‘प्रधानन्यायाधीश जबरा अझै अल्मल्याउने र झुक्याउने रणनीतिमा’

सोमबार अपरान्ह सर्वोच्च अदालतका तीन न्यायाधीशसँग भेट गरेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार बन्दी प्रत्यक्षीकरणको निवेदनका साथमा बैंकिङ कसुरको मुद्दाको पनि पेशी तोके ।
तर सोमबार बन्दी प्रत्यक्षीकरणको रिट सुनुवाइ गरेका न्यायाधीशहरुले मंगलबार भने कुनै पनि मुद्दाको सुनुवाइ गरेनन् । सर्वोच्च अदालतका एक न्यायाधीशका अनुसार, प्रधानन्यायाधीश जबराले धोका दिएको महसुस गरेपछि मंगलबार इजलास नबसेको हो ।
‘अलि सहजताका साथ अदालत सञ्चालन भएको सन्देश प्रवाह गर्ने उहाँको जोड छ’ ती न्यायाधीशले भने, ‘त्यही रणनीतिका साथ उहाँले मुद्दाको दायरा बढाउदै लैजाने र एकजुट भएका न्यायाधीशहरुलाई विभाजित गर्ने योजना बनाएको देखियो ।’
जबराले ‘सम्मानजनक निकास’ चाहेको सन्देश पठाएपछि छलफलका लागि गएका न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्माले जबरासँग स्पष्ट दृष्टिकोण माग गरेका थिए । जवाफमा प्रधानन्यायाधीश जबराले त्यही शैलीमा अमूर्त कुरा दोहोर्‍याए । ‘सम्मानजनक निकास’ भनेको विदा बस्ने हो ? भनेर सोधेपछि उनले घुमाउरो रुपमा होइन भनी जवाफ दिएको तीनजना न्यायाधीशहरुको ब्रिफिङ उधृत गर्दै सर्वोच्च अदालत उच्च स्रोतले बतायो ।
छलफलमा सहभागी एक न्यायाधीशले मंगलबार अरु सहकर्मीहरुलाई बताए अनुसार, प्रधानन्यायाधीश जबरा तीन रणनीतिमा छन् । पहिलो, उनले संसदीय सुनुवाइका क्रममा गरेको प्रतिवद्धता र सुधारका योजना कार्यान्वयन गर्ने मौका पाउनुपर्ने भन्दै समय मागिरहेका छन् ।
सम्मानजनक निकास र बहिर्गमन जस्ता शब्द प्रयोग गरेर असन्तुष्ट न्यायाधीशहरुलाई इजलासमा फर्काउने योजना बनाएका प्रधानन्यायाधीश जबराले दोस्रो दिन नै झुक्याएर अरु मुद्दा समेत पेशी तोकेपछि न्यायाधीशहरु थप आक्रोशित छन् ।
दोस्रो, आफूलाई गलहत्याउन खोजिएको भन्दै जबर्जस्ती भए संवैधानिक प्रक्रियाको कुरा गरेर पदमा रहिरहने चेतावनी दिएका छन् । तेस्रो, केही समय काम गरेपछि आफूले ‘स्वेच्छिक रुपमा मार्गप्रशस्त गर्ने’ भनी अमूर्त कुरा गरेका छन् ।
आफूहरुसँग अमूर्त र कुटनीतिक कुरा गर्ने तर केही कानून व्यवसायीलाई आफ्नो चेम्बरमा बोलाएर ‘राजीनामा दिन्न, सहयोग गर्नुप¥यो’ भनी प्रधानन्यायाधीश जबराले दोहोरो भूमिका खेलेको भनी न्यायाधीशहरु आक्रोशित भएका छन् ।
‘यो नेतृत्वबाट अदालतको मर्यादा, जनआस्था र तटस्थतामाथि कुनै बढोत्तरी हुदैन भन्नेमा हामी स्पष्टै छौं’ सर्वोच्च अदालतका अर्का न्यायाधीश भन्छन्, ‘उहाँले नै आफूले मनोज श्रीमान (न्यायाधीश डा. मनोजकुमार शर्मा) मार्फत आफ्नो सम्मानजनक निकासको कुरा गर्नुभएको हो । त्यसो हो भने हामी किन क्रुर हुने भनेर मात्रै उहाँको कुरा सुन्ने मौका दिएको हो । तर त्यही बहानामा हामीबीच विभाजन ल्याउने र बीचमा खेल्ने प्रयास गर्नुहुन्छ भने हामी अझै कठोर हुने बाटाहरु पनि छन् ।’

न्यायाधीशहरुको बुझाइमा, एक त प्रधानन्यायाधीश जबराले अहिले एकजुट भएका न्यायाधीशबीच बेमेल गराउन चाहेका छन् । र, आफ्नो पक्षमा लाग्ने न्यायाधीशहरु इजलासमा बसेमा अदालत सहज रुपमा अघि बढिरहेको भन्ने सन्देश प्रवाह गरेर पद जोगाउन खोजेका छन् ।

अर्कोतर्फ, बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाइ नगरेको भनी आलोचना र दबाबमा परेका अरु न्यायाधीशहरुलाई अल्मल्याएर नियमित काममा फर्काउने रणनीतिमा उनी लागेका छन् ।

‘सोमबार बन्दी प्रत्यक्षीकरणको निवेदनमात्रै पेशी तोक्नुभएको उहाँले मंगलबार त बैंकिङ कसुरको मुद्दा पनि घुसाउनुभएछ’ ती न्यायाधीशले भने, ‘पर्सी अर्कै बहानामा अरु मुद्दा पनि पेशीमा चढाउने र अब अदालत सहज रुपमा सञ्चालन भइरहेको छ भन्ने सन्देश प्रवाह गर्ने उहाँको रणनीति देखिन्छ ।’

मंगलबार दुई एकलसहित ६ वटा इजलासका लागि पेशी तोकेका प्रधानन्यायाधीश जबराले आफ्ना लागि त पेशी तोकेनन् । तर मीरा खड्का र हरिकृष्ण कार्कीको इजलासमा चारवटा बैंकिङ कसुरको मुद्दा पेशीमा तोके ।

बैंकिङ कसुरको आरोपमा कैदमा रहेका कमल ज्ञवालीले दर्ता गरेको निवेदनका साथमा प्रधानन्यायाधीश जबराले उनीसँगै जोडिएका अरु चार बैंकिङ कसुरका मुद्दा पनि पेशीमा राखे । बन्दीप्रत्यक्षीकरणको निवेदनका साथमा बैंकिङ कसुरका मुद्दा पनि ‘लगाउ’मा रहेकाले जबरालाई खेल्न सजिलो भएको न्यायाधीशहरुको बुझाइ छ ।
‘उहाँले अरु मुद्दाहरु पनि तोकेको थाहा पाएपछि हामी फेरि छलफलमा बसेका हौं’ सर्वोच्च अदालतका एक न्यायाधीशका अनुसार, ‘भोलि पनि उहाँहरुबीच छलफल हुन्छ । उहाँबाट अब नेतृत्व सम्भव नभएकाले कसरी निकास दिनुहुन्छ, उहाँले नै जान्ने कुरा हो ।’
प्रधानन्यायाधीश जबराले आफूलाई इजलास नतोक्ने र अरु न्यायाधीशहरुलाई पनि बन्दी प्रत्यक्षीकरण बाहेकका निवेदन नतोक्ने भएमा मात्रै सुनुवाइ गर्ने न्यायाधीशहरुको शर्त थियो । दोस्रो दिनमै शर्तको उल्लंघन भएको निश्कर्ष निकालेका न्यायाधीशहरुले कोही इजलासमा जाने, कोही नजाने गर्नुको साटो सबैजना नजाने सल्लाह गरे । अनि मंगलबार आन्तरिक छलफलमा जुटे ।
सर्वोच्च अदालतका न्यायाधीशहरुको बुझाइमा, बारको आन्दोलनमा केही पाका कानून व्यवसायीहरुको सहभागिताले न्यायपालिका सुधारको एजेण्डालाई स्थापित गर्न सहज भएको छ । कानून व्यवसायीहरुले न्यायपालिकाभित्र भ्रष्टाचार र विचौलिया प्रवृत्ति व्याप्त रहेको र अहिलेको नेतृत्वले त्यसलाई निर्मुल पार्न नसक्ने भनी कानुन व्यवसायीहरुले निकालेको निष्कर्षमा आफूहरुको पनि निचोड मिलेको छ ।
‘अब केही उपाय नलागेपछि प्रधानन्यायाधीशज्यू कानून व्यवसायी र सहकर्मी न्ययाधीशहरुमाझ फुटाऊ र राज गर भन्ने रणनीतिमा हुनुहुन्छ’ ती न्यायाधीशले भने, ‘त्यसमा हामी झनै संयमित भएर अघि बढ्नुपर्छ भन्ने निश्कर्ष छ ।’
बुधबारको धर्नापछि नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश जबराको राजीनामा माग गरेर शुरु गरेको पहिलो चरणको अभियान सकिन्छ भने तिहार विदा पनि शुरु हुन्छ । बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले तिहारलगत्तै छलफल गरेर दोस्रो चरणको आन्दोलन शुरु गर्ने योजना बनेको बताए ।
अर्कोतर्फ काठमाडौंमा रहेका र बाहिरका उच्च तथा जिल्ला अदालतका कतिपय न्यायाधीशले पनि सर्वोच्च अदालतका न्यायाधीशहरुले शुरु गरेको अभियानमा ऐक्यवद्धता जनाउने वचन दिएका छन् । यसले गर्दा प्रधानन्यायाधीश जबरा थप दवावमा पर्ने बुझाइ न्यायाधीशहरुको छ ।

