अभिनेता पल शाह रिहा

काठमाडौँ,१५ फागुन । अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा…

पठान को नयाँ रेकर्डस् दुई दिनमा दुई सय करोड बढी

बलिउड अभिनेता शाहरूख खान र दीपिका पादुकोण अभिनीत फिल्म ुपठानु ले बक्स अफिसमा नयाँ(नयाँ रेकर्ड राखिरहेको…

मिस पविको अभिनय रहेको( जुम्ला ) गीत भाईरल , युटुवमा टप ८ औं स्थानमा

डडेल्धुरा ः गायक सुनिल गिरीको जुम्ला बोलको गीतको भिडियो सार्वजनिक गरिएको एक दिनमै उतकृष्ट आठमा परेको…

टिकटकमा भाईरल बन्यो चेतन बोहराको देउडा गीत ‘जुन लाग्याकी’

धनगढी – गायक तथा मोडेल चेतन बोहराको देउडा गीत ‘जुन लाग्याकी’ सार्वजनिक भएको छ। पछिल्लो समय…

तीजमा चहलपहल बढ्दै

धनगढी,१० भदौ । तीज आउन केही दिन बाँकी रहेका बेला धनगढीका बजारमा चहलपहल बढ्दै गएको छ…

कैलालीको माघी होमस्टेमा लाटोकोसेरो उत्सव हुने

धनगढी, ६ भदौ । कैलालीको घोडाघोडी नगरपालिका–४ स्थित माघी होमस्टे थारु गाउँमा यस वर्ष नेपाल लाटोकोसेरो तथा…

गड्डाचौकीमा पर्यटन सहायक कक्ष

कञ्चनपुरको गड्डाचौकीमा पर्यटन सहायक कक्ष महेन्द्रनगर – कञ्चनपुरको गड्डाचौकीमा पर्यटन सहायक कक्ष स्थापना गरिएको छ ।…

रेखा जोशी बनिन् महिनावारी सद्भावना दूत

बझाङ — लोक तथा देउडा गायिका रेखा जोशी सुदूरपश्चिम प्रदेशको लागि मर्यादित महिनावारी सद्भावना दूत नियुक्त भएकी छन् । प्रदेशको छाउपडी प्रथा हटाउन कला क्षेत्रमार्फत काम गरिरहेकी जोशी सद्भावना दूतको रुपमा नियुक्त भएकी हुन् ।
आफ्नो सुरिलो स्वरमार्फत दर्जनौं लोक तथा देउडा गित गाएर स्रोताको मन जित्न सफल गायिका जोशीलाई खानेपानी तथा सरससफाइको क्षेत्रमा काम गर्दै गाएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले सद्भावना दूतमा नियुक्त गरेको हो । यो परियोजना नेपाल सरकार र फिनल्याण्ड सरकारको संयुक्त लगानीमा सुदुरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी जिल्लामा काम गरिरहेको छ ।
मर्यादित महिनावारी दूतको रुपमा नियुक्त गायीका जोशीले सुदूरपश्चिम प्रदेशमा रहेको महिनावारी व्यवस्थापन सम्बन्धि कुसंस्कार र अन्धविश्वासकाविरुद्ध जनचेतना जागरण गर्न सांगीतिक अभियान सञ्चालन गर्ने र महिनावारिलाई मर्यादित बनाउन योगदान दिने परियोजनाले जानकारी दिएको छ । स्थापित कलाकारहरुले धेरैको विश्वास जित्न सक्ने भएकोले जोशीको अभियानले महिनावारीलाई मर्यादित बनाउन ठूलो सहयोग पुग्ने परियोजनाका सामाजिक तथा संस्थागत विकास विज्ञ राजु तिरुवाले बताए ।
‘सेलिब्रिटीहरुले यस प्रकारका अभियानहरुमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दा लक्षित वर्गमा सकारात्मक प्रभाव पर्ने देखिएकोले उहाँलाई सद्भावना दूतको रुपमा नियुक्त गरेका हौं,’ तिरुवाले भने । ‘सुदूरपश्चिम क्षेत्रमा उहााको लोकप्रियता कारण पनि यहाँका स्थानीयलाई छाउपडी प्रथाका गलत अभ्यासको बारेमा आँखा खोल्न सहयोग पुग्छ भन्ने हामीले ठानेका छौं,’ सद्भावना राजदूतले विद्यार्थीहरू, ज्येष्ठ नागरिकहरू, युवाहरू, आमजनसमुदाय र अन्य सरोकारवालाहरूबीच गायन, कन्सर्ट र स्टेज कार्यक्रम, टक शो, सामाजिक सञ्जाल, अन्तर्वार्तामार्फत महिनावारी व्यवस्थापनका सवालमा सचेनातामुलक सन्देश प्रवाह गर्ने तिरुवाले बताए । जोशीले महिनावारीको विषयमा प्रदेश तथा केन्द्र स्तरमा सञ्चालन हुने कार्यक्रममा सहभागी भै नीति निर्माता र निर्णायकतहमा समेत महिनावारी व्यवस्थापन सम्बन्धि पैरवी गने उनको भनाइ छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशमा महिनावारी सम्बन्धी हानिकारक अभ्यासहरुको कारणले गर्दा दर्जनौं महिलाहरुले ज्यान गुमाइसकेका छन् । सबै तहका सरकार र बिभिन्न संघ संस्थाहरुले छाउपडी कुसंस्कार अन्त्यका लागि विभिन्न प्रयासहरु गर्दा पनि अपेक्षित उपलब्धि हासिल गर्न नसेकेको अवस्थामा आफूले यसका अन्धविश्वास हटाउन लागि पर्ने सदभावना दूत जोशीले बताइन् । जोशीले देउडा भाकाले सुदुरका मानिसहरुको मन छुने भएको हुदा आफूले देउडा गीतलाई सचेतना जागरणको माध्यम बनाउने उनको भनाइ छ ।

