भागेश्वर ५ का किसानहरुको लोप लाग्दो कृषि (हरौं एक रिर्पोट)

डडेल्धुरा(दिपकराज भट्ट) – डडेल्धुराको भागेश्वर गाँउपालिका तरकारि र फलपलुलका लागि प्रसिद्ध क्षेत्र हो । यँहा बिशेष…

नेपाल र भारतबीच क्रसबोर्डर डिजिटल भुक्तानी सम्झौता

काठमाडौं । नेपाल र भारतबीच क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्न दुईपक्षीय सम्झौता भएको छ । अहिलेसम्म…

सरकार र महावीर पुनबीच सातबुँदे सहमति, माइतीघरको आन्दोलन स्थगित

काठमाडौं – सरकार अनुसन्धान तथा विकास, नवप्रवर्तन र आविष्कारका लागि विकास बजेटको एक प्रतिशत रकम छुट्याउन…

नेपालमै पहिलोपटक ‘म्याथ पार्क’, विद्यार्थीले कसरी सिक्ने ?

विद्यार्थीलाई गणित विषय गाह्रो हुन्छ भन्ने मानसिकता हटाउने उद्देश्यले नेपालमा पहिलोपटक गणित उद्यान न ९म्याथ पार्क०को…

फोनको ब्याट्री १०० प्रतिशत र शून्य प्रतिशतमा कहिल्यै नराख्नुहोस्

काठमाडौँ ः स्मार्टफोन प्रयोगकर्ताका लागि फोनको ब्याट्रीमा समस्या हुनु नौलो कुरा होइन । फोन राम्रै अवस्थामा…

यस्तो लिंक अयो खोलेर नर्हेनुसः आक्रमणको शिकार

काठमाडौ ः नेपाल टेलिकमको १८‌‌औं वार्षिकोत्सवको अवसरमा विभिन्न उपहारहरु दिने नाममा शेयर भएको लिङ्कमा मालवेयर भेटिएको…

बैंकमा नगद झिक्न अब क्यूआर स्क्यान गरे पुग्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्था डिजिटलाइज हुने क्रम तीव्र रूपमा अघि बढेको छ । पहिले चेकबुकबाट मात्र नगद निकाल्न सकिने व्यवस्था थियो भने त्यो सेवा परिष्कृत हुँदै जाँदा एटीएम प्रणाली सुरु भयो ।
त्यस्तै अब बैंकबाट क्यूआर कोड स्क्यान गरी नगद निकाल्न सकिने भएको छ । पछिल्लो समय यस्तो सेवा नेपालका अधिकांश बैंकहरुले सञ्चालनमा ल्याएका छन् ।
क्यूआर कोडको माध्यमबाट नगद निकाल्न ग्राहक आफ्नो खाता भएको बैंकमा जानुपर्छ । टेलरमा आफ्नो मोबाइल बैंकिङ एपबाट क्यूआर स्क्यान गरी नगद निकाल्न सकिने सुविधा दिइएकाे छ ।
ग्राहकले निकाल्न चाहेको रकम सो टेलरमा बस्ने कर्मचारीले कम्प्युटरबाट स्वीकृत गरी ग्राहकलाई नगद दिनेछन् । यसले गर्दा बैंकमा एटीएम कार्ड वा चेक नलगी नगद निकाल्न सकिन्छ ।
नेपाल राष्ट्र बैंकले प्रत्येक बैंकलाई क्यूआर कोडका माध्यमबाट दिनमा बढीमा दुई लाख नगद दिने मिल्ने व्यवस्था ल्याएको छ भने महिनामा १० लाख नगद दिन सक्नेछन् । दैनिक नगद निकाल्ने सन्दर्भमा भने सबै बैंकका आ-आफ्नै नियम छन् ।
टेकपानासँग कुरा गर्दै नबिल डिजी बैंक (नबिल बैंक) का प्रमुख निरज शर्माले बैंकमा उपलब्ध भएको क्यूआर कोड स्क्यान सेवाले ग्राहकको चेक वा एटीएम बिर्सिएको वा हराएको खण्डमा ग्राहकले सहजै नगद निकाल्न सक्ने बताए ।
कतिपय अवस्थामा बैंकको एटीएम मसिनले काम गर्दैन भने कतिपय अवस्थाममा ग्राहकको एटिएम कार्डमा समस्या आएको हुनसक्छ । कतिपय अवस्थामा आफ्नो खाता भएको बैंकबाट चेक प्रयोग गरी नगद निकाल्न जाँदा हस्ताक्षर नमिल्ने हुनसक्छ ।

नगद तुरून्त आवश्यकता परेको अवस्थामा ग्राहकले सहजै क्यूआर कोड स्क्यान गरी केही मिनेटमै नगद निकाल्न सक्छन् । हाल आफूले जुन बैंकको मोबाइल बैंकिङ सेवा प्रयोग गरेको छ, त्यसैबाट मात्र क्यूआर कोड स्क्यान गरी नगद निकाल्न सक्नेछन् ।

