राष्ट्रिय भलिबल खेलाडी रावल सम्मानित

डडेल्धुराः डडेल्धुराको परशुराममा सम्पन्न भएको चौथो मेयर, उपमेयर कप पुरुष,महिला भलिवल तथा क्रिकेट प्रतियोगिताको अवसरमा राष्ट्रिय भलिवल खेलाडी मोहन रावल सम्मानित भएका छन् । नगरपालिकाले सो अवसरमा भलिवल राष्ट्रिय खेलाडी मोहन रावललाई सम्मान गरेको हो ।
रावललले २०६३ सालमा ओपन स्पाइृकर भएर डडेल्धुरा बाट प्रतिनिधितव गरेका थिए । २०६६ सालमा सुदुरपश्चिम टिम बाट प्रतिनिधत्वि गर्दै राट्यि टिममा सहभागि भएका थिए । उनी हाल डडेल्धुरा बहुमुखी क्याम्पसमा कार्यरत छन् ।

परशुराम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड उपाधि भुवनेश्वरी नमुना लाई

पदम जोरा(डडेल्धुरा)-  परशुराम नगरपालिका स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शिल्ड भुवनेश्वरी नमुना माद्यमिक विद्यालय परिगाउँले हात पारेको छ ।
आईतवार सम्पन्न नगरस्तरीय १४ औं राष्टपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै भुवनेश्वरी नमुनाले यस वर्ष पनि शिल्ड उचालेको हो । भुवनेश्वरी २१ स्वर्ण, १० रजत र ६ कास्य गरी कूल ३७ पदक जित्दै प्रथम स्थान हासिल गरेको हो । उपाधि सँगै नमुनाले शिल्ड र प्रमाणपत्र पनि पाएको छ। परशुराम नगरपालिकाका नगर प्रमुख भरत वडायर जोशीले नमुनाका प्रधानाध्यापक डम्बर सिह थ्वाललाई शिल्ड हस्तान्तरण गर्नु भएको हो ।

तस्विरः कार्यक्रम उद्धघाटन समारोह /पदम जोरा
तस्विरः कार्यक्रम उद्धघाटन समारोह /पदम जोरा

पौष १९ गते परशुराम नगरपालिका वडा.न १२ स्थित परशुराम रंङ्ग मैदानमा उदघाटन भएको प्रतियोगिता पौष २२ गते आईतवार सम्पन्न भएको हो । प्रतियोगितामा शिद्वनाथ माद्यमिक बिद्यालय जयपुर जोगवुडा द्वितीय भएको छ । शिद्वनाथ माद्यमिक बिद्यालय जयपुर जोगवुडाले १३ स्वर्ण, ५ रजत र ६ कास्य गरी कूल २४ पदक जितेको छ ।
शिद्वनाथ माबि जयपुर जोगबुडाले दोस्रो स्थान हासिल गरे वाफत नगद प्रमाणपत्र प्राप्त गरेको शिक्षा शाखा अधिकृत लक्ष्मी विष्टले जानकारी दिनु भयो । विष्टका अनुसार भागेश्वर माद्यमिक विदालय परशुराम ४ कटालले तेस्रो स्थान हात पारेको छ ।

परशुराम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड भुवनेश्वरी नमुना लाई
परशुराम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड भुवनेश्वरी नमुना लाई

भागेश्वर माबि कटालले ८ स्वर्ण, ३ रजत र ६ कास्य गरी कूल १७ पदक जितेको हो । नियमानुसार भागेश्वर माबि कटालले पनि नगद, प्रमाण पत्र प्राप्त गरेको हो । परशुराम नगरपालिकाको आयोजनामा पौष १९ गते देखी १४ औं नगर सतरीय राष्टपति रनिङ शिल्ड आईतवार सम्पन्न भएको हो ।
नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा नगरपालिकाका १६ माध्यामिक बिद्यालयहरुको सहभागिता थियो। नगरस्तरीय उक्त प्रतियोगिता वाट उत्कृष्ट खेलाडी छनोट गरिने गरिएको शिक्षा शाखा अधिकृत लक्ष्मी बिष्टले जानकारी दिनुभयो ।

