७ क्विंटल घण्ट बरामद गरेको कञ्चनपुर प्रहरी फन्दामा, पिडित पक्ष नआए फिर्ता गर्ने तयारी

भुवन भट्ट,महेन्द्रनगर–महेन्द्रनगर बजारबाट शनिबार बिहान प्रहरीले झण्डै ७ कुण्डल मंदिरमा चढाइएका घण्ट बरामद गर्यो । ‘पुराना घण्टहरु घोटेर नयाँ बनाउदै बेचिने गरेको’ भन्ने सूचना पछि कञ्चनपुर प्रहरीले महेन्द्रनगर बजारको गल्लिनम्बर १ स्थित ठकुराटी भाडावर्तन पसलबाट साढे ६ क्विंटल घण्ट बरामद गरेको थियो ।

तर थप बुझ्दै जादा व्यापारीले कतै बाट चोरेर ल्याई नयाँ बनाएर बेच्ने गरेको भन्ने नरहेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक÷प्रवक्ता सिद्धराज न्यौपानेले बताए । डिएसपी न्यौपानेले धार्मिक आस्थावानहरुले नाम उल्लेख गरी देवीदेवताको मठमा चढाइएका ति घण्टहरु सुरक्षीत सजाइएका हुनुपर्नेमा छापा मार्ने क्रममा पदम ठकुराटीको पसलमा भेटिएपछि बरामद गरीएको जानकारी दिए ।
तर उक्त घण्टहरु महेन्द्रनगर स्थित सिद्धनाथ मंदिर व्यवस्थापन समितीले गुपचुपमा निर्णय गर्दे व्यापारी कहाँ बेचेको भन्ने जानकारी संकलन गर्न सकिएको प्रहरीले जनाएको छ ।

तर मंदिर व्यवस्थापन समितीले नै उक्त घण्टहरु बेचेको पाइएपछि बरामद गरिएका ति घण्ट कहाँ पु¥याउने भन्ने प्रहरीलाई चिन्ताको विषय बनेको छ । सार्वजनिक महत्वको विषय भएकाले मंदिरलाई नै पठाउनु पर्ने अवस्था देखीएको डिएसपी न्यौपानले बताए ।
तर मंदिरमा चढाइएका ति घण्टका पिडित पक्ष हाजिर नभएकाले अहिले केही गर्न सकिने अवस्था भने नरहेको उनले जनाए। उनले थपे,–‘ति घण्टहरुले वैद्यता प्राप्त गरे सम्बन्धीत व्यापारी कहाँ नै पु¥याउनु पर्ने अवस्था पनी नआउला भन्न सकिन्न।’
तर पुरातात्विक सम्पत्तिको रुपमा रहने घण्टहरु धार्मिक आस्था र विश्वास सँग जोडिएका छन् । तिनको संरक्षण गर्नु सबैको दायीत्व हो । घण्टहरुको सुरक्षा र उचित व्यवस्थापन गरिनुपर्ने कतिपय धार्मिक आस्थावानहरू बताउँछन्।
यता सिद्धनाथ मंदिर व्यवस्थापन समितीले भने पुराना करिब ७ कुन्टल घण्ट बिक्री गरीएको स्विकार गरेको छ । अध्यक्ष हिक्मद सिह भण्डारीले साधारण सभाबाट निर्णय गर्दे उक्त घण्टहरु ३ लाख ६६ हजार ४ सय १० रुपैयामा बेचिएको जनाए । तर प्रहरीले बरामद गरेका व्यापारी पदम ठकुराटीलाई भने नबेचिएको उनले जिकिर गरे । उनले भने,–‘ केही दिन अघि मात्रै निर्णय गरी समितीले कवाडी गुड्डु अन्सारीलाई उक्त परिमाणका घण्टहरु बिक्रि गरेको थियो।’

उनले भने,–‘मंदिर चलेकै पुराना घण्ट बिक्रि गरेर हो।’ मंदिरको हित, फाइदाका लागी नै घण्टहरु बिक्रि गर्ने गरेका उनले बताए ।

तर बरामद घण्टहरु भने सिद्धनाथ मंदिरकै रहेको अध्यक्ष भण्डारीले स्विकारे । घण्टहरु बिक्रीगरेको बाहिर आएपछि मन्दिर व्यवस्थापन समितीले आइतबार बिहान बैठक डाक्ने निधो गरेको छ । अध्यक्ष भण्डारीले उक्त घण्टहरु प्रहरीले बरामद गरिसकेकाले आफुहरुले नै बिक्रि गरेको आधिकारीक प्रमाण जुटाउन बैठक डाकिएको जानकारी दिए । तर उक्त घण्टहरु मंदिरमै पुर्याएर मंदिरको शोभा बढाइनुपर्ने कतिपय धार्मिक आस्थावानहरुको भनाई छ ।