शर्माले भने, ‘ग्राहकले जुनसुकै बैंकबाट केही शुल्क तिरी क्यूआर कोड स्क्यानबाट नगद झिक्न सक्ने व्यवस्थाका लागि राष्ट्र बैंकसँग पहल गरिरहेका छौं ।’

नेपाली युनिकोडमा टाइप गर्ने सजिलो तरिका

हरिजङ्ग थापा
काठमाडौं । ल्यापटप अथवा कम्प्युटरमा सिधै नेपालीमा टाइप गर्नुपर्‍याे भने के गर्ने ? विकल्पहरू त टन्नै छन् । तर सजिलो उपाय के होला ? आज म यिनै कुराको जवाफ लिएर आएको छु ।नेपाली युनिकोड किन जरूरी छ वा यसको महत्व के छ ? कुरा यहीँबाट सुरु गरौं । युनिकोड भनेको युनिभर्सल कोड हो । जब हामी नेपाली अक्षरलाई युनिकोडमा लेख्छौं, त्यो गुगल वा इन्टरनेटको दुनियाँले पनि सहजै पहिचान गर्न सक्छ ।

यसैकारण हामीले समाचारहरू नेपाली अक्षरमा पढ्न सक्छौं । इन्टरनेटमा केही कुरा खोज्नुपर्यो भने नेपाली भाषामै खोज्न सक्छौं । मोबाइलमा त यसका लागि विभिन्न किबोर्डहरू छन् ।
उदाहरणका लागि हाम्रो किबोर्डलाई लिन सकिन्छ । जसले हामीलाई मोबाइलबाट नेपाली युनिकोडमा लेख्न एकदमै सजिलो बनाएको छ । ल्यापटप अथवा कम्प्युटरबाट पनि सजिलै युनिकोडमा लेख्न मिल्ने टुलहरू टन्नै विकास भएका छन् ।

अहिले विभिन्न वेबसाइट बनेका छन्, जसबाट हामीले रोमनमा नेपाली टाइप गर्न सक्छौं । नेपाली फन्टमा भएका अक्षरहरूलाई एक क्लिकमै युनिकोडमा रूपान्तरण गर्न पनि सक्छौं । जसको लागि इन्टरनेटको जरूरत भने पर्छ ।इन्टरनेट नहुँदा माइक्रोसफ्ट वर्डमा नेपाली फन्ट सेलेक्ट गरेर पनि पनि नेपाली अक्षरहरू लेख्न त सकिन्छ । वा विण्डोजमा ल्याङ्वेज सेटिङमा गई नेपाली युनिकोड छनौट पनि गर्न सकिन्छ ।
तर सधैं नेपाली युनिकोडमा टाइप गर्नका लागि भने मदन पुरस्कार पुस्तकालयले काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्ववदयलय लगायतसँग सहकार्य गरी विकास गरेको नेपाली युनिकोड टुल एकदमै सजिलो र भरपर्दो छ ।
नेपाली टाइपिङ जान्ने र नजान्ने दुवैका लागि यो टुल निकै उपयोगी छ । प्रिति वा अन्य फन्टमा टाइप गर्ने बानी छ भने Nepal Unicode Traditional र बानी छैन भने Nepali Unicode Romanized टुल चलाउन सकिन्छ ।
आज म भिडिओमार्फत् यो टुल कहाँबाट डाउनलोड गर्ने ,कसरी इन्स्टल गर्ने र चलाउने भनेर जानकारी दिँदैछु ।

५० वर्षअघि आजकै दिन इन्टरनेटबाट पठाइएको थियो पहिलो म्यासेज

काठमाडौं । ५० वर्षअघि आजकै दिन (२९ अक्टोबर, १९६९) इन्टरनेटमार्फत दुई अक्षर एक कम्प्युटर अर्को कम्प्युटर पठाइएको थियो । जसले जानकारी बाँड्ने र सञ्चार गर्ने तरिकालाई आमूल परिवर्तन गर्‍यो ।
युनिभर्सिटी अफ क्यालिफोर्नियाका प्राध्यापक लियानार्ड क्लेनरक र उनका विद्यार्थी चार्ली क्लाइनले एक कम्प्युटर अर्को कम्प्युटर पहिलो पटक सन्देश पठाएका थिए । क्लेनरले विश्वविद्यालयको कम्प्युटर स्ट्यान्डफर्ड रिसर्च ईन्स्टिच्युटमा एडभान्स रिसर्च प्रोजेक्ट एजेन्सी नेटवर्क (अर्पानेट) मार्फत सन्देश पठाएका थिए । यही अर्पानेट आज इन्टरनेटको रूपमा परिचित छ ।
अमेरिकाको रक्षा मन्त्रालयको लागि काम गर्ने विश्वविद्यालयहरू एआरपीए प्रविधि (अहिलेको डीएआरपीए) मार्फत अर्पानेटमा जोडिएका थिए ।

