न्युयोर्क – मानिसजातिले मंगल ग्रहमा पहिलो पटक आँखा राखेपछि, यसले सधैं मानिसको ध्यान खिचेको छ ।…
रोचक
मदिराको लतबारे यस्तो नयाँ खुलासा
काठमाडौंः आजकल कयौँ मानिस मदिराको लतका कारण समस्यामा छन्। विश्वमा कयौँ यस्ता मानिस छन्, जो मदिराको लतमा छन्। मदिरा पिउनु स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुन्छ। तर यसका बावजुद पनि मानिस मदिरा सेवन गर्ने गर्छन्।
कयौँ मानिस मदिराको सेवनबाट आफ्नो नियन्त्रण नै गुमाउँछन् र हंगामा मच्चाउँछन्। आखिर मदिरामा त्यस्तो के चिज छ र मानिस यसको सेवनका लागि मरिहत्ते गर्न थाल्छन् ? हाल आएर भने वैज्ञानिकले मानिसलाई मदिरा सेवनको लत किन लाग्छ भनेर खुलासा गरेका छन्। एक नयाँ अध्ययनमा मानिसमा मदिराको लतबारे बाँदरमा भएको अध्ययनलाई समेत जोडिएको छ। वैज्ञानिकका अनुसार बाँदर खानका लागि पाकेको र थोरैमात्र सडेको फल खोज्छन्। वैज्ञानिकका अनुसार बाँदरले खाने फलमा २ प्रतिशत अल्कोहलको मात्रा हुने गर्छ। रोयल सोसाइटी ओपन साइन्सका जनरलमा यो अध्ययन प्रकाशित भएको हो।
बायोलोजिस्ट रोबर्ट डुडलेले करिब २५ वर्ष सम्म मानिसमा मदिराको लतको बारेमा शोध गरिरहेका छन्। उनी बर्कलीको युनिभर्सिटी अफ क्यालिफोर्नियामा काम गर्छन्। उनले मानिसमा मदिराको लतको विषयलाई लिएर २०१४ मा एक पुस्तक लेखेका थिए। जसको नाम ‘द ड्रकेन मङ्कीः ह्वाइ वि ड्रिक एन्ड एब्यूज अल्कोहल’ थियो। यो किताबमा उनले मानिसमा बाँदरबाट मदिराको लत लागेको संकेत दिएका छन्। पाकेको फलमा अल्कोहलको बासना आउँछ। यसैले बाँदर खानका लागि पाकेको फलको पर्खाइमा हुन्छ। यसो गर्नाले बाँदर उसले खाने फलमा अल्कोहलको अंश मिलोस्।
मानिसमा मदिराको लत पत्ता लगाउन नयाँ अध्ययन भएको छ। यो अध्ययनले ‘ड्रकन मङ्की हाइपोथेसिस’ लाई समर्थन गर्छ। युनिभर्सिटी अफ क्यालिफोर्नियाका बायोलोजिस्टले यो अध्ययन गरेका हुन्। बायोलोजिस्टले पनामामा पाइने ब्ल्याक हेडेड स्पापइडर बाँदरले खाएको फल र त्यसको पिसाबको नमुना संकलन गरेका थिए। अध्ययनमा बाँदरले केही गलेको फल खाएको देखा प¥यो। किनकी मदिरामा अल्कोहलको मात्रा २ प्रतिशत मात्रै पाइएको थियो। जुन प्राकृतिक रुपमै आएको थियो।
फलमा अल्कोहलको मात्रा लो–अल्कोहल बियरको बराबरी मात्रै हुन्छ। यसका साथै बाँदरको पिसाबमा पनि अल्कोहल पाइएको थियो। अध्ययनबाट मदिराको प्रयोग शक्तिका लागि गरिने देखाइएको छ। यो अध्ययनमा संलग्न क्रिस्टिना क्याम्पबेलका अनुसार मानिस जस्तै बाँदर पनि अल्कोहल भएको फल खान मन पराउँछन्।

गाईको महत्त्व
गाईको महत्व अनन्त छ। गाईबाट प्राप्त हुने हरेक वस्तु अमृत समान हुन्छ, जुन कुरा धर्मशास्त्रमा पनि…
पुण्य गौतमले दुई दिनको टिकटकको कमाइ गरे सार्वजनिक, अंशु वर्मा समेत परे मुर्छा !
काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम यतिबेला टिकटकमा छाएका छन् । उनको टिकटकको…
कञ्चनपुरका अंशु : टिकटकबाट १५ महिनामा डेढ करोड
कञ्चनपुरको भीमदत्त नगरपालिकाका २२ वर्षीय अंशु बर्मा टिकटक प्रयोगकर्ताका बीच परिचित छन्। अभिनय कलाले नभई टिकटकमा…
आफुले चाहेको मान्छेलाई “आइ लभ यु” भन्ने सबैभन्दा उपयुक्त समय कुन हो
“आइ लभ यु” यी तिन सब्दले मान्छेको जिन्दगि परिवर्तन गर्नसक्छ। यसले तपाइंको जिवन जिउने तरिका र स्वाभाव नै परिवर्तन गर्नसक्छ। तर यिनै सब्द सहि समयमा प्रयोग भएनन् भने तपाइंले चाहेको नतिजा नआउन पनि सक्छ। यदि तपाइँ कसैलाई मन पराउनु हुन्छ र प्रेम प्रस्ताव राख्न चाहानु हुन्छ भने त्यसका लागि तपाइले कति समय पर्खिदा सबैभन्दा राम्रो हुन्छ तरु यस बिसयमा ब्रिटेनमा एक रिसर्च भएको छ। एक डेटिंग साइटले दुइ हजार महिला र पुरुष संग गरेको कुराकानीको आधारमा यस्तो निष्कर्ष निकालेको छ।
यस रिसर्चमा सामेल भएका ३१ प्रतिसत मानिसहरुले रिलेसन सुरु भए लगत्तै डेटिंग जान रुचाउने बताएका थिए। यसैगरी अरु ३४ प्रतिसत मानिसहरुले, एकअर्काको हात समाउन एक देखि दुइ हप्ताको समय लगाउने बताएका थिए। अनि २७ प्रतिसत मानिसहरुले बताएका थिए कि, उनीहरु आफ्नो पार्टनर संग फिजिकल रिलेसन राख्नको लागि मात्र १ देखि दुइ हप्ताको समय लिने गर्छन। यसैगरी २३ प्रतिसत मानिसहरुले भने यसका लागि कमसेकम महिना दिनको समय लाग्ने बताएका थिए।
६० प्रतिसत मानिसहरुले आफ्नो पार्टनरलाई बेस्टफ्रेण्ड भन्नको लागी उनीहरुलाई ६ महिना समय लाग्ने बताएका थिए। अध्ययन अनुसार ब्रिटिस नागरिक यसका लागि ५ महिनाको समयलाई सबैभन्दा उपयुक्त समय मान्छन र १५७ दिनपछी सामाजिक संजालमा आफ्नो रिलेसनशिप अपडेट पनि गर्छन्। यो रिसर्चमा ६ महिना पछिको रिलेसनलाइ सबैभन्दा आदर्श मानिने बताइएको थियो। अध्ययन अनुसार यस दौरान दुबैले एक अर्काको कमिकमजोरी पत्ता लगाइसकेका हुन्छन् अनि उनीहरुले आफ्ना पार्टनरलाइ आफ्नो परिवार संग पनि भेट गराई सकेका हुन्छन्।