उपाध्यायले भेटाईदिए हराएका किशोरको घरपरिवार

काठमाडौं — सामाजिक सन्जालमा निकै सक्रिय नेपाल सरकारका पूर्वसचिव भिम उपाध्यायले पछिल्लो समयमा पनि एक पछि अर्को असल काम गरिरहेका छ्न । उनको एक फेसबुक पोष्ट मार्फत २ वर्षदेखि हराईरहेका एक किशोरको घर पत्ता लागेको छ ।
जुन फेसबुकको एउटा पोष्ट गरेको ८ मिनटमा नै विगत २ वर्षदेखि हराईरहेका एक किशोरको घर परिवार पत्ता लगाउन सफल भयका हुन ।विगत २ वर्षदेखी घरपरिवारबाट सम्पर्क बिच्छेद भएका एक किशोरलाई पुर्व सचिव भिम उपाध्यायले घरपरिवार संग सम्पर्क गराईदिएका छन् ।
सल्यान जिल्लाको छत्रेश्वरी गाँउपालिका वडा न ३ तारुपरे स्थाई घर भएका यमराज घर्तिमगरले आफ्नो परिवारसंग सम्पर्क गरेका हुन् ।
किशोर हरिद्वारको बालगृहमा रहेको र परिवारको सम्पर्क नभएको स्टाटस फोटो सहित भिम उपाध्यायले फेसबुकमा पोष्ट गरेका थिय । पोेष्ट गरेको ८ मिनेटमै परिवार सम्पर्कमा आएको उपाध्ययले जानकारी दिए ।
साममजिक सन्जालमा निकै सक्रिय उपाध्यायले यस अघि पनि ६ वर्षको उमेरमा परिवारबाट सम्पर्कविहिन भएका स्याङ्जाको वालिङ नगरपालिका वडा नं ५ का सुकुन्त शर्मालाई हराएको ३७ वर्षपछि घर भेट्याईदिएका थिए ।

पशुपतिमा साधुमाथि खुकुरी प्रहार, १२ जना नियन्त्रणमा

काठमाडौं — काठमाडौंको पशुपतिनाथ क्षेत्रमा एक साधुमाथि खुकुरी प्रहार भएको छ । काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार सोमबार विहान साढे ५ बजे खुकुरी प्रहार भएको हो ।घाइते सन्तोष बाबाको वीर अस्पतालमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको अस्पताललाई उधृत गर्दै प्रहरीले जनाएको छ ।
एसएसपी सिंहका अनुसार विहान शौचालय जाने क्रममा साधुलाई एकजनाले पेटमा खुकुरी हानेका हुन् ।
घटनामा संलग्नताको आशंकामा १२ जना पक्राउ परेका छन् । उनीहरु घटनामा संलग्न भएको हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

गरिबी र भोकमरीबाट जनताको जीवन जोगाउन नेपालको गरिबमुखी नीति छ प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गरिबी र भोकमरीबाट जनताको जीवन रक्षा गर्न तथा अर्थतन्त्रलाई सबल बनाउन आफू नेतृत्वको सरकारले गरिबमुखी एवं समावेशी नीति अङ्गीकार गरेको बताउनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभाका सन्दर्भमा महासचिव एन्टोनियो गुटरेसले आज आयोजना गर्नुभएको खाद्य व्यवस्था सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका साथै कोरोना महामारीले खाद्य सुरक्षामा निम्त्याएका चुनौतीको सामना तथा अर्थतन्त्रको पुनरुत्थानका लागि त्यस्तो नीति अवलम्बन गरिएको बताउनुभयो ।

“विश्वमा प्रत्येक १० जनामा एक व्यक्ति कुपोषणको शिकार भएको छ, कोभिड–१९ को महामारीले खाद्य सुरक्षा अझ बिग्रेको छ भने महामारीका कारण अल्पविकसित र भूपरिवेष्टित विकासशील देशमा खाद्य आपूर्ति सञ्जाल र खाद्यान्नको मूल्यमा वृद्धि भएको छ”, कृषिमा रुपान्तरणकारी लगानीबाट नै सबैका निम्ति खाद्य सुरक्षा सुनिश्चित गर्न सकिने यथार्थ सुनाउँदै प्रधानमन्त्रीले भन्नुभयो ।