संरक्षित वन्यजन्तु गैंडाको खाग जस्तो वस्तु सहित २ जना पक्राउ

काठमाडौं — संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार) जस्तो ९ सय ग्राम तौल बराबरको १ थान वस्तु सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा तनहुँ शुक्लागण्डकी नगरपालिका(१० बस्ने ३४ वर्षीया फूलमाया बिक र काठमाडौं तार्केश्वर नगरपालिका(६, धर्मस्थली बस्ने २८ वर्षीय सुसन सुनार रहेका छन् । काठमाडौं महानगरपालिका(४ सुकेधारा क्षेत्रमा संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई गैंडाको खाग जस्तो
देखिने उक्त बस्तु सहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई बरामद सामान सहित आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन
कार्यालय हात्तीसार काठमाडौंमा बुझाइने उक्त ब्यूरोले जनाएको छ ।
नियन्त्रित लागूऔषध सहित पक्राउ

तिहारमा बिजुली अभाव हुँदैन, ढुक्कसँग चलाउनुस् : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताएका छन् ।
मंगलबार नेपाल विद्युत प्राधिकरणले आयोजना गरेको शुभकामना आदानप्रदान तथा समसामयिक विषयमा पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताएका हुन् । यस वर्षको तिहारमा करिब १५ सय मेगावाट प्रयोग हुनसक्ने प्रक्षेपण गरेको उनको भनाइ छ ।
उनले अहिले कुलेखानीको विद्युत खेर गइरहेको भन्दै प्रसारणका कारणले तिहारमा कतै पनि विद्युतको अभाव नहुने बताए । घिसिङले आम उपभोक्ताहरुलाई ढुक्कसँग विद्युत चलाउन पनि आग्रह गरे ।
‘यो तिहारमा हामीले १५ सय मोगावाट भन्दा बढी एक्सपोज गरेका छैनौं, हामीसँग जेनेरेसन अहिलेसम्मको करिब २ हजार प्लस मेगावाटमा हामी जलविद्युत मात्रै उत्पादन जडित क्षमता छ, १५–१६ सय जलविद्युत अप्रेसनमा छ,’ उनले भने, ‘बत्ती काट्ने, लोडसेडिङ गर्ने कुनै अवस्था छैन । सबै उपभोक्ताले निर्धक्कसँग तिहारमा झिलिमिली गर्दा हुन्छ ।’
कार्यकारी निर्देशक घिसिङले समय–समयमा बत्ती जाने गरेको समस्यालाई गम्भीरताका साथ लिएको भन्दै वितरण प्रणालीमा व्यापक सुधार गर्ने बताए । उनले ट्रान्सफर्मरको समस्या धेरै रहेको र अब तत्काल त्यसको समाधान हुने दाबी समेत गरे ।

बलि प्रथा बास्तवमा के हो त

वल्लभ चैतन्य दास
‘अहिंसा परमो धर्म ’ भन्ने मूल मन्त्रको आडमा हिन्दु धर्म अडिएको छ। बैदिक सनातन धर्ममा (हिन्दु) मा हिंसा गर्नुलाई धर्मको संज्ञा दिइँदैन।
गीतामा लिखिएको छ (गीता १४.१५) :
“जो व्यक्तिको मृत्यु तामसिक गुण प्रभावित अवस्थामा भएको छ, त्यो अवश्य पनि मृत्यु पछि जनावरको योनिमा जन्म लिनेछ”

बलि प्रथा बास्तवमा के हो त ?

हिन्दु धर्म बिशाल छ | बेदमा भूत, प्रेत र पिशाचको अनुष्ठानदेखि लिएर, महत तत्व अन्तर्गत सुर्य, शिव आदि हुदै, बिष्णु तत्व अन्तर्गत भगवान श्री कृष्ण सम्म का अनुष्ठान गर्ने तरीका वर्णित छन् | तामसी गुणका भूत, प्रेत र पिशाचको अनुष्ठानमा बलि प्रयोग हुञ्छ भने बिष्णु तत्व अन्तर्गत भगवान श्री कृष्णको भक्त हुनको लागि न्युनतम आवश्कतामा मात्र पनि मासु, मदिरा, चुरोट, जुवा, अमर्यादित स्त्री पुरुष सम्बन्ध छोड्नु पर्दछ |
सात्विक, राजसी र तामसी गरेर तीन प्रकारका गुणहरु हुन्छन्।

गीताका अनुसार:
“भूतानि यान्ति भूतेज्या यान्ति मद्याजिनोऽपि माम्”।
-भगवान श्रीकृष्ण गीता ९-२५