रिसाएको पार्टनरलाई कसरि फकाउनेरु स् प्रेमीप्रेमिकाको जीवनमा सानातिना नोकझोक त भैरहन्छन तर कहिलेकाहिँ अन्जानमा एकअर्काको दिलमा यसरि ठेस पुग्छ कि ऊ धेरै दिन सम्म रिसाउँछ। हो, लडाई झगडा त हरेक सम्बन्धमा हुन्छ, तर समय मा यो असन्तुष्ट पार्टनरलाइ खुशी पार्नु बुद्धिमानी हुन्छ, किनभने जति लामो समय हुँदै जान्छ त्यति नै कुराहरु खराब हुन सक्छन्। यदि रिसाएको पार्टनरलाइ कसरी मनाउने भनेर सोचिरहनु भएको छ भने, केहि सुझावहरू बताउदैछु जुन तपाईंको लागि धेरै सहयोगी साबित हुनसक्छन।
रिसाउनुको कारण जे भए पनि र पार्टनरको मुड जतिसुकै खराब भएपनि तपाईंको एक मिठो चुम्बन रिसाएको पार्टनरलाई मनाउन उपयोगी हुनसक्छ। मायालु चुम्बनमा यस्तो सक्ति हुन्छ जसले रिस राग अनि पिडा भुलाउन मदत गर्छ। हो, चुम्बनको साथमा एक मायालु अँगालोले रिसाएको पार्टनरलाइ पगाल्न सक्छ । यदि पार्टनर धेरै नै रिसाएको छ भने उनीहरूको मुड फूलहरुले सुधार गर्न सकिन्छ। हप्तौ देखि रिसाएको तपाइँको मायालु पार्टनरलाइ फूलको गुलदस्ता वा उसलाई मनपर्ने कुनै फूल दिनुहोस्। फूलहरूको साथ तपाईं आफ्नो पार्टनर संग गल्तीको लागि माफी माग्न सक्नुहुन्छ। जव तपाईं फूलहरुको साथमा बिनम्र भएर उनलाई “आइ लाभ यु” भन्नुहुन्छ , त्यसपछि हेर्नुहोस् कि कति समय सम्म ऊनी तपाईंसँग रिसाउन सक्छन्।
भनिन्छ कि कसैको मुटुमा पुग्ने बाटो उसको पेटबाट हुँदै जान्छ, त्यसो भए किन तपाईं उसलाई यो तरिकाबाट मनाउनुहुन्नरु यदि तपाईं खाना पकाउनमा माहिर हुनुहुन्छ भने आफ्नो पार्टनरको लागि विशेष र मनपर्ने खाना बनाउनुहोस्। अनि उनलाई प्रेम पुर्वक तपाइंको हातबाट बनेको खाना खुवाउनुहोस। यसो गर्दा पार्टनरको सबै रिस हराउन सक्छ। यदि तपाई कुरा गर्नमा निपुण हुनुहुन्छ भने तपाईको फोन उठाउनुहोस् र फ्लिमी बन्नुहोस्। तपाईंको साथीलाई व्हाट्सएप या म्यासेन्जरमा मायाले भरिएको भ्वाईस सन्देशहरू पठाउनुहोस्, आफ्ना गल्तीको लागि माफी माग्नुहोस् वा उनीहरूसँग कुरा गर्नुहोस् जसरी तपाईं सम्बन्धको सुरुवातमा एकअर्कासित कुरा गर्नुहुन्थ्यो। यसरि रोमान्टिक भएर कुरा गर्दा तपाईंहरु सम्बन्धको सुरुवाती दिनहरुमा पुग्नु हुनेछ, जहाँ धेरै रोमान्स अनि खुशी थियो। यसरि रिसाएको पार्टनरको मनलाई अन्तै मोडेर खुशी पार्न सकिन्छ।