दिगो र उत्थानशील खाद्य व्यवस्था निर्माण तथा सन् २०३० सम्ममा भोकमरीलाई शून्यमा झार्न अन्तर्राष्ट्रिय समुदायले आफ्ना प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिनुभएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ । सम्मेलनलाई ४५ राष्ट्रका राष्ट्ररसरकार प्रमुखसहित १२० जना वक्ताले सम्बोधन गर्नुभएको थियो ।

माया, एउटा नसुल्झिएको रहस्य,

श्रीमती मालार्डलाई बिसञ्चो नै त थिएन तर उनी पूर्ण स्वस्थ पनि थिइनन् । पछिल्ला कतिपय वर्षदेखि मुटुको व्यथाले उनलाई निरन्तर दुःख दिइरहेको थियो । यहीबीच अचानक उनलाई श्रीमान्को मृत्युको दुःखद खबर दिनुपर्ने भयो । परिचितहरूले यस कुरामा निकै हेक्का पुर्‍याए र उनका श्रीमान्को मृत्युको समाचार सुनाउँदा बज्रपात पर्ने जस्तो गरी नभई सकेसम्म सहज होस् भन्ने गरी बिस्तारै थाहा दिए ।

उनलाई यो निर्मम समाचार सुनाउन उनकै बहिनी जोसेफिन अगाडि सरेकी थिइन् र अड्की(अड्की अनि आधा लुकाए जस्तो गरी त्यो सब भनेकी थिइन् । उनका पतिका साथी रिचर्ड्स पनि त्यहीँ, उनकै नजिक, थिए । उनी नै ती मानिस पनि थिए जसले सर्वप्रथम अखबारको कार्यालयमा रेलगाडी दुर्घटनाको खबर र त्यससँगै दुर्घटनामा ‘मर्नेहरू’को सूचीमा ब्रेन्टली मालार्ड भन्ने नाम पनि सामेल रहेको समाचार थाहा पाएका थिए । उनले यो समाचारको सत्यता जाँच्न दोस्रोपटक आएको टेलिग्राम पनि जाँच(परख गरेका थिए र अन्य कुनै अल्पभाषी वा अति मृदुभाषी परिचितलाई त्यो समाचार बे्रन्टलीको घरमा सुनाउन खटाउनुभन्दा उनलाई आफैँले त्यहाँ पुगेर सुनाउन हतार भएको थियो ।

उनले यो समाचार सुनिन् तर अन्य धेरै महिलाहरूले जस्तो प्रतिक्रिया जनाइनन्, उनी भर्खर आफूले सुनेको कुरा पत्याउनै नसकेको जस्तो गरी स्तब्ध पनि देखिइनन् । उनी बहिनीको अँगोलोमा बेरिएर केवल एकपटक ह्वाँह्वाँ गर्दै डाँको छोडेर रोइन् । अनि केही क्षणपछि दुःख, व्यथा र पीडाको आँधी मत्थर भयो, उनी एक्लै घरभित्र आफ्नो कोठातिर लागिन् । उनको चाहना थियो( उनलाई पछ्याउँदै अरू कोही पनि भित्र नआओस् । परिणाम त्यस्तै भयो ।

भित्र कोठामा झ्यालतिर फर्काएर राखिएको एउटा ठूलो आरामदायी ‘आर्मचेयर’ कुर्सी थियो । उनी मानौं त्यसमा धस्सिइँदै थ्याच्च बसिन्, उनलाई त मन, मुटु र आत्मा नै हल्लाउने गरी अनुभव भइरहेको शारीरिक थकानले झन् झन् तल थिचिरहेको थियो ।

उनले झ्यालबाट घरबाहिरको खुला दृश्य देख्न सक्दथिइन्, त्यहाँ लहरै उभिएका वृक्षहरू वसन्तका नयाँ पालुवा पाएर मस्तसित झुमिरहेका थिए । हावामा वषरको मनोरम सुगन्ध मिसिएको थियो । तल सडकमा कोही फौबन्जार व्यापारी आफ्नो मालसामान बेच्नका लागि चिच्याउँदै बिस्तारै हिँड्दै थियो । टाढा कतै कसैले गाइरहेको गीतको धुन मधुरो गरी उनको कानसम्म आइरहेको थियो, र असंख्य भङ्गेरा छतको किनारमा झुम्मिँदै एकनासले चिर्बिरचिर्बिर गरिरहेका थिए ।

