गरिबी र भोकमरीबाट जनताको जीवन जोगाउन नेपालको गरिबमुखी नीति छ प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गरिबी र भोकमरीबाट जनताको जीवन रक्षा गर्न तथा अर्थतन्त्रलाई सबल बनाउन आफू नेतृत्वको सरकारले गरिबमुखी एवं समावेशी नीति अङ्गीकार गरेको बताउनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभाका सन्दर्भमा महासचिव एन्टोनियो गुटरेसले आज आयोजना गर्नुभएको खाद्य व्यवस्था सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका साथै कोरोना महामारीले खाद्य सुरक्षामा निम्त्याएका चुनौतीको सामना तथा अर्थतन्त्रको पुनरुत्थानका लागि त्यस्तो नीति अवलम्बन गरिएको बताउनुभयो ।

“विश्वमा प्रत्येक १० जनामा एक व्यक्ति कुपोषणको शिकार भएको छ, कोभिड–१९ को महामारीले खाद्य सुरक्षा अझ बिग्रेको छ भने महामारीका कारण अल्पविकसित र भूपरिवेष्टित विकासशील देशमा खाद्य आपूर्ति सञ्जाल र खाद्यान्नको मूल्यमा वृद्धि भएको छ”, कृषिमा रुपान्तरणकारी लगानीबाट नै सबैका निम्ति खाद्य सुरक्षा सुनिश्चित गर्न सकिने यथार्थ सुनाउँदै प्रधानमन्त्रीले भन्नुभयो ।

दिगो र उत्थानशील खाद्य व्यवस्था निर्माण तथा सन् २०३० सम्ममा भोकमरीलाई शून्यमा झार्न अन्तर्राष्ट्रिय समुदायले आफ्ना प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिनुभएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ । सम्मेलनलाई ४५ राष्ट्रका राष्ट्ररसरकार प्रमुखसहित १२० जना वक्ताले सम्बोधन गर्नुभएको थियो ।

प्रदेश नंम्बर १ मा माग्यो स्टाप नर्स

Ministry of Social Development, Province No.1 Vacancy for Staff Nurse
Vacancy 24 Sep 2021 900 0

Government Job Vacancy

Province Government, Ministry of Social Development, Province No. 1, Biratnagar: The following posts and levels of health workers are required at Koshi Hospital, Covid-19 Treatment Center, Province No. 1, Biratgarh, run by the Province Government for the treatment of patients infected with Covid-19, which has spread as a global epidemic; Since the appointment will be made in the service contract on the basis of the following grounds through interview;

Interested Nepali citizens who have reached the minimum qualification are invited to submit the application along with the required details within 7 days from the date of publication of this information (within the office hours on 2078-06-14) to the email address provided here.

Position: Staff Nurse
Level: 5th Level Assistant
Qualification Passed certificate level in nursing subject from a recognized educational institution
Service Facilities Salary scale prescribed by the state government for the post concerned and other facilities including 50% risk allowance prescribed by the state government

Application Process:

Download the application form from the website of this ministry and fill in the details along with the minimum educational qualification certificates, certificate of merit, certificate of character, certificate of Nepali citizenship, certificate obtained from the concerned council, and equivalent certificate for those who have studied abroad. The required documents must be uploaded and sent to vacancy.mosdp1@gmail.com.

Deadline for the day of application: Within 7 (seven) days (date: 2078-06-14 office hours) from the date of publication of the notice.

Selection Process:

1) Nursing in Nursing, ICU Training, ICU Work Experience,

2) Marks obtained in the interview.

Note:

1) Must be not disqualified as per sub-section (e), (f), and (g) of section 12 of Nepal Health Services Act, 2043.

2) As mentioned in No. 1 of the above evaluation bases, only a certain number of candidates will be included in the interview by shortlisting of the candidate who gets the highest marks. The results of the shortlisting and the date of the interview will be published on the Ministry’s website www.mosd.p1.gov.np on 2078-06-17 and on the website of the Directorate of Health, Dhankuta www.hd.p1.gov.np.

3) Due to the epidemic of Covid-19, the application form of the candidate who comes to the office to submit the application will not be taken. For more information, please visit the website of the Ministry of Social Development, Biratnagar at www.mosd.p1.gov.np and contact the Ministry on 021-442428.

4) The application form is available on the website of the Ministry www.mosd.p1.gov.np and the website of the Directorate of Health, Dhankuta www.hd.p1.gov.np.

– No action has been taken on the expired application form.

– There is no charge for the application.