यदि तपाइंको पार्टनर तपाईंसँग रिसाउँदै बोलेको छ र तपाईंलाई बारम्बार भन्दैछ कि “ऊ झगडाबाट थकित छ र अब तपाईंसँग हुन चाहँदैन” त्यस्तोबेला तपाईं प्रेम भरिएको आवाजमा उसको तारिफ गरिदिनुस। भन्नुहोस् “रिसाउँदा त तिमि झन् राम्री देखिन्छौ। ” यसले तपाइको बिग्रिएको सम्बन्ध राम्रो बनाउन सक्छ। यदि तपाईं आफ्नो पार्टनरलाइ मनाउन चाहानुहुन्छ भने उसलाई मनपर्ने वा खाँचो परेका चीजहरू खरीद गर्नुहोस् र रोमान्टिक तरिकामा दिदै आश्चर्यचकित बनाउनुहोस्। यसले पार्टनरको रिस क्षण भरमै सान्त हुनसक्छ। मानौ कि तपाइंको पार्टनर तपाईं संग रिसाएको छ। तपाईंलाइ थाहा छ कि उसलाई कुनै कपडा मन परेको थियो। त्यस्तो बेलामा तपाईं त्यो कपडा उसको लागि किनिदिनुहोस अनि गिफ्ट पेपरले प्याक गरेर उसको हातमा राख्दै आफ्नो कान समाएर ऊ संग माफी माग्नुहोस्। यस्तो ब्यबहारले जो कोहिको पनि मन पगाल्न सक्छ।
तपाइँ दुबै एक अर्कासँग कुरा गर्न चाहानुहुन्छ, तर पर्खिरहनु भएकोछ कि कसले पहिले बोल्ने भनेर। त्यस्तो हो भने इगोलाइ साइडमा राख्नुहोस अनि पार्टनरलाई कल गर्नुहोस् र कुनै रोमान्टिक गित गाइदिनुहोस वा प्रेमिल कुरा गर्नुहोस्। यसरि पार्टनरलाई प्रभावित गर्नुसकिन्छ। प्रेममा कहिलेकाही बचपना पनि गर्न जरुरि हुन्छ । रिसाएको पार्टनरलाइ मनाउनको लागि कहिलेकाहिँ सायरी फ्लिमी डायलग पनि उपयुक्त हुनासक्छन्। बिग्रेको सम्बन्ध सुधार गर्न अलि रोमान्टिक हुनु जरुरि हुन्छ। यदि पार्टनर रिसाएको छ भने उसको अगाडि सेक्सी पोशाक लगाउनुहोस् वा उसँग रोमान्टिक कुरा गर्नुहोस्। तपाइँका सम्बंधका पुराना यादगार पलहरु सम्झनुहोस्, ताकि उसको क्रोध प्रेममा परिवर्तन होस् ।

मध्यरातमा बारम्बार बिउँझिने महिलाहरुको कम उमेरमा मृत्यु हुने सम्भावना धेरै
एक अध्ययनका अनुसार रातमा बारम्बार बिउँझिने महिलाहरुको कम उमेरमा मृत्यु हुने सम्भावना धेरै हुन्छ । ८…
विश्वकै उत्कृष्ट ह्याण्डराइटिङ लेखेर नेपालको नाम विश्वसामु चिनाउन सफल प्रकृति मल्ल
काठमाडौ । सानै उमेरमा विश्वकै उत्कृष्ट ह्याण्डराइटिङबाट विश्व रेकर्ड राखेकी प्रकृति मल्लको बारेमा थाहा नपाउने कमै…
महिलाबाट एकैपटक १० शिशुको जन्म
एजेन्सी- दक्षिण अफ्रिकी महिलाले एकैपटक १० शिशुलाई जन्म दिएकी छिन् । गोसियामी थामारा सिथोलेले सोमाबर साँझ…
हैट यस्ति बुढि आमाको संसार चकित पार्ने दमदार र एकदमै भाइरल टिकटकहरु
सामाजिक संजालको बढ्दो प्रयोग साथै लोकप्रियताले कतिलाई मोडल बनायो त कतिलाई कलाकार ।तिनै संजाल मध्ये टिकटक…