अर्थात भुतको पूजा गर्ने भुतकहाँ जांछन भने मेरो पूजा गर्ने मै कहा आउछन।”
तामस गुण अन्तर्गत भूत, प्रेत र पिशाचको अनुष्ठान गर्न बलिको आवश्यकता पर्दछ | भूत, प्रेत र पिशाचको अनुष्ठानबारे हाम्रो शास्त्रमा बर्णन गरिएको छ कि यस्ता अनुष्ठान गर्ने व्यक्तिलाई क्षणिक लाभ भएको जस्तो देखिएता पनि त्यस्ता व्यक्तिलाइ न यस जन्ममा सुख मिल्छ न परलोकमा | भूत, प्रेत आदिको पूजा गर्ने व्यक्ति अन्त्यमा भूत, प्रेत आदिकै योनी वा जनावरको योनिमा जाने र सात्विक भावनाले पूजा गर्ने व्यक्ति देवतालाई प्राप्त गर्ने गर्दछन्। भावनाको नै सम्बन्ध भएता पनि हिंसा गर्नु र बलि चढाउनु तामसी पूजा अन्तर्गत पर्दछन्।
समय बित्दै जादा व्यक्तिहरू यस्ता तामसिक शक्ति प्राप्तिको लागि गरिने बलि प्रथाप्रति आकर्षित हुदै गए र बलि दिएपछि मासु पनि खान पाइने र पश्चिमेली समाजले मांसाहारीको पक्षमा वकालत गरिदिदा, आगोमा घिउको काम गर्दै, अहिले आएर यो एक बिकराल समस्याको रुपमा देखा परेको छ |
“ धर्मस्य तत्वं निहितं गुहाया माहाजनो येन: गता: सा: पन्था:’’।
अर्थात
धर्म भन्ने बित्तिकै धारण गर्नु, सेवा गर्नु, भलाई गर्नु भन्ने बुझिन्छ। धर्मले हत्या हिंसाको पक्ष लिँदैन भन्ने बुझ्नुपर्छ। धर्म शब्द कुनै हिंसाको द्योतक हैन। मन, वचन र कर्मले कसैको हिंसा-हत्या नगर्नु, प्राणीमात्रमा सद्भाव राख्नु, अर्काको कुभलो नचिताउनु नै धार्मिक प्रवृत्तिका लक्षणहरु हुन्।
हिन्दु धर्ममा मुख्य गरेर तीन प्रकारका सुकृत कर्महरु हुन्छन् :
(१) नित्य (२) नैमित्तिक (३) काम्य।
(१) नित्य – शौच, सन्ध्या, तर्पण आदि नित्य कर्म अन्तर्गत पर्दछन्। नित्य कर्म गर्नाले शरीर एवं मन शुद्ध हुने तथा देवपूजन, हवन, यज्ञ आदि गर्नलाई अधिकार प्राप्त हुन्छ भने नगर्नाले प्रत्यवाय नामको दोष लाग्छ।
(२) नैमित्तिक – ग्रहण आदिको विशेष अवसरमा हवन, यज्ञ, देवपूजन आदि गर्नु नैमित्तिक कर्म अन्तर्गत पर्दछन्। नैमित्तिक कर्म गर्दा अपार लाभ हुन्छ नगर्दा प्रत्यवाय नामको दोष लाग्छ।
(३) काम्य – कुनै कामनापूर्तिका निमित्त गरिने कर्म काम्य कर्म अन्तर्गत पर्दछन्। जसलाई गर्नाले कामनाको पूर्ति हुन्छ भने नगर्नाले कुनै पनि दोष लाग्दैन।
गृहस्थाश्रममा रहने क्रममा मनुष्य जानेर या अन्जानमा नै हिंसा गरिरहन्छ। दाउरा बाल्दा, घर सफाई गर्दा, लुगा धुँदा, ढिकी-जातो गर्दा आदि कार्य जीवको हिंसा नभई हुन सक्दैन। त्यसको प्रायश्चित गर्नलाई पञ्चमहायज्ञ गर्ने आदेश शास्त्रहरुले दिएका छन्। ती पञ्चमहायज्ञ हुन् :
(१) ब्रह्म यज्ञ :- वेद, पुराण, इतिहास, धर्मशास्त्र, रामायण, महाभारत आदिको पठन-पाठन गर्नु।
(२) पितृ यज्ञ :- जीवित माता-पिता आदिको मान-सम्मान, सेवा र मरेपछि तर्पण, श्राद्ध आदि गर्नु।
(३) देव यज्ञ :- समय समयमा हवन, देव-पूजन, तीर्थ यात्रा आदि गर्नु।
(४) भूत यज्ञ :- भोजन गर्नु भन्दा पहिले वैश्वदेव, भूत, गाई, कुकुर, काग आदिलाई बलि दिनु।
(५) नृयज्ञ :- घरमा अतिथि, अभ्यागत आदिको आगमन भएमा स्वागत-सत्कार गर्नु।
यसरी पाँच प्रकारका यज्ञको विवेचन हाम्रा धर्मशास्त्रमा भएको छ भने पाँच प्रकारका बलिको पनि व्यवस्था गरिएको छ। यी पन्चबलि निम्न प्रकार छन् :-
(१) गोबलि :- गाईका निमित्त गोग्रासका रुपमा पकाइएको भोजन पातमा गाईलाई दिने।
(२) श्वानबलि :- कुकुरलाई खाना दिने।
(३) काकबलि :- पृथ्वीमा कागलाई बलि दिने।
(४) देवादिबलि :- पातमा देवतालाई बलि दिने।
(५) पिपीलिकादिबलि:- कीरा-फट्यांग्रा, कमिला आदिलाई पातमा बलि दिने।
यसप्रकारले नित्य पञ्चमहाबलि दिनुपर्ने विधान शास्त्रमा वर्णित छ। जसरी सन्ध्या आदि नित्यकर्म नगर्दा प्रत्यवाय नामको दोष लाग्छ त्यसैगरी पञ्चबलि नगर्दा पनि दोष लाग्छ भन्ने शास्त्रको निर्णय छ। यहाँ ‘बलि’ शब्द कुनै हत्या हिंसा, मार-काट गरेर रगत चढाउनु भन्ने अर्थमा प्रयोग भएको हैन। भोजनका लागि जुन हविष्यान्न घरमा पकाइन्छ त्यसैले बलि दिनुपर्दछ (अभावमा साग-पात, फल-फूल, गहुँ, चामल, तिल, मूंग, जौं आदिलाई पात ओछ्याएर पातमा बलि दिने विधान छ)।

प्रश्न उठ्छ – के शास्त्रमा पशुबलिको विधान छ त ? बलि प्रथा किन यसरी मौलायो?

समयको काल–चक्रानुसार मानवको घनत्व बढ्दै जानु स्वाभाविक हो। बासस्थान खोज्ने र नयाँ ठाउमा जाने क्रमसंगै हिमाली, पहाडी भेगमा गएर मानिसहरु बसोबास गर्न थाले। अन्नको अभाव, अत्यधिक जाडो हुने हुँदा शरीरलाई तताउन जाँगर बढाउन पशु–पंक्षीलाई मारेर खान थाले। मानौ, कोही तमोंगुणीको मृत्यु भयो, मानौ अगति भयो, त्यो प्रेत शरीरमा छ। सनातन धर्म शास्त्रको तन्त्र साधनामा त्यस्ता प्रेतलाई बशमा गर्ने पनि विधि उल्लेख छन। कुनै तांत्रिकले सोही विधि प्रयोग गरी त्यो प्रेतलाई बशमा गर्न खोज्यो। प्रेत शरीरधारी तमोंगुणी भएकोले मासु-रक्सी नै माग्दछ। तांत्रिकलाई त त्यो प्रेत मार्फत आफ्नो ईच्छा पूरा गर्नु छ तसर्थ त्यो तंत्रिकले त्यो तमों गुणी भूत-प्रेतको ईच्छा पूरा गर्न पशुबलि पनि दिन्छ। पशुबलि वापत सजाय त्यो तांत्रिकलाई अवस्य हुंछ तर त्यस प्रेतद्वारा आफ्नो ईच्छा फत्ते गराउने लोभमा त्यो तांत्रिकले बलि पनि दिन्छ र बशमा पनि गर्छ। तर भयो के भने तांत्रिकले त्यसरी बलि दिएक़ो त्यसको कोहीले देख्यो। शास्त्र अध्ययन त छैन अनि त्यसले के बुझ्यो? “ओहो मारेर चढ़ाउनु पर्ने रहेछ”। त्यही गर्यो। नातीले पनि त्यही गर्यो। “वाह क्या मज्जा, खान पनि पाइने”। यसरी हुदै वर्तमान समयमा यसरी भयावह रूपमा फैलियो। देवी देवताको मंदिरमा पनि मार्न थाले। यही अवस्था रहे यिनीहरुले केही दशकभित्र विष्णु/कृष्ण मंदिरमा पनि बलिको नाममा मार्न थाल्नेछन।
यसरी तान्त्रिक युग संग-संगै तन्त्र-साधना गर्ने धामी, झाँक्रीहरुले पनि भुत-प्रेत योनिमा गएकाहरूलाई बशमा गर्न र आफ्नो ईच्छित कार्य गराउन पशु-पंक्षीको बलि दिनुलाई पनि धर्म मान्न थाले।
अर्को कारण के हो भने, सनातन धर्म शास्त्रले ईश्वरमा चढ़ाएको प्रसाद मात्र खानु भनेर निर्देशन दिएको छ। यसको मतलब यो हो की देवीदेवता सतो गुणी भएकाले सतो गुणी मात्र चढ़ाउन मिल्ने भयो यसरी सतो गुणी मात्र मनुष्यहरूले खाउन। तर अज्ञानीहरूले उल्टो बुझे। जे आफु खांछन सबै चढाउन थाले। मानौ एक सुङ्गुर तपाईको भक्त छ, अब त्यो सुङ्गुरले आफुलाई मन पर्ने मानव विष्टा तपाईलाई चढ़ाए के तपाई स्वीकार गर्नुहुंछ?
यसरी आखिर मासु खानु नै छ त देवताको पूजा गरेर नै किन न खाने ? भन्ने धारणा मानसमा बढ्यो, फलत: पशुबलि पूजाको एउटा अभिन्न अङ्गका रुपमा विकसित भयो। यसमा पश्चिमेली सभ्यताले अझ आगोमा भिउ थप्ने काम गर्यो |
हिन्दुधर्मानुसार देवतालाई रिझाउने तीन पद्दति प्रचलित छन् – (१) यान्त्रिक (२)तान्त्रिक (३) याज्ञिक। बलि दिनु तान्त्रिक पद्दति अन्तर्गत पर्दछ, तर तान्त्रिक पद्दतिको पूजा गर्ने अधिकार ब्राम्हण, क्षत्रीयलाई हुँदैन। त्यसैले दुर्गा शप्तसतिको विकृतिकम् रहस्यम्को २८ श्लोकमा
“रुधिराक्तेंन बलिना मांसेन सुरया नृप। बलिमांसादिपूजेयं विप्रवर्ज्या मयेरिता।।”
आदि शब्दको प्रयोग भएको छ। जो तामसिक जनहरु मासुको प्रयोग गर्ने गर्छन् उनीहरुलाई मात्र तामसिक पूजा गर्ने अधिकार छ तर शास्त्र तुरन्त भंछ – “यस्ता तामसिक पुजा/अनुष्ठानमा संग्लग्न व्यक्तिलाई न यस युगमा सुख प्राप्ति हुञ्छ न परलोकमा नै |”

