बाजुरा केन्द्रबिन्दु बनाएर ५ दशमलव २ म्याग्निच्यूडको भुकम्प गयो

बाजुरा – सुदूरपश्चिम प्रदेशमा ५ दशमलव २ म्याग्निच्यूडको भुकम्प गएको छ । बुधबार दिउँसो १ बजेर…

बाजुराका व्यवसायी आन्दोलित

बाजुरा – बैंक तथा वित्तीय संस्थाहरूले आफूखुसी ब्याजदर बढाएको भन्दै व्यवसायीहरूले बाजुरा सदरमुकाम मार्तडीमा प्रदर्शन गरेका…

भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यु

बाजुराः बाजुरामा भूकम्पका कारण एक जनाको मृत्यु भएको छ। जिल्लाको हिमाली गाउँपालिकाको बिच्छ्याँमा केन्द्रविन्दु बनाएर मंगलबार…

सुदूरपश्चिमको बाजुरालाई केन्द्रबिन्दु बनाएर ५.९ रेक्टर स्केलको भुकम्पको , बझाङमा मन्दिर र भवनहरु भत्किय

बाजुरा, १० माघ । बाजुराको मौला आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।  मंगलबार दिउँसो २ बजेर ४३…

बाजुरामा कर्ण थापालाई हराउदै बद्री पाण्डे निर्वाचित

धनगढी ।  नेपाली कांग्रेसका सहमहामन्त्री बद्री प्रसाद पाण्डे बाजुराबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । सत्ता गठबन्धनका साझा…

बाजुरामा फेरि लफडा, मतगणना स्थगित

बाजुरामा प्रतिनिधिसभाको मतगणना स्थगित भएको छ । गणनाका क्रममा मुचुल्कामा लेखिएको भन्दा बढी मतपत्र भेटिएपछि स्थगित…

बाजुरा अपडेट ः कांग्रेसका बद्री पाण्डेको अग्रता

डडेल्धुरा ः बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता कायम गरेका छन् । आज…

बाजुरामा युवतीले घाँस काट्न गएका बेला बलात्कार गरेको झुटो आरोप

धनगढी। बाजुरामा युवतीले घाँस काट्न गएका बेला बलात्कार गरेको भन्दै झुटो आरोप लगाएको पाइएको छ। जिल्लाको…

कालोबजारी,महगी‌र मुल्यसुचि लाई नजर गरेर बाजुरामा बजार अनुगमन

बाजुरा — बाजुराकाे सदरमुकाम मार्तडीमा रहेका बिभिन्न पशलहरुमा जिल्ला प्रशासन कार्यालय बाजुराकाे सहकार्यमा अनुगमन गरिएकाे छ…

बडिमालिकाकी उपप्रमुख विष्टको वार्षिक मोबाइल खर्च ७२ हजार

बाजुर— बाजुराको बडिमालिका नगरपालिकाका जनप्रतिनिधिले आर्थिक बर्ष ०७६र०७७ मा एक करोड रुपैयाँ भन्दा बढी रकम सुबिधा बपत लिएका छन्। यहाँका जनप्रतिनिधिहरूले विभिन्न सेवा सुबिधा शिर्षकमा एक वर्षमा एक करोड एक लाख १७ हजार पाँच सय २९ रुपैयाँ लिएको महालेखा परीक्षणको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदन अनुसार सबैभन्दा बढी सुबिधा बुझ्नेमा नगर उपप्रमुख कबिता विष्ट रहेकी छन्। उनले बैठक भत्ता बापत १२ हजार, यातायात खर्च शिर्षकमा एक लाख २० हजार, टेलिफोन मोबाइलमा ७२ हजार, पुस्तक पत्रपत्रिका, इन्टरनेट ६० हजार, समन्वय तथा सहजीकरणमा एक लाख आठ हजार, अतिथि सत्कारमा एक लाख २० हजार, खानेपानी, बिजुली तथा सरसफाईमा ४२ हजार, चाडपर्व खर्च शिर्षकमा २५ हजार गरि पाँच लाख ४७ हजार लिएको उल्लेख छ।

नगरप्रमुख पदम बडुवालले बैठक भत्ता बापत १२ हजार, टेलिफोन सेवा शिर्षकमा ८४ हजार, पुस्तक पत्रपत्रिका र इन्टरनेट ७८ हजार, समन्वय तथा सहजीकरण एक लाख २० हजार, अतिथि सत्कारमा एक लाख ३२ हजार, खानेपानी बिजुली तथा सरसफाईबाफत ४८ हजार र चाडपर्ब खर्च शिर्षकमा २७ हजार पाँच सय लिएका छन्। उनले यातायात खर्च शिर्षकमा भने रकम लिएका छैनन्। नगरप्रमुख बडुवालको जम्मा खर्च चार लाख ८९ हजार पाँच सय रुपैयाँ लिएको प्रतिवेदनमा उल्लेख छ।

वडाअध्यक्षहरूलाई ३१ सुविधा
नगरपालिकाका वडाअध्यक्षहरूले पनि प्रति व्यक्ति बैठक भत्ता वाफत ६ हजार दुई सय लिएका छन्। यातायात खर्च प्रतिव्यक्ति ३० हजार लिएको देखाएको छ। यसैगरी टेलिफोन मोबाइल खर्चवापत प्रति व्यक्ति ४८ हजार, पुस्तक पत्रिका इन्टरनेट बापत हरेक वडा अध्यक्षले ४८ हजार, समन्वय तथा सहजीकरण शिर्षकमा ७८ हजार, अतिथि सत्कार बापत ९६ हजार, खानेपानी, बिजुली, सरसफाई बापत ३० हजार र चाडवाड खर्च प्रति वडाअध्यक्ष १८ हजारका दर ३१ लाख ३२ हजार लिएको उल्लेख छ।

कार्यपालिकाका ७ जना सदस्यहरूमा बैठक भत्ता प्रतिव्क्ति सात हजार आठ सय ५८ रुपैयाँ लिएका छन्। यसैगरी यातायात खर्च प्रतिव्यक्ति ३० हजार, टेलिफोन मोबाइलमा प्रति व्यक्ति ४२ हजार, पुस्तक पत्रपत्रिका र इन्टरनेट खर्च प्रतिव्यक्ति ४२ हजार, समन्वय तथा सहजीकरण ७२ हजार, खानेपानी बिजुली र सरसफाईमा ५२ हजार पाँच सय र चाडपर्ब खर्चबाफत प्रतिव्यक्ति एक लाख २० हजार लिएको तथ्यांक रहेको छ। कार्यपालिका सदस्यहरूको जम्मा खर्च २३ लाख ५२ हजार रहेको छ। कार्यपालिका सदस्यहरुले अतिथी सत्कार खर्च लिएका छैनन्।

नगरसभाका ३० सदस्यले पनि ३४ लाख ६३ हजार २९ रुपैयाँ बुझेका छन्। जसमा प्रति सदस्य टेलिफोन, मोबाइल खर्च बापत प्रतिव्यक्ति २३ हजार ६ सय रुपैयाँ लिएका छन्। यस्तै पुस्तक पत्रिका इन्टरनेट खर्च २९ हजार पाँच सय, समन्वय तथा सहजीकरण ४७ हजार दुई सय, खानेपानी बिजुली र सरसफाईमा ११ हजार आठ सय र चाडपर्व खर्च बापत तीन हजार तीन सय ३५ रुपैयाँ लिएको महालेखा परिक्षकको प्रतिबेदनमा उल्लेख छ।न्यूज कारखाना