विद्यालयस्तरबाट खेलकुदको विकास हुन आवश्यक छः खड्का

गन्यापधुरा गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड सुरु

डडेल्धुराः आज बाट सुरु भएको डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्काले प्रतियोगिताको उद्धघाटन गर्दै प्रदेशसभा सदस्य खड्काले विद्यालयस्तर बाट खेलकुदको विकास हुन आवश्यक रहेको बताइन्। वर्षको एकदुई दिन मात्रै नभएर विद्यालयले खेलकुदका गतिविधि नियमितरूपमै सञ्चालन गर्नुपर्ने उनको भनाइ रहेको थियो।

गन्यापधुरा गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड सुरु
 गन्यापधुरा गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड सुरु

गाउँपालिकाको आयोजनामा ‘राष्ट्रका खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ गन्यापधुरा–५ स्थित सीताराम मावि रेलको प्राङ्गणमा पालिकास्तरीय रनिङ शिल्ड सुरु भएको हो। प्रतियोगिताको बुधबार एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्काले उद्धघाटन गरेकी हुन्।

गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष ज्ञानु सेटी देउवा, प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने, जिल्लास्थित सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो।

पालिका अध्यक्ष कार्कीका अनुसार प्रत्येक वर्ष हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फरकफरक वडामा सञ्चालन हुँदै आएको छ। यसपटकको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिकाका ७ विद्यालयको सहमागिता छ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दोलगायत खेल सहभागी छन्। पालिकास्तरीय उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन पाउनेछन्।

भद्र घले शिक्षा सदनको शानदार जित (२६-७)

आज भएको MID PASON Basketball प्रतियोगितामा भद्र घले सिक्षा सदनले सृजनसील बोर्डिगं स्कुललाई २६-७ ले हराएर…

प्रबल दावेदारको रूपमा उभियो भद्र घले शिक्षा सदन

  मिड पासन बास्केटबल प्रतियोगितामा आज भएको खेलमा भद्र घले शिक्षा सदनले केईएस स्कुललाई ३२–३ पराजित…

बैतडीमा खुल्ला पुरुष क्रिकेट प्रतियोगिता हुने

डडेल्धुरा(डिआर भट्ट)- बैतडीमा खुल्ला पुरुष क्रिकेट प्रतियोगिता हुने भएकोछ । ब्राईट स्टार स्र्पोटस क्लब शिवनाथ ०२ शमार्लीको आयोजना प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा प्रथम हुने टिमले रु २१ हजार १ सय ११ र उप विजेयता टिमले नगद ११ हजार १ सय ११ रुपैया सहित मेडल ट्फि र प्रमाणपत्र पाउनेछन् ।
यस्तै प्लेयर अफ द सिरिज, उतकृष्ट ब्याटर,उतकृष्ट बलर लाई प्रमाणपत्र सहित सम्मान गरिनेछ ।
खेल कार्तिक २३ देखि २५ गतेसम्म खुल्पुरी खेलमैदान शर्मालीमा संञ्चालन हुनेछ । टिम दत्र्ता शुलक रु २ हजार ५ सय रहेको संयोजक पदमराज कलौनीले बताएका छन् ।

यूएईलाई हराउँदै नेपालको विजयी सुरुवात

काठमाडौँ: त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले यूएईलाई ७ विकेटले हराएको छ । युएईले दिएको १४१ रनको लक्ष्य पछ्याउँदै नेपाल विजयी सुरुवात गरेको हो।

मुलपानी क्रिकेट मैदानमा नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५१ रन बनाउँदै अविजित रहे भन दिपेन्द्र सिंह ऐरी ३४ रनमा अविजित रहे। त्यस्तै कुशल भुर्तेल १४, आसिफ शेख २३ र कुशल मल्ल ११ रनमा पेभेलियन फर्किएका थिए।

टस हारेर ब्याटिङको निम्तो पाएको युएईले ७ विकेटको क्षतिमा १४० रन बनाएको थियो। युएईका लागि बसिल हमिदले सर्वाधिक ५१ रन बनाए। त्यस्तै मुहम्मद वासिमले १७, आसिफ खानले १५ र अलि नसिरले ३२ रन बनाए। अन्य खेलाडीले भने दोहोरो अंकको रन बनाउन सकेनन्। नेपाल लागि करण केसीले ३ विकेट लिए। त्यस्तै गुल्शन झाले दुई र सोमपाल कामी र अविनाश बोहोराले एक९एक विकेट लिए।