हिन्दु धर्मका कुनै पनि धर्म ग्रन्थहरुले सतोगुणको धरातलबाट पशुको बलि दिने, मासु खाने जस्ता हिंसाका कुरालाई पुष्टि गरेको छैन। “अहिंसा परमो धर्म:” भनेर अहिंसालाई नै ठूलो धर्म मान्ने हाम्रो धर्मले वेद आदि शास्त्रमा मनुष्यको लक्ष्य सतोगुणको धरातलमा पनि बलि दिनु भनेको छ र हिंसा गर्ने अनुमति दिन्छ भनेर भन्नु या गलत तर्क गर्न खोज्नु अल्पज्ञताको नै परिचय हो।

प्राचीन कालमा बलि
:
प्राचिन कालमा अश्वमेध यज्ञ हुने गर्थे, जसमा अश्वको मेध हुने गर्थ्यो। यँहा अश्व भनेको घोडा नभएर अभिमान हो र मेध = वध अर्थात् अभिमान रुपी घोडाको बध गरिन्थ्यो। अभिमानको प्रतिक घोडालाई यज्ञमा ल्याइन्थ्यो र त्यसलाई स्पर्श गरेर छोड्ने गरिन्थ्यो। कयौँ स्थानमा अश्वमेध यज्ञलाई घोडाको बलि दिने भनेर गलत अर्थले परिभाषित गरेको पाइन्छ, तर त्यो अर्थको अनर्थ मात्रै हो। त्यस्तै कयौं मानिसहरु जिज्ञासा गर्छन् : यज्ञ गरेर सुरा, मदिरा पान गर्नु, पशुको बलि दिनु, यो हिंसा हैन भनेर शास्त्रमा भनिएको छ आदि। तर स्मरण रहोस्, पहिले नै भनिसकिएको छ कि हिन्दु धर्मले अहिंसा नै ठूलो धर्म हो भनेर मानेको छ। त्यसैले कुनै श्लोक, कुनै पदको पनि हिंसापरक अर्थ लाग्दैन। जस्तै भनिएको छ –
“यद् घ्राणभक्षो विहित:सुरायास्तथा पशोरालाभनं न हिंसा।
एवं व्यवाया प्रजया न रत्या इमं विशुद्धम् न विदु: स्वधर्मम्।।“
( श्रीमद्भागवत ११ -५-१३ )
अर्थात् जो यज्ञ सम्बन्धित नियम छन्, त्यसअनुसार यज्ञ गरिएपछि सुरालाई संसावन प्रासनका रुपमा सुघिन्छ, त्यसपछाडि अभिमानरुपी पशुलाई आलम्भन (स्पर्श, स्मरण) गरेर सदासर्वदाका लागि टाढा भगाइन्छ, न कि पशुको हिंसा नै गर्नु भनेको हो। तर अज्ञानतावश शास्त्रमा मदिरा खाने र पशुको बलि दिने दुवै कुरा लेखिएको छ भनेर कु-तर्क प्रस्तुत गर्ने गरिन्छ।
कतै-कतै टीकाकारहरुले आलभेत, आलम्भनको अर्थ मार्नु, हिंसा गर्नु भन्ने लगाएको पाईन्छ, तर यदि आलभेत, आलम्भनको अर्थ मार्नु, हिंसा गर्नु हुने हो भने विवाह पद्दतिमा “तत: बर:कन्या हृदयं आलभेत” लेखिएको अर्थ के होला ? त्यसैले संस्कृतका एउटा शब्दको अनेक ठाउँमा अलग-अलग अर्थ लाग्छ भन्ने कुरालाई कहिल्यै बिर्सनु हुँदैन। भनिएको पनि छ : “अर्धमात्रा लाघवेन पुत्रोत्सवं मन्यन्ते वैयाकरणा” अर्थात् व्याकरणकारहरुले आधा मात्रा मात्रै पनि पाए भने पनि पुत्रोत्सव मनाउछन् रे।
त्यति मात्र नभएर रामायण, महाभारत आदि ग्रन्थको कयौं ठाउँमा मांस शब्दको प्रयोग भएको छ। जस्तै- वाल्मीकि रामायण अयोध्या कांड ५३|२, १६| १ आदि ठाउँमा फलको भित्रि गुदीलाई पनि मांस भनिएको छ। त्यसैले भगवान् श्री रामले सीताका निमित्त “यो मांस पाकेको र उपर्युक्त छ, तिमी यसलाई खाऊ” भन्नुभएको हो।

नेपालमा बलि प्रथा:
नेपाल तीन भाग पहाडी र एक भाग मात्रै तराई भएको देश हो। देशमा धेरै पहाडी भेग भएको हुँदा यहाँका बासिन्दाले मासु खानु साधारण कुरा नै हो। भनिएको छ : “दक्षिणे मातुली कन्या उत्तरे मांस भोजनी” अर्थात् दक्षिण प्रान्तमा मामाकी छोरीसंग पनि विवाह हुन्छ भने उत्तरी भेगमा बस्ने मानिसहरुले मासु खान्छन्। नेपाल मात्रै नभएर भारतको उत्तरी भेग (गढवाल, कुमाउ, हिमाञ्चल, जम्मु, काश्मिर, आसाम) मा बस्ने मानिसहरु पनि प्राय: मासु खाने गर्छन्। आसामको कामाख्या मन्दिरमा त दैनिक हजारौं बोका, राँगा आदिको बलि दिने गरिन्छ। अनादिकालदेखि नै हाम्रो देश नेपालमा पनि तान्त्रिक पद्दतिले प्रश्रय पाएको छ। बाहुन, क्षेत्रीदेखि लिएर राई, लिम्बू, मगर, नेवार तथा अन्य किरात, मंगोलिन सबैले प्राय: मासु खाने र देवी-देवतालाई पनि रगत-मासु चढाउन थाले। दशैँ आदि चाडको बेलामा त झन् हजारौ बोका, पाठा, हाँस, कुखुरा, राँगा आदिको बलि दिन थालियो। बाबु-बाजेले यही नियम बसाए, छोरा-नातिले पनि यही सिके, फलत: दशैंको बेलामा प्रत्येक घरमा बलि दिनु नै पर्छ भन्ने सबैमा भान पर्न गयो र अहिले यो एउटा अभिन्न अंगको रुपमा विकसित भयो। बलि दिनु राम्रो होईन, यो प्रथा गलत हो, बलिप्रथा बन्द हुनुपर्छ भनेर अहिले आवाज उठ्न थालेको छ। यसलाई सकारात्मक सोचको विकास भएको मान्नु पर्छ। नयाँ सोच ,नयाँ विचार , नयाँ भावनाको विकाश हुदै जानु समयको माग,परिवर्तन एवं विकास क्रमको नियम पनि हो र शास्त्र सम्मत निर्णय पनि यही नै हो।
खुनको बलिले हैन नरिवल ,कुभिन्डो,आदिको बलि दिएर यज्ञलाई पूर्ण गर्न सकिन्छ, देवतालाई प्रसन्न गर्न सकिन्छ। देवताहरु सात्विक हुने हुँदा कसैको खुनको भोका अवश्यमेव देवताहरु हुँदैनन्। झन् दशैँको बेलामा लाखौ पशुहरुको बलि दिने गरिन्छ यो प्रथालाई पनि अब सुधार गर्दै जानु पर्छ पशुको ठाउमा नरिवल ,कुभिन्डो,आदिको बलिदिने चलन बसाल्नु पर्छ शास्त्रमा पनि नारिकेल एवं कुश्मांड बलिको नै विधान छ। अस्तु ……।
तसर्थ
१) बलि प्रथा अज्ञानी वा आध्यात्मिक ज्ञान नभएका र मतलबी आसुरी प्रबृत्ति भएका व्यक्तिहरूको कार्य हो | यसो गर्ने व्यक्ति मृत्यु पश्चात सोझै भुत, प्रेत योनिमा जान्छन वा नर्कमा सजायका लागि जान्छन र नर्कमा सजाए समाप्ति पछि मनुष्य योनिमा अपाङ्ग र गरीब कुलमा जन्म लिन्छन |
२) यदि तपाई वेदिक सनातन धर्म (हिन्दु) मा बिश्वास गर्नु हुञ्छ भने मांस भक्षण आजै बाट छोडी दिनुहोस | मांस भक्षण गर्नु कसैलाई पशु हत्यामा उक्साउनु हो र तामसिक कार्य हो | यस्ता व्यक्ति मृत्यु पश्चात सोझै जनावरको योनिमा जान्छन र त्यसपछि मनुष्य भै गरीब कुलमा जन्म लिन्छन |
अर्को कुरा यो बुझ्नुहोस कि चलन चाहे हज़ारौ वर्षदेखिको होस वा वाउबाजेले चलाएको होस, कुनै राजाले चलाएको होस, सनातन धर्म शास्त्र अर्थात वेद, उपनिषद, पुराण, महाभारत, रामायण, स्मृति, गीता आदिमा उल्लेख भएको छ भने मात्र त्यो सनातन हिन्दु धर्मको कुरो हो नत्र त्यो चलेको चलन हो, शास्त्र सम्मत छैन भने त्यो वैदिक सनातन धर्मको अंश हैन।
तसर्थ , शंकराचार्य, रामानुजाचार्य, माधवाचार्य जस्ता सनातन धर्मका जगतगुरुहरू मार्फत सनातन धर्म बुझ्नुहोस आफ्नो बुद्धिले हैन वा कुनै जड्याहा, जवाड़े वा माँसाहारी मार्फत हैन। तपाईको बुद्धिले त जस्तो तपाईको अन्तकरण त्यही सही देखाउछ। हालसम्मका सबै जगदगुरुहरूले पशुहत्या सहितको बलिप्रथा त परको कुरा, मांसाहार नै बर्जित गरे।
तपाईको जन्म अन्यलाई मारेर मासु खाएर जिब्रो पड़काउन भएको हैन। तन्त्र साधना अनुरूप बलि दिएर तमोंगुणी भूतलाई बशमा गरी स्वईच्छा पूरा गर्न पनि भएको हैन। तपाईको जन्म त धर्म गर्न अर्थात दया, माया, सबै जीवात्माप्रति प्रेम, काम/क्रोध/लोभ/मोह नियंत्रण जस्ता गुण धारण गर्न अर्थात सतो गुणमा अवस्थित भै आफ्नो अन्तकरण शुद्ध गरी जन्ममृत्युको चक्करदेखि छुटकारा लिई आफ्नो वास्तबिक घर भगवान श्रीकृष्णकहा जान भएको हो।
तसर्थ लक्ष्य केंद्रित हुनुहोस। श्रीकृष्ण प्राप्ति केंद्रित हुनुहोस। मारेर खाने केन्द्रित हुने हैन। यही शुभकामना छ।