Published date: 2078-06-08

डोटि,डडेल्धुरामा कोरोना खोपमा सबैको पँहुच वढाउन स्वंमसेविका परिचालन

धन बहादुर भण्डारि (डडेल्धुरा) — कोराना विरुरद्धको खोपमा सबैको समान पँहुच पुगाउन महिला स्वंम सेविका परिचालन…

डडेल्धुरामा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रारम्भिक अध्ययन

डडेल्धुरा — स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागी प्रारम्भिक अध्ययन टोली पुगेको छ । सुदूरपश्चिम स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रारम्भिक अध्ययनकालागी बिहिबार सरोकारवाला संग सुझाव संकलन तथा अन्तरक्रिया गरिएको छ । डा. चेतराज पन्तको नेतृत्वमा स्वाथ्य मन्त्रालयको अध्ययन टोलीले बिहिबार सुझाव संकलन गरेको छ । संकलित सुझाव मन्त्रालयमा पेश गरीने डा. पन्तले बताएका छन ।
प्रतिष्ठान स्थापना हुन सके सुदूरपश्चिमका स्थानियले स्वास्थ्य उपचार संगै सुलभ रुपमा स्वाथ्यका बिषय अध्ययन गर्न पाउने छन । स्वास्थ्य बिषयलाई ग्लोवल मनिका रुपमा लिईएको भन्दै उनले यसका लागी सुझाव संकलन गरिएको बताए ।
कार्यक्रममा जनप्रतिनिधी, राजनितिक दल लगायत सरोकारवालाहरुले प्रतिष्ठान स्थापनका लागी आवश्यक पहल गर्ने बताएका छन । प्रतिष्ठान स्थापनका लागी आवश्यक प्रक्रिया थालिनै जनाउदै कार्यक्रमका सहभागीहरु सरकारले तदारुकता देखाउनु पर्ने औल्याए ।
कार्यक्रममा डडेल्धुरा अस्पतालका मेसु डा. जगदिशचन्द्र बिष्टले जिल्ला अस्पताल बाट उप क्षेत्रिय हुदै संघिय सरकार मातहतको अस्पताल संग १७० रोपनी जमिन भएको बताएका थिए । प्रतिष्ठान स्थापनाका लागी एक हजार रोपनी जमिन आवश्यक पर्ने भएकाले सबैले पहल गर्नु पर्ने उनको भनाई थियो । अस्पतालमा गत वर्ष मात्रै २३ हजार विरामी ओपिडिमा भर्ना भएका थिए । भने सयौले मेजर मानर अप्रेशन, सिएस गरेकाले अस्पतालमा विरामीको चाप उल्लेख्य रहेको बताए छन ।

डडेल्धुरामा ३५ परिवारको पिउनेपानी धारा एउटै

डडेल्धुरा — डडेल्धुराको अमरगढी नगरपालिकामै रहेका दलित समुदायका परिवारहरु प्रयाप्त पिउने पानिबाट बञ्चित रहेका छन् ।

अमरगढी नगरपालिका वडा नं २ जोशिना गाउँमा रहेका ३५ दलित घर परिवारले एउटै धाराबाट पानी लिनुपर्ने बाध्यता रहेको स्थानीय नरेशबहादुर सार्कीले बताउनुभयो ।उहाँले भन्नुभयो एउटै धाराबाट ३५ परिवारले पालैपालो गरि पिउने पानी भर्ने गर्छौ पानी भर्ने पालो कुर्दाकुर्दै आधादिन पानी भर्नमै वित्ने गरेको छ ।

चैत्र देखि जेठसम्म धारामा आउने पानीको मुहान सुक्ने भएकोले उक्त समयमा एक घण्टा टाढा मगराउ भन्ने ठाँउबाट खानेपानी बोकेर ल्याउनु पर्ने बाध्यता रहेको विन्दु देवी सार्कीले बताउनुभयो ।

हेल्बेटास नेपालको सहयोगमा करिब १२— १३ वर्ष पहिले दलित समुदायमा निर्माण गरिएको उक्त धारा बाहेक हालसम्म कुनै पनि खानेपानीको योजनाहरु गाउँमा नआउदा खानेपानीको थप समस्या हुदै गएको स्थानीय सुरेन्द्र सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो हामीले स्थानीय सरकार निर्माण भएपछि खानेपानीको समस्या समाधानका लागि वडादेखि नगरपालिका सम्म आग्रह गरेका थियौ तर कतैबाट पनि पहल भएन ।

जोशिना गाउका लागि गजरे मुहानबाट खानेपानी ल्याई ट्याँकी सम्म पुर्याएको र वितरण हुन बाकी रहेको छ चाडैँ खानेपानीको समस्या समाधान हुने अमरगढी नगरपालिका वडा नं.२ का वडा अध्यक्ष मनोरथ खडायतले बताउनुभयो ।