एसियाड क्रिकेट:भोलि नेपाल र भारतबीच प्रतिस्पर्धा हुने

काठमाडौं – असाेज १५ एसियाड क्रिकेटको क्वाटर फाइनलमा भोलि नेपाल र भारतबीच क्रिकेट प्रतिस्पर्धा हुँदैछ । चीनमा जारी १९ औं एसियाली खेलकुद भोली नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
एसियाडको जारी खेलको लक्की ड्र मार्फत क्वाटरफाइनमा नेपालको खेल भारतसँग परेको हो । कप्तान कप्तान रोहित पौडेलले प्रतिस्पर्धी टिम रोजाइको ‘लक्की ड्र’ निकाल्दा भारतको चिट निकालेका हुन ।
नेपालले समूह चरणका यसअघि भएको खेलमा माल्दिभ्सलाई १ सय ३८ र मंगोलियालाई २ सय ७३ रनले हराएको थियो । मंगोलियासँग भएको खेलमा नेपालले झन्डै दर्जन जति विश्व किर्तिमान र राष्ट्रिय किर्तिमान कायम गरेको थियो, जसले क्रिकेटको संसारमा नेपाल एक जबर्जस्त उदयीमान टिमको रूपमा देखा परेको छ ।

सन्दीप भन्छन्ः एसियाड खेल्न मानसिक रुपमा तयार छैन

काठमाडौंः   क्रिकेटर सन्दीप लामिछानेले एसियाली खेलकुद खेल्न नसक्ने बताएका छन् । सन्दीपविरुद्ध परेको बलात्कार मुद्दाको अन्तिम सुनुवाइ सरेपछि नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेलाई चीन पठाउन चाहेको थियो । तर उनले मानसिक रुपमा आफू प्रतियोगिता खेल्न तयार नरहेको बताएका छन् ।
‘मैले बोलाएर कुरा गरेको थिएँ, उसले मानसिक रुपमा तयार छैन भन्ने जानकारी गराएको छ’ क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले भने । उनका अनुसार सन्दीपको जवाफपछि सोमबारका लागि तय भएको टिकट समेत रद्ध भएको छ ।
क्रिकेटर सन्दीपविरुद्ध बलात्कारको मुद्दा जिल्ला अदालत, काठमाडौंमा विचाराधीन छ ।

कोहली र केएलको शतकमा भारतले पाकिस्तानलाई दियो ३५७ रनको लक्ष्य

काठमाण्डौं – एसिया कप २०२३ अन्तर्गत सुपर फोरको खेलमा भारतले पाकिस्तानलाई ३५७ रनको लक्ष्य दिएको छ। आइतबार वर्षाले प्रभावित भएपछि सोमबारदेखि सुरु भएको खेलमा भारतले २ विकेटको क्षतिमा ३५६ रन जोड्यो।

भारतका लागि विराट कोहली र केएल राहुलले शतक प्रहार गरे। कोहलीले ९४ बलमा ९ चौका र ३ छक्काको मद्दतमा नटआउट १२२ रन र राहुलले १०६ बलमा १२ चौका र २ छक्काको मद्दतमा १११ रन जोडे।

कोहलीको यो ४७औं एकदिवसीय शतक हो। कोहली र केएलबीच तेस्रो विकेटका लागि २३३ रनको साझेदारी भएको थियो। त्यसअघि श्रीलंकाको कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २४।१ ओभरमा २ विकेटको क्षतिमा १४७ रन जोड्दा खेल वर्षाका कारण रोकिदा सोमबारसम्मका लागि स्थगित भएको थियो।

आइतबार ओपनरद्वय रोहित शर्मा ५६ रन र शुभमन गिल ५८ रन बनाएका थिए। उनीहरुबीच पहिलो विकेटका लागि १२१ रनको साझेदारी भएको थियो।
सोमबार भारतका लागि कोहली र राहुलले २४।१ ओभरदेखि पूरै ब्याटिङ गर्दा पाकिस्तानले विकेट लिन सकेन। बलिङमा पाकिस्तानका शाहिन शाह अफ्रिदी र शादब खानले एक एक विकेट लिए।