्कार हुने बित्तिकै व्यापक प्रयोगमा आएका होइनन् । यो प्रविधिलाई व्यापक बनाउने काम भने अहिलेका चल्तीका प्रविधि कम्पनीहरूले गरेका हुन् ।
सन् १९९५ मा अमेजन, १९९८ मा गुगल र सन् २००४ मा आइट्युन र सन् २००४ मा फेसबुक जन्मिएपछि इन्टरनेट र वेब प्रविधिमा आमूल परिवर्तन आयो ।

स्मार्ट लाइसेन्सको पर्खाईमा ७ लाख नागरिक, कहिले खुल्छ नयाँ आवेदन

काठमाडौं । सरकारी ढिला सुस्तीका कारण करिब एक वर्ष अघि नै लिखित तथा ट्रायल परीक्षा पास गरेका ७ लाख नागरिक अझै स्मार्ट लाइसेन्सको पर्खाइमा रहेका छन् । लाइसेन्स छाप्न नसक्दा समयमै वितरण गर्न नसकिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

कोभिड १९ को महामारीको कारण देखाउँदै गत वैशाख १६ देखि स्थगित सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन अझै खुल्न सकेको छैन । विभागका प्रवक्ता डा। लोकनाथ भुसाल प्रक्रियामा रहेका सात लाख नागरिकलाई स्मार्ट लाइसेन्स वितरण नगरी नयाँ लाइसेन्स खुलाउन नसकिने बताउँछन् ।

‘अबको एक महिनामा १४ लाख स्मार्ट लाइसेन्सका लागि कार्ड आयात गर्दै छौँ,’ उनी भन्छन्, ‘सबै सात लाख लाइसेन्स प्रिन्ट गरेर वितरण गर्न मात्रै कम्तिमा छ महिनाको समय चाहिन्छ । त्यसैले हाम्रो पहिलो प्राथमिकता नै यस अघि पास भइसकेका सवारी चालकलाई स्मार्ट लाइसेन्स वितरण गर्नु हो ।’

विभागका अनुसार हालसम्म देशभर २० लाख प्रति स्मार्ट लाइसेन्स वितरण गरिसकिएको छ । विभागसँग स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने एउटा मसिन मात्रै छ । जसले प्रति घण्टा ४५० प्रति तयार पार्ने क्षमता राख्दछ ।

२४ घण्टा सातै दिन मसिन सञ्चालन गर्दा समेत सात लाख स्मार्ट लाइसेन्स प्रिन्ट गर्न करिब अढाई महिना लाग्ने देखिन्छ । यस बाहेक करिब ३० हजार जनाले सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिएको भए पनि ट्रायल दिन भने पाएका छैनन् ।

यस हिसाबले प्रक्रियामा रहेका सबैलाई लाइसेन्स वितरण गरी नयाँ लाइसेन्स खोल्न छसात महिना लाग्ने विभागका प्रवक्ता भुसालको भनाई छ । ‘यद्यपि विभागले नयाँ लाइसेन्सका लागि आवेदन खोल्ने विषयमा कस्तो निर्णय लिन्छ भन्ने कुरा अहिले नै भन्न सकिन्न,’ उनी भन्छन् ।

त्यसो त विभागले स्मार्ट लाइसेन्स वितरण गर्न नसकेपछि एक वर्षे मान्य अवधि रहेको क्यूआर कोड सहितको लाइसेन्स समेत वितरण गर्न थालेको छ । प्रति घण्टा ४५० कै सङ्ख्यामा लाइसेन्स प्रिन्ट गर्नसक्ने क्षमता राख्ने यस्तो मसिन करिब सबै यातायात कार्यालयमा रहेको विभाग स्रोतले जनाएको छ ।

विभागका एक जना प्राविधिक अधिकृत क्यूआर कोडमा आधारित लाइसेन्सलाई नै स्थायी लाइसेन्सको रुपमा जारी गर्ने विकल्प समेत रहेको बताउँछन् ।

सुरक्षित रूपमा फेसबुक चलाउन जान्नैपर्ने ६ सेटिङ

काठमाडौं — सामान्यतया हामी फेसबुक त चलाउछौं, तर समय समयमा सेटिङ चेकजाँच गर्ने बानी हुँदैन । सुरक्षित रूपमा फेसबुक चलाउन यसको प्राइभेसी सेटिङ र अन्य जरूर कुराबारे ख्याल राख्नैपर्छ ।

फेसबुकमा प्रयोगकर्ताका असंख्य व्यक्तिगत विवरण हुन्छन् । तर सावधानी अपनाउन सकिएन भने साइबर अपराधीहरूले यस्ता विवरण चोरी गरि दुरुपयोग गर्न सक्छन् ।

कमजोर पासवर्डका कारण मात्रै फेसबुक अकाउन्ट जोखिममा पर्ने भने पक्कै होइन । तसर्थ कम्तिमा पनि दुई महिनामा एकपटक प्राइभेसी वा गोपनीयतासम्बन्धी सेटिङ चेक गर्न आवश्यक छ ।

आफ्नो फेसबुक अकाउन्ट सुरक्षित गर्न केही समय छुट्याए मात्रै पुग्छ । फेसबुक अकाउन्टमा भएका के(कति सूचना तथा जानकारीलाई कसरी सार्वजनिक गर्ने, अथवा गोप्य राख्ने भनेर सेटिङ मिलाउन सकिन्छ ।