आईतबजार,जोशिना, कारिगाउँ लगायतका क्षेत्रमा देखिएको खानेपानीको समस्या समाधानका लागि २ करोडको लागतमा दहतला खानेपानी योजनाको टेण्डर प्रक्रिया सम्पन्न भै सकेको र चाँडै काम सुरु हुने अमरगढी नगरपालिका नगरप्रमुख विश्वेश्वर प्रसाद ओझाले बताउनुभयो । उहाँले भन्नुभयो २ करोडको लागतमा निर्माण हुने खानेपानी योजना अन्र्तगत एकघर एकधाराको अवधारणाका साथ लागु हुन्छ ।

चैत्र मसान्तभित्र सबै नेपाली लाई कोभिड विरुद्धको खोप लगाइसक्ने ’

काठमाडौं — सरकारले आगामी चैत्र मसान्तभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाईसक्ने जनाएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको लक्ष्य अनुसार नै आगामी चैत्र मसान्तभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाईसक्ने बताएका हुन् ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले सरकारले जनताको जीवन रक्षा गर्ने कामलाई पहिलो कर्तव्य सम्झेर सबै नागरिकलाई कोभिडविरुद्धको खोप पुर्‍याउने अभियानलाई प्रभावकारी ढंगले अगाढि बढाईरहेको दावी समेत गरे ।

मंगलबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा पुगेका इन्टरनेशनल कमिशन अफ जुरिष्ट्स, एडभोकेसी फोरम, एम्नेष्टि इन्टरनेशनल नेपाल, जुरी नेपाल र नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल ९इन्जा०का पदाधिकारीहरुसँगको सामूहिक भेटमा उनले आफूहरु सरकारमा आउँदा मुलुकमा कोभिडको ठूलो आतंक रहेको र हाल आएर त्यसलाई सामान्य अवस्थामा पुर्‍याउन सफल भएको पनि बताए ।

मन्त्री कार्कीले सरकार जनतालाई कोभिडबाट मुक्त गर्ने र मुलुकमा सुशासन कायम गर्दै दिगो शान्ति र दिगो आर्थिक विकासको कामलाई अगाडि बढाउने काममा अग्रसर भईरहेको बताए । उनले मुलुकमा राजनीतिक स्थिरता कायम गरी मुलुकलाई दिगो आर्थिक विकासको बाटोमा अगाढि बढाउन सरकारलाई साथ, सहयोग र समर्थन गर्न पनि सबैलाई आग्रह गरे ।
मन्त्री कार्कीले भने, ‘सबै नेपालीलाई भ्याक्सिन लगाउने काममा सरकार अगाडि बढिरहेको छ । र त्यो लक्ष्य पूरा हुन्छ । जनताको जीवन रक्षा नै प्रथम कर्तव्य हो–सरकारको । त्यो दायित्व पूरा गरिराखिएको छ । र त्यसपछि मुलुकलाई स्थिरता दिएर सुशासन कायम गर्दै दिगो शान्ति, दिगो आर्थिक विकासतर्फ हामी अगाढि बढनु पर्दछ । यही अभियानमा हामी सबै छौं । यही अभियभानमा सरकारलाई सबैको साथ, सहयोग र समर्थनको अपेक्षा गर्दछु ।’
मन्त्री कार्कीले वर्तमान सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पनि गम्भिरतापूर्वक काम गरिरहेको बताए । उनले ‘नो भ्याक्सिन’को अवस्थाबाट मुलुक सामान्य अवस्थामा आउनु ठूलो उपलब्धि भएको तर्क समेत गरे ।

बजेट अभावले गर्दा सोचे अनुरुप विकास गर्न सकेनौः अध्यक्ष मल्ल

डडेल्धुरा— डडेल्धुरामा रहेको गन्यापधुरा गाँपालिकामा बजेट अभावका कारण सोचे अनुरुपको विकास गर्नु नसकेको अध्यक्ष नवल मल्लको भनाई रहेको छ । स्थानिय चुनावका बेलामा गरेका प्रतिवद्धता हामीले केहि हद सम्म भने पुरा गरेका छौं। हामीले सबै वडामा सडक संञ्जालमा जोडेका छौं । स्वास्थ्य क्षेत्रमा ठुलो लगानी गरेका छौ ।
युवा स्वरोजगारिका लागि गाउपालिकाले अनुदानका कार्यक्रमहरु ल्याएको,सिपमुलका तालिम दिने गरेका छौ जसले युवा लाई आत्मार्निभर बनाउने छ ।
महिला सक्ष्यमका लागि महिलाहरु लाई तालिम,महिलालाई अनुदान कार्यक्रममा सहभागिता गराएका छौ । कृषि क्षेत्रमा पनि गाउपालिकाले ठुलो लगानी गरेको छ र कृषि लाई आधुनिकिकरण तिर धकेलेको छ ।
गाँपालिकामा बजेट अभाव रहेकाले सोचो अनुरुपको विकास हुनु नसकेको मल्ल गुनासो गर्छन ।

मान्छे किन रुन्छ?

