डडेल्धुुराका सन्तोषले काठमाण्डौमा संञ्चालन गरे गल्र्स होस्टेलः घरको जस्तै आभास दिईने

डडेल्धुराः डडेल्धुराका सन्तोष ऐरले काठमाण्डौको पुरानो बानेश्वरमा गल्र्स होस्टेल संञ्चालनमा ल्याएका छन् । उनले विभिन्न सेवा सुविधा सहित होस्टेलको उद्धघाटन यहिँ बैशाख १ गतेका दिन गरेका हुन् । संञ्चालक ऐर भन्छन हामीले होस्टेल लाई घर जस्तै बनाएका छौ , हामीले सुरक्षा लाई बिशेष ध्यान दिएका छौ । हामीले विभिन्न सेवा सुविधा सहित सस्तो अनि राम्रो सेवा दिने लक्ष्य राखेका छौ ।

महा अभियानमा महताले गरे ४४ हजार सहयोग

डडेल्धुराः डडेल्धुराको भागेश्वर गाउँपालिका ५ सीराडमा रहेको सारदा मावि सिराडले कक्षा ११ र १२ संञ्चालन गर्नुका लागि केहि महिना अगाडि बाट आर्थिक संकलन अभियान सुरु गरेकोछ । महा अभियानमा भागेश्वर ५ सिराड घर भई हाल कैलालीमा सुदुर गारमेन्टस संञ्चालन गरि रहनु भएका रमेश बहादुर महताले नगद ४४ हजार ४ सय ४४ रुपैया सहयोग गरेका हुन् । ।
सुदुर गारमेन्टसका संञ्चालक महताले महा अभियानका संयोजक रतन चाडलाई नगद रकम हस्तान्तरण गरेका हुन् । अभियान बाट रकम संकलन भईरहेको अध्यक्ष चाडको भनाई रहेकोछ । यसरि महा अभियानमा सहयोग गरेकोमा सहयोगी दाताहरु लाई विद्यालय परिवारले धन्यबाद ज्ञापन समेत गरेकोछ ।

 

बझाङ उपनिर्वाचनः उम्मेदवारलाई चुनाव चिह्न प्रदान

बझाङः बझाङमा आगामी वैशाख १५ गते हुने प्रदेशसभा निर्वाचनका लागि ११ राजनीतिक दलका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ। नेपाली जनता दलका उम्मेदवार अशोक सुनारले उम्मेदवारी फिर्ता लिएसँगै ११ जनाको अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन आयोगले उम्मेदवारलाई चिह्न प्रदान गरेको हो।

मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का दमन भण्डारी, नेपाली काँग्रेसका अभिषेकबहादुर सिंह, माओवादी केन्द्रका जनक बुढा, नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी०का दिलबहादुर सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोरकुमार खड्का, नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही, जनमत पार्टीका सुशीला विष्ट, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपकबहादुर खड्का, जनता समाजवादी पार्टीका रामबहादुर जाग्री, नेसनल रिपब्लिक नेपालका कमल घर्तीमगर र राष्ट्रिय मातृभूमिका गजेन्द्रबहादुर थापालाई छुट्टाछुट्टै निर्वाचन चिह्न प्रदान गरिएको छ।

आगामी वैशाख २ देखि उपनिर्वाचन सम्पन्न भई मतगणना कार्य सम्पन्न नभएसम्म उपनिर्वाचन हुने जिल्लाभित्र मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनलाई नियन्त्रण गर्ने गराउने व्यवस्था मिलाउन गृह मन्त्रालय मुख्य निर्वाचन अधिकृतको कार्यालयले आग्रह गरेको छ। बझाङमा विद्यालयहरू वैशाख १३ र १४ गते बन्द गर्न पनि आयोगले आग्रह गरेको छ।

महा अभियानमा सिपि अस्पताल धनगढीले गर्यो ६६ हजार सहयोग

डडेल्धुराः डडेल्धुराको भागेश्वर गाउँपालिका ५ सीराडमा रहेको सारदा मावि सिराडले कक्षा ११ र १२ संञ्चालन गर्नुका…

पत्रकार महासंघको साधारणसभा रोक्न प्रेस युनियन डडेल्धुराको माग

डडेल्धुराः नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले पत्रकार महासंघको साधारणसभा रोक्न ध्यानाकर्षण पत्र बुझाएको छ । नेपाल पत्रकार महासंघले तोकेको जिल्ला शाखा, प्रदेश र केन्द्रीय अधिवेशन स्थगित गर्न युनियनले माग गरेको हो ।

लोकतन्त्रवादी पत्रकारहरुको अग्रणी संस्था युनियनले श्रमजीवी पत्रकारहरुको साझा संस्था महासंघले सुरु गरेको सदस्यता शुद्धीकरण अभियान तथा नयाँ सदस्यताको विषय किनारा नलाग्दासम्म साधारणसभा नगर्न आग्रह गरेको हो ।