नेपाली अनुवादक जयदेव गौतम
उनको झ्यालबाट पश्चिमतर्फ माथितिर हेर्दा आकाश देखिन्थ्यो । उनका आँखा त्यतातिर घुमे । टुक्रा(टुक्रामा बाँडिएर बादल यता र उता गर्दै एक अर्कोमाथि थुप्रिँदै अनि फेरि पर पर सर्ने गरिरहेको थियो । बादलको त्यस्तो खेलले गर्दा घरिघरि नीलो आकाश पनि देखा पर्थ्यो ।

उनले आफ्नो टाउको मानौं फ्याँके जस्तो गरी कुर्सीमा अड्याएकी थिइन् र पूर्णतः मौन थिइन् । जम्मा कतिकति बेला एक किसिमको गह्रौँ हिक्का घाँटीबाट बाहिरिन्थ्यो र उनको शरीर नै अचानक हल्लिन पुग्थ्यो, स्थिति ठीक त्यस्तो थियो जस्तो कुनै बालक केही सपना देखेर रुन्छ र फेरि सुत्नका लागि मच्चिई(मच्चिई चिच्याएर भर्खर थामिए पनि सुँक्कसुँक्क गरिरहेको अवस्था हुन्छ ।

उमेरले त उनी युवा नै थिइन्, शान्त र शालीन अनुहार थियो तापनि ठाउँठाउँमा अनुहार चाउरिएको थियो, सायद त्यहाँ भित्र(हृदयदेखि उब्जिएको तनाव वा त्यस्तै अन्य कुनै गहिरो सोचाइको प्रतिबिम्ब निरन्तर परिरहेको थियो होला । यतिबेला उनका आँखामा निराशा र निर्जनता मात्र थियो अनि त्यो नजर टाढा नीलो आकाशको कुनै भागमा एकटक गडेको थियो । तर, सायद उनको यो स्थिति केवल आन्तरिक अवस्थाको बाह्य झलक मात्र थिएन बरु थियो त उनको मनभित्र चलिहेको बौद्धिक द्वन्द्वको संकेत पनि ।
उनीसँग, उनीनजिक केही आउँदै थियो र उनी त्यसलाई कुरिरहेकी थिइन्, भयपूर्वक नै भए पनि । के थियो त्यो रु उनी आफैँलाई थाहा थिएन, किनभने त्यसलाई चिनेर केही नाम दिन नै पनि अत्यन्तै गाहारो थियो । तापनि उनले त्यस कुरालाई महसुस गरिन्( त्यो कुरा बादल फाटेर देखिएको नीलो आकाशबाट क्रमशः उनीनजिक आउँदै थियो, हावामा मिसिएको चित्ताकर्षक रङ्ग र मधुरो आवाज अनि मन्द सुवासका माध्यमबाट उनीनिर पुग्दै थियो ।

उनको छाती फुल्यो र धुक्धुकी ह्वात्तै बढ्यो । उनले आफूलाई अँगाल्ने गरी नजिक आउँदै गरेको कुरा चिन्न थालेकी थिइन्, र उनी अब आफ्नो इच्छाशक्तिद्वारा त्यसलाई पराजित गर्न तम्सेकी थिइन् तर उनको इच्छाशक्ति त्यत्तिकै शक्तिहीन थियो जति उनका मसिना र गोरा दुई हात हुन सक्दथे । अनि उनले बलपूर्वक आफूलाई त्यो भावनाबाट मुक्त गरिन्, तापनि टम्म बन्द नरहेका उनका ओँठबाट पुट्पुटाए जस्तो गरी केही शब्द बाहिरिए । उनले मानौँ सासैसासमा त्यही शब्द पटकपटक दोहोर्‍याइन्, ‘मुक्ति, मुक्ति, मुक्ति !’ यो शब्द उच्चारण गरेसँगै उनमा अहिलेसम्म छाइरहेको हेराइको शून्यता र नजरमा व्याप्त आतंक सबै उनका आँखाबाट हरायो । अब ती आँखा उत्सुक र चहकिला देखिन थाले । उनको नाडीको चाल पनि बढ्यो, रगतमा न्यानोपन सञ्चार भयो र शरीरका अङ्ग(प्रत्यङ्गमा अनौठो किसिमको विश्रान्ति अनुभव हुन थाल्यो ।