तपाइँ किन रुनुहुन्छ, तपाइँलाई थाहा छ ? चाहे कम रुनुस् वा बढि रुनुस् तर एक न एक दिन रोएकै हुनुहुन्छ । कति मानिस कुरैकुरामा रुन्छन् भने कति मानिस फिल्म हेर्दा समेत आँशु चुहाउँछन् ।

साँच्चीकै असह्य पीडा खप्न परेर धुरुधुरु रुनेहरु पनि प्रसस्तै हुन्छन् । सबैका रुने कारणहरु अलग अलग हुनसक्छन् । उसोभए तपाइँ कस्तो खाले रुवाइको श्रेणीमा पर्नुहुन्छ त ? आखिर मानिसको आँखामा रुँदा किन आँशु आउँछ त ?

धेरै फिल्म हुन्छन् जो मानिसहरुलाई रुवाउनकै लागि बनाइएका जस्ता लाग्छन् । आमरुपमा महिलाहरु रुने कुरालाई सामान्य रुपमै लिइन्छ । तर पुरुषहरु रुनु हुँदैन भन्ने मान्यता राखिन्छ । पुरुषहरु रोएको कुरालाई नराम्रो मानिछ र यस्ता पुरुषलाई कातर भनिन्छ । तर दुनियामा अधिकांस पुरुषहरु पुरुष हुनुका बाबजुत पनि मज्जाले रुन्छन् महिलाझैँ ।

तर समग्रमा महिलाको तुलनामा पुरुषहरु कम रुन्छन् । पुरुषहरु कम रुनुको कारण के हो त रुनुका फाइदा के के छन् ? आखिर मानिस किन रुन्छ ? यी प्रश्नहरु निकै उत्सुकताले भरिएका छन् ।

मनोविज्ञ विलियम फ्रेले सन् १९८२ मा गरेको एक अनुसन्धान अनुसार महिलाहरु औषतमा महिनामा ५ भन्दा बढि पटक रुन्छन् । तर पुरुषहरु भने महिनामा औषतमा डेढ पटक भन्दा बढि रुँदैनन् । महिलाहरु एक पटकमा रुँदा ५ देखि ६ मिनेटसम्म रुन्छन् भने पुरुषहरुले रुनका लागि एक पटकमा दुइ देखि ३ मिनेट खर्चिन्छन् ।

नेदरल्याण्डका मनोवैज्ञानिक एड विंगरहोएट्सले रुने विषयमा निकै धेरै अनुसन्धान गरे । उनका अनुसार रुवाइका विषयमा महिला र पुरुषबीचको यस्तो फरकपना बचपनदेखि नै आएको हुन्छ ।
बच्चा जन्मिनेबेला चाहे त्यो छोरा होस् वा छोरी ऊ बराबर नै रुन्छ । विज्ञहरुका अनुसार नवजात बच्चा रुनुको कारण आमालाई आफुतर्फ ध्यान केन्द्रित गराउनु हो । जन्मिनेबेला उत्तिकै रुने महिला र पुरुषहरु किन उमेर बढ्दै जाँदा धेरै र थोरै रुन्छन् त ?
यसमा समाजको फरक फरक माहोलको पनि हात हुन्छ । रुने कुरालाई खराब नमान्ने देशका मानिसहरु खुबै रुन्छन् । रुने कुरालाई नराम्रो मानिने देशका मानिसहरु पनि कम रुने गरेको पाइएको छ । अझ विंगरहोएट्सको अध्ययनले अर्को रोचक कुरा के पत्ता लगायो भन्दा गरीब भन्दा धनी देशका मानिसहरु बढि रुनेे गर्छन् ।
समाजको चरित्र मात्र होइन मानिसको रुने आनीबानीमा टेस्टेस्टेरोन नामक हर्मोनको सबैभन्दा ठूलो हात हुन्छ । प्रोस्टेट क्यान्सर भएर उपचार गराइरहेका मानिसहरु बढि रुने गर्छन् । यसको कारण के भने प्रोस्टेट क्यान्सर भएका मानिसहरुको उपचारमा प्रयोग गरिने औषधिका कारण मानिसमा टेस्टेस्टेरोन हर्मोनको उत्सर्जन कम हुन्छ । यो हर्मोनको कमीले मानिस बढि रुन्चे बन्दछ ।
जीवहरुमा मानिसमात्र यस्तो जीव हो जो इमोसनल बनेर रुन्छ अर्थात् दुख मानेर रुन्छ । पहिले हात्ती पनि मानिसझैँ इमोसनल भएर रुने मान्यता थियो । तर अहिलेसम्म यो कुराको कुनै वैज्ञानिक प्रमाण फेला परेको छैन ।
मानिसहरु केवल दुखमा मात्र होइन कहिलेकाहीँ बढि खुसीमा समेत इमोसनल बनेर रुने गर्छ । सायद यस्तो चरित्र अरु कुनैपनि जिवमा हुँदैन । कतिपय मानिसको मान्यता के छ भने मानिस सामाजिक प्राणी हुनुका नाताले उसले कतिपय अवस्थामा रोएरै आफ्नो अनुभुति अभिव्यक्त गर्दछ । तर यो दाबीको पनि कुनै बलियो प्रमाण भेटिएको छैन ।
विभिन्न अध्ययनका विभिन्न खाले दाबी तथा निष्कर्ष भएपनि अहिलेसम्मको साझा तथ्य के हो भने रुनुको रहस्य अहिलेसम्म पनि रहस्यमै छ । आखिर मानिस किन रुन्छ? यो कुराको गुह्य पत्ता लगाउन अझैपनि अध्ययनको खाँचो छ । सायद त्यसपछि मात्र हामीले रुनुको कारण थाहा पाउनेछौँ । तर कारण थाहा नहुन्जेल चाहेको बेला मज्जाले रुनुस् ।
रुनाले तपाइँको मन पखालिन्छ र हलुका अनुभुति हुन्छ । तर जहाँ पायो त्यहीँ र स सानो कुरामा पनि कमजोर बनेर पिच्च रुने काम चाहीँ जाति होइन है ।