युनियनका जिल्ला अध्यक्ष योगेन्द्र रावलले बिहीबार युनियनकर्मीको उपस्थितिमा महासंघका जिल्ला अध्यक्ष हिक्मत सिंहलाई पत्र बुझाउँदै सदस्यता टुंगो नलगाइ जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन घोषणा गरेकोमा आपत्ति जनाएका छन् ।

‘महासंघको नयां सदस्यता र नविकरणको अन्तिम टुंगो लागिनसकेको सन्दर्भमा अधिवेशनको अर्थ नरहने हुंदा अहिले अधिवेशन स्थगित गर्न अनुरोध गर्दछौ । पत्रकार महासंघको सदस्यताको अन्तिम टुंगो लगाएर मात्र अधिवेशनहरूको मिति तोक्न आग्रह गर्दछौ’ उनले बुझाएको पत्र भनिएको छ ।

432579168_1088136082301492_5234658024077726028_n-1712131824.jpg

आलिताल २ मा युवाहरुले बढाए सक्रियता

डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिका २ का युवाहरुले सामाजिक कार्यमा सकिृयता बढाएका छन् । औपचारीक रुपमा क्लब…

भारतमा रहेका तिनओटा नेपाली संस्था समायोजन, अध्यक्षमा बोहरा चयन

श्याम बोहरा (फरिदाबाद,दिल्ली)- भारतमा रहेका तिनओटा नेपाली संस्थाहरु समायोजन भइ नयाँ संस्था निर्माण भएको छ। भारतमा रहेर प्रवाशि नेपाली नागरिकहरुका हकहितमा काम गर्ने, प्रवाशि नेपालीका समस्यामा सहयोग गर्ने र दुःख, सुखमा साथ दिँदै आएका तिनओटा संस्थाहरु एक भएका हुन । हिमालयन जनकल्याण ट्र्ष्ट, मेचिमहाकाली जागरण अभियान र सेति महाकाली सेवा समिति समायोजन भइ देशभक्त नागरीक समाज गठन गरिएकोे हो ।

आज बसेको बैठकबाट तिनओटै संस्थाको सहमतीमा नयाँ संस्था निर्माण भएको हो, भने नयाँ निर्माण भएको देशभक्त नागरीक सामाजका अध्यक्षमा भने लामो समयदेखी भारतमा आफ्नै ब्यसाय सञ्चालन गर्दै आएका र प्रवाशि नेपालीको हकहितका लागी काम गर्दै आएका समाजसेवि ब्यक्तित्व सुरेन्द्र बोहरा चयन भएका छन ।

अध्यक्ष बोहराको नेतृत्वमा बसेको बैठकले बिभिन्न दस बुँदे निर्णय समेत गरेको छ । भारतमा रहेका लाखौँ प्रवाशी नेपालीका समस्या नेपाल सरकार समक्ष राख्ने र प्रवाशी नेपालीका हकहतिका लागी सरकारको ध्यानाकर्षण गराउने निर्णय समेत बैठकबाट गरिएको छ ।

बैठकमा भारतमा रहेर प्रवाशी नेपालीका समस्यामा मलम लगाउँदै आएका र दुखमा सहयोग गर्दै आएका युवा मदन सिहँ धामी ९कुशल० र रमेश बिकले प्रतीबद्दता सहित आफ्नो धारणा राखेका थिए ।बैठकको संचालन भने दिपक सिलालले गरेका हुन । अध्यक्ष बोहराले छिट्टै सम्पुर्ण प्रवाशी नेपालीलाइ समेटेर आम भेलाको आयोजना गर्ने समेत बताए ।

यस्तै यही मार्च ३१ का दिन केन्द्रिय कार्य समिति को घोषणा भेला आयोजना गरिएको छ। भेला पश्चात भारत का विभिन्न राज्य स्तरमा राज्य भेलाहरु समेत गरिने र सदस्यता अभियान सञ्चालन गरिने अध्यक्ष बोहराले बताएका छन ।

“यस अभियान मा भारत मा रहेका अन्य धेरै सामाजिक संघ संस्थाहरु र बौद्धिक स्तरले समेत एक्यवद्धता जनाइरहेका छन्,” अध्यक्ष बोहराले भने, “आम प्रवासी नेपालीहरु यसमा संगठित भइरहेका छन्, यो क्रम बढ्दो छ, खाली नाच्ने गाउने र मनोरञ्जन गर्ने भन्दा भारत स्थित नेपालीहरुको पक्षमा उनीहरूको हक र अधिकारको लागी काम गर्ने कुरा मुख्य छ”