बाजुराको बुढीगंगा नगरपालिकाको थुमा गाउँमा जन्मिएकी जोशी आफैं पनि छाउपडी प्रथाका कुसंस्कार भोगेको बताउँदै यो प्रथाले समाज विकासमा अवरोध सिर्जना गरेकोले यसकाविरुद्ध लागिरहेको बताउँछिन् ।

‘महिनावारीसँग जोडिएका कुप्रचलनले हाम्रा आमा दिदी बैनीहरुले भोग्नु परेको जस्तै पिडा विगतमा मैले पनि भोगेकी छु । यही प्रथाका कारण हाम्रा दिदी बहिनीहरुले रोग, भोक र हिंसाको सिकार भएको र ज्यानै गुमाएको पनि देखेकी छु,’ जोशीले भनिन्, ‘यो अमानविय कुसंस्कारविरुद्धको अभियानमा विषयमा हामीले बोल्नै पर्छ भनेर पहिलादेखि नै लागेकी थिए । अब संस्थागत रुपमै सक्रिय हुने अवसर मिलेको छ ।’

छाउपडी प्रथा अन्त्य गर्नका लागि युवा वर्गलाई उत्प्रेरित गर्ने र युवाहरुलाई यस अभियानमा गोलबद्ध गर्दै अन्धविश्वासकाविरुद्ध अभियान चलाउने उनले बताइन् । ‘पहिले जस्तो अहिले छैन, अहिले जस्तो भोली हुदैन । मलाई विश्वास छ, चाँडै यो कलंकको दाग हामी मेटाएरै छाड्ने छौं,’ उनले भनिन् ।

प्र

पश्चिमेली लोकप्रिय गायक चेतन बोहराको “ए कट्टी” सार्वजनिक

काठमाडौँ । नेपाली गित संगितमा छोटो समयमै चर्चा बटुल्न सफल पछिल्लो युवा पुस्ताका चर्चित लोकपप देउडा…

रेखा जोशिको “मेरी आमा” देउडा गित

मेरी अामा || New Song Meri Aama 2021 By Rekha Joshi / Jayraj Bhatta / Som…