दसैंको छेकमा जम्मा १६ दिन स्कुल खोल्न किन तम्तयारी

काठमाडौं उपत्यकामा कोरोना संक्रमण घटे पनि जोखिम जस्ताको तस्तै रहेको सरूवारोग विशेषज्ञहरूले बताइरहेका छन्। स्वास्थ्य मन्त्रालयले केही समयअघि मात्र तेस्रो भेरियन्ट फैलिन सक्ने अनुमान सार्वजनिक गरेको थियो र यसको सबभन्दा बढी जोखिम खोप नलगाएका स्कुले केटाकेटीहरूलाई छ।

मंगलबारको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा ४०४ जना नयाँ संक्रमित थपिएका छन् भने सक्रिय संक्रमित संख्या ६ हजार २ सय ५३ छ।

यही बेला उपत्यकाभित्र भने स्कुल खोल्न ुदबाबु सिर्जना भइरहेको छ।

काठमाडौं जिल्ला प्रशासनले ुमापदण्ड पूरा गरेर स्कुल सञ्चालन गर्न सकिनेु भनेपछि उपत्यकाका स्थानीय तहहरू असोज १ बाट भौतिक कक्षा सञ्चालन गराउने तम्तयारीमा लागेका हुन्।

ललितपुर महानगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गरी असोज १ बाट भौतिक कक्षा सञ्चालन गर्न अनुमति दिइसकेको छ भने काठमाडौं महानगरपालिकाले बुधबार वा बिहीबारसम्म निर्णय गर्ने तयारी गरिरहेको छ।

ुजिल्ला प्रशासनले स्कुल खोल्न सकिन्छ भनेर राय दिएपछि हामी विद्यालय सञ्चालक र अभिभावकहरूसँग छलफल गरिरहेका छौं,ु काठमाडौं महानगर प्रवक्ता ईश्वरमान डंगोलले भने।

भक्तपुरका स्थानीय तह पनि जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन समिति ९डिसिसिएमसी० को निर्णय कुरिरहेका छन्। भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार स्कुल खोल्ने कि नखोल्ने भन्नेबारे बिहीबार छलफल हुनेछ। त्यसपछि डिसिसिएमसीको बैठक बसेर निर्णय लिइनेछ।

सरोकारवाला निकायहरूले असोज १ बाट स्कुल सञ्चालन गराइहाले पनि विद्यार्थीहरूले पढ्ने दिन धेरै छैन। किनभने असोज २१ गते घटस्थापनाबाट दसैं विदा सुरू हुँदैछ। त्यसपछि प्रायस् स्कुल एक महिनाका लागि स्वतस् बन्द हुनेछन्।

दसैं विदा सुरू हुनुअघि असोज २, ९ र १६ गते शनिबार परेकाले स्कुलहरू त्यसै विदा हुन्छन्। यसबाहेक असोज ३ गते पनि संविधान दिवस र इन्द्रजात्रा परेकाले सार्वजनिक विदा छ। त्यसैले असोज १ गतेबाट स्कुलहरू खुले पनि दसैंअगाडि पढाइ हुने भनेको जम्मा १६ दिन हो।

त्यसो भए कोरोना जोखिम छ भन्ने थाहा हुँदा हुँदै जम्मा १६ दिनलाई दसैंअगाडि नै स्कुल खोल्न यत्रो जोरजुलुम किनरु