अध्यक्ष बोहराको नेतृत्वमा बसेको बैठकले गरेका बिभिन्न दस बुँदे निर्णय

१। भारतस्थित प्रवासी नेपाली नागरिकहरुको तथ्याङ्क संकलन गर्न सरकारले यथासिघ्र पहल अगाडि बढाउनु पर्छ।

२। नेपाल–भारत सीमा नाकाहरुमा नागरिक आवागमनको दैनिक तथ्याङ्क संकलन प्रणाली अनिवार्य लागू गर्नुपर्छ, अतः भारत प्रवेश गर्ने हरेक नेपाली नागरिकहरुको लागी समयावधि, प्रयोजन र स्थान समेत तोकिएको निश्चित अनुमति प्रमाण पत्र सहितको व्यवस्था गरिनुपर्छ।

३। रोजगारको लागी भारत प्रवेश गर्ने हरेक नेपाली नागरिकहरु लाई राज्य ले तेस्रो मुलुकहरूमा जस्तै वैदेशिक रोजगारी सरहको मान्यता दिनुपर्छ।

४। भारतमा विभिन्न दैवीय प्रकोपका घटनाहरूमा परेर वा अन्य कुनै पनी दुर्घटनामा परेर अकालमै ज्यान गुमाउने मृतकका परिवारलाई राज्य ले मानवीय क्षति अन्तर्गत उचित आर्थिक क्षतिपूर्ति को अनिवार्य व्यवस्था गर्नुपर्छ।

५। भारतमा रोजगार गर्ने क्रममा नेपाली नागरिकहरु माथि लाग्ने विभिन्न आपराधिक,फौजदारी वा कुनै पनी सार्वजनिक मुद्दा मामिलाहरू को छानबिन,सजाय वा सफाई को सम्पूर्ण प्रक्रिया नेपालको कानुन मुताबिक हुने गरि नेपाललाई नै सुपुर्दगी हुने व्यवस्थाको लागी नेपाल सरकारले भारत सङ्ग पहल गर्नुपर्छ।

६। भारत वा विदेश बाट नेपाल फर्किने दक्ष युवाहरु लाई राज्यले आर्थिक सहुलियत स्वरूप सहज लोन को सुविधा उपलब्ध गराउनुपर्छ, ताकि उनीहरूको शिप र कला लाई राज्यको आर्थिक हितमा सदुपयोग गर्न सकियोस्।

७। भारत स्थित नेपालीहरूको अवस्था आवश्यकता अनुरूप राजदुतावासको भूमिका प्रवासी नेपालीहरु प्रति पूर्ण उत्तरदायी हुने गरी नागरिक मैत्री र अझ विशिष्ट बनाइनुपर्छ।

८। नेपाल र भारतबीच को सम्बन्ध लाई सामाजिक,राजनैतिक सांस्कृतिक तथा धार्मिक लगायत हरेक क्षेत्रहरूमा जसरी संसारमा एउटा उत्कृषट सम्बन्ध को रूपमा लिने गरिन्छ,अतः दुई देशबीच नागरिक स्तरमा समेत को सम्बन्ध विशिष्ट रहिआएको तथ्यलाई आत्मसाथ गर्दै भारतमा नेपालीहरुको लागी शिक्षा तथा स्वास्थ्य को क्षेत्रमा समेत केही विशेष र सहुलियतपूर्ण सम्बन्ध स्थापित गर्न राज्यले पहल गर्नुपर्दछ।

९।देशको कुल मतदाताहरुको संख्या मध्य झण्डै १० देखि २० प्रतिशत नेपाली मतदाताहरु रोजगारको लागी भारत लगाएत अन्य मुलुकहरूमा रहनुपर्ने बाध्यकारी परिस्थिति विद्यमान रहेकाले अतः प्रवासी नेपाली नागरिकहरुलाई आवश्यक प्रक्रिया पुर्याई सम्बन्धित मुलुकहरू बाट नै भोट खसाल्न पाउने नागरिकहरु को मौलिक तथा लोकतान्त्रिक हक सुनिश्चत गरिनुपर्छ। अर्थात मुलुकको लोकतान्त्रि व्यवस्थालाई अझै प्रभावकारी र बढी सहभागितामूलक र दीर्घकालीन बनाउन प्रवासी नेपाली नागरिकहरु लाई मतदान प्रक्रियामा अनिवार्य सहभागी गराइनुपर्छ।

