काठमाडौं ः एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै युट्युबमा ३१ लाख…
Music
A wonderful serenity has taken possession of my entire soul, like these sweet mornings of spring which I enjoy with my whole heart.
एल.वि चन्दको जनम्या ठाँउ बिरानी भैगै बजारमा
डडेल्धुरा (दिपक राज भट्ट) ः सुदुरपशिचमका चर्चित गायक एल.वि चन्दको जनम्या ठाँउ बिरानी भैगै बजारमा आएको…
बझाङ्गी भाषाको पहिलो लघुचलचित्र छायाङ्कन शुरु
सत्यराज सिंह(बझाङ) — बझाङ्गी भाषाको पहिलो लघु चलचित्रको छायाङ्कन बुधबार बाट शुरु भएको छ । सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङको सदरमुकाम चैनपुरबाट सो लघु चलचित्रको छायाङ्कन शुरु भएको हो । हैट क्रेसनको प्रस्तुतीमा निर्माण भइरहेको यो लघु चलचित्रको निर्मातामा इराकु लामा, महेश खड्का, सृजर्ना रोकाया र दुर्गा रोकाया रहनुभएको छ । त्यस्तै निर्देशकमा प्रविन रोकाया र छायाङ्कनमा नारायण जि।सी रहनुभएको छ ।
लघु चलचित्रमा कलाकारहरु निल गगन रोशन सिंह पिम्याल, सरोज खड्का, जीवन जंङ्ग थापा, सृजना स्नेही, शितल स्नेही, कृष्ण रेग्मी, जनक खड्का, महेश खड्का, निरज खड्का र नविन थापा लगायतका कलाकारहरुको सहभागिता रहेको छ ।
लघु चलचित्रको कथामा बझाङको ऐतिहासिक, धार्मिक र पर्यकीय पक्षलाई ध्यान दिएर बझाङको प्रचारप्रसार गर्ने र चलचित्रको छायाङ्कन बझाङको धार्मीक तथा ऐतिहासिक क्षेत्रमा रहेर गरिने निर्देशक प्रविन रोकायाले बताउनुभयो ।
छायाङ्कन बझाङको सदरमुकाम चैनपुरमा रहेको सुर्मा देवी मन्दिर, देवल विमानस्थल बारिल झर्ना, खप्तड लगाएत जिल्लाका विभिन्न ठाउँमा लघु चलचित्र छायाङ्कन हुने निर्देशक रोकायाको भनाई छ । लघु चलचित्रमा बझाङको स्थानिय कथा, संस्कृर्ती, भेषभुषा र सुगन्धमा विशेष जोड दिइने र उक्त लघु चलचित्रमा स्थानिय र देशको विभिन्न क्षेत्रबाट संगठित कलाकारहरुको प्रस्तुती रहने निर्माता महेश खड्काले बताउनुभयो ।

भरत, विक्की र सन्तोषमा ‘कमेडी च्याम्पियन २’को विजेता को
गतबर्षको भन्दा यसबर्षको ‘कमेडी च्याम्पियन’ले कम चर्चा पायो । तर, उत्कृष्ट ४ को प्रस्तुतिका क्रममा सहभागी विक्की अग्रवालले प्रस्तुत गरेको ‘पेन्टोमाइम’ र अर्का प्रतिस्पर्धी भरतमणी पौडेलले प्रस्तुत गरेको पूर्व यूवराज पारस शाहको अभिनयले भने शोको चर्चालाई बढाइदियो ।
विक्कीको प्रस्तुतिमा निर्णायक सन्तोष पन्तले दिएको प्रतिक्रियाले आलोचना पनि बटुल्यो । विभिन्न चरणहरु र आरोह–अवरोह पार गर्र्दै नेपालकै पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोश्रो सिजन फाइनलको नजिक आइपुगेको छ । शनिबार हुने फाइनलमा एक जना प्रतिस्पर्धीले दोश्रो सिजनको उपाधि जित्छन् । साथमा, उनले कार र थुप्रै गिफ्ट ह्याम्पर पनि जित्नेछन् ।
ताप्लेजुङका भरतमणी पौडेल विभिन्न नेता तथा कलाकारको क्यारिकेचर गरेर चर्चामा छन् । उनले पूर्व संचारमन्त्री गोकुल प्रसाद बाँस्कोटा, राष्ट्रिय सभाका सांसद रामनारायण विडारी, पूर्व युवराज पारस शाह, सांसद योगेश भट्टराई, नेता राजेन्द्र महत्तो लगायतको क्यारिकेचर गरेर दर्शकको मन जिते । समसामयिक बिषयमा भरतमणीले गर्ने अभिनयले दर्शकलाई आकर्षित गरेको छ । यसैले, अडिसनमा खासै चर्चामा नआएका भरतमणी उत्कृष्ट २४ बाट भने निरन्तर चर्चामा छन् ।
सिक्किमका विक्की अग्रवालको कमेडी नयाँ शैलीको छ । उनी, कसैको पनि क्यारिकेचर गर्दैनन् । तर, समसामयिक बिषयदेखि विभिन्न प्रसंगलाई फरक ढंगले प्रस्तुत गर्दै दर्शकको मन जित्न उनी सफल छन् । विक्कीको कमेडीले नयाँ खुराक पस्किरहेको छ ।
विक्कीले कमेडीलाई नयाँ परिभाषा दिने कोशिश गरेको वुझाई धेरैको छ । गोरखाका सन्तोष थापा उत्कृष्ट ३ का अर्का प्रतिस्पर्धी हुन् । भलै, भरतमणी र विक्कीको जस्तो चर्चा सन्तोषको छैन । तर, निर्णायक मध्येका एक मनोज गजुरेल विक्की र भरतमणीको फ्यूजनको रुपमा सन्तोषलाई लिन्छन् ।
भोली बेलुकी ९ बजेपछि दर्शकले ‘कमेडी च्याम्पियन २’को फाइनल कान्तिपुर टीभी र ओएसआर डिजिटलमा हेर्न पाउनेछन् । फाइनलका लागि विभिन्न प्रस्तुतिको छायांकन बुधबार नै भैसकेको छ । अब, भोली यो शोको निर्माण टिमले विजेताको घोषणा भने लाइभ नै गर्नेछ । निर्देशक विशाल भण्डारीका अनुसार, विजेताको घोषणाको लाइभ प्रशारण बेलुकी साढे १० बजेबाट सुरु हुनेछ । बेलुकी साढे ११ बजेसम्म दर्शकले यो बर्षको ‘कमेडी च्याम्पियन २’को विजेता पाउनेछन् ।

How this Nigerian woman went from aspiring developer to meeting Mark Zuckerberg
Intro text we refine our methods of responsive web design, we’ve increasingly focused on measure and…