स्मरणीय रहोस, जबसम्म भागवत गीताको ज्ञान, भगवान श्रीकृष्णको आदेशको रुपमा, मानब कर्तव्यको बीज सरह, प्रत्येक बिधार्थीको हृदयमा बिजारोपण गरिदैन …
१) मांस (Meat eating is seed of one’s spiritual desolation and source of all problems starting from home violence to world wars)
२) मदिरा, धुम्रपान, तमाखु (Self intoxication)
३) जुवा, तास (Gambling)
४) अनैतिक सम्बन्ध (Illicit sex)
[यी ४ सम्पूर्ण अपराधका बीज हुन् ]
तबसम्म समाजमा संस्कारकै रुपमा हालका दिनमा आएर मौलाएका -यी ४ कु-चलन यथावत रहनेछन ।
हरे कृष्ण ..बलि प्रथा के हो?:
विक हो। बासस्थान खोज्ने र नयाँ ठाउमा जाने क्रमसंगै हिमाली, पहाडी भेगमा गएर मानिसहरु बसोबास गर्न थाले। अन्नको अभाव, अत्यधिक जाडो हुने हुँदा शरीरलाई तताउन जाँगर बढाउन पशु–पंक्षीलाई मारेर खान थाले। मानौ, कोही तमोंगुणीको मृत्यु भयो, मानौ अगति भयो, त्यो प्रेत शरीरमा छ। सनातन धर्म शास्त्रको तन्त्र साधनामा त्यस्ता प्रेतलाई बशमा गर्ने पनि विधि उल्लेख छन। कुनै तांत्रिकले सोही विधि प्रयोग गरी त्यो प्रेतलाई बशमा गर्न खोज्यो। प्रेत शरीरधारी तमोंगुणी भएकोले मासु-रक्सी नै माग्दछ। तांत्रिकलाई त त्यो प्रेत मार्फत आफ्नो ईच्छा पूरा गर्नु छ तसर्थ त्यो तंत्रिकले त्यो तमों गुणी भूत-प्रेतको ईच्छा पूरा गर्न पशुबलि पनि दिन्छ। पशुबलि वापत सजाय त्यो तांत्रिकलाई अवस्य हुंछ तर त्यस प्रेतद्वारा आफ्नो ईच्छा फत्ते गराउने लोभमा त्यो तांत्रिकले बलि पनि दिन्छ र बशमा पनि गर्छ। तर भयो के भने तांत्रिकले त्यसरी बलि दिएक़ो त्यसको कोहीले देख्यो। शास्त्र अध्ययन त छैन अनि त्यसले के बुझ्यो? “ओहो मारेर चढ़ाउनु पर्ने रहेछ”। त्यही गर्यो। नातीले पनि त्यही गर्यो। “वाह क्या मज्जा, खान पनि पाइने”। यसरी हुदै वर्तमान समयमा यसरी भयावह रूपमा फैलियो। देवी देवताको मंदिरमा पनि मार्न थाले। यही अवस्था रहे यिनीहरुले केही दशकभित्र विष्णु/कृष्ण मंदिरमा पनि बलिको नाममा मार्न थाल्नेछन।

यसरी तान्त्रिक युग संग-संगै तन्त्र-साधना गर्ने धामी, झाँक्रीहरुले पनि भुत-प्रेत योनिमा गएकाहरूलाई बशमा गर्न र आफ्नो ईच्छित कार्य गराउन पशु-पंक्षीको बलि दिनुलाई पनि धर्म मान्न थाले।
अर्को कारण के हो भने, सनातन धर्म शास्त्रले ईश्वरमा चढ़ाएको प्रसाद मात्र खानु भनेर निर्देशन दिएको छ। यसको मतलब यो हो की देवीदेवता सतो गुणी भएकाले सतो गुणी मात्र चढ़ाउन मिल्ने भयो यसरी सतो गुणी मात्र मनुष्यहरूले खाउन। तर अज्ञानीहरूले उल्टो बुझे। जे आफु खांछन सबै चढाउन थाले। मानौ एक सुङ्गुर तपाईको भक्त छ, अब त्यो सुङ्गुरले आफुलाई मन पर्ने मानव विष्टा तपाईलाई चढ़ाए के तपाई स्वीकार गर्नुहुंछ?
यसरी आखिर मासु खानु नै छ त देवताको पूजा गरेर नै किन न खाने ? भन्ने धारणा मानसमा बढ्यो, फलत: पशुबलि पूजाको एउटा अभिन्न अङ्गका रुपमा विकसित भयो। यसमा पश्चिमेली सभ्यताले अझ आगोमा भिउ थप्ने काम गर्यो |
हिन्दुधर्मानुसार देवतालाई रिझाउने तीन पद्दति प्रचलित छन् – (१) यान्त्रिक (२)तान्त्रिक (३) याज्ञिक। बलि दिनु तान्त्रिक पद्दति अन्तर्गत पर्दछ, तर तान्त्रिक पद्दतिको पूजा गर्ने अधिकार ब्राम्हण, क्षत्रीयलाई हुँदैन। त्यसैले दुर्गा शप्तसतिको विकृतिकम् रहस्यम्को २८ श्लोकमा
“रुधिराक्तेंन बलिना मांसेन सुरया नृप। बलिमांसादिपूजेयं विप्रवर्ज्या मयेरिता।।”
आदि शब्दको प्रयोग भएको छ। जो तामसिक जनहरु मासुको प्रयोग गर्ने गर्छन् उनीहरुलाई मात्र तामसिक पूजा गर्ने अधिकार छ तर शास्त्र तुरन्त भंछ – “यस्ता तामसिक पुजा/अनुष्ठानमा संग्लग्न व्यक्तिलाई न यस युगमा सुख प्राप्ति हुञ्छ न परलोकमा नै |”