उनले आफैँलाई सोध्न भने छाडिनन्, उनमा अकस्मात् यसरी हावी हुन गएको भावना कुनै ‘राक्षसी खुशी’ थियो वा थिएन रु उनीभित्र एक किसिमको विचार उत्पन्न भयो जसले त्यो भावनालाई तुच्छ किसिमको भनेर पाखा लगाइदियो । उनलाई थाहा थियो, जतिबेला उनले आफ्नो जीवनसित गाँसिएका मायालु र स्नेही हातहरूलाई मृत्युको आलिङ्गनमा बाँधिएको देख्ने छिन्, अनि सधैँ उनलाई प्रेमभावले हेर्दै आइरहेको अनुहार स्थिर, धुलौटे र मृत अवस्थामा देख्ने छिन्, त्यतिबेला उनी फेरि रुन थाल्ने छिन् । तर उनलाई त्यो तिक्त अनि नमीठो क्षणभन्दा टाढा आउँदा वर्षहरूको जुलुस देखा पर्न थाल्यो जुन वर्षहरू सम्पूर्ण रूपले केवल उनका मात्र हुने थिए । अनि उनले सम्भावित ती आगामी वर्षहरूको स्वागतमा आफ्ना दुवै हात फिँजाइन् ।

ती आउँदा वर्षहरूमा अन्य कसैका लागि बाँच्नु पर्ने छैन, उनी केवल आफ्ना लागि बाँचे हुन्छ । त्यतिबेला त्यस्तो कुनै बलियो परिस्थिति पनि उनका सामु रहने छैन जसले उनलाई आफ्नो इच्छाविरुद्ध हिँड्न विवश पार्ने छ अनि महिला र पुरुषहरूमा एकले अर्कोमाथि आफ्नो इच्छा बलात् थोपर्न पाउने अधिकार पनि रहने छैन । बिजुली चम्के जस्तो क्षणिक प्रकाशमा उनले गरेको त्यो परिकल्पनालाई, उनीभित्रैको उदार आशयले हो अथवा क्रूर आशयले, कुनै अपराधभन्दा कम नठहर्‍याएको अनुभव उनले गरिन् ।
र यति भएर पनि उनी लोग्नेलाई माया त गर्थिन्, तर कहिलेकाहीँ मात्र । धेरैजसो भने गर्दिन थिइन् । यसले के नै फरक पाथ्र्यो र ! माया, एउटा नसुल्भिmएको रहस्य, को अर्थ आफू हुनुको सबल अनुभूतिका अगाडि कति नै पो लाग्न सक्छ र रु यस्तो सोच आएसँगै उनले अचानक आफू एक स्वतन्त्र व्यक्तित्व भएको बलियो भाव महसुस गरिन् ।
‘मुक्ति १ शरीर र आत्मा, दुवैलाई मुक्ति !’ उनले कानेखुसीको स्वरमा बर्बराउन छाडेकी थिइनन् ।

बाहिर, जोसेफिन बन्द ढोका अगाडि घुँडा मारेर बसेकी थिइन् र सानो प्वालबाट चियाउने प्रयास गर्दै भित्र पस्ने अनुमति खोज्दै पनि थिइन् । ‘लुइस, ढोका खोल ! विन्ती छ, ढोका खोल – नत्र तिमीले आफैँलाई बिरामी पो बनाउँछ्यौ । तिमी के गरिरहेकी छ्यौ रु विन्ती छ लुइस, भगवानका लागि ढोका खोल ।’

‘जाऊ, तिमीहरू गए हुन्छ । मैले आफूलाई बिरामी बनाउने केही काम गरिरहेकी छैन,’ ढोकाभित्राट आवाज आयो । खुल्ला झ्यालको छेउमा बसिरहेकी श्रीमती मालार्ड आफ्नो जीवनआयु लम्मिने विश्वाससाथ मदिरा सेवन गरिरहेकी थिइन् ।

आगामी दिनहरूका सम्बन्धमा उनले गरिरहेका विद्रोही कल्पनाहरू अहिले बितिरहेको समयभन्दा धेरै अगाडिका थिए । वसन्त यामका दिनहरू, र गर्मी समयका दिनहरू, र सबै किसिमका दिनहरू नितान्त उनका आफ्नै हुनेछन् । उनले तत्कालै ईश्वरसित आफ्नो जीवन लामो होस् भन्दै प्रार्थना पनि गरिन् । हिजो मात्रै त थियो, उनले कमजोर शरीरमा लुगलुग काम्दै आफ्नो जीवनआयु लामो पो छ कि क्या हो भन्दै सोचिरहेकी थिइन् ।