शिक्षाविद् मनप्रसाद वाग्ले यसमा निजी स्कुल सञ्चालकहरूको ुदबाबु रहेको बताउँछन्।

ुदसैंअगाडि १६ दिन कक्षा चलाउन पाइयो भने अहिले आधा वा त्योभन्दा कम शुल्क लिइरहेका स्कुलले एक महिनाको पूरै शुल्क असुल्न सक्छन्,ु उनले भने, ुयो बेला स्कुल खोल्न पाए अभिभावकहरूबाट दसैं(तिहार खर्च जुटाउन सकिएला र स्टाफ, शिक्षक र भाडा तिर्न सकिएला भनेर स्कुल खोल्न दबाब दिइरहेको हुनुपर्छ। निजी स्कुल सञ्चालकहरूकै दबाबमा असोज १ बाट कक्षा सञ्चालन गर्ने योजना भइरहेको हो भन्ने मलाई लाग्छ।ु

अहिलेसम्म खोप लगाउन नपाएका बालबालिकाको स्वास्थ्य जोखिममा राखेर जम्मा दुई साताका लागि स्कुल खोल्ने कदम उपयुक्त नभएको उनी बताउँछन्।

सरूवारोग विशेषज्ञ डा। शेरबहादुर पुन पनि अहिलेको अवस्थामा स्कुललाई बढी जोखिमयुक्त मान्छन्।

ुस्कुलहरूले यथेष्ट सुरक्षा मापदण्ड पालना गर्न सक्छन् कि सक्दैनन् भन्ने नै निश्चित छैन। हामीले घरभित्रै त दुरी कायम गर्न नसकेको अवस्थामा विद्यालयमा के होलारु त्यसमाथि सुरक्षा मापदण्डले कोरोना रोकथाम गर्न सक्ला कि नसक्ला भन्ने खतरा पनि छँदैछ,ु उनले भने, ुत्यसैले हामी अहिले नै स्कुल खोल्न हुन्छ भनेर सुझाव दिँदैनौं।ु

कम्तिमा तेस्रो भेरियन्टको जोखिम मूल्यांकन नगरी र बालबालिकालाई खोप नलगाएसम्म स्कुल सञ्चालन गर्नु जोखिमपूर्ण हुने उनको भनाइ छ।

ुपहिला तेस्रो भेरियन्टले कस्तो असर पार्छ त्यो हेरौं, अनि बालबालिकाका लागि खोपको ग्यारेन्टी भएपछि बल्ल स्कुल खोल्ने कि नखोल्ने विषयमा छलफल गर्दा उपयुक्त हुन्छ,ु पुनले भने।

उनले यो पनि भने, ुखोप लगाइसकेको व्यक्तिलाई जोखिम जति कम छ, नलगाएकोलाई बढी असर गर्छ भन्ने त पुष्टि नै भइसकेको छ। त्यसैले खोप नलगाएका बालबालिकालाई तेस्रो भेरियन्टको जोखिम स्वाभाविक रूपले बढी हुनेछ।ु

यसबारे निजी स्कुल सञ्चालकहरूको धारणा पनि हामीले सोध्यौं। निजी स्कुलहरूको छाता संगठन ुप्याब्सनु का अध्यक्ष टिकाराम पुरी बालबालिकाको स्वास्थ्य र शिक्षाप्रति आफूहरू सचेत रहेको बताउँछन्।

ुगत वर्ष पनि दसैंअगाडि स्कुल सञ्चालन गरिएको थियो,ु उनले भने, ुपरिस्थिति हेरेर स्कुल चलाइरहेका छौं। गत वर्ष सात महिना पठनपाठन रोकियो, यो वर्ष पाँच महिना रोकिएको छ। हामीले दसैं, तिहार, छठ भन्दै कति दिन पढाइ रोक्नेरु त्यसैले कम्तिमा परिस्थिति सहज हुँदा त स्कुल सञ्चालन गर्न दिनुस् भनेर सरकारलाई अनुरोध गरेका हौं।ु

उनले अगाडि भने, ुहामीलाई शुल्क उठाउनको मात्र चिन्ता छैन। हामी दसैं(तिहारमा छोटो विदा दिएर स्कुल चलाउन खोजिरहेका छौं।ु

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल भने स्कुल खोल्ने कि नखोल्नेबारे आफूहरू निष्कर्षमा पुगिनसकेको बताउँछन्।

ुम भर्खरै हाजिर भएको छु, पहिले के निर्णय भएको थियो मलाई थाहा भएन तर चुनौती मूल्यांकन गरेर मात्र स्कुल खोल्ने निर्णय हुन्छ,ु उनले भने, ुहामी महिनाको अन्तिम दिन बैठक बसेर यसबारे निर्णय गर्छौं।ु