आज हामी कम्प्युटरबाट फेसबुकमा उपलब्ध जानकारी तथा सूचनालाई सन्तुलित गर्न अपनाउनुपर्ने उपायबारे चर्चा गर्दै छौंस्

१। बलियो पासवर्ड राख्ने र टु फ्याक्टर अथेन्टिसियनको प्रयोग गर्ने
फेसबुक अकाउन्ट सुरक्षित गर्नका लागि पासवर्ड सबैभन्दा महत्वपूर्ण पक्ष हो । फेसबुक अकाउन्ट असुरक्षित भएको खण्डमा सेक्युरिटी पेजमा गएर नयाँ पासवर्ड राख्न सकिन्छ ।

पासवर्ड राखेपछि अब टु फ्याक्टर अथेन्टिकेसन अर्थात् टूएफए एक्टिभ गर्नुपर्ने हुन्छ । टूएफए एक्टिभ भएपछि तपाईंलाई अकाउन्ट लगइन गर्दा सेक्युरिटी कोड इन्टर गर्नुपर्ने हुन्छ ।

टु फ्याक्टर अथेन्टिकेसन कोड धेरै पासवर्ड म्यानेजरले स्टोर गर्न सक्छन् । तसर्थ आवश्यकता अनुरुप गुगल अथेन्टिकेटरको प्रयोग गरी कोड स्टोर गर्न सकिन्छ ।

२। प्राइभेसी सेटिङ एन्ड टुल म्यानेज गर्ने

फेसबुकले अकाउन्टका लागि प्राइभेसी सेक्सन छुट्याएको छ । यसमार्फत आगामी दिनमा गर्ने पोष्ट तथा अपडेटहरूमा डिफल्ट सेटिङ राख्न सकिन्छ ।

क(कसले फ्रेन्ड रिक्वेस्ट पठाउन मिल्ने र सूचना हेर्न मिल्ने भन्ने निश्चित गर्न सकिन्छ । प्राइभेसी सेक्सनमा उपलब्ध सबै अप्सनहरू चेक गरी मिलाउन सकिन्छ ।


३। पुराना पोष्टहरू पव्लिक बाट हटाउने

फेसबुकमा उपलब्ध अपडेटका आधारमा व्यक्तिगत विवरण बाहिरिन सक्ने हुँदा पुराना पोष्टहरू व्यवस्थित गर्नुपर्छ । फेसबुकका पोष्टलाई प्राइभेसी सेटअप गर्न प्राइभेसी सेक्सनमा गइरहनु पर्दैन । टाइमलाइनमा गएर सोझै एक(एक गरी कसले हेर्न मिल्ने भनी नियन्त्रण गर्न सकिन्छ ।

४। अकाउन्ट लगइन भएका डिभाइस परिक्षण गर्ने

फेसबुक अकाउन्ट लगइन भएको डिभाइस लोकेसन र समय हेर्न मिल्ने व्यवस्था छ । सेक्युरिटी एन्ड लगइन पेजमा गएर अकाउन्ट लगइन भएका डिभाइस जाँच गर्न सकिन्छ ।

यदि उक्त लगइनहरू तपाईंले आँफै गर्नुभएको होइन भने रिपोर्ट गर्न र अकाउन्ट लगआउट गर्न सकिन्छ । यदि आफैं लगइन गरेको भएपनि लगआउट गर्नुपर्छ ।

५। फेसबुकको पहुँचमा भएका एपहरू जाँच गर्ने

फेसबुक अकाउन्टसँग लिंक गरी विभिन्न एपहरूमा अकाउन्ट चलाउन सकिन्छ । यसो हुँदा कतिपय एप फेसबुकले अस्वीकार गरेको हुन्छ, जुन सुरक्षाका हिसाबले जोखिमयुक्त भएका हुन्छन् । एप एन्ड वेबसाइटमा गएर एक्सपायर भइसकेका एप तथा वेबसाइट रिमुभ गर्नुपर्छ ।

६। लोकेसन हिस्ट्री डिलिट गर्ने
फेसबुकले प्रयोगकर्ताको लोकेसन डेटा प्रयोग गरी आफै नक्सा बनाउने गर्छ । लोकेसन सेक्सनमा गएर लोकेसन हिस्ट्री डिलिट गर्न सकिन्छ ।

यदि तपाईं आफ्नो लोकेसन हिस्ट्री फेसबुकमा स्टोर नहोस् भन्ने चाहनुहुन्छ भने लोकेसन शेयरिङ बन्द ९टर्न अफ लोकेसन० गर्न सक्नुहुन्छ ।

Amazon has 143 billion reasons to keep adding more perks to Prime

Dropcap the popularization of the “ideal measure” has led to advice such as “Increase font size…

How couples can solve lighting disagreements for good

Dropcap the popularization of the “ideal measure” has led to advice such as “Increase font size…

23 Celebrity Tweets You Missed From The Golden Globes

Intro text we refine our methods of responsive web design, we’ve increasingly focused on measure and…

Harnessing the power of VR with Power Rangers and Snapdragon 835

Dropcap the popularization of the “ideal measure” has led to advice such as “Increase font size…

Vinales will be as tough for Rossi as Lorenzo – Suzuki MotoGP boss

Intro text we refine our methods of responsive web design, we’ve increasingly focused on measure and…

Gfinity launching competitive league for teams to draft amateur players

Dropcap the popularization of the “ideal measure” has led to advice such as “Increase font size…