पहिलो सन्देश पठाउन संलग्नमध्येका एक क्लाइनका अनुसार त्यो बेलामा अमेरिकाका चार वटा विश्वविद्यालयसँग मात्रै कम्प्युटर थिए । त्यस्ता कम्प्युटर एउटा कोठा जत्रा थिए ।
क्लेनरक र क्लाइनले अर्को कम्प्युटर लगिन (login) भन्ने सन्देश पठाउन चाहन्थे । तर, उनीहरूले सन्देश पठाउन दुई अक्षर मात्रै लेखिसक्दा सिस्टममा समस्या देखियो ।
उनीहरूले लगिन भनेर पठाउन खोज्दा L र O अक्षर मात्रै पठाउन सके । अङ्ग्रेजीमा LO को अर्थ हेल्लो भन्ने हुन्छ । यो शब्द विशेषगरी कसैको ध्यान केन्द्रित गर्नुपर्दा प्रयोग गरिन्छ ।
उनीहरूले पहिलो सन्देश पठाएको दुई वर्षपछि सन् २०७१ मा एमआईटीका अनुसन्धानकर्ता रे टोम्लिङसङ पहिलो इमेल पठाउन सफल भएका थिए । त्यो बेलामा पहिलो पटक इमेल एड्रेसमा @ प्रयोग भएको थियो ।
हामीले अहिले प्रयोग गर्ने वर्ल्ड वाइड वेब (www) प्रविधि भने १९८९ मा मात्रै आएको हो । बेलायतका कम्प्युटर वैज्ञानिक टिम बेर्नरले यसको आविष्कार गरेका हुन् । यही प्रविधिले हाम्रो जीवनशैली परिवर्तन गरेको छ । बेर्नरले सन् १९९१ मा आफ्नो पहिलो वेब पेज बनाएका थिए ।
आजको प्रविधिलाई परिभाषित गर्ने यी प्रविधिहरू आविष्कार हुने बित्तिकै व्यापक प्रयोगमा आएका होइनन् । यो प्रविधिलाई व्यापक बनाउने काम भने अहिलेका चल्तीका प्रविधि कम्पनीहरूले गरेका हुन् ।
सन् १९९५ मा अमेजन, १९९८ मा गुगल र सन् २००४ मा आइट्युन र सन् २००४ मा फेसबुक जन्मिएपछि इन्टरनेट र वेब प्रविधिमा आमूल परिवर्तन आयो ।

फेसबुक कम्पनीको नयाँ नाम अब ‘मेटा’

काठमाडौँ — फेसबुकले आफ्नो प्यारेन्ट कम्पनीको नाम परिवर्तन गरेको छ । फेसबुकका प्रमुख कार्यकारी अधिकृत९सीईओ० मार्क जुकरबर्गले बिहीबार अब कम्पनीको नाम ‘मेटा’ रहने घोषणा गरेका हुन् ।
सीईओ जुकरबर्गले नयाँ नामले कम्पनीको भविष्यप्रतिको दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने बताएका छन् । कम्पनीको नाम परिवर्तन भए पनि सामाजिक सञ्जालका नाम भने पुरानै रहने पनि उनले बताएका छन् । फेसबुकले इन्स्टाग्राम, ह्वाट्सएप र ओकुलस पनि चलाउँदै आएको छ ।
फेसबुकले अब सामाजिक सञ्जालभन्दा बाहिरका क्षेत्रमा पनि आफ्नो काम विस्तार गर्ने जनाएको छ । जसका लागि नयाँ नाम चाहिएको पनि उसले जनाएको छ । फेसबुकले केही समय अगाडि मात्रै भर्चुअल रियालिटीका क्षेत्रमा काम गर्ने गरी विकास गर्न लागेको ‘मेटाभर्स’ प्रोजेक्टका लागि युरोपमा १० हजार कर्मचारी नियुक्तिको तयारी गरेको घोषणा गरेको थियो ।
मेटाभर्सलाई ‘इन्टरनेटको भविष्य’ भनेर चर्चा गरिएको छ । कतिपयले यसलाई भर्चुअल रियालिटीकै परिष्कृत रूप पनि भनेका छन् । जसरी सन् १९८० को दशकमा ठूला–ठूला मोबाइल सेटलाई अहिले स्मार्टफोनले विस्थापित गर्‍यो, त्यसरी नै भर्चुअल रियालिटीलाई मेटाभर्सले विस्थापित गर्ने बताइएको छ । बीबीसीका अनुसार सबै प्रकारको डिजिटल प्रविधिलाई मेटाभर्सले जोड्ने काम गर्छ । त्यसका लागि अहिले कम्प्युटरको प्रयोग भए पनि मेटाभर्समा भने टाउकोमा लगाउने एउटा उपकरण९हेडसेट० प्रयोग गरिनेछ ।
अहिले भर्चुअल रियालिटी प्रायस् गरेर गेम खेल्नका लागि प्रयोग हुने भए पनि मेटाभर्समा भने खेल, कार्यक्रम आयोजना, चलचित्र हेर्न वा गफगाफका लागि समेत सहज हुने बताइएको छ । मेटाभर्स अहिले एउटा सोच भएकाले ठ्याक्कै यही हो भनेर परिभाषित गर्न कठिन हुने पनि प्रविधि विश्लेषकहरूको भनाइ छ ।