अन्ततः उनी आफू बसेको ठाउँबाट उठिन् र बिस्तारै ढोका खोलिन्, जहाँ उनकी बहिनी अधीरतापूर्वक उनैलाई कुर्दै भूइँमा बसिरहेकी थिइन् । उनका आँखामा ‘रोगी जीत’ थियो र उनी आफू चाहिँ कुनै विजय(उत्सवकी देवीजस्तै हिँड्दै थिइन् । उनले हात अगाडि बढाएर बहिनीको कम्मरमा समातिन् र बिस्तारै दुवैजना भर्‍याङबाट तल ओर्लिए । रिचर्ड्स भूइँतलामा उभिएरै उनीहरूलाई कुरिरहेका थिए ।

कसैले बाहिरबाट चाबी घुमाएर मूलढोका खोलिरहेको आभास भयो । आश्चर्य ! भित्र छिर्ने व्यक्ति ब्रेन्टली मालार्ड थिए( यत्रतत्र यात्राका दागहरूले भरिएका, आफ्नो झोला भिरेका र छाता बलियो गरी समातेका । उनी उल्लिखित दुर्घटना(स्थलभन्दा धेरै टाढा थिए, र उनलाई त त्यो दुर्घटनाबारे कुनै जानकारी नै पनि थिएन । उनलाई देख्नासाथ जोसेफिन कहालिएको देखेर अनि उनलाई मालार्डको आँखाअगाडि तत्काल पर्नबाट छेक्न खोज्दै रिचर्ड्सले हस्याङफस्याङ गरेको देखेर उनी विस्मित् भए ।

केही समयपछि डाक्टर त्यहाँ आइपुगे । श्रीमती मालार्डलाई राम्ररी चेकचाँच गरे । अनि भने, ‘हृदयाघात भएर उहाँको मृत्यु भएको हो । यस किसिमको हृदयाघात अत्यधिक खुशी थाम्न नसक्दा हुने गर्दछ ।’

अमेरिकि वाङ्मय जगतमा प्रथम पुस्ताकी नारीवादी लेखकका रूपमा सुस्थापित केट साउपन (सन् १८५०(१९०४० ले छजना सन्तान हुर्काउँदै जम्मा दुईवटा उपन्यास र एक सयभन्दा बढी कथा (तीन कथा(सङ्ग्रह० लेखिन् । उनको प्रस्तुत कथा सर्वप्रथम सन् १८९४ डिसेम्बरको ‘भोग’ पत्रिकामा ‘द ड्रिम अफ एन आवर’ (एक घण्टाको सपना० शीर्षकमा प्रकाशित भएको थियो तर तत्कालीन समयमा महिला तथा विवाहको सम्बन्धमा व्याप्त सामाजिक मूल्य(मान्यता एवम् अपेक्षाहरूलाई दृष्टिगत गरी उत्पन्न विवाद अनि अनावश्यक आलोचनाहरूबाट जोगिन उनले अर्को वर्ष अर्थात् सन् १९८५ जनवरीको ‘सेन्ट लुइस लाइफ’ पत्रिकामा त्यो शीर्षकलाई परिवर्तन गरी अहिलेको ‘द स्टोरी अफ एन आवर’ बनाएकी थिइन् । उनका अन्य रचनाहरूमा जस्तै मूलतः यो कथाले तत्कालीन अमेरिकी समाजमा स्त्रैण सचेतनता जगाउने र पुरुष(नियञ्त्रित समाजमा महिलाहरूको स्वतन्त्रता प्राप्तिको संघर्षलाई प्रतिबिम्बित गर्ने प्रयास गरेको मानिन्छ ।(अनुवादक)

आत्मविश्वास कसरी बढाउन सकिन्छ र केहि सुझावहरु

मानिसको जीवनमा आत्मविश्वासको ठुलो भूमिका रहेको हुन्छ । आत्मविश्वास बिना मानिसले जीवनमा केहि पनि गर्न सक्दैन…

प्रदेश नंम्बर १ मा माग्यो स्टाप नर्स

Ministry of Social Development, Province No.1 Vacancy for Staff Nurse
Vacancy 24 Sep 2021 900 0

Government Job Vacancy

Province Government, Ministry of Social Development, Province No. 1, Biratnagar: The following posts and levels of health workers are required at Koshi Hospital, Covid-19 Treatment Center, Province No. 1, Biratgarh, run by the Province Government for the treatment of patients infected with Covid-19, which has spread as a global epidemic; Since the appointment will be made in the service contract on the basis of the following grounds through interview;

Interested Nepali citizens who have reached the minimum qualification are invited to submit the application along with the required details within 7 days from the date of publication of this information (within the office hours on 2078-06-14) to the email address provided here.