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा भने स्कुल खुलाउने वा नखुलाउने निर्णयको अधिकार स्थानीय तहहरूलाई नै दिएको बताउँछन्। शिक्षा मन्त्रालयले एक वर्षअघि नै लकडाउन र स्मार्ट लकडाउनको ढाँचा बनाएर विद्यालय के कसरी खोल्ने भनेर स्थानीय निकायलाई अधिकार दिएको उनले बताए।

ुअत्यन्त कम जोखिम क्षेत्रमा स्वास्थ्य मापदण्ड पूरा गरेर स्कुल चलाउन सकिन्छ। यसका लागि जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन समितिमा छलफल गरेर आवश्यक निर्णय लिन सकिन्छ भनेर शिक्षा मन्त्रालयले स्थानीय निकायलाई अधिकार दिएको छ,ु उनले भने।

यहाँ अर्को प्रश्न पनि आउँछ। असोज १ बाट स्कुल खुले पनि के जम्मा १६ दिनका लागि आफ्ना नानीबाबुहरूलाई स्कुल पठाउन अभिभावकहरू तयार छन्रु

नेपाल अभिभावक महासंघका अध्यक्ष धर्मदत्त देवकोटा परिस्थिति मूल्यांकन गरेर विद्यालय सञ्चालन गर्नुपर्ने बताउँछन्।

ुस्वास्थ्यभन्दा ठूलो शिक्षा होइन, मानव जीवन रह्यो भने मात्र शिक्षा रहन्छ तर लामो समय शैक्षिक क्षेत्र बन्द हुँदा अभिभावकहरू पीडित छन्, विद्यार्थीको मानसिक स्वास्थ्यमा पनि असर परेको छ,ु उनले भने।

ुअभिभावकहरू आ(आफ्नो काममा हिँडिरहेका छन्। अहिले असुरक्षित हुने स्थिति छैन भने कम विद्यार्थी राखेर र दसैं(तिहारको विदा पनि कम गरेर स्कुल चलाउन सके विद्यार्थीको पढाइ अगाडि बढ्न सक्छ,ु उनले भने।

ुजहाँ प्रकोप कम छ, त्यस्तो ठाउँमा स्कुल चलाउन हामी आपत्ति गर्दैनौं,ु उनले भने, ुविद्यार्थीलाई विभिन्न सिफ्टमा राखेर र स्वास्थ्य मापदण्ड पालना गरेर पढाउने भन्नेमा हाम्रो सहमति हुन सक्छ। सेतोपाटि

एन्टीबायोटिक्सको जथाभावी प्रयोग कति घातक

एन्टीबायोटिक्स भनेको यस्तो रसायनिक तत्व हो, जसले शरीरमा रहेका ब्याक्टरियाहरुलाई मात्र मार्न सक्ने क्षमता राख्छ । ब्याक्टेरियामा भएको कोषिकाहरुमा भएको निश्चित तत्वहरुलाई लक्षित गरेर मार्न सक्ने क्षमता भएको औषधीलाई नै एन्टीबायोटिक्स भन्ने गरिन्छ ।

सरल अर्थमा भन्नुपर्दा शरीरमा पैदा हुने विभिन्न ब्याक्टेरियामध्ये कुनै निश्चित ब्याक्टेरिया नष्ट गर्ने क्षमता भएको औषधी एन्टिबायोटिक्स हो ।

कुन बेला प्रयोग गर्ने

एन्टिबायोटिक्सको प्रयोग त्यसबेला मात्र गर्नुपर्छ, जब शारीरिक समस्या ब्याक्टेरियाको कारणले पैदा भएको हो भन्ने टुंगो हुन्छ ।

एन्टिबायोटिक्सको जथाभावी प्रयोग गर्दा ब्याक्टेरियाले त्यस बिरुद्ध लड्ने क्षमता विकास गर्छ । जसले गर्दा हाम्रो शरीरमा औषधीको प्रभाव रहँदैन । ब्याक्टेरियाले आफ्नो कोषिका बदलेपछि हामीलाई एन्टिबायोटिक्सले काम गर्दैन र समस्या थप चर्को बन्छ ।

एन्टिबायोटिक्स चलाएपछि पुरा डोज लिनुपर्छ । अन्याथा ब्याक्टेरियाले अर्को रुप लिएर आक्रमण गर्छ ।

एन्टिबायोटिक नै रोगको पूर्ण उपचार होइन । एन्टिबायोटिक खाएपछि त्यसले शरीरमा संक्रमित ब्याक्टेरियालाई नष्ट गर्छ । यस हिसाबले कुन किसिमको ब्याक्टेरिया हो, त्यही आधारमा एन्टिबायोटिक प्रयोग गर्नुपर्छ । यसको मात्रा, अवधी, समय सबैकुरा ख्याल गर्नुपर्छ ।