हिन्दु धर्मका कुनै पनि धर्म ग्रन्थहरुले सतोगुणको धरातलबाट पशुको बलि दिने, मासु खाने जस्ता हिंसाका कुरालाई पुष्टि गरेको छैन। “अहिंसा परमो धर्म:” भनेर अहिंसालाई नै ठूलो धर्म मान्ने हाम्रो धर्मले वेद आदि शास्त्रमा मनुष्यको लक्ष्य सतोगुणको धरातलमा पनि बलि दिनु भनेको छ र हिंसा गर्ने अनुमति दिन्छ भनेर भन्नु या गलत तर्क गर्न खोज्नु अल्पज्ञताको नै परिचय हो।
प्राचीन कालमा बलि :
प्राचिन कालमा अश्वमेध यज्ञ हुने गर्थे, जसमा अश्वको मेध हुने गर्थ्यो। यँहा अश्व भनेको घोडा नभएर अभिमान हो र मेध = वध अर्थात् अभिमान रुपी घोडाको बध गरिन्थ्यो। अभिमानको प्रतिक घोडालाई यज्ञमा ल्याइन्थ्यो र त्यसलाई स्पर्श गरेर छोड्ने गरिन्थ्यो। कयौँ स्थानमा अश्वमेध यज्ञलाई घोडाको बलि दिने भनेर गलत अर्थले परिभाषित गरेको पाइन्छ, तर त्यो अर्थको अनर्थ मात्रै हो। त्यस्तै कयौं मानिसहरु जिज्ञासा गर्छन् : यज्ञ गरेर सुरा, मदिरा पान गर्नु, पशुको बलि दिनु, यो हिंसा हैन भनेर शास्त्रमा भनिएको छ आदि। तर स्मरण रहोस्, पहिले नै भनिसकिएको छ कि हिन्दु धर्मले अहिंसा नै ठूलो धर्म हो भनेर मानेको छ। त्यसैले कुनै श्लोक, कुनै पदको पनि हिंसापरक अर्थ लाग्दैन। जस्तै भनिएको छ –
“यद् घ्राणभक्षो विहित:सुरायास्तथा पशोरालाभनं न हिंसा।
एवं व्यवाया प्रजया न रत्या इमं विशुद्धम् न विदु: स्वधर्मम्।।“
( श्रीमद्भागवत ११ -५-१३ )
अर्थात् जो यज्ञ सम्बन्धित नियम छन्, त्यसअनुसार यज्ञ गरिएपछि सुरालाई संसावन प्रासनका रुपमा सुघिन्छ, त्यसपछाडि अभिमानरुपी पशुलाई आलम्भन (स्पर्श, स्मरण) गरेर सदासर्वदाका लागि टाढा भगाइन्छ, न कि पशुको हिंसा नै गर्नु भनेको हो। तर अज्ञानतावश शास्त्रमा मदिरा खाने र पशुको बलि दिने दुवै कुरा लेखिएको छ भनेर कु-तर्क प्रस्तुत गर्ने गरिन्छ।
कतै-कतै टीकाकारहरुले आलभेत, आलम्भनको अर्थ मार्नु, हिंसा गर्नु भन्ने लगाएको पाईन्छ, तर यदि आलभेत, आलम्भनको अर्थ मार्नु, हिंसा गर्नु हुने हो भने विवाह पद्दतिमा “तत: बर:कन्या हृदयं आलभेत” लेखिएको अर्थ के होला ? त्यसैले संस्कृतका एउटा शब्दको अनेक ठाउँमा अलग-अलग अर्थ लाग्छ भन्ने कुरालाई कहिल्यै बिर्सनु हुँदैन। भनिएको पनि छ : “अर्धमात्रा लाघवेन पुत्रोत्सवं मन्यन्ते वैयाकरणा” अर्थात् व्याकरणकारहरुले आधा मात्रा मात्रै पनि पाए भने पनि पुत्रोत्सव मनाउछन् रे।
त्यति मात्र नभएर रामायण, महाभारत आदि ग्रन्थको कयौं ठाउँमा मांस शब्दको प्रयोग भएको छ। जस्तै- वाल्मीकि रामायण अयोध्या कांड ५३|२, १६| १ आदि ठाउँमा फलको भित्रि गुदीलाई पनि मांस भनिएको छ। त्यसैले भगवान् श्री रामले सीताका निमित्त “यो मांस पाकेको र उपर्युक्त छ, तिमी यसलाई खाऊ” भन्नुभएको हो।
नेपालमा बलि प्रथा:
नेपाल तीन भाग पहाडी र एक भाग मात्रै तराई भएको देश हो। देशमा धेरै पहाडी भेग भएको हुँदा यहाँका बासिन्दाले मासु खानु साधारण कुरा नै हो। भनिएको छ : “दक्षिणे मातुली कन्या उत्तरे मांस भोजनी” अर्थात् दक्षिण प्रान्तमा मामाकी छोरीसंग पनि विवाह हुन्छ भने उत्तरी भेगमा बस्ने मानिसहरुले मासु खान्छन्। नेपाल मात्रै नभएर भारतको उत्तरी भेग (गढवाल, कुमाउ, हिमाञ्चल, जम्मु, काश्मिर, आसाम) मा बस्ने मानिसहरु पनि प्राय: मासु खाने गर्छन्। आसामको कामाख्या मन्दिरमा त दैनिक हजारौं बोका, राँगा आदिको बलि दिने गरिन्छ। अनादिकालदेखि नै हाम्रो देश नेपालमा पनि तान्त्रिक पद्दतिले प्रश्रय पाएको छ। बाहुन, क्षेत्रीदेखि लिएर राई, लिम्बू, मगर, नेवार तथा अन्य किरात, मंगोलिन सबैले प्राय: मासु खाने र देवी-देवतालाई पनि रगत-मासु चढाउन थाले। दशैँ आदि चाडको बेलामा त झन् हजारौ बोका, पाठा, हाँस, कुखुरा, राँगा आदिको बलि दिन थालियो। बाबु-बाजेले यही नियम बसाए, छोरा-नातिले पनि यही सिके, फलत: दशैंको बेलामा प्रत्येक घरमा बलि दिनु नै पर्छ भन्ने सबैमा भान पर्न गयो र अहिले यो एउटा अभिन्न अंगको रुपमा विकसित भयो। बलि दिनु राम्रो होईन, यो प्रथा गलत हो, बलिप्रथा बन्द हुनुपर्छ भनेर अहिले आवाज उठ्न थालेको छ। यसलाई सकारात्मक सोचको विकास भएको मान्नु पर्छ। नयाँ सोच ,नयाँ विचार , नयाँ भावनाको विकाश हुदै जानु समयको माग,परिवर्तन एवं विकास क्रमको नियम पनि हो र शास्त्र सम्मत निर्णय पनि यही नै हो।
खुनको बलिले हैन नरिवल ,कुभिन्डो,आदिको बलि दिएर यज्ञलाई पूर्ण गर्न सकिन्छ, देवतालाई प्रसन्न गर्न सकिन्छ। देवताहरु सात्विक हुने हुँदा कसैको खुनको भोका अवश्यमेव देवताहरु हुँदैनन्। झन् दशैँको बेलामा लाखौ पशुहरुको बलि दिने गरिन्छ यो प्रथालाई पनि अब सुधार गर्दै जानु पर्छ पशुको ठाउमा नरिवल ,कुभिन्डो,आदिको बलिदिने चलन बसाल्नु पर्छ शास्त्रमा पनि नारिकेल एवं कुश्मांड बलिको नै विधान छ। अस्तु ……।
तसर्थ
१) बलि प्रथा अज्ञानी वा आध्यात्मिक ज्ञान नभएका र मतलबी आसुरी प्रबृत्ति भएका व्यक्तिहरूको कार्य हो | यसो गर्ने व्यक्ति मृत्यु पश्चात सोझै भुत, प्रेत योनिमा जान्छन वा नर्कमा सजायका लागि जान्छन र नर्कमा सजाए समाप्ति पछि मनुष्य योनिमा अपाङ्ग र गरीब कुलमा जन्म लिन्छन |
२) यदि तपाई वेदिक सनातन धर्म (हिन्दु) मा बिश्वास गर्नु हुञ्छ भने मांस भक्षण आजै बाट छोडी दिनुहोस | मांस भक्षण गर्नु कसैलाई पशु हत्यामा उक्साउनु हो र तामसिक कार्य हो | यस्ता व्यक्ति मृत्यु पश्चात सोझै जनावरको योनिमा जान्छन र त्यसपछि मनुष्य भै गरीब कुलमा जन्म लिन्छन |
अर्को कुरा यो बुझ्नुहोस कि चलन चाहे हज़ारौ वर्षदेखिको होस वा वाउबाजेले चलाएको होस, कुनै राजाले चलाएको होस, सनातन धर्म शास्त्र अर्थात वेद, उपनिषद, पुराण, महाभारत, रामायण, स्मृति, गीता आदिमा उल्लेख भएको छ भने मात्र त्यो सनातन हिन्दु धर्मको कुरो हो नत्र त्यो चलेको चलन हो, शास्त्र सम्मत छैन भने त्यो वैदिक सनातन धर्मको अंश हैन।
तसर्थ , शंकराचार्य, रामानुजाचार्य, माधवाचार्य जस्ता सनातन धर्मका जगतगुरुहरू मार्फत सनातन धर्म बुझ्नुहोस आफ्नो बुद्धिले हैन वा कुनै जड्याहा, जवाड़े वा माँसाहारी मार्फत हैन। तपाईको बुद्धिले त जस्तो तपाईको अन्तकरण त्यही सही देखाउछ। हालसम्मका सबै जगदगुरुहरूले पशुहत्या सहितको बलिप्रथा त परको कुरा, मांसाहार नै बर्जित गरे।
तपाईको जन्म अन्यलाई मारेर मासु खाएर जिब्रो पड़काउन भएको हैन। तन्त्र साधना अनुरूप बलि दिएर तमोंगुणी भूतलाई बशमा गरी स्वईच्छा पूरा गर्न पनि भएको हैन। तपाईको जन्म त धर्म गर्न अर्थात दया, माया, सबै जीवात्माप्रति प्रेम, काम/क्रोध/लोभ/मोह नियंत्रण जस्ता गुण धारण गर्न अर्थात सतो गुणमा अवस्थित भै आफ्नो अन्तकरण शुद्ध गरी जन्ममृत्युको चक्करदेखि छुटकारा लिई आफ्नो वास्तबिक घर भगवान श्रीकृष्णकहा जान भएको हो।
तसर्थ लक्ष्य केंद्रित हुनुहोस। श्रीकृष्ण प्राप्ति केंद्रित हुनुहोस। मारेर खाने केन्द्रित हुने हैन। यही शुभकामना छ।