Position: Staff Nurse
Level: 5th Level Assistant
Qualification Passed certificate level in nursing subject from a recognized educational institution
Service Facilities Salary scale prescribed by the state government for the post concerned and other facilities including 50% risk allowance prescribed by the state government

Application Process:

Download the application form from the website of this ministry and fill in the details along with the minimum educational qualification certificates, certificate of merit, certificate of character, certificate of Nepali citizenship, certificate obtained from the concerned council, and equivalent certificate for those who have studied abroad. The required documents must be uploaded and sent to vacancy.mosdp1@gmail.com.

Deadline for the day of application: Within 7 (seven) days (date: 2078-06-14 office hours) from the date of publication of the notice.

Selection Process:

1) Nursing in Nursing, ICU Training, ICU Work Experience,

2) Marks obtained in the interview.

Note:

1) Must be not disqualified as per sub-section (e), (f), and (g) of section 12 of Nepal Health Services Act, 2043.

2) As mentioned in No. 1 of the above evaluation bases, only a certain number of candidates will be included in the interview by shortlisting of the candidate who gets the highest marks. The results of the shortlisting and the date of the interview will be published on the Ministry’s website www.mosd.p1.gov.np on 2078-06-17 and on the website of the Directorate of Health, Dhankuta www.hd.p1.gov.np.

3) Due to the epidemic of Covid-19, the application form of the candidate who comes to the office to submit the application will not be taken. For more information, please visit the website of the Ministry of Social Development, Biratnagar at www.mosd.p1.gov.np and contact the Ministry on 021-442428.

4) The application form is available on the website of the Ministry www.mosd.p1.gov.np and the website of the Directorate of Health, Dhankuta www.hd.p1.gov.np.

– No action has been taken on the expired application form.

– There is no charge for the application.

Published date: 2078-06-08

डडेल्धुरामा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, २ जना पक्राउ

डडेल्धुरा— १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन्। डडेल्धुराको परशुराम नगरपालिकाकी बालिकालाई बलात्कार गरेको आरोपमा सोेही नगरपालिका–१० बस्ने २३ वर्षीय राम सिंह ठगुन्ना र दार्चुला नौगाड गाउँपालिका–५ घर भएका २७ वर्षीय जगदिश धामी पक्राउ परेका हुन्।
असोज ५ गते बलात्कार गरी भागेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरीले उनीहरुलाई बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

डडेल्धुराको बजारको यो थात्रो सडक

डडेल्धुरा जिल्ला सुदुरपश्चिमका सात पहाडि जिल्लाको केन्द्रमा रहेको जिल्ला हो । डडेल्धुराको भिमदत्त राजमार्ग भएर डोटि,डडेल्धुरा,बझाङ,बैतडी,बाजुरा,अछाम गाडिहरु गुडने गर्दछन् ,भने बागबजारको सडकखण्ड भएर बैतडी,बझाङ,र्दाचुला गाडिहरु गुडने गर्दछन ।
डडेल्धुरालाई स्मार्ट सिटि बनाउने योजना भने अमरगढी नगरपालिकाले लिएको थियो । स्मार्ट सिटिका लागि आधारभुत कुराहरु समेत हुनु सकेका छैनन् । स्मार्ट सिटि निर्माणका लागि प्रारम्भीक अध्ययन गरेर चरणबद्ध रुपले काम हुने आशा भने आम नागरिकमा रहेको छ ।
डडेल्धुरा बागबजार देखि किर्तिपुर सम्मको सडकखण्ड देख्दा गल्ली जस्तो देखिन्छ कारण व्यवस्थित नहुन नै हो । कहि खाल्डाखुल्डी त कहि खोका छाप्राले सडक अव्यवस्थित पारेको छ । निमार्ण सामग्रि हप्तौ सम्म सडक छेउमै हुनाले पनि दिनहस जसो ट्राफिक जाम हुने गर्दछ । सडक छेउमा छाडा गाईवस्तुले पनि उतिकै जोखिम बढाएका छन् ।
मुख्य बजारको रुपमा रहेको बागबजारमा त दिनहु जाम नै जाम रहन्छ कहिले एम्बुलेन्स पनि दशौं मिनेट जाम झेल्न बाध्य हुन्छन् । साघुरो सडकमा पसल अगाडि पार्किङ गर्नु, निर्माण सामग्री राख्नाले जाम संगै दुर्घटनाको जोखिम पनि बढेको छ । व्यवसायिहरुले गाडिहरु मनपरि ढङगले रोक्ने सामान लोड अनलोड गर्नाले जाम बढने आम स्थानिय को बुझाई छ ।
मुख्य सडक (बागबजार —किर्तिपुर) चौडा गर्नुका लागि २ पटक टेन्डर आएपनि दुई पटक नै रद्ध भएको छ । यसरि पुर्वाधर विकासमा बाधा हुदा आम नागरिले सास्ति खेप्नु परेको छ ।
चुनावि नाराको रुपमा रहेको यो सडकले भने आफ्नो मुहार फेर्न पाएको छैन् । सडकभरि खाल्डाखुल्डी, छाडा गाईवस्तु ले जिल्ला सदरमुकाम नै कुरुप बनेको छ ।
सुन्दर डडेल्धुरा बनाउनुका लागि यहाका स्थानिय जनप्रतिनिधि र आम नेता कार्यकर्ताहरुले सडकको स्तरोउन्नती म जोड दिन जरुरि देखिन्छ । जसले गर्दा सेवा प्रवाहमा पनि सहज हुने र सौन्र्दयता पनि बढने छ । सधै चुनावि नारामा मात्र सिमित नरहेर कामको पनि थालनी होस यहि छ सम्मुर्ण जिल्ला नागरिकको अपेक्षा । छाडा गाईवस्तुहरु नियन्त्रणमा सम्बनिधत निकायले ध्यान दिनु जरुरि देखिन्छ ।
दिपकराज भट्ट