यद्यपि जुनसुकै अवस्थामा एन्टिबायोटिक सेवन गर्छौ । यस किसिमको प्रयोगले शरीरमा भएका ब्याक्टेरियाले आफ्नो रक्षात्मक क्षमता बढाउँछ । कोषिका परिवर्तन गर्छ । यसलाई ‘ड्रग रेजिस्टेन्स’ भनिन्छ ।

यस्तो हुनु भनेको ठूलो जटिलता हो । जब शरीरमा ब्याक्टेरियाले आफ्नो कोषिका बदल्छ, तब औषधीको प्रभाव कम हुन्छ । रोग फेरी बल्झन्छ । र, त्यसले थप चर्को रुप लिन्छ ।

एन्टिबायोटिक्सको प्रयोगबारे हामी उति सचेत छैनौं । एन्टिबायोटिक्स लिइसकेपछि त्यसको निश्चित डोज पुरा गर्नैपर्ने हुन्छ । तर, हामी जथाभावी औषकि किन्छौं । मनोमानी ढंगले प्रयोग गर्छौ । आफ्नो समस्या ठिक भइसकेपछि औषधीको डोज पुरा नगरी छाडिदिन्छौं ।

अर्को महत्वपूर्ण कुरा के भने, एन्टिबायोटिक्स त्यही बेला सुरु गर्नुपर्छ, जब समस्या ब्याक्टेरियाको कारण पैदा भएको हो भन्ने टुंगो हुन्छ । यदि त्यसो गरिएन भने ब्याक्टेरियाले आफ्नो कोषिका परिवर्तन गर्छ, जससँग लड्न सक्ने मेडिकल क्षमता हामीसँग छैन ।

जब एन्टीबयोटिक्सको विकास गरिन्छ, त्यतिबेला नै उक्त औषधिले शरीरमा कति बेला सम्म काम गर्न सक्दछ भनेर आंकलन गरिएको हुन्छ । शरीरमा कति मात्रामा उक्त औषधी रहन्छ भनेर हेरिएको हुन्छ ।

त्यसैले गर्दा चिकित्सकहरुले जुन एन्टीबायोटिक्स जसरी खान सल्लाह दिन्छन्, त्यही अनुसार किन खानु पर्छ भने त्यो समय भन्दा तल वा माथि उक्त एन्टीबायोटिक्सको प्रयोग गर्दा त्यो मात्रामा शरीरले उक्त औषधि प्राप्त गर्न सक्दैन । शरीरले आवश्यक्ता अनुसारको औषधि नै पाउन नसकेपछि उक्त औषधिले गर्नु पर्ने काम वा व्याक्टेरिया मार्नु पर्ने क्षमतामै ¥हास आउन सक्छ ।

त्यसैले त कुनै एन्टीबायोटिक्स दिनमा एक पटक खाए पुग्छ भने कुनै दिनमा दुई पटक वा तीन पटकसम्म पनि खानु पर्ने हुन्छ ।

एन्टीबायोटिक्सको फाइदा तथा बेफाइदा

‘म्याजिक बुलेट’ भनेर चिनिने एन्टीबायोटिक्स चिकित्सा क्षेत्रको चमत्कारी देन हो । यसको सही प्रयोग हुन सकेको अवस्थामा मानव जीवन स्वस्थ रहन सक्छ । यस्ता एन्टीबायोटिक्स कुनै पनि व्याक्टेरियल संक्रमणमा हुन सक्दछ । यसले लामो समय सम्म गर्नु पर्ने उपचारलाई छोट्याएर केही समय सम्ममै पनि ठीक पार्न सक्छ ।

यसलाई विभिन्न रोगहरुमा प्रयोग गर्न सकिने हुदाँ एन्टीबायोटिक्सका फाइदा धेरै छन् ।

तर यसको सही प्रयोग नभएको खण्डमा यसको बेफाइदा धेरै हुनसक्छ । अझ भावी पुस्तामा यसको असर धेरै हुन सक्ने देखिएको छ । जस्तै,

समयमै एन्टीबायोटिक्स नखानु

डोज पूरा नगर्नुु

त्यस्तै, एन्टीबायोटिक्स प्रयोग गर्दा यसले शरीरमा भएको कुनै न कुनै कोषिकालाई असर पार्ने हुँदा यसका साइड इफेक्टस् धेरै हुने गर्दछ ।

एन्टीबायोटिक्सका कारण हुन सक्ने साइड इफेक्ट

–पखाला, दिशा लाग्नु

–मृगौलामा असर पार्ने

–कानमा असर

–शरीरमा रोग प्रतिरोधी क्षमतामा ¥हास आउने