स्मरणीय रहोस, जबसम्म भागवत गीताको ज्ञान, भगवान श्रीकृष्णको आदेशको रुपमा, मानब कर्तव्यको बीज सरह, प्रत्येक बिधार्थीको हृदयमा बिजारोपण गरिदैन ….
१) मांस (Meat eating is seed of one’s spiritual desolation and source of all problems starting from home violence to world wars)
२) मदिरा, धुम्रपान, तमाखु (Self intoxication)
३) जुवा, तास (Gambling)
४) अनैतिक सम्बन्ध (Illicit sex)
[यी ४ सम्पूर्ण अपराधका बीज हुन् ]
तबसम्म समाजमा संस्कारकै रुपमा हालका दिनमा आएर मौलाएका -यी ४ कु-चलन यथावत रहनेछन ।

पठाओ राइडरलाई ठक्कर दिने टिपर चालक प्रहरी हिरासतमा

सवारी ज्यानमुद्दामा अनुसन्धान थालियो

पर्सा जगरनाथपुर गाउँपालिका-४ का २५ वर्षीय सुनिलप्रसाद महतोलाई ठक्कर दिने टिपरका चालकलाई हिरासतमा लिइएको छ।
बा४ख ८७२५ नम्बरको टिपर चालक मकवानपुर थाहा नगरपालिका-११ का २६ वर्षीय मंगललाल सिंहलाई सवारी ज्यानसम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान सुरू गरेको हो। उनलाई अदालतबाट थुनामा राख्ने अनुमति लिई अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी नायब उपरीक्षक केशव भट्टराईले बताए।
गत बुधबार राति सवा १० बजे बागमती प्रदेश-२-०३०प ८७२५ नम्बरको नयाँ मोटरसाइकलमा सवार महतोलाई सिनामंगल चोकमा टिपरले ठक्कर दिएको थियो। महतो पठाओ राइडर थिए। महतोको उपचारका क्रममा काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको थियो। उनीसँगै रहेका यात्रु घाइते छन्।

चालक सिंहलाई प्रहरीले त्यसैदिन कोटेश्वरबाट पक्राउ गरेको थियो।
‘सवारी ज्यानमा निवेदन परेपछि हामीले हिरासतमा राखेर अनुसन्धान थालेका छौं,’ भट्टराईले भने।
यस्तोमा प्रहरीले २५ दिनसम्म थुनामा राखेर अनुसन्धानपछि प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउँछ।
वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेपछि कसुरदारको सजाय निर्धारण हुन्छ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४५ र मुलुकी अपराध संहिता ऐन २०७४ समेतका आधारमा सर्वोच्च अदालतले सवारी ज्यान कसुरको सजाय निर्धारण सम्बन्धी मार्गदर्शन २०७५ जारी गरेको छ।

जसमा सवारी सम्बन्धी जघन्य र गम्भीर कसुरको सजाय तोकिएको छ। कसुर हेरेर सवारी ज्यानमुद्दामा जन्मकैद वा तीन वर्षसम्म सजाय हुनसक्ने व्यवस्था छ।
सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६१ को उपदफा (१)मा ज्यान मार्ने मनसाय लिई सवारीले किचेर ठक्कर दिएकोमा घाइते भएको खण्डमा पनि कसुरदारलाई सजाय निर्धारण गर्नुपर्ने भनिएको छ। त्यस्तो कसुरमा न्यायिक स्वविवेकमा सजाय निर्धाण गर्नुपर्ने भनिएको छ।

पटाका बरामद

काठमाडौं, १५ कात्तिक
नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका(४ टिसिएन चोकस्थित सडकमा
भैरहवाबाट नारायणघाटतर्फ जाँदै गरेको ना।२ ख ४५४५ नम्बरको बसबाट करिब १ लाख
रुपैयाँ मूल्य बराबरको ४ बोरा विभिन्न किसिमका पटाका सोमबार बिहान प्रहरीले बरामद
गरेको छ । ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसभित्र
वेवारिसे अवस्थामा रहेको उक्त पटाका फेला पारी बरामद गरेको हो ।

कञ्चनपुर, कृष्णपुर नगरपालिका(५ वनदेवी मन्दिर नजिकबाट करिब २० हजार रुपैयाँ
मूल्य बराबरको विभिन्न किसिमका पटाका सोमबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका
प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उक्त पटाका फेला पारी बरामद गरेको हो ।
सर्लाही, बसवरिया गाउँपालिका(२ बागमती नदीको बाधबाट करिब ५ हजार रुपैयाँ
मूल्य बराबरका विभिन्न किसिमका ३४ प्याकेट पटाका सोमबार बिहान प्रहरीले बरामद गरेको
छ । ईलाका प्रहरी कार्यालय मानपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्त उक्त
पटाका छोडेर फरार भएपछि प्रहरीले बरामद गरेको हो ।
हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान
गरिरहेको छ ।

भाइटिकाको साइत ११ बजेर २ मिनेटमा

काठमाडौँ । भाइटिकाको साइत ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
निर्णायक विकास समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले यस वर्षको भाइटिकाको साइत यही कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा रहेको जानकारी दिएका हुन् ।
हरेक वर्ष नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दसैँ र भाइटिकाको साइत सार्वजनिक गर्दै आएको छ ।

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् ।

प्रदेश सभा बैठकमा उनको विश्वासको मतको प्रस्तावमा मतदान गर्ने कार्यतालिका थियो । तर बहुमत नपुग्ने भएपछि उनले त्यस अगाडि नै राजीनामा दिन लागेका हुन् ।