असोज ११ देखि बसको अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौं — दशैंमा काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुका लागि असोज ११ गतेदेखि लामोदूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यवस्था विभागले बिहीवार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय भएको हो ।

यसअघि वर्षाका कारण सडकमा धेरै क्षति पुगेको र सवारी साधन सञ्चालन गर्न समस्या रहेको बताउँदै यातायात व्यवसायीले सडक मर्मत गरेर मात्र दशैँको अग्रिम टिकट खोल्नुपर्ने बताउदै आएका थिए ।

भोलि शुक्रवार सडक मर्मत सम्भारको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिशिरकुमार ढुंगानासँगको छलफलपछि उचित निर्णय लिने सहमति भएपछि अग्रिम टिकट बुकिङ खोल्न तयार भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

उनले सडकका कारण समयमा गाडी आउन नसके त्यसको जवाफदेही आफूहरु नहुने पनि स्पष्ट पारे । महासंघले भाडा समायोजनको विषयमा संघीय सरकारले निर्णय गरेको तर कतिपय प्रदेश सरकारले अझै भाडा समायोजन नगरेकाले तत्काल भाडा समायोजन गर्न माग गरेको छ ।

‘नेपालभर वर्षाको कारणले सडकहरु बिग्रिएका छन्, अहिले पनि दुई दिन जति गाडी आउन(जान समय लागिरहेको छ, नारायणगढदेखि सुनौलीसम्मको बाटो त अस्तव्यस्त नै छ, ग्रामीण सडकहरु बिग्रिएका छौँ,’ महासचिव सिटौलाले भने ।

खाल्डोहरु नपुर्दा दुर्घटना बढ्ने भन्दै उनले कसैले अवरोध नगरी सरासर आउने व्यवस्था हुनुपर्ने बताए । बाटो अवरुद्ध भएर गाडी आउन नसके त्यसको आफूहरु जवाफदेही नहुने सिटौलाले बताए ।

‘अधिकांश प्रदेशहरुले भाडा समायोजन गरेको छ, वागमती लगायत केही प्रदेशमा भाडा समायोजनको काम बाँकी छ, यो प हिामी चाँडै टुंगो लगाउनुपर्छ भनेर यातायात व्यवस्था विभागमार्फत् भनेका छौँ,’ उनले भने ।

राजधानीका १४ स्थानमा नागरिक सहायता कक्षहरु राजधानीका बसपार्क लगायतका सातै प्रदेश र सबै जिल्लामा राख्न छलफल भएको जानकारी दिए । उनले अनलाइन प्रविधिमार्र्फत बुकिङ गर्न चाहनेले सहजै बुकिङ गर्ने व्यवस्थाको शुरुवात गरेका यातायात कम्पनीहरुबाट सहजै बुकिङ गर्न सकिने बताए ।