१०। देशमा लामो ऐतिहासिक जनसंघर्ष तथा जनआन्दोलन को बावजूद प्राप्त“ संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल” जस्तो नौलो व्यवस्था स्थापना भइसक्दा समेत प्रवासी नेपाली नागरिकहरुका आकांक्षाहरुको सम्बोधन हुन नसक्नु, उनीहरूको मूल समस्याको समाधान तर्फ राज्यको ध्यान जान न सक्नु र प्रवासी नेपालीहरुको अवस्थामा कुनै पनी सुधार हुन न सक्नु एब प्रवासी नेपाली नागरिकहरु सधै अभिभावक र प्रतिनिधित्व विहिन हुनुपर्ने अवस्था विद्यमान रहेकाले देशको शासन प्रणालीमा प्रवासी नेपाली नागरिकहरुको प्रतिनिधित्व हुने गरी आवश्यक प्रक्रिया पुर्याई “प्रवासी समानुपातिक” कोटा सुनिश्चित गरिनुपर्छ ।

विद्यार्थी राजनीतिबाट उदाएका शाहिः नेकपा एमाले डडेल्धुराको कमाण्डो समाल्दै

डडेल्धुरा(दिपकराज भट्ट)- डडेल्धुराको गन्यापधुरा गाउँपालिका ३ सकायलमा वि.सं २०३७ साल माघ १० गते जन्मिनु भएका गजेन्द्र शाहिले विद्यार्थी राजनीती बाट आफ्नो यात्रा सुरु गरेका थिए । उनी सानै देखि राजनितीमा रुची राख्ने गर्दथे । उनी विद्यालयमा सकिृय विद्यार्थीको रुपमा रहेका थिए । शाहिले वि.सं. २०५२ साल देखि औपचारीक राजनीतीक यात्रा सुरु गरेका थिए । उनी २०५२ सालमा जनता मा.वि. सकायलमा माध्यमिक विद्यालय प्रारम्भीक कमिटीको सचिव पद समल्ने मौका पाएका थिए । उनले राजनीतीक यात्रा औपचारीक रुपमा अगाडि बढाए , उनी २०५६ सालमा अनेरास्ववियू डडेल्धुराको कमिटीको उप सचिव पदमा रहेर काम गरे यस्तै उनले २०५६ सालमा जिल्ला कमिटीको सचिव पद पनि समालेका थिए । उनले वि.सं. २०५९ सालमा युवा संघ डडेल्धुरा कमिटीको सह संयोजकमा रहेर जिम्मेवारी समाले । उनी २०६४ सालमा राष्ट्यि युवा संघ जिल्ला संयोजकमा निर्वाचितभएर जिम्मेवारी समाले । यस्तै २०६७ सालमा युवा संघको केन्द्रिय सदस्यमा रहेर काम गरे भने २०६९ सालमा युवा संघको स्यायी कमिटी सदस्यमा निर्वाचीत भए ।
उनी २०७५ सालमा युवा संघको केन्द्रिय उपाध्यक्ष पदमा रहेर काम गरे भने २०८० सालमा नेकपा एमाले डडेल्धुराको संयोजक पदको जिम्मेवारी पाए । उनी राजनितीमा निरन्तर सकिृय रहे यस्तै शाहि २०८० सालको नवौं जिल्ला अधिवेसन बाट नेकपा एमाले डडेल्धुराको जिल्ला अध्यक्षमा निर्विरोध अध्यक्षमा चयन भएका हुन् ।

 

महरालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौंः नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । महरा कपिलवस्तुबाट आजै पक्राउ परेका थिए । उनलाई भेपमा लुकाएर ल्याइएको सुन प्रकरणमा अनुसन्धान गर्नका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ लगत्तै उनलाई जिल्ला अदालतमा उपस्थित गराइएको थियो । जिल्ला अदालतले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

बहुचर्चित गीत ‘बैतडी कि बसन्ती’ का गायक जोशी लुधयिनामा हुने होली बिशेष कार्यक्रममा आउँदै

कञ्चनपुर(मनोज भट्ट)- भारतको लुधयिनामा हुने होली बिशेष कार्यक्रममा बहुचर्चित गीत ‘बैतडी कि बसन्ती’ का गायक हंसराज जोशी आउने भएका छन्। हाम्रो प्रतिभा सांस्कृतिक रंगमञ्चले आयोजना गरेको होलि विशेष कार्यक्रमको पाचौँ संस्करणमा गायाक जोशी आउने भएका हुन्।

गायक जोशीले कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगरस्थित खुला मञ्चमा सम्पन्न भएको सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा स्थान पाएका थिए।

बहुचर्चित गीत ‘बैतडी कि बसन्ती’ का गायक जोशीले काली काँजरमा, बोल माया बोल लगायतका थुप्रै गीतहरू सार्वजनिक गरिसकेका छन्। उनका गीत आशीर्वाद मिडिया प्रा.लि.द्वारा सञ्चालित सुदूर खबर वान मार्फत बजारमा आएका छन्। उनका गीतहरूले नेपाल लगायत भारतको कुमाउ क्षेत्रमा समेत चर्चा बटुलेको छ ।