मुख्यमन्त्री आचार्यले आफूले राजीनामा दिने अनलाइनखबरसँग पुष्टि गरे ।

सम्झौता अघि बढाउने–नबढाउने नेपालको हातमा छ– एमसीसी

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले सम्झौता अगाडि बढाउने–नबढाउने नेपालको हातमा रहेको बताएको छ ।

आइतबार एक वक्तव्य जारी गर्दै केही पहिले भएको नेपाल भ्रमणका क्रममा आफ्ना अधिकारीहरुले एमसीसी सम्झौताबारे स्पष्टीकरण दिएको र सरकारले पनि सम्झौतालाई अघि बढाउने प्रतिबद्धता जनाएको बताएको छ ।

तर संसदले यसलाई अनुमोदन नगर्दा लाखौं नेपाली लाभ लिनबाट वञ्चित भएको भन्दै एमसीसीले भनेको छ, ‘एमसीसी सम्झौता अनुमोदनमा ढिलाइ हुँदा ५०० मिलियन डलरको अनुदान सहायता र २ करोड ३० लाख नेपाली जनताको भरपर्दो विद्युत र सुरक्षित सडकको सुविधालाई जोखिममा पारेको छ ।’
एमसीसीले अघि भनेको छ, ‘सम्झौतालाई अघि बढाउने–नबढाउने निर्णय अब नेपालको हातमा छ ।’

पासपोर्ट बनाउनेको भीडमा ८० प्रतिशत डीभी भर्नेहरू !

काठमाडौं । दशैंपछि नारायणहिटीस्थित राहदानी विभागमा पासपोर्ट बनाउनेहरु भीड अत्याधिक बढेको छ । सरकारले विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्न तयारी भइरहेकाले अत्यावश्यक भएमात्रै पासपोर्ट बनाउन अनुरोध गरिरहेको बेला विभागको क्षमताभन्दा बढी सेवाग्राही आउन थालेका छन् ।
विभागका प्रशासन महाशाखा प्रमुख डिल्लीराम आचार्यका अनुसार अमेरिकी डाइभर्सिटी भिसा (डीभी) भर्नेहरुका कारण भीड अत्याधिक बढ्न गएको हो । अमेरिकी सरकारले केही वर्षदेखि डीभी भर्न पासपोर्ट अनिवार्य गरेको छ । अहिले ‘ईडीभी-२०२३’ खुला छ । २० असोजदेखि खुलेको ईडीभी फारम २३ कात्तिकसम्म भर्न सकिन्छ ।

डीभी भर्नेहरु पासपोर्ट लिन आएपछि विभागमा पछिल्ला दिनमा पासपोर्टको लागि दैनिक तीन हजारभन्दा बढी आवेदन परिरहेको छ । ‘विभागमा सोझै आवेदन दिने एक हजारभन्दा बढी छन्,’ उनले भने, ‘जिल्ला र विदेशस्थित नियोग र मिसनबाट पनि १५ सयदेखि २ हजारसम्म आवेदन आउँछन् ।’ त्यसैअनुसार विभागले पासपोर्ट जारी पनि गर्दै आएको छ ।
विभागले भीड बढेपछि आफ्ना जनशक्तिलाई अधिकतम प्रयोग गरेर पासपोर्ट जारी गर्ने काम गरिरहेको उनले बताए । ‘हामीले सेवाग्राहीलाई केको लागि पासपोर्ट भनेर सोध्दा ८० प्रतिशतले डीभी भर्नका लागि भन्नुभएको छ,’ आचार्यले भने ।
पछिल्ला दिनमा विभागले लाइनमा बस्ने सबैबाट आवेदन लिन सकिरहेको छैन । प्रशासन प्रमुख आचार्यका अनुसार क्षमताभन्दा धेरै सेवाग्राही आए भोलिपल्ट आउने गरी टोकन बाँड्ने गरिएको छ ।
आइतबार राहदानी विभाग अगाडिको लाइन लैनचौर चोक हुँदै उत्तर ढोकासम्म पुगेको थियो । विभागका कर्मचारीका अनुसार रातिदेखि नै सेवाग्राही लाइनमा आएर बस्ने गरेका छन् । सेवाग्राहीलाई लामो समयसम्म लाइन बस्नुपर्दा पालो मिचिने डरले शौच गर्न जान समेत समस्या पर्ने गरेको छ ।
चाडपर्वमा विदेशमा रहेकाहरु स्वदेश आएका बेला पासपोर्ट नवीकरण गर्ने गरेका कारण पनि चाप बढेको अनुमान विभागका अधिकारीहरुको छ । चाडबाड मनाएपछि विदेश जान खोज्नेहरु पनि बढी हुने गरेका छन् । महामारीपछि अध्ययन, भ्रमण, व्यापार लगायतका भिसामा विदेश जानेहरु पनि बढेका छन् । यसले पनि भीड बढाउन भूमिका खेलेको छ ।
तर, मूल रुपमा भने डीभी भर्नका लागि नै सेवाग्राहीहरु लाइनमा आएको विभागको अनौपचारिक अध्ययनमा देखिएको छ । सामान्य अवस्थामा महिनामा ४० देखि ५० हजारसम्म पासपोर्ट वितरण हुन्छ । तर, पछिल्ला दिनको भीड हेर्दा संख्या दोब्बर हुने देखिएको छ ।

मंसिरदेखि ई-पासपोर्ट
नारायणहिटीस्थित विभागको कार्यालयमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लिन सेवाग्राहीको भीड बढ्दै गर्दा विभाग त्रिपुरेश्वरस्थित नवनिर्मित भवनमा ई-पासपोर्ट छपाइको पूर्वतयारी गरिरहेको छ ।
विभागले मंसिर १ गतेदेखि आंशिक रुपमा ई-पासपोर्टको छपाइ थाल्नेछ । तर, त्यसका लागि एमआरपी प्रणालीको तथ्यांक नयाँ प्रणालीमा सार्न बाँकी छ । यही काम गर्नुपर्ने बेलामा पासपोर्ट बनाउनेको भीड बढेपछि विभाग दबाबमा छ ।
सन् २०२० को डिसेम्बर २० मा राहदानी विभागले फ्रान्सको ‘आईडीईएमआईए आइडेन्टी एण्ड सेक्युरिटी’सँग ई-पासपोर्ट छपाइको लागि दुई अर्ब ४८ करोड रुपैयाँमा खरिद सम्झौता गरेको थियो । सम्झौताअनुसार १० महिनाभित्र कम्पनीले ई-पासपोर्टको वितरणका लागि सबै काम सकाउनुपर्ने हुन्छ ।
पछिल्लो दिनमा राहदानी बढाउने संख्या बढेकाले एमआरपीको मौज्दातमा चाप पर्ने भएपछि विभागले १५ हजार रुपैयाँ तिरेर एक दिनमै राहदानी बनाउने सेवा नै स्थगित गरेको छ ।
एमआरपी छपाइको ठेक्कामा विभागले दुई पटक भेरिएसन गरिसकेको छ । अब विभाग र मन्त्रालयले निर्णय गरेको भरमा ठेक्का भेरिएसन गर्न नसकिने अवस्था छ । विभागका प्रशासन प्रमुख आचार्य ७० लाख एमआरपी वितरण भइसकेको र एमआरपीको मौज्दात पर्याप्त रहेको बताउँछन् ।
‘एमआरपीको मौज्दात संख्या यकिन भन्न सक्दैनौं, तर भीड बढेपनि हाम्रो क्षमताअनुसार हामी जति पासपोर्ट वितरण गर्नसक्छौं, त्यो हिसाबले मौज्दात पर्याप्त छ,’ उनले भने ।
विभागले केही हप्तापछि नै ई-पासपोर्ट छपाइ शुरु हुने भएकाले अत्यावश्यक भए मात्रै अहिले पासपोर्ट बनाउन सेवाग्राहीलाई आग्रह गरेको छ ।
‘निकै उपयोगी खालको ई-पासपोर्ट केही समयभित्र जारी गर्न थाल्दैछौं, त्यसैले अत्यावश्यक छैन भने सेवाग्राहीले कुर्दा हुन्छ,’ आचार्य भन्छन्, ‘थोरै धैर्य गरेर अन्तर्राष्ट्रिय स्तरको पासपोर्ट लिन आग्रह गर्छौं ।’